काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा आइतबारका खेल सम्पन्न भएसँगै पदक तालीकामा नेपाल दोस्रो स्थानमा कायम रहेको छ । आइतबार नेपालको नाममा २ स्वर्ण थपियो । अहिले नेपालको खातामा कूल ४५ स्वर्ण पुगेको छ । नेपालले ४४ रजत र ७५ कास्यसमेत कूल १६४ पदक जितिसकेको छ । आइतबार पौडीकी गौरिका सिंह र… Continue reading पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी
Category: फिचर
एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण
काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि नयाँ कर निर्धारण गरेको छ । सर्वोच्चको आदेशसँग एनसेलका लागि कर कार्यालयले नयाँ कर निर्धारण गरेको हो । अब एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरे पुग्ने भएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब… Continue reading एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण
गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
काठमाडौं । गौरिका सिंह नेपाली पौडी प्रतिस्पर्धामा चम्किलो नाम हो । राष्ट्रिय खेलकुदमा सबै खाले रेकर्ड तोडेर आफ्नो नाममा बनाइसकेकी यी खेलाडी यतिबेला सागमा चम्किरहेकी छिन् । उनले आइतबार ऐतिहासिक तेस्रो स्वर्ण जित्न सफल भएकी छिन् । एउटै सागमा तेस्रो स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । उनले १३औं सागको पौडीतर्फ आइतबार… Continue reading गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
नेपाल साग फूटबलको फाइनलमा, भूटानसँग भिड्ने
काठमाडौं । डिफेन्डिंग च्याम्पियन नेपाल दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल सागमा लगातार दोस्रो फाइनलका लागि मैदानमा उत्रने भएको छ । यो नेपाली फूटबलका लागि महत्वपूर्ण क्षण हो । किनकी दक्षिण एसियाली फूटबलमा भारतको दवदवा कायम रहेको छ । अघिल्लो सागमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । यसपटक भारतले… Continue reading नेपाल साग फूटबलको फाइनलमा, भूटानसँग भिड्ने
किन सधै किचलो निजगढ विमानस्थलमा ?
काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्रिभुवन विमानस्थलमा पुगे । त्यसअवसरमा उनले निर्माणाधिन संरचनाको अवलोकनपछि एउटा ट्वीट गरे । उनले त्रिभुवन विमानस्थलमा संरचना बनिरहेका भएपनि यसले समस्या समाधानको स्थायी समाधान दिँदैन, त्यसको स्थायी समाधान निजगढ विमानस्थल नै हो । किनकी अहिले त्रिभुवन… Continue reading किन सधै किचलो निजगढ विमानस्थलमा ?
साग फूटबलमा फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) फूटबलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । अपरान्ह हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । भूटान फाइनल पुगिसकेको अवस्थामा नेपालका लागि बंगलादेशविद्ध कम्तीमा बराबरी नतिजा आवश्यक रहेको छ । बंगलादेशका लागि भने शतप्रतिशत जित आवश्यक रहेको छ । नेपालले समूहचरणका अघिल्ला खेलमा भूटानलाई ४ गोलले हराएको थियो… Continue reading साग फूटबलमा फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै
३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आज ३० स्वर्ण पदकको छिनोफानो हुँदैछ । फाइनल प्रवेशका लागि आज फूटबलमा नेपाल र बंगलादेशबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाले नेपाललाई अर्को जिततर्फ उन्मुख गराउन सक्छ । ह्याण्डबलमा उपधिका लागि नेपाल र भारतसँग भिड्नेछन् । पौडीतर्फ पनि आठ वटा स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा राखिएको… Continue reading ३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
चितवन । चितवनमा शनिबार साँझ भएको अटो दूर्घटनामा पाँच जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका, ४ चेपाङ मार्गको भित्री सडकमा चौकी डाँडातर्फ गइरहेको अटो दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ । ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर पल्टीको हो । अटोमा ६ जना सवार रहेको र पाँचजनाको मृत्यु भएको प्रहरीले… Continue reading चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भूटानी फूटबलले निरन्तर अप्रत्यासित प्रदर्शन गर्यो । त्यति मात्र होइन, अब भूटान, त्यो ऐतिहासिक क्षणमा आइसकेको छ, जहा उसले कम्तिमा रजत पदक पक्का गरेको छ । भूटानले जारी प्रतियोगितामा बलिया टोली बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । नेपालसँग भने हार्यो । त्यसका बावजुत भूटान फाइनलमा प्रवेश… Continue reading साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन । नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो । हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ… Continue reading पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फूटबलको शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले दक्षिण एसियामै बलियो मानिने टोली माल्दिभ्सलाई २-१ गोलअन्तरले हराएको हो । पहिले गोल गर्दै अग्रता लिएपनि माल्दिभ्स त्यसलाई जोगाउन असफल भयो । काठमाडौंको दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता… Continue reading साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकोलामा अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु भएको छ । पेन्सकोलास्थित जलसेनाको आधारस्थल (नेवल बेस) मै गोलि चलेको हो । घटनामा शंकास्पद एक व्यक्तिसहित चारजनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको यो घटनापछि एफबिआई, एटिएफजस्ता सुरक्षा दस्ता परिचालन गरिएको छ । आधारस्थलस्थित… Continue reading अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु
इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप
वासिंगटन । इरानमा पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनका क्रममा ७ हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । त्यसमा पनि हजार जनालाई भने प्रहरीले हत्या गरिसकेको अमेरिकाले जनाएको छ । इरानका लागि अमेरिकका विशेष दूतले उक्त रिर्पोटिंग गरेका छन् । उनको यो दावि संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक भन्दा निकै धेरै… Continue reading इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप
क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
काठमाडौं । नेपालका तीन शहरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार क्रिकेट र फूटबलका तीन महत्वपूर्ण इभेन्ट आज हुँदैछन् । महिला फूटबलमा आज नेपालले भारतसँग फाइनल खेल्दैछ । यो फाइनल जित्न सके नेपाली महिला टोलीका लागि एतिहासिक पदक प्राप्त हुने छ । यो खेल पोखरामा हुने छ । पुरुष फूटबलमा आज नेपालले माल्दिभ्सको… Continue reading क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने
काठमाडौं । जारी १३ औं दक्षिर्ण सियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार राजधानीमा म्याराथन दौड प्रतियोगिता हुँदैछ । आज अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । म्याराथन दौड बिहान सात बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । दशरथ रंगशालाबाट दौड प्रारम्भ हुनेछ । दौड टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर हुदै… Continue reading आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने
साग : नेपालको स्वर्ण ४१ पुग्यो, शुक्रबार थपिए ५
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले शुक्रबारसम्म कूल ४१ स्वर्ण पदक जितेको छ । शुक्रबार पाँच स्वर्ण हात पार्दा नेपाल पदक तालीकामा दोस्रो स्थानमा यथावत रहेको छ । पहिलो स्थानमा भने भारत रहेको छ । भारतले ८१ स्वर्ण जितिसकेको छ । नेपालभन्दा पछाडी करीव आधा अन्तरमा श्रीलंका आइरहेको छ । शुक्रबार… Continue reading साग : नेपालको स्वर्ण ४१ पुग्यो, शुक्रबार थपिए ५
निजगढ विमानस्थल निर्माणमा सर्वोच्चको ब्रेक
काठमाडौं । सरकारको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी नबढाउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश गरेको छ । विमानस्थल आयोजनाको काम यथास्थितिमा राख्न सरकारका नाममा अदाललले शुक्रबार आदेश दिएको हो । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरकालीन आदेशमार्फत काम रोकिदिएको हो । अदालतले थप छलफलका लागि सरकार र मुद्दा… Continue reading निजगढ विमानस्थल निर्माणमा सर्वोच्चको ब्रेक
ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक
काठमाडौं । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भई एकिकृत कारोबार प्रारम्भ भएसँगै ग्लोबल मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको हो । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरन्जीवी नेपाललगायतको उपस्थितिमा एकिकृत कारोबार प्रारम्भ गरेको छ । ग्लोबल आइएमई नेपालको २२ औं… Continue reading ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक
अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथिको महाभियोग अनुसन्धान अब कार्यान्वयनमा जाने भएको छ । यससँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट ट्रम्पमाथि महभियोग लाग्ने निश्चित भएको हो । विहीबार विहान पत्रकार सम्मेलन आयोजना गर्दै सभामुख न्यान्सी पेलोसीले महाभियोग प्रकृयालाई अन्तिम चरणमा प्रवेश गराउने घोषणा गरिन् । उनले संसदको न्यायीक (जुडिसियरी) समितिलाई ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका धाराहरु)’… Continue reading अमेरिकी तल्लो सदनबाट ट्रम्प महाभियोगमा पर्ने निश्चित, सभामुख पेलोसीले गरिन् घोषणा
धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षमा धरहराको मुख्य संरचना तयार भइसक्ने दावि गरेको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोजना गरेको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् । धरहरा पुनर्निर्माण द्रुत गतिमा भएको भन्दै उनले एक वर्ष भित्र मुख्य संरचना पुनर्निर्माण भइसक्ने बताए । ‘धरहराको पुनर्निर्माण… Continue reading धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलबारे छिट्टै महत्वपूर्ण निर्णय हुने बताएका छन् । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै बस्ने मन्त्रीपरिषद्को बैठकबाट यस आयोजनालाई अगाडी बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय हुन लागेको उनले जानकारी दिए । यद्दपी उनले त्यसबारेमा भने विस्तृतमा खुलाएनन् । बिहीबार मन्त्रालयमा विभिन्न राजनीतिक दलका… Continue reading ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’
स्वर्णमा नेपालको रेकर्ड ब्रेक
काठमाडौं । नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदकतर्फ आफ्नै रेकर्ड ब्रेक गरेको छ । नेपालले बिहीबार ५ स्वर्ण पदक आफ्नो नाममा पार्दै एउटै सागमा सर्वाधिक स्वर्ण जितेको आफ्नै रेकर्ड तोडेको हो । बिहीबारसम्मका खेल सकिदा नेपालको नाममा ३६ स्वर्ण पुगेको छ । सन् १९९९ मा नेपालमै आयोजना भएको ८ औं सागमा नेपालले… Continue reading स्वर्णमा नेपालको रेकर्ड ब्रेक
प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए । १० दिन अस्पतालमा बसेका उनको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा उक्त रकम खर्च… Continue reading प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
डिस्चार्ज भए प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका हुन् । उनी अस्पतालबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका हुन् । डाक्टरले केही दिन आरामको सल्लाहसहित प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरेका हुन् । डिस्चार्ज गरेसँगै प्रधानमन्त्रीले आफू निको भइसकेको प्रतिक्रिया दिएका थिए । बिहीबार नै… Continue reading डिस्चार्ज भए प्रधानमन्त्री
नेपाल एयरलाइन्स चीन उड्ने निश्चित
काठमाडौं । चीनले नेपाल एयरलाइन्सले चीन उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सलाई चिनियाँ नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमत्रि पत्र बुधबार प्राप्त भएको बनाएको छ । यससँगै ग्वांगझाउमा जान चाहिरहेको नेपाल एयरलाइन्सलाई चीन उडान प्रारम्भ गर्ने बाटो खुलेको छ । अबको दुई महिना बजारिकरण, प्रचार प्रसार र अन्य व्यवस्थापकीय काम सम्पन्न गर्ने र त्यसपछि उडान… Continue reading नेपाल एयरलाइन्स चीन उड्ने निश्चित
साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार नेपाल र भूटानबीच क्रिकेट प्रतियोगिता हुँदैछ । भूटान पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपालसँग प्रतिस्पर्धामा उत्रिदैछ । पहिलो खेल बंगलादेशसँग हारेको नेपालका लागि यो खेल जित्नै पर्ने दवाव छ । बिहीबार नै नेपालले महिला पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछ। उता, ८ सय मिटरको महिला… Continue reading साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
अब बुटवलमा पनि विद्युतीय बस
बुटवल । काठमाडौंपछि बुटवलमा समेत विद्यूतीय बस संचालन हुने भएको छ । काठमाडौंमा विद्युतीय संचलनको शुरुवात गरेको सुन्दर यातायात प्रालिले रुपन्देहीमा ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको हो । त्यसका लागि शाखा कार्यालय स्थापना गरिएको कम्पनीले उल्लेख गरेको छ । निकट भविश्यमा संचालनमा आउने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई… Continue reading अब बुटवलमा पनि विद्युतीय बस
अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण
काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन । अब विराटनगरको यात्रुले… Continue reading अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण
सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
काठमाडौं । नेपालमा जारी १३ औं सागमा शुक्रबार र शनिबार साइकल दौडका इभेन्ट राखिएका छन् । दुई दिनसम्म राजधानीको स्तरीय सडकमा साइकल दौड हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार हुने साइकल दौड प्रतियोगिताका लागि कलंकीदेखि सूर्यविनायकसम्मको सडक प्रयोग हुन लागेको सूचित गरेको छ ।… Continue reading सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
१३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनको खेल सकिदा नेपालको अग्रतालाई भारतले भंग गरेको छ । पदक तालिकामा नेपाललाई उछिन्दै भारत पहिलो स्थानमा पुगेको छ । तेश्रो दिन बुधबारका लागि निर्धारित खेल सकिदाँसम्म भारतको पोल्टामा ३२ स्वर्ण पुगेको छ । नेपालले २९ स्वर्ण जितेको छ। यसअघि दुई दिन भने लगातार… Continue reading १३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले