एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१… Continue reading एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

सांकेतीक तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलापछि आज पहिलो पटक उपत्यकाबाहिर निस्कदैछन् । यसअघि संसद विघटन गरेपछि उनले काठमाडौं बाहिरको दौडधुप बढाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आज गृहजिल्ला झापा जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले औद्योगिक पार्कको शिलान्यास गर्नेछन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने… Continue reading औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति

Pic : Forbes

काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अमेरिकामा प्रयोगको अनुमति पाएको छ । यो खोप एक डोजमात्र लगाए पुग्ने भएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आम आम मानिसले प्रयोग गर्ने फ्रिजमा समेत भण्डारण गर्न सकिने र एक डोजमात्रै लगाए मात्र पुग्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो खोपलाई अनुमति… Continue reading जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति

अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

न्यूयोर्कअमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।रिपब्लिकनहरु… Continue reading अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

Photo source : AP

पोर्ट ओ प्रिन्स। हाइटीमा कैदीले गरेको जेल ब्रेक र झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी कैदी भोगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना शुक्रबार भएको हो । झडपका क्रममा जेलका निर्देशक समेतको ज्यान गएको बताइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा… Continue reading हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै

काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने निश्चित भएको छ । उनी शनिबार पाकिस्तान प्रस्थान गर्ने भएका छन् । सन्दीप लाहोर कलन्दर्सबाट प्रतियोगितामा बाँकी खेल खेल्न पाकिस्तान गएका हुन् । शुक्रबार साँझ सन्दीपको सम्झौता पक्का भएको हो । उनी आज दोहा हुँदै कराची जान लागेको बताइएको छ । लाहोरबाट खेलिरहेका स्पिनर… Continue reading सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै

८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।… Continue reading ८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

न्यूयोर्क । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको छ । यससँगै नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ढोका खुलेको छ । अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार यसका लागि पाँच वर्षको तयारी अवधि राखिएको छ । यसअनुसार सन् २०२६ बाट नेपाल स्तरोन्नति बनिसक्ने छ । यसबीचमा अतिकमविकसित… Continue reading नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

Andrew Burton/Getty Images

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन । सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय… Continue reading अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

खशोग्जी (बायाँ), सलमान (दायाँ) Photo : Asia News

न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो । राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको… Continue reading साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

आज श्री स्वस्थानी व्रतकथाको समापन

काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथा आजबाट समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको छ । श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्म विसर्जन गर्ने प्रचलन रहेको छ । एक महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै… Continue reading आज श्री स्वस्थानी व्रतकथाको समापन

नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

Photo source : AP

जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको… Continue reading नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातका कारण उनको स्वास्थ्य अवस्था समेत गम्भीर रहेको चिकित्सकले जानकारी गराएका छन् । बिहीबार राती मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । त्यहाबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो । चिकित्सकहरुका अनुसार अस्पताल पुगेर सिटी स्क्यान गर्दा उनको टाउकोमा रगत जमेको पाइएको हो… Continue reading कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले १३ दिन भित्र बैठक बोलाउन आदेश गरेके थियो । आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय सरकारले गरेको छ । ११ फागुनमा सर्वोच्च अदालतले… Continue reading फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्। अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छ? अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई… Continue reading ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर ) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ । सो सम्झौतानुसार नेपालले पश्चिम तराईका… Continue reading नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५४ जना कोरोनालाई जितेर… Continue reading नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं । ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए ।

अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा… Continue reading अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।… Continue reading तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

File Source : AP Photo

बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए । यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित… Continue reading अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

काठमाडौं । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेस केन्द्रमा छ । किनकी भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा नयाँ सरकारको बनाउने कसरतको केन्द्रमा कांग्रेस आइपुगेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियता समेत बढेको छ । उनलाई नेकपाका नेताहरुले भेटिसकेका छन् । बिहिबार नेपालका लागि चिनियाँ र भारतीय राजदूतले समेत उनलाई भेटेका छन्। नेपाली संचारमाध्यमहरुका अनुसार… Continue reading भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचनको मिति तोक्दा धेरैले यसमा भारतले साथ दिएको आशंका गरेका थिए । सोहीकारण प्रधानमन्त्री अतिआत्मविश्वासका साथ प्रस्तुत भएको र यसमा अदालतले समेत प्रधानमन्त्रीकै साथ दिने अनुमान धेरैको थियो । त्यसविपरित सर्वोच्च अदालतले नेपालको संविधानको स्पष्ट व्याख्यासहित प्रधानमन्त्रीको कदमको विपरित फैसला सुनायो । यो प्रकरणबारे भारतले… Continue reading संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुलाई सरकारको सिफारिसमा राजदुत पदमा नियुक्त गरिएको हो । रेग्मी पूर्वमूख्य सचिव हुन् । कार्यक्रममा परराष्ट्र मन्त्री… Continue reading बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादको टुंगो नलागेसम्म प्रमुख विपक्षी नेपाली कांग्रेसले कुनै पनि समुहसँग सहकार्य नगर्ने निर्णय लिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको नेताहरुले बताएका छन् । बैठकमा… Continue reading नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज

प्रतिनिधिसभाका संसादहरुले ३ महिनाकाे एकमुष्ट तलब पाउने

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै प्रतिनिधिसभाका संसादहरुले पुस यताको एकमुष्ट तलब पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभाका सांसदहरुको जागिर पनि पुनःस्थापना भएको छ । योसँगै २७५ जना सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए… Continue reading प्रतिनिधिसभाका संसादहरुले ३ महिनाकाे एकमुष्ट तलब पाउने

प्रचण्ड–माधवलाई जसपाले सोध्यो,तपाईंहरू कुन पार्टीबाट ?

काठमाडौं । सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्। नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए। बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार… Continue reading प्रचण्ड–माधवलाई जसपाले सोध्यो,तपाईंहरू कुन पार्टीबाट ?

माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ… Continue reading माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । गरिब तथा कम आय भएका मुलुकका संयुक्त राष्ट्रसंघको पहलमा कोभ्याक्स स्कीम अनुसार खोप वितरण शुरु भएको छ । यसको पहिलो खेप घाना पठाउँदै खोप वितरण शुरु गरिएको हो । कोभ्याक्स योजना अनुसार खोप पाउने घाना पहिलो मुलुक समेत बनेको छ । एस्ट्राजेनेकाको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यास स्कीममा पहिलोपटक घानाको राजधानी अँकारा… Continue reading कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप