नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

File

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ भने आजबाट एक साता ट्राफिक जामको समस्या पर्न सक्छ । पहिरो रोकथामसम्बन्धी बाँकी पुरा गर्न यो सडक खण्ड आजबाट एक हप्ता दिउँसो बन्द हुँदैछ । आगामी २९ गतेसम्म दिउँसो साढे १० बजेबाट ३ बजेसम्म सडक बन्द गर्न लागिएको छ । नारायणगढमुग्लिन सडक आयोजनाका अनुसार यो सडकखण्डको चारकिलोमा… Continue reading नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै

File Pic : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुनेछ । यस अभियानका दौरान देशभरका ६५ वर्ष माथिका करीव १६ लाख नागरिकले खोप पाउने भएका छन् । साथै यसै चरणमा हिमाली जिल्लाका ५५ वर्ष माथिका सबैले खोप लगाउन सक्ने भएका छन् । नेपालमा १४ माघबाट खोप लगाउन थालिएको हो । स्वास्थ्य तथा… Continue reading नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै

अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो । अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो ।… Continue reading अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा शुरु भएको कोभ्याक्स कार्यक्रममार्फत अहिले विश्वका गरिब तथा कम आयस्रोत भएका मुलुकमा कोरोना भाइरस विरुद्धको खोप पठाउन थालिएको छ । यसै क्रममा विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो कार्यक्रमबाट अनुदानमा मुलुकहरुलाई खोप दिइने भएको छ । खोप पहिलो… Continue reading कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार चालक सहित तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटनामा परेको छ । जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची… Continue reading दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने निश्चित भएको छ । संसारका अधिकांश मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खोप लगाएर अभियानको प्रारम्भ हुने गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म लगाएका थिएनन् । उनले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका हुन् । शनिबार स्वास्थ्य तथा जनसंख्या… Continue reading प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान

अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

काठमाडौं । उपत्यकाबासीको तीन दशक लामो प्रतिक्षा चिर्दै अन्ततः काठमाडौंमा मेलम्चीको पानी झरेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोही प्रयोजनका लागि सुन्दरीजल पुगेका थिए । उनले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचे । त्यसपछि गत फागुन १० मा सुरुङमा खसालिएको पानी सुन्दरीजलमा झरेको… Continue reading अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

काठमाडौं । मेलम्ची खानेपानीको परीक्षणका दौरान आज सुन्दरीजलमा पानी खसालिँदैछ । यसरी आएको पानीलाई मेलम्चीको वितरण केन्द्रमा नभई बागमति नदीमा पठाइने छ । यसले नदीको जलप्रवाह बढ्न सक्ने भन्दै मेलम्ची विकास समितिले सतर्क रहन नदी किनारका बासिन्दालाई आह्वान गरेको छ । सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल… Continue reading आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

बुटवल । रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्री विण्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटे । खासगरी स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा आयोजना अगाडी बढाउन खोजेपछि यहाँ विवाद शुरु भएको हो । स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि लक्षित गरी ढुंगा वर्षाएका थिए । यो मुद्दामा उक्त क्षेत्रका अर्का सांसद… Continue reading अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

Photo : spotlightnepal

काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ । आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि… Continue reading मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शनिबार बिहानबाटै मौसम प्रतिकुल बनेको छ । देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । सामान्य वर्षा र… Continue reading मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने

विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?

काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले सम्झौता गरेको छ । सम्झौता अनुसार यो समुह शान्तीपूर्ण राजनीतिमा आउन तयार भएको छ । सम्झौतामा आफु इमानदार रहने प्रतिवद्धता समेत विप्लवले गरेका छन् । तर, खुला राजनीतिमा आउने भनिएसँगैै उक्त समूहले आजसम्म चलारहेका हातहतियार र त्यसको व्यवस्थापनबारे भने सम्झौता मौन बसेको छ । यसको… Continue reading विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?

बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई फकाउन पुनः कसरत थालेका छन् । उनी आज साँझ गौतमलाई भेट्न निवास भैंसेपाटीमै पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर बामदेवसँग नेकपा विवादका विषयमा छलफल गरेका हुन् । बामदेव अहिले ओली र प्रचण्ड कुनै पनि पक्षमा खुलेका छैनन् । दुबै पक्षले उनलाई तान्न भने प्रयास… Continue reading बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री

आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो । नाराबाजी र होहल्लाका बीच भाषण… Continue reading आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् । ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र… Continue reading नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

‘सहमतिमा देशको समृद्धि लुकेको छ, हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ’

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारसँग गरेको सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना लुकेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले यो सहमतिको पछाडि भित्र लुकेको महान अकांक्षा बताएका हुन् । उनले नेपाललाई सुन्दर देश बनाउने सपना छ । दिर्घ शान्ति स्थिरता । अहिलेसम्म पूरा नभएको समृद्धिको अकांक्ष… Continue reading ‘सहमतिमा देशको समृद्धि लुकेको छ, हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ’

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर, यस्ता छन् सहमति

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो। सरकारले प्रतिबन्धबाट फुकुवा गर्न र नेकपाले… Continue reading सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर, यस्ता छन् सहमति

प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् । तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव एउटै मञ्चमा देखिएका हुन् । बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति भएको थियो ।

हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

Photo : CGTN

काठमाडौं । हवाई यात्राका दौरान अन्तराष्ट्रिय उडानमा अधिकांश एयरलाइन्समा इन्टरनेट सुविधा उपलब्ध हुन्छ । तर, नेपाली आकासमा छिरेपछि भने यो सुविधा बन्द हुन्छ । नेपाल दूरसंचार प्राधिकरणले विदेशी एयरलाइन्सले नेपाली आकाशमा जहाज उडाउँदा इन्टरनेट सुविधा प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी गरेको छ । नेपालको सरकारी समाचारपत्र गोरखापत्रका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार… Continue reading हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड

Photo : U.S. Embassy in Nepal

काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड… Continue reading मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड

अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने

Photo : Reuters

काठमाडौं । अमेरिकाले म्यानमारका सेनाको बैंक खाता रोक्का गरेपछि खातामा रहेको करीव १ अर्ब अमेरिकी डलर बराबरको रकम सेनाले चलाउन नपाउने भएको छ । एक साता अगाडी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको कार्यकारी आदेश अनुसार म्यानमारको कूमा संलग्न सैनिक जनरलमाथि प्रतिबन्ध लागेको छ । सोही आदेश अनुसार नै म्यानमारका सेनाको अमेरिकाको बैंकमा रहेको रकम अमेरिकाले… Continue reading अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने

नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करियर बनाउन इच्छुक युवाहरुका लागि खुसीको खबर छ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना नयाँ भर्ना गर्ने गरी रोजगारी खुलाएको छ । बैंकले अनलाइन दरखास्त फारम आह्वान गर्दै यस्तो जानकारी दिएको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न… Continue reading नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै

काठमाडौं । दुई वर्षयता भूमिगत रहेका नेत्रविक्रम चन्द्र विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदैछन् । सरकारसँग तीन बुँदे सहमति गरेपछि विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति… Continue reading दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै

न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै मानिसहरु बाहिर घर बाहिर निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । भूकम्पसँगै सुनामीको समेत चेतावनी त्यहाँको भूकम्प मापन केन्द्रले दिएको छ । भूकम्प नर्थ आइल्याण्ड द्धिप न्यूजिल्याण्डमा आएको हो । प्यासिफिस सुनामी चेतावनी केन्द्रले समेत त्यहाँ सुनामीको चेतावनी दिएको हो । भूकम्प गएको केन्द्रबाट… Continue reading न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समुहमाथि विगत दुई वर्षदेखि लागेको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आज विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरेको हो । सोही अनुसार विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा भएको हो ।… Continue reading विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

file

काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ । उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६\७७ सम्म नेपाली अर्थतन्त्रको आकार उक्त अवस्थामा पुगेको तथ्याङ्क विभागले जनाएको छ । विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्ष समेत यो वर्षबाट परिमार्जन गरेको छ । नेपालले यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्क निकाल्ने गरेको… Continue reading अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा

काठमाडौं । दुई वर्षपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति जुटेपछि फागुन २१ गते विशेष समारोहकाबीच ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् । विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । ओली नेतृत्वको सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएपछि… Continue reading सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा