काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक राजनीतिक कार्ड फ्ँयाकेका छन् । जसमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने उल्लेख छ । यो निर्णय पनि कोरोना भाइरसको सन्त्रास सकिएपछि कार्यान्वयनमा ल्याउने भन्ने उल्लेख छ । माधव नेपाललाई अध्यक्ष घोषणा गर्न त कुनै समस्या भएन् । यद्दपी… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?
Category: फिचर
अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति
नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो । मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ । अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ ।… Continue reading भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति
नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ । आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार… Continue reading नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष
नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी
काठमाडौं । नेपालमा कोरोनाका दुई संक्रमित थपिएका छन् । शुक्रबार रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएका थिए… Continue reading नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी
कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् । कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए । यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने… Continue reading कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि
अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् । यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र… Continue reading अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर
काठमाडौं । कोभिड १९ को कहरले आज विश्व घर भित्र थुनिएको छ । आर्थिक गतिविधिमा ब्रेक लागेको छ । यसले औपचारिक क्षेत्रमा रोजगारी गर्ने केही सिमित मानिस र व्यापार व्यवसायबाट बचत गर्न सक्ने व्यक्ति बाहेक आम मजदुरको हालत भने कमजोर बनाइदिएको छ । सामाजिक सुरक्षा प्रणाली बलियोसँग लागु भएका मुलुकमा मजदुरका लागि केही सुहलियत भएपनि… Continue reading सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर
बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो
काठमाडौं । बहराइनमा नेपालीमाथि कोरोनाको संक्रमण निरन्तर बढ्दो छ । बिहीबार मात्र बहराइनमा रहेका थप ३१ जना नेपालीमा कोरोना पुष्टी भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । यस मुलुकमा अब कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा संक्रमण पुटी भएको थियो । नेपाली कामदारलाई… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो
रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
रोल्पा । रोल्पाको जंगलमा वेवारिसे बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ । जंगलमा छोडिएको बमलाई खेलौना ठानेर खेलाउँदा ४ जना बालबालिकाको ज्यान गएको हो । बालबालिका गाईबाख्रा चराउन गएको बेला बम फेला पारेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय… Continue reading रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?
काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएको छ । सरकारले कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरणका लागि ल्याएको दोस्रो चरणको आर्थिक प्याकजेमा उक्त निर्णय गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयले उल्लेख गरेको… Continue reading इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?
अब काम गरेमात्र सरकारी राहत पाइने
काठमाडौं । अब सरकारले राहत वितरणलाई कामसँग जोड्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत पाउने गरी सरकारले निर्णय गरेको हो । काम नगरी राहत माग्नेले भने काम गर्नेले पाउने राहतको तुलनामा मात्र २५ प्रतिशत मात्र पाउने भएको मन्त्रीपरिषद्ले निर्णय गरेको छ… Continue reading अब काम गरेमात्र सरकारी राहत पाइने
लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउनमा घर भित्रै बसेर पर्यटन प्रवद्र्धन गर्ने गज्जबको अभियान थालेको छ । यसै सिलसिलामा झ्याल भित्र बसेर त्यहाबाट देखिने सुन्दर तस्वीर पठाएर त्यसबाट उत्कृष्ट ५ तस्वीरलाई नगद पुरस्कार दिने गरी प्रतियोगिता थालेको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको… Continue reading लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो
तेहरान । इरान कोरोना भाइरसको तिव्र संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न सफल मुलुक हो । तर, यस मुलुकलाई अहिले मानिसहरुमा रहेको अन्धविश्वासका कारण ठूलो मानवीय मूल्य चुकाउनु परेको छ । कोरोना भाइरसे शुरु भएयता यस भाइरसको संक्रमणबाट बच्न भन्दै विषाक्त रक्सी सेवन गर्दा करीव ७ सय मानिसको ज्यान गएको इरानी संचरमाध्यमले उल्लेख गरेका छन् ।… Continue reading अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो
कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु
काठमाडौं । विश्वभर कोरोनाको कहर जारी छ । यसले ठूलो मानवीय क्षति निम्त्याएको छ । तथ्यांकहरुका अनुसार अमेरिकाले मात्र भियतनाम युद्धपछिकै बढी संख्यामा आफ्ना नागरिक कोरोना भाइरसका कारण गुमाइसकेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोभिड १९ का कारण २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ । अमेरिका यसबाट सबैभन्दा… Continue reading कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु
सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र
वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् । खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम… Continue reading सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र
केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् । उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने… Continue reading केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक
काठमाडौं । नेताहरुबी विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बीना निष्कर्ष सकिएको छ । बैठकमा समसामयिक परिस्थितिको विषयमा गम्भिर रुपले समिक्षा भएपनि कुनै निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिए । उनका अनुसार अर्को सचिवालय बैठक आगामी २० गते बस्ने भएको छ । यस बैठकले अहिलेसम्म… Continue reading बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक
आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने
काठमाडौं । काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चने भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार यस वर्ष सरकारले प्रक्षेपण गरेको तुलनामा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने भएको छ । सरकारले चालु आवको बजेटमार्फत आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको थियो । तर, कोरोना कहर प्रारम्भ भएपछि… Continue reading आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने
नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर
काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतः एक हजार ८५ अमेरिकी डलर पुगेको छ । यसको मतलव १ लाख २६ हजार १८ रुपैयाँ औसतः प्रतिव्यक्ति आय पुगेको हो । केन्द्रिय तथ्यांक विभागले बुधबार मुलुकको आर्थिक विवरण सार्वजनिक गरेको हो । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय १ हजार ८५ पुगेको हो… Continue reading नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर
एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकबाट २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीव ३ लाख डलर बराबरको अनुदान सहयोगमा स्वास्थ्य सामग्री प्रदान गर्न लागेको समेत मन्त्रालयले… Continue reading एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने
एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं । बुधबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको… Continue reading एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे
कुवेत । कुवेतमा कोरोबाट संक्रमित नेपालीको संख्या ५१ नाघेको छ । मंगलबार एकै दिन २२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । कुवेतस्थित नेपाली दूतावासका अनुसार अब संक्रमित नेपालीको संख्या ५१ पुगेको हो । यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कुवेतमा नेपालीमा मानवीय क्षति भने भएको छैन । यस मुलुकमा… Continue reading कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे
बहराइनमा १२६ नेपालीमा कोरोना
काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ । बहराइनमा पछिल्लो अपडेट अनुसार थप ७७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्म १ सय २६ जनामा कोरोना देखिएको हो । दूतावासका अनुसार नेपालीलाई सामाजिक दूरी कायम गरी राख्ने व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ… Continue reading बहराइनमा १२६ नेपालीमा कोरोना
भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना
नयाँ दिल्ली । भारतमा एकै परिवारका ८ जना नेपाली नागरिकले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्य उपचारपछि निको भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा अघिल्लो महिना कोरोना पुष्टि भएको थियो । घर मुली, श्रीमती, दुई… Continue reading भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना
राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीका लागि दोस्रो पटक राहत प्याकेज सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी २०७६\७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बैंकले सम्पूर्ण बैंक तथा वित्रीय संस्थाहरु लक्षित गर्दै परिपत्र… Continue reading राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने
नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित
काठमाडौं । नेपालमा मंगलबार थप दुई कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टी गरेको हो । उनीहरु दुबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण… Continue reading नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित
नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने
काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलिया र दक्षिण कोरियामा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाका नागरिक र नेपालबाट कोरियाको भिषा लागेर बसेका नेपाली नागरिकलाई बोकेर नेपाल एयरलाइन्स उड्न लागेको हो । आगामी मे ६ मा अष्ट्रेलियाको सिड्नीमा उडानको तयारी गरिएको नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ । टिकट यात्रु आफैले काट्ने गरी चार्टर्ड उडान… Continue reading नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने
बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार भएको भेटले सचिवालयको समय तय गरेको हो । यसअघि सोमबार भएका भेटहरुमा सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो । तर, मंगलबार विभिन्न चरणका भेटपछि बुधबार सचिवालय बैठक बोलाइएको हो । बैठक बुधबार साँझ… Continue reading बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक
२ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो
काठमाडौं । नेपालमा कोरोनाका कारण मर्ने मानिसको संख्या २ लाख ९ हजार नाघेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ९ हजार ७ सय ९९ मानिसको ज्यान गएको छ । संक्रमित मानिसको संख्या समेत ३० लाख भन्दा माथि पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २०… Continue reading २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो