हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं । नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ । आगामी पुस १७ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो जानकारी दिएका हुन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको… Continue reading हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा यसअघि केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजको दौडधुपपछि भने केही बेचैन भएको देखिएको छ । वालुवाटारमै पार्टी भित्रका अनेक बैठक बहिष्कार गर्दै आएका प्रधानमन्त्री ओली आज भने कार्यकारी अध्यक्ष प्रचण्डदेखि मन्त्रीहरुलाई समेत भेट्न उनीहरुको निवासमै धाए । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री यसअघि आक्रामक… Continue reading शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग

काठमाडौं । दुई विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज छलफल भएको छ । बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय भएको नेताहरुले… Continue reading दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग

खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

काठमाडौं । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल बढाएका छन्। शनिबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए । भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै… Continue reading खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा… Continue reading अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप

काठमाडौं । विकसित मुलुकहरुले कोरोना भाइरसको खोप प्रयोग थालिसकेका छन् । अमेरिका र बेलायतमा औपचारिक रुपमा खोप वितरण शुरु भएको छ । चीन र रुसले अनौपचारिक रुपमा लाखौं नागरिकलाई कोरोना खोप लगाइसकेका छन् । भारतसहित अन्य मुलुकहरुसमेत अब खोप वितरणको तयारीमा छन् । यस्तो अवस्थामा आफै खोप निर्माण गर्न नसक्ने र कमजोर आउस्रोत भएका मुलुकहरु… Continue reading गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप

आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफल हुने भएको छ । यसअघिका छलफलहरुमा प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास मै जाने गर्थे । आज भने बिहान १० बजे प्रधानमन्त्री प्रचण्ड निवास जान लागेका हुन् । पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टी विवादका सम्बन्धमा छलफल हुने भएको छ… Continue reading आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी

आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि… Continue reading आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा अब नेपाली कांग्रेसका नेतासमेत सतहमा देखिन थालेका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको हिमचिम बढेको छ । यसबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने सशंकित बनेका छन् । उनीहरुले आज नेपाली कांग्रेसका वरिष्ठ… Continue reading ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

नेपालमा थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७८२ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५२हजार ४७४ पुगेको पुगेको छ । थप १०२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित… Continue reading नेपालमा थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमण मुक्त

औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ। समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको भनेको छ। समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा… Continue reading औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

सभामुख सापकोटा र संवैधानिक परिषद सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई नहुने भएको छ ।उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो । रोलक्रमअनुसार आज उनको मुद्दा हेर्न नभ्याइने बताउँदै मुद्दा सारिएको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो । काभ्रेका… Continue reading सभामुख सापकोटा र संवैधानिक परिषद सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

Photo : Gettyimage

काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई समेत प्रयोगको अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोग गर्न सकिने गरी खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो। मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले अब एक साता पछि दोस्रो खेप समेत प्रयोगमा ल्याउन पाउने भएको छ ।… Continue reading अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

सांसद रेशम चौधरीसहित ८ जनामाथि जन्मकैदको फैसला

दिपायल । ६ वर्ष अगाडी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा संलग्न प्रतिनिधिसभातर्फका प्रत्यक्ष निर्वाचित सांसद रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलबाट जन्मकैदको फैसला सुनाइएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको नरसंहार भएको थियो… Continue reading सांसद रेशम चौधरीसहित ८ जनामाथि जन्मकैदको फैसला

लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

स्वीट्जरल्याण्ड । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्कीले पहिलो पटक फिफा वर्ष खेलाडीको उपाधी जित्न सफल भएका छन् । विश्वको उत्कृष्ट खेलाडीको दौडमा रहेका लियानल मेसी र क्रिस्टियानो रोनाल्डोलाई जित्दै उनी पहिलो बन्न सफल भएका हुन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्छन । मेसी गत वर्षका विजेता हुन… Continue reading लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

काठमाडौं । नेपालमा विदेशबाट आउने व्यक्तिहरुले क्वारेन्टिनमा बस्नु पर्ने अवधि घटेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यसअघि यस्तो अवधि दुई साताको थियो । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण क्रमशः कम हुँदै गएको… Continue reading विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमणको दर तिब्र गतिमा घटिरहेको छ । त्यसो त परीक्षणको दायरा समेत सोही अनुपातमा खुम्चिएको छ । अहिले नेपालमा अत्यावश्यक पर्ने बिरामी, शंका लागेर आफैले गर्नुपर्ने परीक्षण र विदेश जाने यात्रुको मात्र परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७… Continue reading नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने

काठमाडौं । नेपाल र बंगलादेशबीच रासायनिक मल खरीद गर्ने सम्बन्धमा सम्झौता भएको छ । ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशबीच सम्झौता भएको हो । अबको तीन महिना भित्र मल डेलिभरी गरिसक्ने गरी सम्झौता भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको… Continue reading नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने

नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रशिक्षण करियरका सफल व्यक्ति मानिन्छन् । यसअघि उनले पाकिस्तान र श्रीलंकाको राष्ट्रिय टोलीलाई सम्हालिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यानले बिहिबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि वाटमोरसहित १२ जनाबीच प्रतिस्पर्धा भएको थियो… Continue reading नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बैठक बोलाएका थिए । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा नेताहरुले आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफु बैठकमा सहभागी नहुने… Continue reading संवैधानिक परिषदको बैठक स्थगित

शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक २२.७० अंकले घटेर २ हजार ३२.५१ अंकमा झरेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.०४ अंकले घटेर ३ सय ८५.९४ अंकमा झरेको छ । बिहिवार लघुवित्त बाहेक अन्य सबै समुहको सूचक… Continue reading शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार

शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था

काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ । काठमाडौं जिल्ला प्रशासनले विहिबार विज्ञप्ती जारीगदैृ तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको जनाएको छ । प्रशासनले मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने विज्ञप्तीमा… Continue reading शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था

नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) श्रीलंकाबाट फिर्ता लिएको छ । नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि अमेरिकाले एमसीसी श्रीलंकाबाट फिर्ता गरेको हो । अमेरिकाले श्रीलंकाबाट ४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न… Continue reading नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ऋणीले आगामी असार मसान्तसम्म छूट पाएका छन् । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको अवस्थामा अब बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको… Continue reading बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने

आजबाट नेपाल-भारत हवाई उडान सूचारु

काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि आजबाट हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सको जहाज आज काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्दैछ । कोरोना भाइरसको महामारीपछि ११ चैतदेखि सबै प्रकारका उडान अवतरणमा प्रतिबन्ध लागेको थियो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशका एक\एक वायुसेवा कम्पनीले दैनिक दुई वटा उडान गर्ने गरी तालिका तय भएको छ… Continue reading आजबाट नेपाल-भारत हवाई उडान सूचारु

काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय संचालनमा नआउने भएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखसँग छलफल गरेको थियो । विदेशका धेरै सहरमा पनि कोभिडका… Continue reading काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।… Continue reading नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

काठमाडौं । अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् । यस्तो व्यवस्था आगामी साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ । श्रमिकले पुनः श्रम स्वीकृति (रि इन्ट्री) सुविधा अनलाइनबाटै लिन सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । अहिले श्रम स्वीकृतिका… Continue reading अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिँउदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसको पदाधिकारी बैठक आज बसेको थियो । उक्त बैठकले तत्काल संसद बोलाउनु पर्ने निचोड निकालेको हो । सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गर्दै संसदको अधिवेशन छलेर अध्यादेश जारी… Continue reading कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५ सय… Continue reading पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु