बाग्लुङ । सागको सफलतामा रमाइरहेको देश मंगलबार एकाबिहानै गुल्मी र बाग्लुङबाट आएको भयानक दूर्घटनाको खबरले शोकाकुल हुन पुग्यो । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटनामा पर्दा घटनास्थलमै १४ जनाको निधन भयो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता… Continue reading बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न
Category: फिचर
ठूलो पशुबली दिने मेला गढीमाई शुरु
बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ । सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ । मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा… Continue reading ठूलो पशुबली दिने मेला गढीमाई शुरु
सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ… Continue reading सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा
सुर्खेत । मौसमी सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले पूर्वाधार थप्ने क्रम जारी छ । यसैक्रममा जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडार संचलनमा आएको छ । उर्जा मन्त्री वर्षमान पुनले मंगलबार उक्त राडार उपकरणको उद्घाटन गरे । मौसम विज्ञान विभागका अनुसार यो राडार मौसमी पूर्व सूचना प्रणालीका लागि नेपालमा जडित अहिले सम्मकै अत्याधुनिक उपकरण… Continue reading मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा
सागमा आज २० स्वर्णको छिनोफानो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ । आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ ।… Continue reading सागमा आज २० स्वर्णको छिनोफानो
प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालका लागि चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अझै अस्थिर छ । सोहीकारण आफू तत्काल चीन जान नसक्ने जानकारी नेपालस्थित चिनियाँ राजदूतलाई गराइसकेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गरेपछि प्रचण्डले राजदूतलाई उक्त जानकारी गराएका हुन् । यसअघि २४ मंसिरमा प्रचण्ड… Continue reading प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित
१३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुष दुबै फुटबल टोलीले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । महिला फूटबलका खेलहरु मंगलबारदेखि पोखरा फुटबल रंगशालामा शुरु हुँदैछ । महिला फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दैछन् । श्रीलंका भन्दा नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । त्यसमाथि नेपाल अहिले उत्कृष्ट… Continue reading १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
आइसिसि उपाध्यक्ष लामालाई बधाई
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसिसि)को नवौं महाधिबेशनमा अमेरिकाबाट केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित सोनाम लामालाई बधाइ तथा सम्मान गरियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए अमेरिका) न्यूयोर्क च्याप्टरले गत शनिबार एक बिशेष कार्यक्रम गरी लामालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो । आगामी डिसेम्बर… Continue reading आइसिसि उपाध्यक्ष लामालाई बधाई
१३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालका लागि ऐतिहासिक सफल दिन सावित भएको छ । यस दिन नेपाल एक्लैले कूल १५ स्वर्ण जित्दै कीर्तिमान राखेको हो । सोमबार कूल २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । त्यसमध्ये १५ स्वर्ण जित्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ । नेपालका… Continue reading १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन
उपनिर्वाचनको अन्तिम परिणाम, नेकपा र कांग्रेस दुबैलाई औसत जनमत
काठमाडौं । देशभर ३७ जिल्लामा भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचितहरुको अन्तिम सूचि सार्वजनिक गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा एक उपमहानगरपालिका र एक प्रदेशसभा सदस्य गुमाएको नेकपा समग्र नतिजामा भने अग्रस्थानमै रहने सफल भयो । ५२ स्थानमा भएको निर्वाचनमा नेकपा एक्लैले ३० स्थानमा विजयी भयो । यस पटक धरान… Continue reading उपनिर्वाचनको अन्तिम परिणाम, नेकपा र कांग्रेस दुबैलाई औसत जनमत
विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् । उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ । जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला… Continue reading विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र
बागलुङमा जनमोर्चा र दाङमा नेकपा विजयी
काठमाडौं । प्रदेशसभा सदस्यतर्फ बागलुङ र दाङमा भएको निर्वाचनमा नेकपा समर्थक उमेदरवारले जितेका छन् । बागलुङ क्षेत्र नम्बर २ (ख)मा प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भए । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन गरेको थियो । शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराए । शाीले ११ हजार २ सय ३५… Continue reading बागलुङमा जनमोर्चा र दाङमा नेकपा विजयी
भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?
काठमाडौं । करीव ५ हजार विदेशीको नेपालमा एकसाथ जमघट । यी सबैको पासपोर्टमा नेपाली अध्यागमनको छाप लाग्दा उनीहरु नेपालका पर्यटकमा त अवश्य गनिनेछन्, सँगै नेपालले उनीहरुबाट त्यसको कैयौं गुणा प्रवद्र्धनको अपेक्षा गरेको छ । किनकी साग सम्पन्न भएको केही दिनमै नेपालमा औपचारिक रुपमा नेपाल भ्रमण वर्ष प्रारम्भ हुदैछ । नेपालले एकसाथ दुई भब्य इभेन्ट एक… Continue reading भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?
सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन गरिन् । आइतबार साँझ निकै आकर्षक तरिकाले झकिझकाउ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सागमा सहभागी सबै पाहुनालाई हार्दिक स्वागत गर्दै प्रतियोगिता शुरु भएको उद्घोष गरिन् । त्यसपछि आतीसबाजीले काठमाडौंको आकास झकिझकाउ पारिएको थियो । सन् १९९९ मा पछिल्लो पटक साग नेपालले… Continue reading सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत
कास्की २ मा विद्या भट्टराई विजयी
पोखरा । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की २ बाट विद्या भट्टराईले विजय हाँसिल गरेकी छिन् । उनले नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ बढी मत प्राप्त गर्दै विजयी हाँसिल गरेकी हुन् । उनी नेकपाकी उमेदवार हुन् । विद्याले २४ हजार ३ सय ९४ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका… Continue reading कास्की २ मा विद्या भट्टराई विजयी
आज सागको भब्य उद्घाटन
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भब्य उद्घाटन आज हुँदैछ । ५ बजेबाट शुरु हुने विशेष कार्यक्रम ३ घण्टा १४ मिनेटसम्म चल्ने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले साग क्षेत्रकै वृहत खेल मेलाको उद्घाटन गर्नेछिन् । नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको हो । यद्दपी करीव दुई दशकपछि… Continue reading आज सागको भब्य उद्घाटन
वडा अध्यक्षको चुनावी नतिजा, तराईमा कांग्रेसको पुनरागमन, पहाडमा नेकपा बलियो
काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत अधिकांश वडाअध्यक्षको नतिजा सार्वजनिक भइसकेको छ । कुल ४३ वडाध्यक्षका लागि निर्वाचन भएको छ । यस पटकको नतिजामा कांग्रेसले तराई र भित्रि मषेधका जिल्लामा रामो भोट सुधार गरेको छ । चितवन र अर्घाखाँचीमा यस अघि हारेका वडामा समेत कांग्रेसले पुनरागमन गर्न सफल भएको छ । तराईमा राजपा कमजोर बन्दा कांग्रेस… Continue reading वडा अध्यक्षको चुनावी नतिजा, तराईमा कांग्रेसको पुनरागमन, पहाडमा नेकपा बलियो
सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु
विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किएर भएको गम्भीर दूर्घटनामा ७ जनाको ज्यान गएको छ । एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएका हुन् । दुर्घटनामा परी वर्ष… Continue reading सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु
आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट
काठमाडौं । आजदेखि श्रम स्वीकृति लिन लामो लाइन बस्नु पर्ने छैन । घरबाटै अनलाइनमार्फत भरेको श्रम स्वीकृतिका आफ्नो पालो आएको दिन गएर सजिलै लिन सकिने गरी वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली शुरु गरेको छ । पहिलो पटक कायान्वयनमा आएको यो प्रणाली आजबाट शुरु भएको हो । वैदेशिक रोजगारसाग सम्बन्धित हरेक कामहरु अनलाइन प्रणालीमा लैजाने योजना… Continue reading आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट
साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने
काठमाडौं । नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राती राष्ट्रिय कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जीत निकाल्यो । नेपालले पहिलो सेट २५-१४ ले जितेको थियो । दोस्रो सेटमा २५-१८ को जीत निकालेको नेपाल तेस्रो सेटमा २५-२१ ले जित निकाल्न सफल… Continue reading साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने
उपनिर्वाचनको नतिजा आउन थाल्यो, दुई वडाअध्क्षमा नेकपा विजयी
काठमाडौं । उपनिर्वाचनको नतिजा आउन थालेको छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् । यहाँ सबैभन्दा कम मतदान भएको थियो । उनले १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत… Continue reading उपनिर्वाचनको नतिजा आउन थाल्यो, दुई वडाअध्क्षमा नेकपा विजयी
उपनिर्वाचन अपडेट : मतदान सम्पन्न, शनिबार रातीबाटै गणना
काठमाडौं । एक स्थानमा प्रतिनिधिसभासहित ५२ स्थानका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । सबै तहको मतदान सम्पन्न भई अहिले मतपेटिका संकलनको काम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । कास्की २ मा प्रतिनिधिसभा निर्वाचन भएको हो । उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश… Continue reading उपनिर्वाचन अपडेट : मतदान सम्पन्न, शनिबार रातीबाटै गणना
सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ । यसअघि क्रिकेट कप्तान पारस खड्काको नाम पहिलो नम्बरका सिफारिस भएको थिया । कमलको नाम भने वैकल्पिक खेलाडीका रुपमा थियो । नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमलले झण्डा बोक्ने निर्ण… Continue reading सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने
उपनिर्वाचन अपडेट: मतदान जारी-पोखरामा बम विस्फोट
काठमाडौं । उपनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । बिहान ११ बजेबाट मतदान शुरु भएको हो । अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन भइरहेको हो । आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान भइरहेको… Continue reading उपनिर्वाचन अपडेट: मतदान जारी-पोखरामा बम विस्फोट
आज उपनिर्वाचन, ७ बजेबाट मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान शुरु हुनेछ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ । आयोगले कुनै… Continue reading आज उपनिर्वाचन, ७ बजेबाट मतदान
प्रचण्डले भेटे प्रधानमन्त्रीलाई, उपनिर्वाचनमा पार्टी बलियो रहेको सन्देश
काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीलाई भेट्न उनी अस्पताल पुगेका थिए । यसअघि बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भेटेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भेट गर्न दिइएको… Continue reading प्रचण्डले भेटे प्रधानमन्त्रीलाई, उपनिर्वाचनमा पार्टी बलियो रहेको सन्देश
सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि
काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ । निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ… Continue reading सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि
भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन १ महिना मात्र बाँकि छ । यसबीचमा सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय यसको तयारीमा धुमधामका साथ लागेका छन् । यता, निजी क्षेत्र पनि यसमा साथसाथै अगाडी बढेको छ । बिहीबार मात्र नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्सले पर्यटकका लागि १० प्रतिशत छूटको घोषणा गर्यो ।… Continue reading भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा
विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । सुन तस्करीका रोकेको दावि गर्ने सरकारलाई चूनौति दिँदै बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अनुसार उनीहरु नियमित जाँचका क्रममा समातिएका हुन् । चेन होङयाङ र चेन क्वीनहाङ रहेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरु नेपाल एयरलाइन्सको हङकङ उडानबाट नेपाल आएका… Continue reading विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह
काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ । १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ । १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक… Continue reading सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह