कल्पना घिमिरे /न्यूयोर्क,अमेरिका अमेरिकामा हुन लागेको राष्ट्रिय जनगणना २०२० (सेन्सस २०२०)मा सबै नेपालीलाई सामेल गराउने उदेश्यले ‘कम्प्लिट काउन्ट कमिटी’ गठन गरिएको छ । शेर्पा किदुगको पहलमा गत शनिबार जनगणना सम्बन्धी नेपाली समुदायसंग गरिएको छलफल पछि उक्त कमिटि गठन गरिएको हो । किदुग र कमिटिले सेन्सस ब्यूरोको अफिसियल पार्टनको रुपमा काम गर्दै नेपाली समुदायलाई सक्रियता पूर्वक… Continue reading अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन
Category: फिचर
चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
काठमाडौं । शरद ऋुतमा सगरमाथा चढ्न गएका आरोही चुचुरोसम्म पुग्न नसकेपछि फर्किएका छन् । जारी सिजनमा सगरमाथा चढ्न दुई समूहका १० जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार मौसम प्रतिकूल हुने र आरोहणका लागि बाटो समेत नबनाउने भएका कारण यस मौसममा आरोहण जोखिमपूर्ण मानिन्छ । सन् २०१० मा पछिल्लो पटक शरद… Continue reading चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट
काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । सडक विभाग मातहत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले यो आयोजना बनाउदैछ । आयोजना… Continue reading अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट
भाई टिकाको उत्तम साइत ११:५५ मा
काठमाडौं। पञ्चांक निर्णायक समितिले भाइ टिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाई टिका १२ कात्तिकमा परेको छ । यस दिन दिनै भर भाइटिक लगाउन सकिने भएपनि उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर ५५ मिनेट जाँदाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यस दिन कुनै… Continue reading भाई टिकाको उत्तम साइत ११:५५ मा
महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश… Continue reading महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान
राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा… Continue reading राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै
आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए
काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् । मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो । उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ । सभापति… Continue reading आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए
‘सी छिङलाई माइतिमा स्वागत’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् । लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे । प्रत्युत्तरमा अभिनेत्री सी… Continue reading ‘सी छिङलाई माइतिमा स्वागत’
स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने
काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संबैधानिक ईजलासले स्थानीय तहका पदाधिकारीलाई प्रदान गर्दै आएको मासिक पारिश्रमिक तथा सुविधा सम्वन्धि कानून बदर गरेको छ । प्रदेश सभाले निर्माण गरेको कानून अनुसारको सेवा सुविधा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की समेतको ईजलासले “सेवा सुविधा सम्वन्धि दफा र सम्बद्ध अनुसूची” मात्र बदर गरेको हो… Continue reading स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने
गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ । यस्तो छ घोषणा पत्रको पूर्ण पाठ : ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय… Continue reading गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)
यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मंगलबार बाट राजधानीमा शुरु सम्मेलनका दौरान बिहीबार मात्र मतदान भएको थियो । विवादका बीच एक दिन लम्बिएको सम्मेलनमा शुक्रबार नयाँ कार्यसमितिको नतिजा सार्वजनिक गरिएको… Continue reading यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व
गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त
काठमाडौ । गैर आवासीय नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६ मन केसी -९६१ र सोनाम… Continue reading गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त
एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि जारी मतगणनाको ४० प्रतिशत मत गणना सकिएको छ । यसको औपचारिक जानकारी भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । पछिल्लो मतपरिणाम अनुसार आचार्यलाई जितेर कुमार पन्तले अग्रता बनाएका छन् । बिहीबार राती अबेर सम्पन्न मतगणनाको नतिजा शुक्रबार अपरान्हसम्म सकिने छ । निर्वाचनमा खसेको कुल २ हजार… Continue reading एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने
ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री
काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अनुकूलता मिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसमेत नेपाल भ्रमणमा आउन सक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित बैठकमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपालको अन्तर्राष्ट्रिय पहिचान बिस्तार भएको भन्दै ट्रम्प र पुटीनको समेत नेपाल… Continue reading ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री
विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा
दाङ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय प्रभावकारी प्रहरी कारवाही तिब्र बनाएका छन् । खासगरी जनतामा सरकार रहेको र सुशासनको अनुभूति हुने गरी प्रहरी अपरेशन तिब्र बनाइरहेको समयमा प्रहरीले भूमिगत अवस्थामा रहेको विप्लव समूहका नेता दुई दर्जन नेता कार्यक्रता पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द्र विप्लवका दाजु चन्द्रबहादुर चन्दसमेत रहेका छन् ।… Continue reading विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा
कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित
कतार । कतारमा नेपालीले कानून विपरित राजनीतिक गतिविधि गरेको तथा चन्दा संकलन गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ । कतारस्थित नेपाली दूतावासमा पत्र पठाउँदै कतार सरकारका विभिन्न निकायले यस्तो सूचित गराएका हुन् । कतारमा रहेका केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले… Continue reading कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित
गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना
काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ । बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ । बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले… Continue reading गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना
नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा
काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ? किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने भान पर्छ । तर, नेपालमा विदेशबाट दक्ष कामदारले आकर्षक मूल्यमा रोजगारी गरिरहेका छन् । यहाँबाट… Continue reading नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा
गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलन काठमाडौंमा जारी छ । बिहीबारसम्म चल्ने सम्मेलनमा बुधबार निर्वाचन हुने कार्यक्रम तय भएकोमा साँझ ८ बजेसम्म मतदान शुरु हुन सकेको छैन । बुधबार दिनभर जसो काठमाडौंको हायात होटेलमा नाराबाजी र हुटिंग भइरह्यो । निर्धारित समय अनुसार साँझ ७ बजेबाटै मतदान शुरु हुन पर्ने थियो ।… Continue reading गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना
नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी
काठमाडौं । अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ माथि पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो । उक्त पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल समेत गरिसकेको छ । २०७४ बैशाखमा सम्पन्न स्थानीय चुनावपछि दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा सांघातिक आक्रमण भएको थियो । आक्रमणमा गुरुङको… Continue reading नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी
राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण शुरु गर्दैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति बुधबार म्यानमार जाने कार्यक्रम तय भएको छ । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ३ कात्तिकसम्म उनले म्यानमारको राजकीय भ्रमण गर्न लागेकी हुन् । बुधबार थाइल्याण्डको बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने कार्यक्रम तय भएको छ… Continue reading राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै
आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद्का केही सदस्यको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपरिषद् फेरबदल गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिसकेका छन् । मन्त्रीहरु अदलबदल तथा पार्टी एकताको अन्तिम टुंगो लगाउने सम्बन्धमा बुधबार छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ । करीव आधा दर्जन मन्त्रीहरुको कार्यशैलीप्रति प्रधानमन्त्री संतुष्ट… Continue reading आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?
गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान
काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन मंगलबारबाट राजधानीमा शुरु भएको छ । करीव ८५ देशका २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन बिहीबारसम्म चल्ने छ । सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र लगानीमैत्री वातावरण बनेको भन्दै लगानी बढाउन गैरआवासीय नेपालीसँग आह्वान गरिन् । राजनीतिक… Continue reading गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान
पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?
पत्रकारिता पेशा आफैमा एक चूनौतिपूर्ण काम हो । जहाँ एक पक्षले जहिले पनि पत्रकारलाई दुष्मनका रुपमा हेर्छ । यस्तो अवस्थामा विश्वभर पत्रकारलाई धम्क्याउने, अपहरण गर्ने र मार्ने सम्मका काम हुन्छन् । यस्ता गतिविधिका कारण सबैभन्दा असुरक्षित मुलुक नाइजेरिया देखिएको छ । एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखिएको… Continue reading पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?
विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै
काठमाडौं । विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका दोस्रो चरणका खेल भइरहेका छन् । समूह बीमा रहेका जोर्डन र नेपालबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ । नेपालभन्दा निकै बलियो टोली जोर्डनविरुद्ध नेपाल उसकै घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिदैछ । नेपाल सन् २०११ मा मिलेको नमिठो हारको बदला लिने दाउमा हुनेछ । उक्त खेलमा जोर्डले नेपालको पोष्टमा ९ गोल हानेको… Continue reading विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै
मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन काठमाडौंमा मंगलबारबाट प्रारम्भ हुँदैछ । बिहीबारसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मलेन उद्घाटनको तयारी भइरहेको छ । सम्मेलन बिहीबार समाप्त हुनेछ । चुनावी सम्मेलन भएका कारण पनि अहिले काठमाडौंमा गैरआवासीय नेपालीहरुको सरगर्मी बढीरहेको छ । आगामी कार्यकालका लागि अध्यक्षसहित… Continue reading मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै
वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष (२०७६\७७)को पहिलो दुई महिनाको अवधिमा वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेपालको आयात सामान्य घटेको छ भने निर्यातको वृद्धिदर भने उल्लेख् रुपमा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिना (साउन–भदौ)मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ… Continue reading वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि
जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित
टोकियो । जापानमा आएको शक्तिशाली विनासकारी आँधिका कारण सोमबारसम्म दुई दर्जन मानिसको ज्यान गएको पुष्टी भएको छ । यद्दपी यो आंकडा निकै माथि पुग्न सक्ने अनुमान संचारमाध्यमले गरेका छन् । राजधानी टोकियोसहित जापानका धेरै स्थान प्रभावित हुने गरी हागिबिस नामक आँधी आएको थियो । जापानी संचारमाध्यम एनएचकेका अनुसार २५ जनाको निधनको पुष्टी भइसकेको छ ।… Continue reading जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित
नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने
काठमाडौं । सगरमाथाको उचाई नेपालले मापन गरिरहेको छ । सगरमाथा शिखरसम्मै टोली पठाएर नेपालले सगरमाथाको उचाई मापन गरेको हो । अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ । सगरमाथाको नयाँ उचाई नेपाल र चीन दुबै मुलुकले संयुक्त रुपमा गर्ने सहमति गरेका छन् । नेपाल भ्रमणमा सकेर आइतबार मात्र स्वदेश फर्किएका चिनियाँ राष्ट्रपति र नेपालबीच भएको… Continue reading नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने
इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प
नयाँ दिल्ली । ट्विटरमा ५ करोड फलोअर्स पुर्याउन सफल भारतीय नरेन्द्र मोदी इन्स्टाग्राममा सबैभन्दा अगाडी रहन सफल भएका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इन्स्टाग्राममा उनको तीन करोड फलोअर्स नाघेको छ । विश्व नेतामध्ये यो आंकडा सबैभन्दा धेरै हो । इंस्टाग्राममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेका छन् । ट्विटरमा… Continue reading इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प