एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्। सुनसरीका ७४ वर्षीय, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षीय महिला संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, सुनसरीका ६० वर्षीय मोरङको ६२ वर्षीय, महोत्तरीका… Continue reading एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ४१० पुगेको छ । नेपालमा शनिबार साँझसम्म २१५ जनाको निधन भएको छ । नेपाल बाहिर भने कुल १ सय ९५ जनाको निधन भएको छ । यसरी संसारभर रहेका नेपालीको कुल मृत्यु ४१० पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघका अनुसार संक्रमणबाट विदेशमा… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४१०

जोखिमयुक्त बस्ती स्थानान्तरणबारे प्रधनमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । सिन्धुपाल्चोकका बाढी तथा पहिरो पिडित व्यक्तिको बस्ती स्थानान्तरणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा शनिबार साँझ उनको निवास वालुवाटार पुगेका थिए । सभामुखको सचिवालयका अनुसार दुई नेताबीच बाढीपहिरोबाट विस्थापितको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ ।… Continue reading जोखिमयुक्त बस्ती स्थानान्तरणबारे प्रधनमन्त्री र सभामुखबीच छलफल

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटनाा परेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२… Continue reading स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको ज्यान गएको छ । यसबारेमा अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली फिल्डमा पुगेको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको निर्देशनालयले जनाएको छ । पछिल्लो दुई हप्तामा उच्च ज्वरोकै… Continue reading कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट डर होइन, सचेत हुने आह्वान गरेको छ । पछिल्लो समय भनसुनमा पिसिआर गर्ने, एकै व्यक्तिले पहुँचको आधारमा धेरै पटक परीक्षण गर्ने सम्मका घटना बढेपछि सरकारले सरकारले पीसीआर परीक्षणमा मात्र दबाब नदिन आग्रह गरेको छ ।पीसीआर परीक्षण महँगो विधि भएको र त्यस क्रममा सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक… Continue reading सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

File

काठमाडौं । देशभर अस्पतालबिहिन ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथाममा उपयोग गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । यी अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजनाको दरवन्दी राखिने भएको छ । आवश्यकताका आधारमा स्वाथ्यकर्मी… Continue reading ६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट आज सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने मानिसको आंकडा समेत २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ जना मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ महिला र ९ पुरुष रहेका छन् । अब देशभर ज्यान… Continue reading नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८४ जना संक्रमित थप भएका छन् । त्यसमध्ये जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा यस अवधिमा १ सय ५५ जनाका कोरोना पुष्टी भएको छ । ललितपुरमा १९ र भक्तपुरमा १२ जनाका कोरोना देखिएको छ । २४ घण्टामा कुल १० हजार ४७१… Continue reading उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

रानीपोखरीको ९० प्रतिशत काम सकियो

काठमाडौं । रानीपोखरी पुनर्निर्माणमा काम ९० प्रतिशत कार्यप्रगति हाँसिल भएको छ । गत वैशाखमै काम सक्नुपर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरसको महाकारीका कारण का प्रभावित भएपछि केही ढिलाई भएको हो । अब भौतिक संरचनातर्फको अधिकांश काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको… Continue reading रानीपोखरीको ९० प्रतिशत काम सकियो

वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै अब वीरगन्जमा मात्र ज्यान गुमाउने व्यक्तिको संख्या ४८ पुगेको छ । शनिबार वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला, वीरगञ्ज–१२ का ४३ वर्षिय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष गरी कुल तीन जनाको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार… Continue reading वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

फाइल तस्वीर

काठमाडौं । शुक्रबार मलेसियाबाट एउटै जहाजले नेपालीका १६ वटा शव नेपाल ल्याएको छ । कोरोना भाइरस र लकडाउनका कारण विदेशमा अड्किएका नेपाली नागरिकको उद्धारका क्रममा शव ल्याउने क्रम समेत जारी छ । सोही सिलसिलामा आज १६ वटा शव नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले मलेसियाबाट २६२ यात्रुलाई काठमाडौं ल्याएको छ… Continue reading मलेसियाबाट एउटै जहाजमा ल्याइयो १६ शव

नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

काठमाडौं । नेपालमा कोरोनाबाट गम्भीर रुपले बिरामी भएका व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस विधिको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन् । यो विधि पछिल्लो समय भारत र अमेरिकामा समेत उपयोग भइरहेको छ । नेपालमा महिला र पुरुष दुबैमा प्रभावकारी… Continue reading नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय २९ पीसीआर परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४… Continue reading नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा साढे ३५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यसमध्ये आधा भन्दा बढीले भाइरसलाई पराजित गर्न सफल भएका छन् । तथ्यांक अनुसार कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएर घर फकिसकेका छन् । बिहीबार ५ सय ६९ जनाले कोरोनालाई जिते । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार ७३… Continue reading नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

धरान । धरानमा कोरोना भाइरसको संक्रमणबट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो । प्रतिष्ठानका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ । ८३ वर्षीय पुरुषको शुक्रबार… Continue reading धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

उपत्यकामा होम डेलिभरी सेवा बन्द, सेवा प्रदायकलाई प्रहरीको धरपकड

काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न तथा अत्यावश्यक वस्तुको होम डेलिभरी सेवा समेत अवरुद्ध भएको छ । खाद्यान्न तथा तयारी खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा दिँदै आएका सेवा प्रदायकका सञ्चालक र कर्मचारीले बिहीबार प्रहरीले धरपकड गरेको छ । सो क्रममा ५ जना संचालक र ८० जना कर्मचारी पक्राउ समेत परेका छन् । फूडमाण्डू, यूजी केक,… Continue reading उपत्यकामा होम डेलिभरी सेवा बन्द, सेवा प्रदायकलाई प्रहरीको धरपकड

कुलमानलाई प्राधिकरणमा सरकारले पुनर्नियुक्ति नदिएको प्रवक्ताको स्पष्टिकरण

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्यूत प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनर्नियुक्ति नदिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तबारे मन्त्रिपरिषदमा छलफल नै नभएको स्पष्ट पारे । यसअघि बुधबार सामाजिक संजाल र केही अनलाइनमा उनको नियुक्ति भएको भन्दै खबर भाइरल भएको… Continue reading कुलमानलाई प्राधिकरणमा सरकारले पुनर्नियुक्ति नदिएको प्रवक्ताको स्पष्टिकरण

विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै पनि नेपालीमाथि भेदभाव हुन नहुने बताए । अब राज्यले श्रम गरेर आएका र नआएका नभनी… Continue reading विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८,… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय २९ पीसीआर परीक्षणमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या… Continue reading नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा उपत्यकाभित्र ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना छन्। काठमाडौं उपत्यकामा एकै… Continue reading उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

वीरगन्ज । नेपालमा कोरोनाबाट सबैभन्दा उच्च मृत्यु भएको जिल्ला पर्सामा आज थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको हो । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । यी दुई सँगै अब वीरगञ्जमा कोरोना संक्रमणबाट… Continue reading वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२० भित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध हुने बताएको छ । संगठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले धेरै मुलुकमा औषधि र खोपमा लागि द्रुत गतिमा काम भएको भन्दै त्यो काम अब अन्तिम चरणमा पुगेको बताएका छन् । सन् २०२० को अन्त्य या सन् २०२१ को प्रारम्भ र्मै… Continue reading सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको जानाकारी दिए… Continue reading लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार २ सय ५३ पीसीआर परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको… Continue reading नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो

file

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यका भित्र लगाएको निषेधाज्ञा एक साता थप गरेको छ । भदौ ३ बाट सुरु भएको निषेधाज्ञा अब १७ भदौसम्म लम्बिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि घोषित लकडाउनको… Continue reading उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो