Category: फिचर

  • भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

    भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

    कर्नाटक । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक गम्भीर सवारी दुर्घटनामा परेका छन्। उनी सवार कार दुर्घटनामा मन्त्री गम्भीर घाइते भएको र श्रीमती तथा स्वकीय सचिवको भने ज्यान गएको भारतीय संचारमाध्यमले लेखेका छन् । मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा परेको हो ।

    पत्नी विजया नाइक र स्वकीय सचिवको ज्यान गएको र मन्त्री नाइक गम्भीर घाइते भएको बताइएको छ । मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार जारी छ । अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । उनी पत्नीसहित गोकर्ण गइरहेका थिए ।

    येल्लापुर र गोकर्णबीचको सडक खण्डमा उनी सवार कार दुर्घटनामा परेको हो । कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा कार दुर्घटनामा परेको संचारमाध्यमले लेखेका छन् । उनको दुर्घटनापछि केन्द्रीय स्तरका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

    बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

    काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो ।

    उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने चेतावनी दिएको हो । बाइडेनको सपथअघि वासिङ्टन र ५० राज्यकै ठूला सहरमा ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेको बताइएको छ । ती प्रदर्शनले हिंसा भड्किन सक्ने एफबिआईको चेतावनी रहेको छ ।

    उता, अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ। यसबाट पनि सुरक्षा संवेदनशिलता प्रष्ट हुने संचारमाध्यमको विश्लेषण रहेको छ । अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । त्यस क्रममा ५ जनाको मृत्यु भइसकेको छ ।
    एजेन्सी

  • राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

    राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि आगामी बुधबार छलफल हुने भएको छ ।

    बीबीसीका अनुसार ट्रम्पमाथि हिंसा भड्काएको आरोप छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको भन्दै यस्तो प्रस्ताव गरिएको हो ।

    महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको सन्दर्भ समेत उल्लेख गरिएको बताइएको छ ।

    सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका कारण प्रस्ताव आएको हो ।

    राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिने छ । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदन र तल्लो दुबै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ ।

  • फिल्म हल खोल्न सरकारको अनुमति

    फिल्म हल खोल्न सरकारको अनुमति

    काठमाडौं । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । गत चैतयता बन्द रहेका फिल्म हल खोज्न सरकारले अनुमति दिएको हो । आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेता शिव श्रेष्ठ र आफ्नो पहलमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसँग बैठक बसेको थियो ।

    बैठकमा अध्यक्ष दाहाल, शिव श्रेष्ठ, प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङसमेत सहभागी भएका थिए ।

    नेपाल चलचित्र संघले स्वःघोषित रूपमा पुस १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेको छ । यो निर्णयमा हल व्यवसायी र सरकारले भने अनुमति दिएका थिएनन् ।

  • भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

    भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

    नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ ।

    यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको छ । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुरा बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा समेत मरेका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसको भ्रमण रोकिएको छ ।

    महाराष्ट्रमा पछिल्लो दुई दिनमा मात्र कम्तीमा आठसय कुखुरा मरेका छन् । मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो । आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र सुगा मरेको पाइएको छ । उत्तर प्रदेशले उक्त चिडियाखाना आसपास १० किलोमिटर क्षेत्रमा मासुको व्यापार रोकेको छ । उत्तर प्रदेशको भोपालमा समेत काग मरेको बताइएको छ ।

  • भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?

    भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?

    काठमाडौं । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोना भाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ।

    ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ?

    भारतको खोप उत्पादन क्षमता कति ?

    अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड–एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन्।

    भारतमा परीक्षणमा रहेका अन्य खोप पनि उत्पादन गरिँदैछ। केही महिनाअघि भारतीय औषधि उत्पादक कम्पनीहरूले उत्पादनलाई तीव्रता दिने खबरहरू आएका थिए।

    सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) ले आफूले प्रत्येक महिना ६ करोडदेखि ७ करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ।

    भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर उक्त कम्पनीसँग अहिले २ करोड मात्रा कोभ्याक्सीन मात्र उपलब्ध छ।

    परीक्षणमा रहेका अन्य उत्पादक कम्पनीहरू खोप उत्पादनपछिको आपूर्तिबारे भारतीय अधिकारी र अन्य देशहरूसँग वार्तामा छन्।तर अहिलेसम्म खोपको मात्राबारे निकै कम जानकारी उपलब्ध छ।

    भारतलाई कति खोप चाहिन्छ ?

    भारत सरकारले भाइरससँग सङ्घर्ष गर्ने प्रारम्भिक योजनाको अङ्गको रूपमा जुलाई महिनाको अन्त्यसम्ममा प्राथमिकताको सूचीमा रहेका ३० करोड मानिसलाई खोप दिने जनाएको छ।

    जनवरी १६ तारिखबाट खोप दिन शुरु गरिनेछ। त्यसमा स्वास्थ्य कार्यकर्ता र अग्रभागमा खटिने मानिसहरूलाई प्राथमिकता दिइनेछ। सात महिनाभित्र ६० करोड मानिसलाई खोप दिने भारतको लक्ष्य छ। अहिलेसम्म एसआईआईले ५ करोड खोप उत्पादनको तयारीमा रहेको जनाएको छ।

    कम्पनीले कति मात्रामा निर्यात गर्ने र कति घरेलु प्रयोगको निम्ति राख्ने भन्ने विषयमा अझै काम भइरहेको छ।

    विश्वव्यापी मागमा भारतको भूमिका कस्तो ?

    भारतको एसआईआई पनि डब्ल्यूएचओद्वारा सहयोग प्राप्त कोभ्याक्स भनिने अन्तर्राष्ट्रिय योजनाको एउटा अङ्ग हो। त्यसअन्तर्गत न्यून र मध्यम आय भएका देशको खोपमा पहुँच स्थापित गर्न उनीहरूलाई सघाउने भनिएको छ।

    गत सेप्टेम्बर महिनामा एसआईआईले यो वर्ष उक्त योजनाअन्तर्गत अक्सफर्ड–एस्ट्राजेनेका वा अमेरिकामा विकसित नोभाभ्याक्स खोपको २० करोड मात्रा आपूर्ति गर्ने सहमति जनाएको थियो।

    नेपालमा कोभिड खोपको अहिलेको आवश्यकता ‘भारतबाट पूर्ति गराउन पहल’ एसआईआईका प्रमुख कार्यकारी अदार पूनावालाले दिएको जानकारी अनुसार कोभ्याक्स सम्झौताअन्तर्गत थप ९० करोड खोप बढाइने सम्भावना छ।

    त्यसपछि एसआईआईले उक्त योजनाअन्तर्गत १ अर्ब खोप आपूर्ति गर्नुपर्ने प्रतिबद्धता हुनेछ। उक्त कम्पनीले यो वर्षको मार्चबाट प्रत्येक महिना १ करोड खोप उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ।

    कोभ्याक्स योजनाबाहेक एसआईआईले अक्सफर्ड–एस्ट्राजेनेका खोप आपूर्ति गर्न अन्य देशहरूसँग व्यावसायिक सम्झौता गरेको छ।तर एसआईआईका प्रमुख पूनावालाले यो महिनाको सुरुमा निर्यात नगर्ने सर्तमा खोपले अनुमति पाएको बताएपछि त्यसबारे भ्रम उत्पन्न भएको थियो।

    प्रारम्भिक रूपमा ३ करोड खोप लिने सम्झौता गरेको बाङ्ग्लादेशले त्यसबारे चिन्ता प्रकट गरेपछि भारत सरकारले निर्यातलाई अनुमति दिन सकिने स्पष्टीकरण दिएको थियो।विदेश मन्त्रालयका एक अधिकारीले ‘विश्वको ठूलो खोप उत्पादकको रूपमा भारत छिमेकी र बाँकी विश्वप्रतिको प्रतिबद्धतामा पूर्ण सचेत रहेको,’ बताएका थिए।

    अहिले एसआईआईले साउदी अरब, म्यान्मार र मोरक्कोसँग पनि सम्झौता गरेको छ तर त्यसको परिमाण र उपलब्ध गराइने समयबारे स्पष्ट छैन।नेपाल, ब्रजिल र श्रीलङ्काले पनि भारतमा निर्मित खोप आफ्नो निम्ति सुरक्षित राख्न चाहेको बताइएको छ।

    तर एसआईआईको प्राथमिकता अझै पनि घरेलु माग रहेको उल्लेख गर्दै पूनावालाले भने, ‘भारतको प्रारम्भिक माग पूरा गरेलगत्तै हामीले छिट्टै अन्य देशहरूमा निर्यात थाल्नेछौँ।’ बीबीसी

  • नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

    आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५ विन्दु पार गरेको थियो ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३० खर्ब नाघेको छ । यो हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ३.७० अंकले बढेर २२३९.४२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९२ रुपैयाँ बराबरको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७६.९३ अंकले बढेको छ उत्पादनमूलक समूह ४१.३२ अंकले घटेको छ ।

    कारोबारमा आएका २०८ कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता सिद्धार्थ बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४२ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक २५ करोड र एनएमबी बैंक १८ करोडसहित शीर्ष तीनमा रहे ।

    झिनो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.९५ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्।

    प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रोल्पामा २ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।

    सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

    स्वास्थ्य मन्त्रालयले गर्‍यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा तोकिएका छन् ।

    यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुखको जिम्मेवारी डा. मदन उपाध्यायलाई तोकिएको छ ।

    यसअघि उक्त महाशाखाको जिम्मा डा. रमेश खरेललाई दिइएको थियो । हाल डा. खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

  • प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

    प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह

    काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् ।

    अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।

    नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल दुबै समूहलाई निर्वाचन आयोगले २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो ।

    सरकारले पुस ५ गते संसद विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि नेकपा दुई भागमा विभाजन भएको छ । तर औपचारिक घोषणा भने गरिएको छैन ।

    विभाजनपछि ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टी नै वैधानिक नेकपा भएको र सूर्य चिह्न आफ्नो भएको दाबी गर्दै आइरहेका छन् । यस विषयमा निर्वाचन आयोगले भने अध्ययन गरिरहेको छ ।

  • म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् ।

    उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगगरी सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरेका छन् । उनले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको बताएका छन् ।

    नेताहरु विदेशीको इशारामा चलेकोतर्फ समेत उनले सावधान गराएका छन् । उनले भनेका छन्, ‘राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’

    परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको समेत उनको सन्देशमा राखिएको छ ।

  • आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

    आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

    काठमाडौं । नेपाल एकिकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र आउनु अगाडी यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

    २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहले भने आज सार्वजनिक बिदा घोषणा गरेका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन ।


    गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइरहेको छ । राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउने क्रममा अध्यक्ष कमल थापा गोरखा जाने कार्यक्रम तय भएको छ । यस दिनको उपलक्ष्यमा नेताहरुले शुभकामना दिँदै राष्ट्रिय एकतामा जोड दिएका छन् ।

  • किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

    किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

    काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम केसिएनएले आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएको सार्वजनिक गरेको छ ।

    वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक अधिवेशन हुन्छ । जसबाट उनी सर्वसम्मत महासचिव बनेका हुन् । यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका छन् ।

    संचारमाध्यमहरुका अनुसार उन झन् शक्तिशाली हुने गरी महासचिव बनेका छन् । आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका हुन् । अधिवेशन उद्घाटन गर्दै किम जोङ उनले यसअघिको पञ्चवर्षीय योजना सबै क्षेत्रमा असफल भएको स्वीकार गरेको बताइएको छ ।

  • नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

    नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले दोस्रो पटक विधान संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको छ । अब या नेकपामा केन्द्रिय सदस्यको संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

    मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको उल्लेख गरिएको हो । केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको बताइएको छ ।

    यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्‍याएको सार्वजनिक भएको थियो । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन् । यो समुहले पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने कार्यकारी अधिकार खोसिदिएको छ ।

  • नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

    नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२०० विन्दु पार गरेको यो पहिलो पटक हो ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३० खर्ब नाघेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८८.४५ अंकले बढेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता प्रभु बैंकको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४० करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक ३० करोड र नेपाल पुनर्बीमा कम्पनी २४ करोडसहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंक, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ४.३१ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

  • कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

    कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएका नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिने दाबी गरेका छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा सम्बोधन गर्दै ओलीले भारतसँग मित्रवत् छलफल गरेर सुगौली सन्धिपछि प्राप्त नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम गर्ने दाबी गरेका हुन् ।

    उनले भने, ‘मिचिएको भूमि नक्सामा समेट्यौँ । संविधानमा राख्यौं । ती भूमि फिर्ताका लागि मित्रवत् ढंगले छलफल हुँदै छ र त्यो भूभाग लिन्छौँ । नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि कायम गर्छौँ ।’

    उनले व्यवहारमा राष्ट्रवादलाई उतार्न नसक्ने र मौकामा राष्ट्रवादका चर्का नारा लगाउनेलाई कटाक्ष गर्दै भने, ‘हाम्रो पानी हाम्रो खेतको सिरानबाट जाँदा हामीले हाम्रो खेतमा पानी चाहियो भन्न नसक्ने ? अनि सुमधुर सम्बन्धका लागि चुप लागेर बस्नुपर्छ भन्ने ? खेत बाँझै राखेर मौका मिल्दा राष्ट्रवादको ठुला नारा लगाउने ? यस खालको कुरा अन्त्य गर्नुपर्छ ।’

    ओलीले भारतसँगको मित्रवत् छलफलबाट नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम हुने दाबी गरे ।

  • काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

    काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

    काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् ।

    उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका ८ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

    ती बत्ती जडानका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उनले भने, ‘यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।’

    विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले बताए ।

    तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।

    विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकामा पालिकाले राखेका बत्ती छन् । विभागले थप अरु ६/७ ठाउँमा बत्ती राख्ने योजना बनाएको छ ।

    चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्नेगरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ ।

  • ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

    ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

    राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

    सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए ।

    ‘सरकारलाई काम नै गर्न दिइएन,’ ‘प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन उनले भने’ ।

  • रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

    रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमाना ननाघ्न धम्की दिएका छन् । जति ठूलो सेलिब्रेटी भएपनि सिमाना नाघ्दा त्यसको जवाफ समयले माग्ने रिमालको चेतावनी छ । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले यस्तो चेतावनी दिएका हुन् ।

    शनिबार साँझ मिश्रले प्रधानमन्त्रीले पूर्वन्यायमूर्तिहरुलाई धम्क्याएको प्रति आलोचना गर्दै ट्विट गरेका थिए।

    उनले भनेका थिए, “कस्तो समय आयो पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो ।”

    उनको यो ट्वीटमा जवाफ दिने क्रममा रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी, तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।”

    प्रधानमन्त्रीले शनिबार विचाराधिन मुद्दामा बोलेको भन्दै पूर्वप्रध्यानन्यायाधिशहरुको आलोचना गरेका थिए । तर, प्रधानमन्त्री स्वयम भने आफ्नो कदम सही भन्दै अदालतलाई प्रभाव पार्ने गरि बोलिरहेका छन् । संसद विघटनको मुद्दा अहिले पनि अदालतमा वहसका क्रममा रहेको छ ।

  • इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

    इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

    जकार्ता । इन्डोनेशियामा शनिबारदेखि हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमहरुक अनुसार दुर्घटनास्थल समेत पत्ता लागेको छ । आज बिहानैबाट खोजी थालिएको र विमान दुर्घटनाग्रस्त भएको स्थान समेत फेला परेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

    बीबीसीले विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानीजहाज खटिएको जनाएको छ । इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज शनिबार साँझबाट वेपत्ता भएको थियो ।

    श्रीविजाया एयरको बोइङ ७३७ विमान राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको थियो । विमान समुद्रमा खसेको हो । जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । घटनाबारे विस्तृत विवरण खोज र उद्धार सकिएपछि सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन् ।

  • आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् ।

    आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ ।

    बैठकमा प्रधानमन्त्रीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

  • आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

    आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

    काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को २०२१ सिजनका लागि नेपालबाट १० खेलाडी ड्राफ्टमा परेका छन्। उनीहरुको भविश्यबारे आज अक्सन हुनेछ । यसमध्ये सन्दीप लामिछाने ड्राफ्मा सबैभन्दा उच्च तलव पाउने श्रेणीमा छन् । अन्य ९ खेलाडी भने दोस्रो श्रेणीमा रहेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडीलाई कुन कुन टीमले आवद्ध गर्नेछन्, त्यो भने आजै निश्चित हुनेछ । नेपालबाट प्लेटिनम क्याटेगोरीमा सन्दीप लामिछाने छन् ।

    सिल्भर क्याटेगोरीमा पारससहित ९ खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख परेका छन् ।

    ड्राफ्टमा एक टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्धन गर्न पाउने नियम छ । १६ मध्ये ११ खेलाडी भने पाकिस्तानी हुनुपर्छ । २० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा छन् । प्रतियोगिता फेब्रुअरी २० देखि २२ मार्च सम्म चल्नेछ ।

  • ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

    ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन मात्र अब १० दिन बाँकि छ । यसबीचमा उनले अनेक हर्कत गरेका छन् । त्यसमाथि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा समेत उठ्ने सम्भावना रहेको भन्दै उनीविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको छ ।

    तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको राजिनामा तत्काल नआए ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।

    गत साता आफ्ना समर्थकहरूलाई संसद भवनमा हिंसा फैलाउन उक्साएका ट्रम्पलाई महाअभियोग लगाउन डेमोक्र्याटिकमात्र होइन रिपब्लिकन पार्टीकै नेताहरूबाट समेत माग भएको हो । राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणीकरण गर्न दुबै सदनको बैठक बसिरहेका बेला अघिल्लो बुधबार ट्रम्प समर्थकले संसद भवनमा हंगामा गरेका थिए ।

    यो घटनामा ५ जनाको मृत्यु भएको छ । ट्रम्पविरूद्ध सोमबार संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको बताइएको छ । दुबै सदनबाट महाअभियोग पारित भए ट्रम्प फेरि राष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् ।

    गत वर्ष पुसमा समेत ट्रम्पविरूद्ध पहिलो महाअभियोग प्रस्ताव आएको थियो । तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनको बहुमत भएकाले उनले सफाइ पाए ।

  • नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

    यसमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । १९१२ जनाको मृत्यु भइसकेको छ । घट्दो संक्रमणका कारण देशभर मात्र ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् । १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।

  • इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

    इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

    जाकार्ता । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको एक यात्रुबाहक जहाज वेपत्ता भएको छ । राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा हराएको छ । फ्लाइट रायर २४ ले देखाएअनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको देखिएको छ । सम्पर्कविहीन विमानको खोजी कार्य जारी रहेको छ ।

  • बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

    बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा नजाने भएका छन् । आगामी जनवरी २० नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह हुने छन् । ट्रम्प स्वयमले यस्तो घोषणा गरेका हुन् । नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने प्रचलन रहेको छ ।

    तर, ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् यस्तो घोषणा गरेका हुन् । यसअघि ट्रम्प समर्थकले बुधबार संसद भवनमा हमला गरेका थिए । नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने भएको छ । घटनापछि ट्रम्प ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध गरेका थिए ।

  • टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

    टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

    काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी बढेको प्रहरीको भनाई छ । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएको बताइएको छ ।


    समाचारमा जनाइ अनुसार गतराती ९ बजे प्रहरी उनीहरुको कोठामा पुग्दा उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए । श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । पछिल्लो दिनमा नेपालमा पारिवारिक कलहका कारण यस प्रकारका अप्रिय घटना बढिरहेका छन् ।

  • ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

    ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको बताएको छ । त्यसपछि अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिएको कम्पनीले उल्लेख गरेको छ ।

    यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्म निलम्बन गरेको थियो । त्यसबेला ट्वीटरले यदि यस प्लाटफर्मको नियम तोडे सधैंका लागि बन्देज लगाइने चेतावनी समेत दिएको थियो । ट्रम्पले भने हिंसात्मक गतिविधि गर्ने समर्थकलाई ‘देशभक्त’को संज्ञा दिएका छन् । त्यसपछि उनको अकाउन्ट बन्द गरिएको हो ।

  • सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

    सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

    काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो ।


    राष्ट्रपति भने सार्वजनिक कार्यक्रममा निस्कन छाडेकी छिन् । गृह मन्त्रालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा पनि सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाउन थालिएको छ ।

    यसअघि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । अहिले भने प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरी सुरक्षाकर्मी बढाइएको हो ।

    प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि रोक्न समेत सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । ओली जाने कार्यक्रममा कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने चिजहरु समेत प्रहरीले निषेध गर्ने भएको छ ।

    असंवैधानिक कदम चालेर त्यसको बचाउमा उत्रिएका ओलीले अहिले आफ्नो कदमबारे जनमत जुटाउन देश दौडाहा थालेका छन् । सरकारले पूर्वमाओवादी खेमाका मन्त्रीहरुमाथि समेत सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा बढाउने निर्णय गरेको छ ।