Category: फिचर

  • ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

    ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

    भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ‘गठबन्धन आवश्यक भएकाले रेणुलाई भोट हाल्न बखेडा ननिकाल्न आग्रह गरेका हुन् ।

    देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।

    देउवाले भने, ‘हाम्रो साथीहरूले पनि पालो पाइहाल्नुहुन्छ नि। पहिला राम्रो काम गर्नुस् न। यस्तो राम्रो काम गर्ने मान्छेलाई समर्थन नगर्दा जनताले के भन्लान्। राम्रो काम गर्नेको विरोध गर्न मिल्दैन। यहाँको साथीहरूले त्यो बुझ्नुपर्यो नि।’

    देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरे ।

    अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि।

  • प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

    प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडा भोट हाल्न गाह्रो मानेको देखियो।

    गठबन्धनलाई १०र१५ बर्ष लाने शेरबहादुरजीसँग सहमति भएको थियो। तर मैले सहज देखिनँ।

    स्थानीय तहको चुनावमा वामपन्थी मिल्दा चुनावमा भोट हाल्ने यही पो ठीक होकि भनेर देउवाजी यहीँ हुनुहुन्छ। मैले भनेर गएको हो। भोट ट्रान्सफर गर्न चितवनका जनतालाई गाह्रो भयो।’

    त्यस्तै हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

    ‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो ।

    त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने

  • ‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल

    ‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले हाम्रो प्रतिद्वन्द्वी भनेर बुझ्न आग्रह गरेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् ।

    ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

    निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

    उनले तालमेल प्रति असन्तुष्ट समूह आफ्नो तर्कको सामना गर्न तयार नभएको पनि बताए। ‘तर्कलाई तर्कको रुपमा सामना गर्न तयार हुनुहुन्न जस्तो लाग्यो,’ बिहीबार बिहान विद्रोही उम्मेदवार जगन्नाथ पौडेलसँग भएको भेटबारे जानकारी दिँदै उनले भने, ‘भावनामा असन्तुष्टि व्यक्त गरेर उत्रेको जस्तो लाग्यो।’

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोवारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ३७.०६ अंकले घटेर २३३८.६२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । तुलनामा कारोबार रकम ३९ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज करोबारमा आएको २३२ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    आज सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयरधनीले सबैभन्दा धेरै ७.१३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रोपावर, मैलुङ खोला, शिव श्री र युनियन हाइड्रोपावरको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, ग्रीन भेन्चर्स, पञ्चकन्या माइ र बुद्धभूमि नेपालको ६ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्स, लिबर्टी इनर्जी, इमजिङ नेपाल, प्रिमियर इन्स्योरेन्स, सान्जेन हाइड्रोपावरका शेयरधनीले साढे ५ प्रतिशत गुमाएका छन् ।

  • आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

    आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको

    काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो।

    प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा बागमती प्रदेशको सबेभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ। प्रदेश नम्बर १ दोस्रो, लुम्बिनी प्रदेश तेस्रो, मधेश प्रदेश चौथो र गण्डकी प्रदेश पाँचौं रहेका छन्। उपभोक्ता मूल्यमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन १७ खर्ब ९१ अर्ब हुने विभागले जनाएको छ।

    गत वर्षको संशोधित अनुमाननुसार १५ खर्ब ६८ अर्ब रहेको विभागले जनाएको छ। यस प्रदेशले कुल गार्हस्थ्य उत्पादनको ३६.९ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ। यसैगरी यस प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष ४.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको विभागले जनाएको छ।

    यसैगरी प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो। गत आर्थिक वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशले चालू आर्थिक वर्ष ५.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ।

    यसैगरी लुम्विनी प्रदेशको ६ खर्ब ८४ अर्ब, मधेश प्रदेशको ६ खर्ब ४४ अर्ब, गण्डकी प्रदेशको ४ खर्ब ३२ अर्ब, सुदूरपश्चिम प्रदेशको ३ खर्ब ३९ अर्ब र कर्णाली प्रदेशको १ खर्ब ९८ अर्ब कुल गार्हस्थ्य उत्पादन पुग्ने अनुमान विभागले गरेको छ। मधेश प्रदेशको गत आर्थिक वर्ष वद्धिदर ३.८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्ष ४.८ प्रतिशत कायम हुने अनुमान गरिएको छ। यसैगरी गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशले ३.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो। गत वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको लुम्विनी प्रदेशले चालू आर्थिक ५.४ प्रतिशत कायम हुने देखिएको छ।

    यसैगरी कर्णाली प्रदेशले गत आर्थिक वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकोमा चालू आर्थिक वर्ष ५.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विभागले प्रक्षेपण गरेको छ। यसैगरी सुदूरपश्चिम प्रदेशले गत आर्थिक वर्ष ४.२ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेकोमा चालू आर्थिक वर्ष ४.९ प्रतिशत हुने अनुमान छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बागमी प्रदेशको ३६.९ प्रतिशत रहेको छ। यसैगरी प्रदेश १ को १५.९ प्रतिशत, लुम्विनी प्रदेशको १४.१ प्रतिशत, मधेश प्रदेशको १३.२ प्रतिशत, गण्डकी प्रदेशको ८.९ प्रतिशत, सुदूरपश्चिमको ९ प्रतिशत र कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको छ।

  • आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्‍यो आणविक युद्धको अभ्यास

    आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्‍यो आणविक युद्धको अभ्यास

    काठमाडौं । पछिल्लो ७० दिनदेखि जारी युक्रेन युद्धमा आणविक हमलाको खतरा बढ्दै गएको छ । रुसले बुधबार आफ्नो सेनाले आणविक क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको बताएको छ । सिमुलेटरमा आधारित परमाणु मिसाइलहरूको यो अभ्यास रूसको कालिनिनग्रादमा गरिएको थियो।

    रुसको रक्षा मन्त्रालयका अनुसार यसको सेनाले मिसाइल प्रणाली, एयरफिल्ड र सुरक्षित मिसाइलसम्बन्धित धेरै हमलाहरूको अभ्यास गरिरहेको छ ।

    २४ फेब्रुअरीमा युक्रेनमा भएको हमलापछि दुई देशबीच युद्ध चलिरहेको छ । यसैबीच रुसले बारम्बार अप्रत्यक्ष आणविक आक्रमणको चेतावनी दिइरहेको छ । बुधवार, इयू सदस्यहरू पोल्याण्ड र लिथुआनियाको बीचमा रहेको बाल्टिक सागरमा छलफलमा जुटिरहँदा रुसी सैन्य आधारमा युद्धाभ्यासको क्रममा परमाणु-इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीको कृत्रिम इलेक्ट्रोनिक प्रक्षेपण अभ्यास गरिएको थियो।

    विकिरण र रासायनिक प्रभाव

    रुसी सेनाले आणविक अभ्यासमा, विकिरण र आक्रमणको रासायनिक प्रभावहरू पनि मूल्याङ्कन गरेको बताइएको छ । यस अभ्यासमा १०० भन्दा बढी रुसी सैनिक र अधिकारीहरूले भाग लिएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा भएको आक्रमणपछि आफ्नो देशको आणविक शक्तिलाई उच्च सतर्कतामा राखेका छन् । यसैबीच, गहिरो संकटलाई मध्यनजर गर्दै रुसबाट पनि पटकपटक तेस्रो विश्वयुद्धको आशंका व्यक्त गरिएको थियो ।

    पश्चिमा राष्ट्रहरूले हस्तक्षेप गरे खतरा बढ्ने

    रुसी रक्षा मुख्यालय क्रेमलिनले युक्रेनमा पश्चिमले हस्तक्षेप गरेमा तुरुन्त बदला लिने बताएको छ । विज्ञहरू भन्छन् कि रसियाको सरकारी च्यानलहरूले हालसालै देशले आणविक हतियारहरूको प्रयोगको बारेमा जनतालाई धेरै पटक सचेत गराएको छ। “दुई हप्तादेखि, हामीले हाम्रा टेलिभिजन स्क्रिनहरूबाट आणविक गोदामहरू खोल्नुपर्दछ भन्ने सुन्दै आएका छौं”, रुसी अखबारका सम्पादक र नोबेल शान्ति पुरस्कार विजेता दिमित्री मुराटोभले भनेका छन् । एजेन्सीबाट

  • निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा

    निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । निर्वाचनमा जाने वा बाहिर बसेर संघर्ष गर्ने भन्ने विवादका बीच अन्ततः पार्टी नै विभाजन भएको हो । १४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई कारवाही गरि निकालेका थिए । बदलामा विद्रोही समूहले बुधबार विप्लव नै पार्टीबाटै निकालेको घोषणा गरेका छन् । चितवनको पर्सामा आयोजित राष्ट्रिय भेलाबाट विप्लवलाई पार्टीबाटै र खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

    विद्रोही समूहले बास्तोलालाई पार्टीको संयोजक तोकेसँगै यो पार्टी विभाजन भएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भने छैन । चैत दोस्रो साता चलेको केन्द्रीय समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अल्पमतमा परेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो । विप्लवले १४ वैशाखमा निकालेको विज्ञप्तिमा नेता वलीमाथि आर्थिक हिनामिनाको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै बास्तोलाले विप्लव नै पैसामा फसेको आरोप लगाएका छन् ।

    विप्लवले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्दै शान्तीपूर्ण राजनीतिमा आएको बताएका थिए । तत्कालीन एकीकृत नेकपा माओवादी ‘संसदीय भासमा फसेको’ आरोप लगाउँदै २०६९ मंसिरमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । यसबेला विप्लव मुख्य भूमिकामा थिए । उनी वैद्यसँग पनि फुटेर ८ मंसिर २०७१ मा उनले आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरेका थिए । उनले २०७३ फागुनमा आठौं महाधिवेशनबाट पार्टीको नाम फेरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे र आफूलाई महासचिव बनाएका थिए ।

  • विश्व बैंकले नेपाललाई दियो  १८ अर्ब भन्दा बढी ऋण

    विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

    काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

    कोभिड महामारी, जलवायु परिवर्तनजस्ता जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणका आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्‍याउने अर्थ सचिव मरासिनीले बताए । यो रकमले पुँजी, बिमा र प्रकोप जोखिम लगायत सम्बद्ध वित्तीय बजारहरु खोल्न र नविनतम सेवाहरुलाई प्रवर्द्धन गर्न मद्दत गर्ने मरासिनीले बताए । निजी क्षेत्रलाई सहयोग पुर्‍याउने गरी वित्तीय कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

  • युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण

    युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण

    काठमाडौं (बीबीसी) । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन्। निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्। बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ।

    स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरूको बीबीसीले पुष्टि गर्न सकेको छैन। कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्, ‘शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु, यहाँको अवस्था निकै कठिन छ।’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपिल गरेका छन्।

    ‘हाम्रा लागि सबै महत्त्वपूर्ण छन्। तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने। युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिए। यो साताको सुरुमा १०० भन्दा बढी मानिसको उद्धार गरिएको थियो।

  • म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश

    म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश

    काठमाडौं । म्यानचेस्टर सिटीमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको छ ।

    समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनल पुगेको हो । अब फाइनलमा लिभरपुल र रियल भिड्ने छन् । रियलका लागि रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । सिटीका लागि रियाड माहरेजले एक गोल गरे ।

  • भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

    भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

    भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको डुबानमा परेका छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार चितवन आइसकेका छन् ।

    आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । कांग्रेसका बागि उम्मेदवार जगन्नाथ पौडेलले मेयर पदको प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट विजय सुवेदी उठेका छन् ।

  • अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ।

    यदि त्यसो भए त्यसले राज्यहरूलाई गर्भपतनमा रोक लगाउने बाटो खोल्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले यदि उक्त निर्णय अघि बढे त्यसले स्वतन्त्रतासम्बन्धी थुप्रै प्रश्नहरू उठाउने बताएका छन्। पहिलो मस्यौदा भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।


    उक्त मस्यौदा अन्तिम फैसला होइन र त्यसमा धारणाहरू परिवर्तन हुनसक्छन्। तर यदि रोविरुद्ध वेड नामको उक्त मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकाका करिब आधा राज्यहरूमा गर्भपतनमाथि रोक लगाउनसक्छ। एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टस्‌ले मस्यौदा चुहिएको विषयलाई गम्भीर उल्लङ्घन भन्दै त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई भनेका छन्। उक्त मस्यौदा अमेरिकी वेबसाइट पोलिटिकोले पहिलोपटक प्रकाशित गरेको थियो।

    प्रधानन्यायाधीशले कुनै पनि तरिकाबाट अदालतको कारबाही प्रभावित नहुने पनि बताएका छन्। सार्वजनिक भएको मस्यौदाप्रति दुवै पक्षबाट तीव्र प्रतिक्रिया आएका छन्। गर्भपतनविरोधी ल फर्म अमेरिकन्स युनाइटेड फर लाइफले अदालतलाई गर्भपतन समर्थक गतिविधिहरू वा प्रतिनिधि सञ्चारहरूको अपेक्षालाई उपेक्षा गर्न आह्वान गरेको छ।

    अमेरिकामा प्रजनन स्वास्थ्यबारे सेवा दिने ठूलो संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतनको अधिकारको रक्षाका लागि आफूले लडाइँ जारी राख्ने बताएको छ। उसले यदि उक्त मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख महिलाहरूले गर्भपतनको अधिकार गुमाउने जनाएको छ।

  • नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी

    नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी

    काठमाडौं । नेपालले जिम्बावे-ए माथि ८ विकेटको जित निकालेसँगै नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरीमा टुंगिएको छ । तीन खेलको सिरिजमा दुबै टीमले एक÷एक खेल जिते । एक खेलमा भने वर्षा बाधक बन्दा नतिजा आएन । बुधबार १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गर्न सफल रह्यो ।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरे ।

    कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए। त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

  • बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो ।

    विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको टोली खटिएको थियो । तर, सर्चबाट कुनै पनि वस्तु फेला नपरेपछि विमानस्थल सूचारु गरिएको हो । ठाकुरका अनुसार टेलिफोनमा टर्मिनल भित्र ८ वटा बम राखिएको भन्दै खबर आएको थियो ।

  • विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

    विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

    काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किएका थिए ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनका ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई ७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका ११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।

  • मतदान स्थलमा कोरोना खोप पनि पाइने

    मतदान स्थलमा कोरोना खोप पनि पाइने

    काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन भनेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जानु पर्ने भएको छ ।

    यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेकालाई लक्षित गरि यस्तो व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको मन्त्रालयको भनाई छ । कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । यद्दपी अहिले पनि दैनिक २० हजारको हाराहारीमा खोप वितरण भइरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन् ।

  • जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

    जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

    दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको बताइएको छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।

  • एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

    एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

    काठमाडौं । एनएमबि बैंकले आजदेखि ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।

    निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ। सर्वसाधरणको १४ लाख कित्तामध्ये पनि ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    १५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले यस अघि गत जेठमा पनि ऊर्जा ऋणपत्र निष्काशन गरेको थियो।

    इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र नबिकेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ ।

    ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ्ग दिएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

  • पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

    पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

    चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

    पालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ ।

  • उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

    उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

    चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

    विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एकीकृत रुपमा नामावली सार्वजनिक गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

    जसमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा ५५ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् । यस्तै ३० जनाले उपमेयर पदमा उम्मेदवारी दिएको आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।

  • भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

    भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनले आगामी बिहीबार संयुक्त चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा गठबन्धनका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचनमा होमिएकी छिन् । उनको मुख्य टक्कर एमाले उम्मेदवारसँग भएपनि कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि गठबन्धन दवावमा आएको छ । यहाँ नेपाली कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।

    चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने भएका छन् । कांग्रेस नेतासमेत रहेका सत्तागठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्ने बताइएको छ । उनीहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने भएका छन् ।

  • उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

    उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

    निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था छ । जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।

    २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा छ । त्यस्तै खर्चको विवरण तथा बिल भर्पाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण आयोगमा बुझाउनुपर्ने लगायतका व्यवस्था पनि छ ।

  • काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र बनारसबीच आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले उडानको उडानको मिति सार्वजनिक गरेको हो । काठमाडौं(बनारस(काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टूर प्याकेज बिक्री गर्छ ।

  • अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

    अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

    काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

    केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराहीचोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लनचोकबाट स्टेसनसम्म लैजान बस पुग्नेछ । केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेन चाहने पर्यटकलाई लक्षित गरि बस सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

  • नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

    नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ८६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । संक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

    स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ ।

    आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाए ।

    शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

    शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

    मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ ? उनको (बालेनको) र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ ।’

    स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।

  • भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

    भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

    काठमाडौं । अभिनेता भुवन केसी र अत्रिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।

    यसअघि नेकपा एमालेमा रहेका केसी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए ।

    त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएका थिए ।

    यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

  • अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

    अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

    काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले आक्रमण सुरू गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको हो ।

    अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीब्र रुपमा भइरहेको छ । समाचार संस्था एएफपीले यसको पुष्टी गरेको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रूसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतवास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो। फेब्रुअरी २४ मा रुसले पहिलो पटक आक्रमण गरेको हो ।

  • राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

    राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कलाकार तथा श्रष्टाहरुलाई सम्मानित गरिएको छ । सोमबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उपस्थित भई राष्ट्रपति भण्डारीले उनीहरुलाई सम्मानित गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले कलाकारहरु सभ्यताका वाहक र सिर्जना राष्ट्रका अमूल्य निधि तथा सम्पदा रहेको बताइन् । राष्ट्रपति भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्बत गरेको पनि उल्लेख गरिन् ।

    स्वर्गीय श्रेष्ठ नेपाली सङ्गीतको इतिहासमा स्वर्णिम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायक मानिन्छन् । राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७७ बाट गायन विधामा नुपुर बनर्जी भट्टचार्यलाई सम्मानित गरिन् । वाद्य बादनमा नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरमा प्रदीप उपाध्यक्ष, गायनमा उमेश पाण्डे, कुन्ती मोक्तान र सीताराम पोखरेल, अर्केष्ट्रा–सङ्गीतमा राजकुमार श्रेष्ठ तथा शास्त्रीय सङ्गीतमा प्रभु ढकाल नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७७ बाट सम्मानित भए ।

    रचनामा एस.पी. कोइराला, बी.बी. थापा, सहदेव ढुङ्गाना, शिला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कामम्बिनी सम्मानित भए । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ मार्फत गायन विधामा निशा देशार र शिव परियार सम्मानित भए । रचना विधामा अरुण तिवारी र सङ्गीत विधामा सन्तोष श्रेष्ठ सम्मानित भए । राष्ट्रपति भण्डारीबाट नातिकाजी राष्ट्रिय योगदान सम्मान तथा प्रशंसापत्र १४ जनाले प्राप्त गरे । सङ्गीत संयोजकमा मनोहर सुनाम, गायनमा गुम्बु शेर्पा र जारा रित प्रसाईं सम्मानित भए ।

    समाजसेवातर्फ धुर्वकुमार श्रेष्ठ, सुनिल शर्मा, ठाकुरप्रसाद ढुङ्गाना, डा. कल्याणराज शर्मा, चिरन्जिवी थापा, डण्डपाणि कडेल (डि.पी), द्विराज शर्मा शिवाकोटी र नवराज केसी सम्मानित भए । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ मार्फत् रचनामा डि.पि.दाहाल, सङ्गीतमा अर्जुन पोख्रेल तथा गायनमा सिन्धु मल्ल र अजर जंगम सम्मानित भए ।

    नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७७ मार्फत् सङ्गीत संयोजनमा एलिस कार्की ढली सम्मानित भए । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७७ मार्फत शास्त्रीय सङ्गीतमा अमृतहरि तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार २०७७ मार्फत लोकसङ्गीत विधामा कृष्ण कँडेल सम्मानित भए ।

  • मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

    मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

    काठमाडौं (बीबीसी) । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन्। न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए। तर कमाण्डरका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरू रहेका छन्।

    युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किए लगत्तै उक्त उद्योगमा रुसले पुन? बमबारी थालेको बताएका हुन्। दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो। सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिन्छ जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन्। स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह सोमवार युक्रेन नियन्त्रित जापोरिझिया सहरमा पुग्ने ठानिएको थियो।

    तर उक्त सहरमा रहेकी बीबीसीकी लोरा विकरका अनुसार उद्धार प्रयासमा ढिलाइ भएको थियो। के कारण ढिलाइ भएको भन्ने स्पष्ट नरहेको बताइएको छ। गाडीका लस्करहरू जाने क्रम मै रहे पनि ती बसहरूले सयौँ माइलको दूरी पार गर्नुपर्नेछ र केही भागमा सडक कच्ची छ। ती बसहरूले बाटोमा थुप्रै रुसी जाँचचौकी पार गर्नुपर्नेछ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले सर्वसाधारणलाई उद्धार गरेर अन्यत्र लानका लागि सहायता गरेका थिए।

    रुसले उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्‍याइएको जनाएको छ। तर सरकारी सञ्चारमाध्यमले भने उनीहरूले चाहेमा युक्रेनको भूभागमा यात्रा गर्नसक्ने जनाएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १०० सय जना जापोरिझिया सहरतर्फ गइरहेको भन्ने समाचारको स्वागत गरेका थिए। मारिऊपोलबाट १४० माइल उत्तर(पश्चिममा उक्त सहर रहेको छ।