नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३ हजार एक सय २२ जना गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ जना ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार… Continue reading नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख… Continue reading ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने हुनेछ । केही दिनदेखि… Continue reading भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय

बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

बागलुङ । होली खेल्ने क्रममा बागलुङमा वेपत्ता भएको भनिएका युवा सम्पर्कमा आएका छन् । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार हिंसात्मक झडप भएको थियो । त्यस क्रममा १० जना भन्दा बढी युवा हराएका थिए । स्थानीय संचारमाध्यमहरुका अनुसार हराएका सबै युवा आइतबार राती सम्पर्कमा आएका छन् । आइतबार बल्देधुरीमा… Continue reading बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने

Photo : Farakdhar

काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने तयारी छ । उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो । खेल साँझ ५ः३० बाट शुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा नेपाल स्पष्ट जितका साथ उपाधी जित्ने लक्ष्यमा… Continue reading थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने

चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसको खोप काठमाडौं आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यसै जहाजले चीनको राजधानी बेइजिङबाट खोप काठमाडौं ल्याएको हो । जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडेको थियो । चीन सरकारले नेपाललाई… Continue reading चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता

बागलुङ । होली खेल्ने क्रममा बागलुङमा हिंसात्मक झडप भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा दुई जनाको मृत्यु भएको पुष्टी प्रहरीले गरेको छ । अझै १० जना हराएका कारण हताहती बढ्न सक्ने आंशका गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप भएको नेपालको राष्ट्रिय समाचार… Continue reading होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता

कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ । नेपालका धेरैजसो… Continue reading कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

Photo Source : Onlinekhabar.com

काठमाडौं । होली पर्वको दिन ट्राफिक नियम मिचेर सवारी चलाउने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसर यो आंकडा उपत्यकाभित्र गरिएको चेकजाँचको मात्र हो । आज बिहानै देखि काठमाडौंमा प्रहरीले चेकजाँच कडा पारेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम मिच्ने दुई पाङ्ग्रे ९ सय ५० र… Continue reading होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका, सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरणपछि भएको हत्याको अभियोगमा थप तीन जना पक्राउ परेका छन् । करीव एक महिनादेखि वेपत्ता झा दम्पत्तिको गत बिहीबार मात्र शव फेला परेको थियो । खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले स्थानीय तारादेवी… Continue reading झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ

म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

REUTERS\BBC

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जारी आन्दोलनका दौरान सैन्य शासकको हर्कतको कडा निन्दा गरेको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले सेनाले गरेको नरसंहारको भने निन्दा गरेको हो । म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले… Continue reading म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

Photo : spotlightnepal

काठमाडौं । आजबाट काठमाडौँ उपत्काका घरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । पहिलो चरणमा उपत्यकाका सीमित ठाउँमा भएपनि परीक्षणका रुपमा पानी पठाउन लागिएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । यसअघि रहेका पोखरीमा पानी भरेर सोही पोखरीमार्फत पानी वितरण गर्न… Continue reading काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको… Continue reading कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ। हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण… Continue reading कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए

REUTERS\BBC

काठमाडौं\एजेन्सी । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाएको छ । यस क्रममा कम्तिमा ६० जना मारिएको बीबीसीले जनाएको छ । शनिवार यहाँ आर्म फोर्स डे मनाइएको थियो । त्यस क्रममा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको हो । समाचार सुत्रहरुले जनाए अनुसार ६० जनाको मृत्यु भइसकेको र यस्तो संख्या ९० भन्दा बढी रहेको आंशका गरिएको छ… Continue reading म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए

कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज अन्त्येष्टि भएको छ । मस्तिष्कघातका कारण उनको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए । अन्त्येष्टिपूर्व नेता जोशीको शव श्रद्धाञ्जली दिन निवास याख्याटोल र… Continue reading कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो

Photo : Farakdhar

काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ। तीन राष्ट्र सहभागी भएको प्रतियोगिताको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशबीच आज गोलरहित बराबरी भएसँगै नेपाल फाइनलमा पुगेको हो । फाइनल खेल नेपाल र बंगलादेशबीच नै सोमबार साँझ साढे ५ बजे हुने भएको छ । पहिलो खेलमा पनि नेपाल र कीर्गिस्तानको ओलम्पिक टिम बराबरी खेलेका… Continue reading थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो

इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

Photo : CNN

कायरो । इजिप्टमा रेल दुर्घटनामा गरी कम्तिमा ३२ जनाको मृत्यु भएको छ । दुर्घटना शुक्रबार भएको हो । घटनामा ६६ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका अनुसार घटनास्थलमा ३६ एम्बुलेन्स परिचालन भएका थिए । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । प्रहरीका अनुसार दुई रेल एक आपसमा… Continue reading इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु

AP Photo/Mahmud Hossain Opu

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने बंगलादेश भ्रमणका सिलसिलामा शुक्रबार ढाका पुगेका छन् । तर, उनको ढाका भ्रमणका भने व्यापक विरोध भइरहेको छ । यस्र क्रममा ढाकामा भएको प्रदर्शन हिंसात्मक बन्द कम्तिमा ५ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । शुक्रबारको प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको पुष्टी भएको छ ।… Continue reading मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु

नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने भएको छ । प्रतियोगिता आगामी अप्रिलमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएका छ । क्यानका अनुसार अप्रिल १७ देखि २४ सम्म ट्राइ नेसन्स टी२० आई सिरिज आयोजना हुन लागेको हो । ट्राइ नेसन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धामा उत्रन लागेका हुन् । डबल… Continue reading नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने

बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

काठमाडौं । बहराइनका राजपरिवारका सदस्य शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टीमले वसन्त ऋतुमा सगरमाथा चढ्न अनुमति प्राप्त गरेको छ । पर्यटन विभागले यो टोलीका लागि आरोहण अनुमति जारी गरेको हो । यस सिजनका लागि अहिलेसम्म सगरमाथा चढ्न दुई समुहले अनुमति लिएका छन् । बहराइनबाट त्यहाँको डिफेन्स फोर्सका १६ जनाको टोली २ चैतमा नेपाल आएको हो… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

नेता जोशीको निधनपछि आज कांग्रेसको आकस्मिक कार्यसमिति बैठक

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीको निधनपछि आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको हो । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएको थियो । कांग्रेसले राति नै बैठकबारे सूचना सर्कुलर गरेको थियो । नेता जोशीको… Continue reading नेता जोशीको निधनपछि आज कांग्रेसको आकस्मिक कार्यसमिति बैठक

रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार दुखदः निधन भएको छ । मस्तिष्कघात भएका उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ः२४ मा निधन भएको नर्भिक अस्पतालले पुष्टी गरेको छ । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको अस्पतालले जनाएको छ । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उउनको निधन भएको अस्पतालको… Continue reading रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

दुर्गाप्रसादको बैंक खाता खुल्यो, नगरपालिकाले ५० हजार दिने

इलाम । निर्दोष भएपनि भारतमा ४० वर्ष जेल जीवन बस्नु परेका इलामको माई नगरपालिका १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाको बैंक खाता पनि खुलेको छ । आज उनको नेपाल एसबीआई बैंक लिमिटेड इलाम शाखामा खाता खुलेको हो । उनले नेपाली नागरिकता लिएपछि खाता खोल्न सजिलो भएको हो । उनको बारे समाचार आएसँगै उनलाई सहयोग गर्न चाहनेहरुलाई सहज… Continue reading दुर्गाप्रसादको बैंक खाता खुल्यो, नगरपालिकाले ५० हजार दिने

मर्निङवाकमा नजानु, घरबाहिर नबस्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौँमा वायु प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गर्दै सचेत रहन आह्वान समेत गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न भनेको छ । मर्निङवाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम समेत नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बालबालिका, दीर्घ रोगी… Continue reading मर्निङवाकमा नजानु, घरबाहिर नबस्नु : स्वास्थ्य मन्त्रालय

तुवाँलोले ढाक्यो काठमाडौं, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाशमा वायु प्रदूषण ह्वात्तै बढेको छ । शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएका कारण आँखा पोल्ने समस्या समेत देखा परेको छ । देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने… Continue reading तुवाँलोले ढाक्यो काठमाडौं, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको… Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सार्वजनिक यातायातमा कडाइ, भौतिक दुरी र मास्क अनिवार्य

काठमाडौं । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ। सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । त्यस्तै बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने,… Continue reading सार्वजनिक यातायातमा कडाइ, भौतिक दुरी र मास्क अनिवार्य

ज्योति लाइफको आइपीओ बाँडफाँड, ६७ प्रतिशतको हात रित्तो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपीओ बाँडफाँड भएको हो । कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओ ५ लाख… Continue reading ज्योति लाइफको आइपीओ बाँडफाँड, ६७ प्रतिशतको हात रित्तो

प्रदेश–१ मन्त्रिपरिषद् : ४ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

काठमाडौं । प्रदेश १ मन्त्रिपरिषद्मा ४ मन्त्री र दूई राज्यमन्त्रीले सपथ लिएका छन् । सरकारका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् । ग मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ र सामाजिक विकासमन्त्री उषाकला राईलाई नियुक्त गरेका छन् ।यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री र कृषि… Continue reading प्रदेश–१ मन्त्रिपरिषद् : ४ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ