औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले… Continue reading औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनाको पिसिआर परीक्षणमा १४४२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। देशभर थप ३५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख… Continue reading नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

काठमाडौं । पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो। अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।… Continue reading नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा कायम भएको हो । यसदिन १९४कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार ८ सय… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

आज नेकपा विवादको निर्णायक दिन हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बुधबार बिहानै फेसबुकमा लेखे, सर्वाधिक कठिन समय । उनी कोरोनाबाट मुक्त भएका छन, अन्य समस्या छैन, मतलव त्यो कठिन समय हो पार्टी भित्रको विवाद । आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भनिएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली… Continue reading आज नेकपा विवादको निर्णायक दिन हो ?

तराईबासी नेपालीको महान चाड छठ शुरु

काठमाडौं । नेपालको तराईमा विशेष महत्वका साथ मनाईने पर्व छठको विधिवत शुरुवात भएको छ । घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरि छठको शुरुवात गरिएको हो । यो वर्ष छठ अन्तर्गत आज नहायखाय मनाइन्छ । बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा गर्ने गरी साइत जुराइएको छ । पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि… Continue reading तराईबासी नेपालीको महान चाड छठ शुरु

चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटको संघारमा छ । दुई अध्यक्षबीचको विवादले पार्टीमा तिब्र असुन्तुष्टी बढिरहेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । नेपालमा कम्युनिष्ट पार्टीबीचको विवाद मिलाउन चीनले भूमिका खेल्ने गरेको बताइन्छ । त्यसमा चिनियाँ राजदूतको संक्रियताले समेत त्यसको पुष्टी छ । अघिल्लो पटक उनकै सक्रियतामा… Continue reading चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

काठमाडौं । नेकपाभित्र बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार साँझ शितल निवासमै पुगेर उनले राष्ट्रपति समक्ष भेट गरेका हुन् । यो भेटलाई भने राजनीतिक परिदृष्यमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो बैठक जसरी पनि सार्ने… Continue reading प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

Photo : Dhaka Tribune

ढाका । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको आज दोस्रो खेल सम्पन्न भयो जसमा कुनै पनि टोलीबाट गोल हुन सकेन । शुक्रबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २, ० गोलले आफ्नो पक्षमा पारेको थियो । दुई खेलको सिरिजको उपाधी भने घरेलु टोली बंगलादेशले जितेको… Continue reading दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३११२ जनाको पिसिआर परीक्षणमा ५०२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ। देशभर २८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९… Continue reading नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जननाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् । तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ ।… Continue reading ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

Photo : Gettyimage

काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ । जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी… Continue reading अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

Photo : The Rising Nepal

काठमाडौं । नेवार समुदायले आज भाइटिका लगाउने भएका छन् । सोही प्रयोजनका लागि सरकारले आज देशैभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेको भन्दै नेवार समुदायका केही समुहले भने आज भाइटीका लगाउन लागेका हुन् । अधिकांश समुहले भने सोमबार नै भाइटिका लगाएका छन् । अन्य… Continue reading आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ । जल तथा… Continue reading तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते

काठमाडौं । नेपालमा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण भएको छ । तिहारको अवसर भएका कारण परीक्षण भने घटेको छ । अब देशभर कुल संक्रमितको संख्या २… Continue reading नेपालमा थप ११९७ जनामा कोरोना पुष्टी, २९४३ जनाले जिते

भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

Photo by wondersofnepal.com

काठमाडौं । दाजु भाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले आजैका दिन रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर एक अर्कालाई टिका लगाउने प्रचलन रहेको छ । तर, यो उत्सव विगत ५ वर्षदेखि बन्द थियो । किनकी भूकम्पले क्षतिग्रस्त रानीपोखरी र यसको मन्दिर पुनर्निर्माणका क्रममा रहेका कारण मन्दिर बन्द रहेको थियो । २०७२ साल बैशाखको… Continue reading भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Photo : Hongkong free press

जोर्डन । हङ्कङमा नेपालीले चलाएको एक रेष्टरेन्टमा आगलागी भएको छ । हङ्कङको जोर्डनमा भएको यस घटनामा ७ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार यो रेष्टरेन्ट दर्ता बीना नै संचालनमा थियो । घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति… Continue reading हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

आज तिहारको भाइटिका, धुमधामसहित मनाईंदै

Photo : The Rising Nepal

काठमाडौं । आज हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिका मनाइदैछ । नेपालसहित विश्वभर रहेका नेपालीले आज दाजुभाइलाई दिदीबहिनीले टिका माला लगाइदिने तथा शुभकामना र उपहार आदान प्रदान गरी यो पर्व मनाइदैछ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने प्रचलन रहेको छ । टीका लगाइदिइसकेपछि दिदीबहिनीले… Continue reading आज तिहारको भाइटिका, धुमधामसहित मनाईंदै

लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

लुक्ला । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाउने घोषणा गरेका छन् । शेर्पा संस्कृति झल्कने गरी विमानस्थलको सजावट गरिने उनको भनाई छ । मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटनमा पुगेका थिए । सोही कार्यक्रममा उनले नेपाल नागरिक उडड्यन… Continue reading लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ । कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ ।… Continue reading भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

काठमाडौं । नेकपामा एक्लो बनेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो पक्षमा तान्न छलफललाई पुनः तिब्र बनाएका छन् । अघिल्लो साता अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पत्रमार्फत वाकयुद्ध भएको थियो । त्यस क्रममा प्रचण्डले वर्तमान सरकारका कमी कमजोरी र आम मानिसले उठाएका प्रश्नलाई पत्रमा राखेका थिए । ओलीले… Continue reading एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा वायुप्रदुषण ह्वात्तै बढेको छ । धान भित्राएपछि पराललाई खेतमा छाडी कृषकले आगो लगाउने गर्छन् । सोहीकारण राजधानी दिल्ली लगायत यस आसपासका क्षेत्रमा हरेक वर्ष वायु प्रदुषण उच्च स्तरमा पुग्ने गर्छ । वायु प्रदुषण रोक्न सरकारले गाडीबाट हुने प्रदुषण नियन्त्रण गर्ने योजना ल्याएको छ । जसअनुसार अब रेडलाइट बलेर गाडी रोकिने अवस्था… Continue reading भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

काठमाडौं । यमपञ्चकको आज चौथो दिन गाई र गोरुको पूजा गरेर मनाइदैछ । गाईलाई नेपालमा भगवान मानिन्छ । उनको पूजा गर्दा आमासरह माया पाइने धार्मिक विश्वास रहेको छ । धार्मिक अनुष्ठानहरुमा गाईको दूध, गहुँत र गोबर पवित्र हुन्छ । सोहीकारण पनि हिन्दुहरु गाईलाई भगवान मान्ने गर्छन् । आधुनिक विज्ञानमा समेत स्थानीय गोरस रोगको प्राकृतिक औषधिका… Continue reading आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

हास्य कलाकार गजुरेलले जिते कोरोना

काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो । अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन्… Continue reading हास्य कलाकार गजुरेलले जिते कोरोना

नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् । अब नेपालमा कोरोना… Continue reading नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

काठमाडौं । तिहारको बिदाको अवसर पारी आजबाट तीन दिनसम्म बैंक तथा त्यसका शाखा बन्द भएका छन् । तिहारको बिदा अवधि शनिबार, आइतबार र सोमबार सबै बैंक र शाखा बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसअघिका वर्षहरुमा बैंक तथा वित्तीय संस्थामा कुनै न कुनै माध्यमबाट सेवा प्रवाह जारी रहन्थ्यो । यो वर्ष कोरोना… Continue reading तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् । देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज