अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि सुधारोन्मुख रहेको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कोषले गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा अमेरिकाको आर्थिक वृद्धिमा सामान्य सुधार देखिएको जानकारी दिएको हो । अहिले चीन र अमेरिकाबीच व्यापार विवाद चुलिदो अवस्थामा छ । जसले गर्दा अमेरिकाको समग्र अर्थतन्त्रमा प्रभाव पर्नेछ । अर्कोतर्फ निर्माण समग्रीको अभावले पनि… Continue reading अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् । यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७… Continue reading लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।… Continue reading चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै भिषण हावाहुरी चल्यो । हावाहुरीका कारण मावनीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उता, विहीबार साँझ कैलाली र त्यस आसपास आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै… Continue reading काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

<> on August 9, 2011 in Arlington, Virginia.

बासिङटन अमेरिकी सेनाको तालिम क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जवानको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । यो घटनाले अमेरिकी सेना युद्धमा भन्दा बढि यस्ता दुर्घटनामा मारिएको तथ्यप्रति फेरि एक पटक सबैको ध्यान तानेको हो । सन् २००६ देखि २०१६ सम्म मारिएका अमेरिकी सैनिक मध्ये झन्डै ३२ प्रतिशतको सडक दुर्घटनामा मृत्यु… Continue reading युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

एजेन्सी । जर्मनीका एक ४२ वर्षिया पूर्व नर्स निल्स हगललाई ८५ जना बिरामीहरुलाई उपचारको क्रममा गलत औषधी प्रयोग गरी हत्या गरेको कसुरमा उच्च अदालतले आजिबन काराबासको सजाय सुनाएको छ । उक्त घटना उत्तरी जर्मनीको डेलमेनहर्स्ट र ओल्डनबर्ग शहरमा सन् १९९९ देखि २००५ सम्ममा घटेको हो । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले अभियुक्तको कार्यलाई ‘सामान्य बुझाइ भन्दा बाहिर रहेको’… Continue reading ८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ । तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग… Continue reading गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित

काठमाडौं, २३ जेठ । सरकारले म्यानपावर कम्पनीले नियुक्त गर्ने सबै एजेन्ट (दलाल)हरुलाई अवैधानिक घोषणा गरेको छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मार्फत सरकारले वैदेशिक रोजगारी व्यवसायीले प्रतिनिधि राख्ने पाउने व्यवस्थालाई हटाएको हो । सरकारको यस निर्णयपछि अब सबै दलालहरु अवैधानिक बनेका छन् । नेपालमा सरकार स्वयमःले म्यानपावर कम्पनीको दलाल बन्न लाइसेन्स दिने… Continue reading म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित

शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

काठमाडौं  ।   हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । मार्टमा नेपालसहित ४१ देशका ७ सय पर्यटन व्यवसायी भेला भएका छन् । मार्टको तेस्रो संस्करण अहिले संचालन हुँदैछ । हिमालयन ट्राभल मार्ट सन् २०१७ देखि नेपालमा शुरु भएको हो । अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा मेला सहयोगी हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल… Continue reading शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको संविधानसभा पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । गृह मन्त्रालयका अनुसार २०६४ र २०७० सालको संविधानसभाका सभासद्लाई यो पदक दिने निर्णय भएको थियो । गणतन्त्र दिवसको भोलीपल्ट अर्थातः जेठ १६ मा पदक बाँडियो । तर, यस पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै प्रमुख प्रतिपक्षी दल… Continue reading संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति

पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीका ठूलो  तीर्थस्थल हो । धार्मिक आस्थाका लागि भक्तजनले यस मन्दिरमा मन खोलेर दान गर्छन् । द्रब्य चढाउँछन् । सरकारले इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल(अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरेको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययन… Continue reading पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद

एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कामकारबाही प्रति जनताको सन्तुष्टी (जब एप्रुभल रेटिङ) एक महिनाको अन्तरालमा ह्वात्तै घटेको एक अध्ययनले देखाएको छ । ग्यालप न्यूजको सर्भेक्षण अनुसार अप्रिलको तुलनामा मे महिनामा ट्रम्पको जब एप्रुभल रेटिङ छ प्रतिशत बिन्दुले ओरालो लागेको हो । अप्रिलको दोस्रो पाक्षिक ट्रम्पको कामले आफुलाई सन्तुष्ट बनाएको भन्ने सर्वसाधारण ४६ प्रतिशत थिए ।… Continue reading एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ । आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन… Continue reading अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?

१ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी

काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र… Continue reading १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी

नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने

काठमाडौ । नेपाल वायुसेवा निगमको जापान उडानको तालीका तत्कालका लागि स्थगित भएको छ । निगमले यात्रु नपाएपछि जापान उडान सार्न लागेको हो । निगमले असार १९ गतेबाट जापानको ओशाकामा नियमित उडान गर्ने योजना बनाएको थियो । तर, बजारिकरणमा पर्याप्त ध्यान दिन नसकेपछि निगमले यात्रु पाएन । सोहीकारण जापान उडानको योजना स्थागित गरिएको निगमका अधिकारीहरु बताउँछन्… Continue reading नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने

अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ

काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको ९९ प्रतिशत काम सम्पन्न भएको छ । यससँगै अब नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ पुग्ने लगभग निश्चित भएको हो । नेपाल आयका निगमका अनुसार भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । यसले परियोजनाको ९९ प्रतिशत कार्य प्रगति भइसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका… Continue reading अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ

३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

काठमाडौंं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधी कोपनहेगन प्रस्थान गरेका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधीले आफ्नो भ्रमण अफिसियल भएको दाबी गरेका छन् । डेनमार्क भ्रमणका… Continue reading ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता

भारतमा सोमबारदेखि हराइरहेको यात्रुबाहक सैन्य जहाज अझै फेला परेको छैन । भारतीय सेनाका सबै संयन्त्रले जोजि जारी राखेपनि जहाज फेला नपरेको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ । भारतीय नौसेनाको एएन ३२ जहाजमा ९ जना यात्रु सवार थिए । भारतको आसमबाट उडेको केही मिनेटमै जहाज बेपत्ता भएको थियो । यो जहाज भारतकै अरुणाञ्चल प्रदेशतर्फ उडेको थियो ।… Continue reading हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता

नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता

काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्। बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ… Continue reading नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता

त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे

काठमाडौं । सामान्यतया जहाजमा विस्फोटक पदार्थ भरिएको या जहाज अपहरणकारीले कब्जा गरेको अवस्थामा अन्य सामान्य पार्किङ स्थलभन्दा त्यस्ता जहाजलाई केही पर या छुट्टै राख्ने गरिन्छ । संसारभरका अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था हुन्छ । तर, नेपालमा भने थिएन। त्रिभुवन विमानस्थलमा अब भने रिमोर्ट पार्किङ वे संचालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज… Continue reading त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे

साझा बसमा अब कार्डबाटै भुक्तानी

काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ । यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले… Continue reading साझा बसमा अब कार्डबाटै भुक्तानी

कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन

बुटवल । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीले निकै प्राथमिकताका साथ उठाउने गरेको गोलमेच सम्मेलनलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउन थालेको छ । राप्रपा अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन् । सम्मेलनमा पूर्वराजादेखि विप्लव समूह समेत सहभागी गराउनु पर्ने उनको प्रस्ताव छ । अझ रोचक के छ भने विगतमा… Continue reading कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन

दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

कल्पना घिमिरे न्यूयोर्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन… Continue reading दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १५ महिना मात्र भएको छ । तर, यसबीचमा उनले ७ मुलुकको औपचारिक भ्रमण गरिसकेका छन् भने आगामी जेठ २५ बाट थप तीन मुलुकको भ्रमणमा निस्कदैछन् । त्यसो त प्रधानमन्त्रीले भारतमा दोहोर्याएर भ्रमण गरिसकेका छन् । उनी जेठ १६ देखि दुई दिने भारत भ्रमण गरी नेपाल फर्किएका हुन्… Continue reading प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण

नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको छलफल सकारात्मक रहेसँगै मंगलबार शीर्ष तीन नेताबीच छलफल हुने भएको छ । नेकपा एकिकरणका दौरान जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाउन सोमबार दुई नेताबीच छलफल भएको थियो । मंगलबार माधव नेपालसहित बैठक बसेर नाम टुंग्याउने तयारी नेकपाको रहेको छ । सोमबार अध्यक्षद्वय केपी… Continue reading नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै

महासंघको जम्बो टोली यूरोप प्रस्थान

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न यूरोप भ्रमणलाई लक्षित गरी महासंघको टोली यूरोप लागेको हो । महासंघका… Continue reading महासंघको जम्बो टोली यूरोप प्रस्थान

दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

न्युयोर्क । चर्चित पेय पदार्थ कफी कतिपय मानिसका लागि उठ्ने बित्तिकै नभई हुदैन । कफी पिउने बानी भैसके पछि पिउन पाएन भने कतिपयलाई टाउको दुख्ने गरेको गुनासो पनि सुन्ने गरिन्छ । धेरै कफी पियो भने राम्रोसंग निन्द्रा लाग्दैन भन्ने गरेको पनि सुनिन्छ । कफीका राम्रा र नराम्रा पक्षहरु धेरै होलान् तर कफी सम्बन्धि नौलो र… Continue reading दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड

काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन(जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर(इपीआई) र यूके एडले… Continue reading सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड

चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित विस्तारित चक्रपथमा अधिकतम गतिको सीमा तोकेको छ । यसैसाता सडक खण्डमा मोटरसाइकल स्कार्पीयो दूर्घटनामा गरी दुई पत्रकारले ज्यान गुमाएपछि सरकारले अधिकतम सीमा तोकेको हो । महाशाखाका अनुसार अब कलंकी कोटेश्वर सडक खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र सवारी चलाउन पाइनेछ । सर्भिस लेनको अधिकतम सीमा… Continue reading चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट

सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण

काठमाडौं । आइतबार राती सोलुखुम्बुको विकट गाउँमा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लव समुहले प्रहरी चौकी आक्रमण गरेको समाचारले दिनभर नेपालमा चर्चा पायो । विप्लवका कार्यक्रताले सोलुको महाकुलुङ गाउँपालिकास्थित छेक्कामा प्रहरी चौकि आक्रमणको प्रयास गरेको प्रहरी स्रोतको भनाई छ । आक्रमणको सूचना पाएलगत्तै उक्त प्रहरी चौकिका सुरक्षाकर्मी भने अन्यत्रै भागेको बताइएको छ । हतियारधारी समूह गाउँ पसेको… Continue reading सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण