कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो । ब्रेकफेल… Continue reading कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

काठमाडौं । कोटेश्वरमा अधिक सवारी जाम हुँदा आवागमन प्रभावित बन्दै गएपछि ट्राफिक प्रहरीले लेन कार्यान्वयनमा नयाँ नियम ल्याएको छ । अब सूर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनका लागि छुट्टै लेन हुने भएको छ । यी सवारी साधनले बायाँ लेनबाट मात्र सवारी साधन चलाउन पाउने भएका छन् ।… Continue reading अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ । बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ । यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने… Continue reading आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ । यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ । गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।… Continue reading वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो । उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् । किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन । त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा… Continue reading शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

दक्षिण कोरियामा दैनिक दोब्बरले बढ्दै कोरोना संक्रमित

काठमाडौं । चीनपछि सबैभन्दा ठूलो प्रभावित मुलुकका रुपमा कोरोनाले दक्षिण कोरियामा आक्रमण थालेको छ । यहाँ एकै दिनमा कोरोना भाइरसको सङ्क्रमण दोब्बरले बढेको कोरियाली अधिकारीहरुले पुष्टी गरेका छन् । शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको थियो । शनिबार दक्षिण कोरियामा थप २२९ जना नयाँ बिरामी भेटिएको पुष्टी भएको छ । यससँगै कोरियामा मात्र संक्रमितको… Continue reading दक्षिण कोरियामा दैनिक दोब्बरले बढ्दै कोरोना संक्रमित

युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् । त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो । अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा… Continue reading युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

काठमाडौं । पशपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको रौनकलाई खास बनाउन पशुपतिमा कुनै कसुर बाँकि राखेको थिएन । करीव २ करोड मूल्य खर्च गरेर भारतबाट ल्याइएको विशेष फूले पशुपति क्षेत्र झकिझकाउ भएको थियो । पशुपति पुग्ने सबैले यसको प्रशंसा समेत गरेका थिए । तर, शनिबार बिहानै पशुपति झण्डै कुरुप जस्तै देखिन पुग्यो । यो कसरी… Continue reading महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।… Continue reading गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

अफगानिस्तानमा युद्ध बिराम गर्ने सहमती

काठमाडौं । अमेरिका र तालिवानबीच अफगानिस्तानमा युद्धबिराम गर्ने सहमति भएको छ । अमेरीकी विदेश मन्त्री माइक पम्पियोले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अफगानिस्तानमा शान्ती बहाली गर्न अमेरिका र तालीवानबीच २९ फेब्रुअरीमा सम्झौताको तयारी भइरहेको छ । अमेरीकी विदेश मन्त्रीले साउदी अरवको भ्रमणका दौरान यस्तो जानकारी गराएका हुन् । यता तालिबानका प्रवक्ताले अमेरीका र… Continue reading अफगानिस्तानमा युद्ध बिराम गर्ने सहमती

परराष्ट्र मन्त्री जेनेभातर्फ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् । यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको… Continue reading परराष्ट्र मन्त्री जेनेभातर्फ

दुई दने भारत भ्रमणमा आउँदैछन् राष्ट्रपति ट्रम्प, भब्य स्वागतको तयारी

नयाँ दिल्ली । भारत यतिबेला चिरिच्याट्ट बन्दै सिंगारिने क्रम जारी छ । अत्यन्तै गरिबी र सुकुम्बासी बस्ती रहेका स्थानहरु पर्खालले छोपिदैछ भने सडकमा धमाधम सरसफाईको काम भइरहेको छ । यो सबै केका लागि ? किनकी विश्वकै शक्तिशाली राष्ट्रप्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आउँदैछन् । भारत उनको भ्रमणलाई भब्य बनाउने तयारीमा… Continue reading दुई दने भारत भ्रमणमा आउँदैछन् राष्ट्रपति ट्रम्प, भब्य स्वागतको तयारी

कोरानाले दक्षिण कोरियामा महामारीको रुप लिँदै

सिओल । चीनबाट फैलिएको कोरोना कोभिड, १९ भाइरसले अब दक्षिण कोरियालाई सताउन थालेको छ । दक्षिण कोरियाले औपचारिक रुपमै यस रोगले चिन्ता बढाएको स्वीकार गरेको छ । शुक्रबार एकै दिन दक्षिण कोरियामा १ सय जनामा संक्रमण देखिएको छ । लगत्तै प्रतिक्रिया सार्वजनिक गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड १९ सँगको लडाइँ गम्भीर मोडमा… Continue reading कोरानाले दक्षिण कोरियामा महामारीको रुप लिँदै

नेपालमा सुनको कीर्तिमानी मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको… Continue reading नेपालमा सुनको कीर्तिमानी मूल्य

कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ । शुक्रबार करीव… Continue reading कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलले एमसीसीका कतिपय प्रावधानमा सशोधनको आवश्यकता औल्याएको छ । कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको छ । उक्त प्रतिवेदनको सार सम्झौताका कतिपय बुँदा सच्याउनु पर्ने देखिएको बताइएको छ । बुँदा नसच्याएसम्म संसदबाट अनुमोदन… Continue reading एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

अब त्रिभुवन विमानस्थलमा रोबोटको सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलमा रोबोटको सेवा प्रारम्भ भएको छ । तपाई वैदेशिक यात्राका क्रममा निस्कनु हुन्छ भने अब आगमन र प्रस्थान दुबै कक्षमा तपाईको सेवामा एक एक वटा रोबोट खटिएका हुनेछन् । नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने यी रोबोटले सूचना प्रवाह, मनोरन्जन र अभिवादन प्रदान गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री… Continue reading अब त्रिभुवन विमानस्थलमा रोबोटको सेवा

आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ । आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ ।… Continue reading आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनका विषयमा बार्गेनिंग गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरी समक्ष पत्राचार गरेको छ। उनलाई लेखा समितिका सदस्य सांसदको चरित्र हत्या हुने गरी सार्वजनिक टीकाटिप्पणीमा उत्रिएको भन्दै समितिले कारवाहीका लागि पत्राचार गरेको हो। यसअघि मिश्रले एक अनलाइनसँग कुराकानी गर्दै बाँस्कोटासँगको अडिओ… Continue reading बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई

बास्कोटाले गरे राजिनामा

काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा

संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

अब नेपालमा पनि निजी विमान राख्न पाउने

काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ । सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ । यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा… Continue reading अब नेपालमा पनि निजी विमान राख्न पाउने

पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् । नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक… Continue reading पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

काठमाडौं । द काठमाडौं पोष्ट’मा प्रकाशन भएको एक लेखको विषयमा मंगलबार नेपालस्थित चिनियाँ दूतावासले कडा शब्दमा विज्ञप्ति जारी गर्यो । खासगरी माओको तस्वीरमा मास्क प्रयोग भएको कार्टुनसहित प्रकाशित विज्ञप्तीपछि नेपालमा दूतावास आलोचित बन्न पुगेको छ । बुधबार नेपाली संचारमाध्यमका सम्पादकले दूतावासको विज्ञप्तीप्रति आफनो ध्यानाकर्षण भएको बताएका छन् । सम्पादकहरुले बुधबार एक संयक्त वक्तव्यमा जारी गरेका… Continue reading चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

३२९ कैदीको कैद मिनाहा

काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ । ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख… Continue reading ३२९ कैदीको कैद मिनाहा

आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै

रौतहटमा गोली हानाहान, पटेल पक्राउ

रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ

नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

काठमाडौं । सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने निर्णय गरेको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्रका रुपमा सम्प्रेषित गर्ने निर्णय भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सरोकारवालासँग छलफल गरेको थियो । छलफलका क्रममा कोरोना भाइरस र यसका कारण… Continue reading नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् । किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको… Continue reading खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार