Category: फिचर

  • जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

    जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित

    काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुने गरि तालिका तय भएको हो ।

    अब गणक, सपरीवेक्षकसहितका कर्मचारीलाई तालिम दिएर विभागले कार्यस्थलमा खटाउने छ । तालीम कार्यक्रम भदौ र असोजको पहिलो साता सम्म सकिसक्ने तयारी छ । त्यसपछि स्थानीय तहहरुमा जनशक्तिसहित विभागले तयारीको काम थाल्ने छ । असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिने तयारी छ । जनगणनामा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिएर घरमुलीबाट विवरण संकलन गरिने छ ।

  • दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

    दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

    काठमाडौं । दार्चुलामा भारतीय सुरक्षा बलको उपस्थितिमा तुइन काटिँदा नेपाली युवा महाकाली नदिमा वेपत्ता भएको र नेपाली आकासमा बीना अनुमति भारतीय हेलिकोप्टर उडेको सम्बन्धमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यसको पुष्टी गरेका छन् । दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाइएको हो ।

    ती घटनामा सरकारले भारतको आलोचना गर्न नसकेको भन्दै सरकारले गाली खाइरहेको छ । साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाउँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । उनी अझै भेटिएका छैनन् ।

  • अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा अमेरिकी सरकार रहेको बताएको हो । दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको हो । दूताबासले सोमबार साँझ ट्वीट गर्दै ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार रहेको समेत बताएको छ । मंगलबार एमसीसीका उपाध्यक्षको नेपाल भ्रमण हुँदैछ ।

  • पछिल्लो २४ घण्टामा १ हजार ८९७  संक्रमित थपिए, २० को मृत्यु

    पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १४८८ जना र ४३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १८९७ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७४३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

  • संखुवासभा हत्याकाण्ड: भेटियो एकै परिवारका ६ शव, थाहै पाएनन् ९० वर्षीय वृद्धले

    संखुवासभा हत्याकाण्ड: भेटियो एकै परिवारका ६ शव, थाहै पाएनन् ९० वर्षीय वृद्धले

    काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको शव फेला परेको छ । सोमबार घटनाबारे जानकारी पाएपछि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको घटनास्थलमा पुगेको टोलीले विभिन्न ठाउँबाट उनीहरुको शव फेला पारेको छ ।

    प्रहरी टोलीले एकै परिवारका छ जनाको शवमध्ये घरमुली ससुराको शव घरदेखि ७० मिटर पर फेला पारेको छ । टाउकोमा अलिकति ब्लड देखिएका उनको कोखामा छुरी हानेर हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    त्यसपछि घरभन्दा परको खोल्सीमा सासु र बुहारीको शव भेटिएको छ । छोरा–छोरीको शव भने घरदखि २० मिटर भन्दा माथि प्रहरीले फेला पारेको बताइएको छ । उनीहरुको शव झाडीभित्र रहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

    बिहान संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की सहित उनको परीवारका ५ सदस्यको विभत्स हत्या भएको छ ।

    उनीहरुको हत्या कस्ले कसरी गर्यो भन्नेबारेमा अझैसम्म खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुासर सोमबार बिहान तेजबहादुरको घर वरीपरी शव ढलेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

    त्यसपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली पनि घटनास्थलतर्फ गइरहेको बताइएको छ । अपराधि भाग्नसक्ने सम्भावित स्थानहरुमा पनि कडाका साथ निगरानी गरिएको प्रहरीको भनाइ छ ।

    परिवारकी एक सदस्य भने आँखा नदेख्ने र कान नसुन्ने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । हत्या भएको घर एक्लो स्थानमा भएकोले अपराधिले ठूलो घटना घटाएको प्रहरीको भनाइ छ ।

    हत्या भएकाहरुमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।

  • नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

    नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो

    काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो ।

    नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि पछिल्लो तीन सातामा करिब ४०० अंकले घटेको नेप्से आज एकैदिन १६२ अंकले कमब्याक गरेको हो ।

    नेप्से निरन्तर ओरालो लागेपछि आज अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पूँजी बजारको समस्या समाधन गर्न आग्रह गरेका थिए । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाइने प्रतिबद्धता जनाएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले कीर्तिमानी बढाइ गरेको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से १६१.९२ अंकले बढेर २९८०.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २२४ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको झन्डै २७ करोड र माथिल्लो तामाकोशी २५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले बढेको बजारमा आज करिब ६ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश विकास बैंक, फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

    नेशनल हाइड्रो, गोर्खा फाइनान्स, श्रीइन्भेष्मेन्ट, गुह्येश्वरी, मर्चेन्ट, सेन्टर, समृद्धि, रिलायन्स फाइनान्स, एक्सल, लुम्बिनी, मितेरी, गरिमा, ज्योति, कर्णाली, महालक्ष्मी, कामनासेवा, सांग्रिला, साइन रेसुंगा, सप्तकोशी, ग्रीन डेभलपमेन्ट, मुक्तिनाथ र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, नेपाल टेलिकम, सानीमा माइ, अपी, वरुण, एचआइडीसील, ङादी, दिव्यश्वरी, सिनर्जी पावर, माउन्टेन, सिनर्जी पावर, युनाइटेड मोदी, छ्याङ्दी, हिमालयन पावर, नेपाल हाइड्रो, पञ्चकन्यामाइ, कालिका पावर, आँखुखोला, जोशी, माथिल्लो तामाकोशी, घलेम्दी, पाँचथर पावर, रसुवागढी, हिमाल दोलखा, लिबर्टी र युनाइटेड इदिमार्दी हाइड्रोपावरका सेयरधनीले पनि ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।

    यस्तै, रिडी हाइड्रो अरुण भ्याली, जानकी, बेस्ट, गुडविल फाइनान्ससहित ३५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    उछाल आएको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.९४ प्रतिशत गुमाएका छन् ।

  • काठमाडौंमा ३८२ घर डुबानमा

    काठमाडौंमा ३८२ घर डुबानमा

    काठमाडौं । काठमाडौंमा गत रातीदेखि परेको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । प्रहरीका अनुसार बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको अनुमान छ । कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेका छन् । मानिसहरुको भने सुरक्षित उद्धार गरिएको छ । मानवीय क्षतिको भने विवरण छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।

  • काठमाडौं उपत्यकामै बाढी र डुबान, नदी किनारका सयौं घर जोखिममा

    काठमाडौं उपत्यकामै बाढी र डुबान, नदी किनारका सयौं घर जोखिममा

    काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । रातीदेखि परेको वर्षाका कारण बागमती र धोबिखोलासहित उपत्यकाका सबै नदीमा जल प्रवाह बढेको छ । यसले कालिमाटी, टेकु, शंखमुल, बानेश्वरसहितका क्षेत्रको नदी किनारका बस्ती डुबानमा परेको हो । काठमाडौंमा सोहीकारण बिद्युत सेवासमेत अबरुद्ध भएको छ ।

    काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ । थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वसूचना केन्द्रले उल्लेख गरेको छ । केन्द्रका अनुसार उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउनु पर्नेछ ।

  • अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश

    काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार डीभी परे पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा पाल्पाका सुमित रत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल र नवलपरासीका नरेश केसी पक्राउ परेका हुन् । उनीहरुलाई शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने लक्ष्मण पाठक, दिप विष्ट र सोहिली शाही समेत प्रहरीको फन्दामा परेका छन् । तीनै जनालाई सन् २०२० मा डिभी परेको हो ।

  • भारतसँग २–१ गोलले हार्यो नेपाल

    भारतसँग २–१ गोलले हार्यो नेपाल

    काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा भारतले नेपाललाई हराएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । आगामी एक महिनापछि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप दुबै मुलुकले एक अर्का मुलुकको क्षमता जाँच यी दुई खेललाई भरपुर उपयोग गरेका छन् ।

    आजको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भारत नेपालमाथि हावी भयो । फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । ८० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गरि भारतको अग्रता दोब्बर पारे । ८६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरे । त्यसपछि कुनै गोल हुने सकेन । नतिजा भारतको पक्षमा रह्यो ।

  • नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

    नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

    काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो ।

    बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो ।

    एकैदिन यति १०० बढी अंकले घटेको यो नेपाली सेयर बजार इतिहासकै दोस्रो घटना हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो ।

    सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सवा ११ अर्ब बढीको कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख रुपैयाँ बढीको २ करोड ३० लाख ७९ हजार कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.०१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक ७.२१, हाइड्रोपावर र लगानी समूह पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरी कम्पनीको ३० करोड र नेपाल बैंक २५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

    नारायणी विकास बैंक, बेस्ट, जानकी, नेपाल, गुडविल, समृद्धि, आइसीएफसी, रिलायन्स फाइनानस, अरुण काबेली, युनिभर्सल पावर, रुरु, हिमालयन ऊर्जा र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    यसैगरी, पाँचथर पावर, घलेम्दी, माउन्टेन, दिव्यश्वरी, ग्रीनलाइफ, पञ्चकन्या माइ हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा, अपी पावर र सिन्धु विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।

    घट्दो बजारमा आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • मित्र राष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

    मित्र राष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

    काठमाडौं । सरकारले मित्र राष्ट्रका प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

    मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि गृहले जनाएको छ । मन्त्रालयले नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने भन्दै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको बताएको छ ।

    गृहले भनेको छ, ‘मित्र राष्ट्रहरुको स्वाभिमान र सम्मान आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

    सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको पनि जिकिर गरेको छ। भविष्यमा पनि उत्पन्न हुने समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहले जनाएको छ ।

    गृहले मित्र राष्ट्रहरूसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने पनि जनाएको छ । ‘मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

    यसअघि गत शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतको विरोधमा प्रदर्शन गरेको थियो ।

  • नेकपा एकिकृत समाजवादी नेताहरुको कार्य विभाजन, कसको जिम्मा के ?

    नेकपा एकिकृत समाजवादी नेताहरुको कार्य विभाजन, कसको जिम्मा के ?

    काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले नेताहरुको कार्य विभाजन गरेको छ । प्रदेश इञ्चार्जदेखि दस्तावेज लेखनको जिम्मा समेत तोकिएको हो ।

    अध्यक्ष माधव कुमार नेपालले जारी गरेको पार्टीका अपानी अनुसार प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वागमती प्रदेशमाः केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्विनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई इञ्चार्ज तोकिएको छ ।

    सुदुरपश्चिम प्रदेशको इञ्चार्ज पछि तय गर्ने भनिएको छ । त्यस्तै, उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह इञ्चार्ज तोकिएका छन् ।
    दस्तावेज लेखनको जिम्मेवारी भने बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको टिमलाई दिईएको छ ।
    १. झलनाथ खनाल (संयोजक)
    २. डा. बेदुराम भुसाल (सदस्य)
    ३. प्रमेश हमाल (सदस्य)
    ४. राजेन्द्र पाण्डे (सदस्य)
    ५. डा. गंगालाल तुलाधर (सदस्य)
    ६. डा. विजय पौडेल (सदस्य)
    ७. प्रकाश ज्वाला (सदस्य)
    ८. जगन्नाथ खतिवडा (सदस्य)
    ९. केशवलाल श्रेष्ठ (सदस्य)
    १०. सावित्रा भुसाल (सदस्य)
    ११. रामकुमारी झाँक्री (सदस्य)
    १२. राजेन्द्र राई (सदस्य)
    १३. गणेश विक (सदस्य)

  • पाँच महिनापछि खुल्यो लाइसेन्सको ‘ट्रायल’

    पाँच महिनापछि खुल्यो लाइसेन्सको ‘ट्रायल’

    काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए ।

    मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

    यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।

    हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ ।

    यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

    तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

    कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ ।

    यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो ।

    लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

    भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा

    यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।

    नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

    उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो ।

    ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”

    कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो ।

    “सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

    एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो । यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहेका उनले जानकारी दिए ।

  • नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज

    नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज

    काठमाडौं । नेपाल र भारतबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार साढे ५ बजे शुरु हुने खेल दशरथ रंगशालामा हुने छ । यसअघि गत विहीबार सम्पन्न खेल बराबरीमा सकिएको थियो । दुबै टीम साफ च्याम्पियनसिपको तयारीमा छन् । यो खेललाई दुबै टोलीले सोही प्रतियोगिता पूर्वको अभ्यासका रुपमा लिएका छन् । नेपाली टोलीले दोस्रो खेल स्पष्ट जितका लागि खेल्ने लक्ष्य लिएको छ ।

    पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले अग्रता कायम गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भएको भन्दै नेपाल स्पष्ट जितका लागि मैदानमा उत्रने बताएका छन् । भारतीय प्रशिक्षक इगोर स्टिमाकले समेत भारत जितको हकदार भएको बताएका छन् । रंगशालामा करीव ५ हजार दर्शकलाई छिर्न दिइएको छ । यसका लागि टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

    सरकारले रंगशालामा स्वास्थ्य मापदण्ड पालना गरि सिमित दर्शक उपस्थित गराउन अनुमति दिएको हो । नेपाल र भारत दुवै टिम माल्दिभ्समा आगामी महिना आयोजना हुने साफ च्याम्पियनसिप खेल्ने छन् । नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षण गर्न कतार जाने कार्यक्रम छ । टीम कतारबाटै सेप्टेम्बर २७ मा माल्दिभ्स जाने छ । साफ प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

  • दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?

    दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?

    काठमाडौं । नेपालमा करीव डेढ वर्षपछि चलचित्र हल खुलेका छन् । अर्थातः अब चलचित्र हल संचालक र निर्माताले फिल्म रिलिज हलमा पुगेर गर्न सक्छन् । तर, यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । सरकारले अनुमति दिए पनि निर्माता र संचालक तत्काल फिल्म ल्याइहाल्ने मुडमा भने छैनन् । अहिले पनि मानिसहरुमा त्रास बाँकी छ । सोहीकारण धेरैको कुराई दशैं र तिहारजस्ता चाडबाड र लामो बिदाको समयलाई मौकाका रुपमा हेर्न सक्ने हुन सक्छ ।

    चलचित्र निर्माताहरुका अनुसार अहिले करीव २ दर्जन चलचित्र निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेका छन् । अर्कोतर्फ बन्द रहेका हलको व्यवस्थापन र सरसफाइमा समेत केही समय लाग्ने भएको छ । यसले गर्दा कम्तिमा एक महिना अझै पनि हलमा पुगेर चलचित्र हेर्न पाउने सम्भावना कम छ ।

    नेपाल चलचित्र संघका अनुसार हल सुरक्षित बनाउने र दर्शकको मनोवैज्ञानिक त्रास हटाउने गरि काम गरिने छ । यसअघि शुक्रबार चलचित्र विकास बोर्ड, व्यवसायी र निर्देशकसँग जिल्ला प्रशासन कार्यालयले छलफल समेत गरेको थियो । संघका अनुसार अहिले देशभर दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द छन् । अर्बौं रुपैयाँ जोखिममा रहेको छ भने सयौं मानिस बेरोजगार बनेका छन् ।

  • काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप

    काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप

    काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँकाले यस्तो जानकारी गराएको हो । शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने जनसंख्या भने ४८ प्रतिशत पुगेको छ । पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको छ । ८ प्रतिशतले दोस्रो मात्रा लगाउने छन् ।

    काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म ९ लाख १४ हजार ४८५ जना पुगेको छ । यहाँ पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना छ । काठमाडौं उपत्यका भित्र शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिइएको छ । अर्थातः यहाँ १८ वर्ष भन्दा माथिका सबैले खोप पाएका छन् ।

  • डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने

    डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का उच्च अधिकारी संलग्न रहने क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आयोजना हुने भएको छ । राससले लेखे अनुसार बैठक २१ भदौदेखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधि उपस्थिति हुने भएका छन् ।

    बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुने समेत राससले लेखेको छ । बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ।

    बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ । दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश छन्।

  • ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

    ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

    काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् ।

    अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । एक महिनामा नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिए । अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ।

    कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ। जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटक नेपाल आएको आंकडा छ ।

  • २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

    २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

    काठमाडौं । सरकारले भदौ २३ मा संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो ।

    सम्भवतः यो अधिवेशनमा सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउने छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्। त्यसपछि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसपछि एमाले पार्टी फुटेको छ ।

  • १२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए

    १२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए

    काठमाडौं । नेपालमा थप १२६८ जनामा कोरोन भाइरसको पुष्टी भएको छ । यद्दपी पछिल्लो केही सातायाता कोरोना संक्रमितको संख्या भने कम हुँदै गएको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२६८ जनामा कोरोना देखिएको हो । यो अवधिमा २१९५ मानिसले भने कोरोनालाई जित्न सफल भएका छन् । शनिबार कुल ९८७५ जनामा कोरोना परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ३१८२६ रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९५ जनाले खोप लिएका छन् ।

  • गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

    गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न

    काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मिति भन्दा पछि त्यस्तो कार्य भएको सहितका विषयमा प्रश्न उठाउँदै मन्त्रालयले एनआरएनएलाई पत्र काटेको हो ।

    परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासा आएको उल्लेख छ । यी सन्दर्भमा उठेका विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय सीमा समेत दिइएको छ । गैरआवासीय नेपाली संघ जापानको चुनावबारे समेत सरकारले प्रश्न उठाएको छ । यो चूनावको वैधतामाथि प्रश्न उठेको हो । संघको निर्वाचन आगामी कात्तिकमा नेपालमा हुँदैछ ।

  • बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

    बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेका छन् । जहाँ उनले ओली व्यक्तिवादी र स्वेच्छाचारी बनेको गम्भीर आरोप लगाएका छन् । यो बानी सुधार गर्न आफुले पटक पटक प्रयास गरेको समेत उनको भनाई छ ।

    राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन् । उनले राजीनामा दिनुको कारणबारे एमालेमा ओलीकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको उल्लेख गरेका छन् । उनले अब आफ्नो यात्रा के हुने भन्ने बारे चाँही खुलाएका छैनन् । धेरैले उनी नेकपा (एकीकृत समाजवादी) मा जाने बारे समेत चर्चा थालेका छन् ।

  • एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

    एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद छ । यसै विवादका बीच एसीसी सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न भन्दै नेपाल सरकारले अमेरिकी सरकारलाई पत्र लेखेको छ । यस्तो पत्र अर्थ मन्त्रालयले दूतावासमार्फत अमेरिकी सरकारलाई पठाएको हो । जसमा सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदालाई थप स्पष्ट गर्न भनिएको छ ।

    सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो प्यासेफिक रणनीति’को अंग भए, नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको, नजोडिएकोबारे स्पष्ट गर्न भनेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाबारे बुझ्न आगामी साता नेपाल आउने तयारी छ । एमससी संसदमा विचाराधिन रहेको छ ।

  • कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

    दुुर्घटनामा अटोमा सवार घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको ज्यान गएको छ । दुुर्घटनामा घोडाघोडी नगरपालिका९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिक १० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार जारी छ । विङ्गरका चालक फरार छन् ।

  • श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

    श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने

    काठमाडौं । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् ।

    भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो ।

    भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्।

    आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल मल्ल लगायत स्टार खेलाडीहरु रहेका छन्।

    देब्रे हाते विकेटकिपर ब्याट्सम्यान थारङ्गाले ३१ टेस्ट तथा २३५ एकदिवसिय र २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

    उनीसँग १२५ टी-२० खेलको अनुभव रहेको छ। उनले एक दिवसीयमा भने १५ शतकसहित ३५ अर्धशतकको मद्दतमा ६ हजार ९५१ रन बनाएका छन्। उनले टी-२० मा २ शतक र १९ अर्धशतकसहित कुल ३३८४ रन बनाएका छन्।

  • सेनामा खुल्यो जागिर‚ चार हजारको माग

    सेनामा खुल्यो जागिर‚ चार हजारको माग

    काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ।

    शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरेको हो ।

    नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७८/५ /१८ देखि २०७८ असोज १६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

    दोब्बर दस्तुर तिरेर भने असोज २४ गतेसम्म आवेदन बुझाउन सकिनेछ । तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

  • आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

    आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

    काठमाडौं । आफ्नै साथिको हत्या गरेको अभियोग पुष्टी भएका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको छ । यसअनुसार अब उनी २५ वर्ष कैद सजाय भुक्तानमा बस्नु पर्छ ।

    सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो। भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थिहो । अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलासा भएको हो । सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो। ढकालविरुद्ध भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने गरि फैसला भएको छ ।

  • नेपाल र भारत एक-एक गोलको बराबरी खेले

    नेपाल र भारत एक-एक गोलको बराबरी खेले

    काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए पनि त्यसपछि भने दुबै टीमबाट गोल हुन सकेन ।

    नेपालका लागि ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेका थिए । ६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरेका हुन् । नेपाल र भारतबीच अर्को खेल आइतबार हुने तालिका छ । नेपालले आज करीव ५ हजार घरेलु दर्शकसामु फुटबल खेलेको छ । नेपालको प्रदर्शन सुधारिएको देखिएको छ ।

  • प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

    प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

    बिहीवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाइ नगर्न आदेश दिएको हो ।

    यसअघि संवैधानिक परिषदले गरेका नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए । तर आफै सहभागी बैठकले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीश राणा आफैले गर्न नमिल्ने भन्दै रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू सो रिटबाट अलगिने निर्णय लिएका थिए । यसपछि सर्वोच्चमा उक्त रिट परेको थियो ।

    त्यसैगरी प्रधानन्यायाधीश र न्यायाधीशहरूको आचारसंहिता पालना गराउन विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । अधिवक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।