भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई… Continue reading भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

काठमाडौं । आज सरकारको संसद विघटन गर्ने अंवैधानिक निर्णयको विरुद्धमा नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको जनाएको छ । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पुस… Continue reading सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

काठमाडौं । राजनीतिक उचारचढावका बीच शुक्रबार एक खबर सार्वजनिक भयो, जसअनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ । सामाजिक संजालमा गसिपका लागि यो खबर राम्रो मसला भएको छ । ५० वर्षीय राईले माघ ११ मा काठमाडौंमा विवाह गर्ने भएका छन् । तर, उनी कोसँग बिवाह बन्धनमा बाँधिने छन्, त्यो भने… Continue reading मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भन्दै आज भारतीय संचारमाध्यमले खुलासा गरेका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गत नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी नवभारत टाइम्सले उल्लेख गरेको छ । यता, नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी… Continue reading पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

नयाँ दिल्ली । नेपाल भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषय यो बैठकमा औपचारिक प्रवेश नै नभएको पाइएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका थिए । तर,… Continue reading नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो । कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल… Continue reading नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ। बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै… Continue reading नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

बाइडेनले घोषणा गरे १.९ ट्रिलिययन डलरको राहत, बेरोजगारलाई साप्ताहिक ४ सय !

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राहत प्याकेज १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्। प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ। संसदबाट पारित र जनवरीको पहिलो… Continue reading बाइडेनले घोषणा गरे १.९ ट्रिलिययन डलरको राहत, बेरोजगारलाई साप्ताहिक ४ सय !

संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

फाइलफोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । संसद विघटनको असंवैधानिक कदमविरुद्ध कांग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सक्रिय सहभागी देउवाले अपील गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ । यसअघि कांग्रेसले पुस १३ गते… Continue reading संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

काठमाडौं । युरोपेली मुुलुक पोर्चुगलले देशव्यापी लकडाउन थालेको छ । कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि पोर्चुगलले पुनः देशव्यापी लकडाउन घोषणा गरेको हो । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेको जानकारी गराएका छन् । यहाँ एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएको र १५६ जनाको मृत्यु भएको जानकारी स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

आज नेपाल-भारत संयुक्त आयोगको बैठक

२ माघ, नयाँ दिल्ली । नेपाल र भारतका परराष्ट्र मन्त्रीको नेतृत्वमा आज संयुक्त आयोगको छैठौं बैठक संचालन हुँदैछ । बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो । गतवर्ष लिपुलेक लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो। बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका परराष्ट्र मन्त्री प्रदीप… Continue reading आज नेपाल-भारत संयुक्त आयोगको बैठक

चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयर भर्ने सबैले चन्द्रागिरिको टिकट मूल्यमा २५ प्रतिशत छूट पाउने भएका छन् । बुधबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ । साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका… Continue reading चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ । १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ ।… Continue reading वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १४.४ प्रतिशत मात्र पूँजिगत खर्च भएको छ । सरकारको प्राथमिकता विकास निर्माणका काम नपर्दा पूँजीगत (विकास) खर्च दयनीय देखिएको हो । साउन देखि पुससम्म ६ महिनामा ५० अर्ब ८१ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ । चालु आर्थिक वर्षमा पूँजिगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब… Continue reading ६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ। पर्बत जान हिडेका सभापति देउवा चढेको कैलाश एयरको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल स्थानमा नजिक आकस्मिक अवतरण गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । भट्टराईले सभापति देउवा चढेको हेलिकप्टर खाराब मौसमका कारण आकस्मिक अवतरण गरेको जानकारी दिदै अहिले… Continue reading देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा रहेका नेपालीबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत साल यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशत बढी हो । अमेरिकी डलरमा… Continue reading विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

गुगल फाईल फोटो

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध त्यहाँका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग प्रस्ताव पारित भएको छ । उनको कार्यकार्यमा दोस्रो पटक तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको हो । बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको छ । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा

काठमाडौं । आज माघे संक्रान्ती, विभिन्न समुदायमा विविध परम्परा अनुसार यो पर्व मनाइर्दछ । सरकारले यस दिनको उपलक्ष्यमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्तिका अवसरमा नेपाल भित्र र बाहिर रहेका नेपालीले स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाउने गर्छन् । सूर्य… Continue reading आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने… Continue reading आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका विदेशी सहायताका आयोजना क्रमशः अगाडी बढ्ने क्रममा छन् । यसमा ठूलो भूमिका विदेशमै रोकिएका कामदार समेत हुन् । चालु आर्थिक वर्षको पहिलो ५ महिना (मंसिरसम्म) १३९५ जना विदेशी कामदार नेपाल आएको तथ्यांकले देखाएको छ । विभागका अनुसार कामदार भिषा लिएका उक्त संख्यामा विदेशी नेपाल भित्रिएका छन् । पछिल्लो दिनमा… Continue reading ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२८७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२८५ विन्दु पार गरेको… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संविधान भाँचेको आरोप लगाएका छन् । बुधबार काठमाण्डुमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा नेपालको संविधानमाथि प्रहार गरेको बताएका छन् । ‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो… Continue reading ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

काठमाडौं । प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटबारेको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा गठित इजलासमा रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन् । रिट निवेदकहरुको बृहत पूर्ण इजलासको माग गरेपनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् । उनले असहमति जनाएपछि प्रधानन्यायाधीश राणाले सरकारबाट… Continue reading प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?

काठमाडौं । रसियामा उत्पादन भएको खोप नेपाल ल्याउने तयारी भइरहेको पाइएको छ । रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन खोप नेपाललाई दिन तयार रहेको बताएको छ । रुसले यसअघि… Continue reading रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?

संसद विघटनको रिटमा आज पनि सुनुवाई

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन् । आजको सुनुवाइबाट यो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने टुंगो लगाउने तयारी छ ।… Continue reading संसद विघटनको रिटमा आज पनि सुनुवाई

एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ८४३ नासुका लागि जाखिर खुला गरेको छ । नायब सुब्बा पदमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति हुने गरी जागिर खुला भएको हो । आयोगले बुधबार विज्ञापन सार्वजनिक गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६… Continue reading एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति… Continue reading प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’