Category: फिचर

  • नेपालमा थप ८१ जना कोरोना संक्रमितको निधन

    नेपालमा थप ८१ जना कोरोना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१७९ पुगेको छ।

  • नेपालमा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टी, ५७६८ जना संक्रमण मुक्त

    नेपालमा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टी, ५७६८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

  • प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार,कारण देखाउ आदेश जारी

    प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार,कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ का लागि चुनावको घोषणा गरेकी थिइन् ।

    उक्त मुद्दा सुनुवाईका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए ।

    उक्त इजलासमा राणासहित न्यायाधीश दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरेका थिए ।

    थापाले बहुमतसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेकाले अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।

  • दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १३.५६ अकले घटेको २९४६.५८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० हजार ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।

    त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ ।

  • एमाले एकताका बाधक तीन शीर्ष नेता हुन् : योगेश भट्टराई

    एमाले एकताका बाधक तीन शीर्ष नेता हुन् : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका युवानेता योगेश भट्टराईले एमालेको एकता हुन नसक्नुमा एमालेका तीन शीर्ष नेताको हात रहेको बताएका छन् । बुधबार बिहान सामाजिक संजालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् । एमालेलाई एक बनाउन उनी दोस्रो तहका नेतासँगै लागि परेका बेला शीर्ष नेता नै यसमा बाधक देखिएको आरोप लगाएका हुन् ।

    अध्यक्ष केपी ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिल्न तयार हुने र वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल शेर बहादुर देउवा र प्रचण्डसँग मिल्न तयार हुँदा एमाले एक हुन नसकेको उनको निष्कर्ष रहेको छ ।

    उनले भनेका छन्, ‘एमालेको एकताको मुल जड कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

    उनले एमाले एकताको समस्याको मूल जड यहीं रहेको बताएका छन् ।

  • आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने

    आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने

    काठमाडौं । आजबाट श्रम स्वीकृति खुला भएको छ । वैदेशिक रोजगार कार्यालयले हरेक बुधबार मात्र अन्तिम श्रम स्वीकृति लिन सकिने गरि सेवा प्रारम्भ गरेको हो । सरकारले अन्तर्राष्ट्रिय गन्तब्यतर्फ कतारमा नियमित उडान खुला गरेसँगै सो मुलुकमा जाने कामदारको बाटो समेत खुलेको छ । सोहीकारण कार्यालयले आफ्नो सेवा शुरु गरेको हो ।

    वैदेशिक रोजगार कार्यालय ताहाचलबाट साताको एक दिन श्रम स्वीकृति लिन सकिन्छ । कार्यालयले २४ वैशाखपछि भौतिक रुपमा उपस्थित भई सेवा लिन बन्द गरेको थियो । अहिले अनलाइनबाट भने सेवा नियमित छ । निषेधाज्ञा र उडानमा लागेको प्रतिवन्धका कारण ठूलो संख्यामा कामदार रोकिएका छन् ।

  • नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

    नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

    काठमाडौं । नेपालमा निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा गत वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । यसबीचमा महामारीको संक्रमण दर केही कम भएपनि अपेक्षित कम भने हुन सकेको छैन ।

    तर, जनजिविकामा असर गरेको भन्दै सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको हो । राससले गृह मन्त्रालयलाई उदृत गर्दै निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको जनाएको छ । त्यसका आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने भएको हो ।

    सम्भवतः सिमित संख्यामा सार्वजनिक यातायात खुला हुन सक्ने बताइएको छ । अहिले गृहले जिल्लाहरुबाट रिर्पोट लिएर त्यसको समिक्षा गरिरहेको बताएको छ । सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनामा सरकार छ ।

    अहिले जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार नेपालमा १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ । यो पछिल्ला दिनहरुको कम संक्रमण दर हो ।

  • भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए

    भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए

    कानपुर । भारतको भारत उत्तर प्रदेश राज्यको कानपुरमा भएको भयानक सडक दुर्घटनामा कम्तिमा १७ जना मारिएका छन् । कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    मंगलबार साँझ भएको यो दुर्घटनामा थप ६ जना गम्भीर घाइते रहेको समाचारमा उल्लेख छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पिडितका परिवारलाई प्रतिपरिवार दुई लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएको थियो ।

    त्यसपछि बस पल्टिएको हो । यो बस लखनउबाट नयाँदिल्लीका लागि छुटेको थियो । शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको हो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुर छन् । सबैजनाको घटनास्थलमै मृत्यु भएका कारण समेत दुर्घटना भयानक भएको समाचारमा उल्लेख छ ।

  • विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

    विषालु च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु

    इलाम । इलाममा विषालु च्याउ सेवनबाट दुई जनाको मृत्यु भएको छ । राससका अनुसर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा ज्यान गएको हो । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको समाचारमा उल्लेख छ । वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन्। उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा निको भएर घर फर्केका छन् ।

  • अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

    अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

    काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ ।

    विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ । अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने छैन ।

    तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी चाँही गराउनु पर्ने प्रावधान तोकिएको छ । नेपाल भित्रिएको विदेशी लगानी वापतको रकम बैंक तथा वित्तीय संस्थाले तोकिएका कागजात यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्न सक्नेछन् ।

    शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।

    विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन\भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने नियम ल्याइएको हो । यसले विदेशी लगानी भित्राउन सहज हुने अपेक्षा गरिएको छ ।

  • फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार

    फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा हानियो थप्पड, दुई गिरफ्तार

    पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । यो घटना मंगलबार भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलवार फ्रान्सको दक्षिण पूर्वी इलाकामा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका थिए । सोशलमा भाइरल भएको एक भिडियो अनुसार सार्वजनिक स्थलमा रहेका समर्थकलाई अभिवादन गर्ने क्रममा एक व्यक्ति उनको नजिक आउँछन्, त्यसपछि राष्ट्रपतिको गालामा उनले चड्कन् दिन्छन् ।

    वेलेंस शहरमा भएको घटनापछि प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । घटनापछि सुरक्षा अधिकारीले राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगेका थिए । उनका समर्थकले ताली बजाएर उनको स्वागत गरिरहेको समयमा घटना भएको हो । फ्रान्समा यो घटनाको भने निन्दा भइरहेको छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०८ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०९८ पुगेको छ।

  • नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त

    नेपालमा थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१५३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार ६५ जनाको पिसिआरमा ३८७० जना र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा १२८३ जनामा संक्रमित पुष्टि भएका हुन्।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४पुगेको छ । पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ८२ हजार७३६ जना रहेका छन् ।

  • नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९६० विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सेले २९६० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २९०६ विन्दु चुमेको थियो ।

    यसदिन नेप्से ५३४४ अकले बढेर २९६०. १४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१८ कम्पनीको १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको ३ करोड ५७ लाख ४२४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ११ समूहको परिसूचकमा हरियाली छाएको छ भने २ समूहको परिसूचक राताम्मे भएका छन् ।

    कारोबारमा ३५ कम्पनकिो शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

  • मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,खनाल-नेपाल समूहले जोगाइदियो पद

    मुख्यमन्त्री भट्टले पाए विश्वासको मत,खनाल-नेपाल समूहले जोगाइदियो पद

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।

    मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो ।

    ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो ।

    प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए ।

    नेपाली कांग्रेसका १२ जना, नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे ।

    नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

  • चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति

    चीनमा तीन वर्षभन्दा माथिका सबै बालबालिकालाई कोरोना खोप लगाउन अनुमति

    काठमाडौं । चीनले तीन वर्षमाथिका सबै बालबालिकामा कोरोना विरुद्धको खोप लगाउने भएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकामा समेत लगाउन सकिने गरि अनुमति प्रदान गरेको हो ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले यसअघि १८ वर्ष भन्दा माथिकाले मात्र खोप लगाउन सक्ने अनुमति पाएका थिए । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ ।प्रयोगमा आएका कोरोना भाइरसविरुद्धको १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको छ ।

    यो खोपलाई गत साता मात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति प्रदान गरेको थियो । तीन वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा दुई चरणमा गरिएको परीक्षणमा सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिकालाई जत्तिकै प्रभावकारी देखिएको निष्कर्ष निस्केको चिनियाँ अधिकारीले बताएका छन् ।

    कोरोना भाइरसको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । चीनले अहिले दैनिक साढे एक करोड मानिसमा खोप दिइरहेको छ ।

  • सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ ।

    सो अवस्थामा भट्ट पुनः मूख्यमन्त्रीमा कायम रहने छन् । उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले ह्विप भने जारी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ। राससका अनुसार एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

    सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। मुख्यमन्त्री भट्टले २७ मत ल्याएमा उनको कुर्सी जोगिने छ । प्रदेशसभामा नेकपा एमालेका २४, नेकपा माओवादीका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका दुई सांसद छन् । एमालेका २४ मध्ये ९ जना मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छन् ।

  • आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

    आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

    काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको खोप लगाउनु शुरु भएको छ । सरकारले विभिन्न उमेर समूह तोकेर सोही अनुसार खोप लगाउन थालेको हो । स्वास्थ्य सेवा विभागका अनुसार सात वटै प्रदेशमा खोप लगाइने छ । चीनको सीमाना जोडिएका जिल्लामा १८ वर्षमाथिका मानिसहरुले यो खोप पाउने छन् ।

    सबै हिमाली जिल्लामा भने ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी व्यक्तिले यो खोप लगाउन पाउने छन् । अन्य जिल्लाको हकमा भने ६२–६४ वर्ष उमेर समूहले मात्र खोप पाउने छन् । आवश्यकता र उपलब्ध भएसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले समेत खोप पाउने छन् ।

    काठमाडौं उपत्यकामा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन भनिएको छ । सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा गएर खोप लगाउन सकिने छ । खोप लगाउने समयमा सरकारले उपलब्ध गराएको फोटोसहितको परिचय पत्र साथमा हुनुपर्छ । चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सोही खोप नेपालमा लगाउन शुरु भएको हो । ५ लाख मानिसले यो खोप पाउने छन् ।

  • विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित

    विश्वकप छनोटबाट बाहिरियो नेपाल, जोर्डनसँग ३-० ले पराजित

    काठमाडौं । नेपालले सन् २०२२ को विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएसँगै विश्वकपको ढोका बन्द भएको हो । सोमबार राती कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरेका छन् ।

    नेपालले जारी दोसो चरणका खेलमा यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । आफुभन्दा निकै माथिल्लो स्तरको टीमसँग नेपालले अपेक्षित प्रदर्शन गरेपनि गोल फर्काउन असफल रह्यो । जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरे । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए ।

    रोहित चन्दले विपक्षी खेलाडीलाई डी बक्समा फाउल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको जोर्डनले दोस्रो हाफमा दुई गोल थप्यो । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलको हारको जिम्मा आफुले लिने भन्दै खेलाडीले सोचेजस्तै प्रदर्शन गरेको प्रतिक्रिया दिए । पेनाल्टी नपाएको भए खेलको नतिजा अर्कै हुने उनको भनाई छ । समूह बी मा नेपालले सात खेलमा पाँचौ हार बेहोरेको छ ।

    ७ खेलबाट ६ अंक जोडेको नेपालले अन्तिम खेल अष्ट्रेलियासँग खेल्दैछ । जोर्डनसँग पराजित भएपछि नेपालको एसिया कपको सिधै तेस्रो चरण पुग्ने सम्भावना कायम राख्न भने अष्ट्रेलियालाई हराउनु पर्ने हुन्छ । नेपालले जेठ २८ मा अष्ट्रेलियाको सामना गर्नेछ । विश्वकप खेलिसकेको अष्ट्रेलिया यो समूहकै सबैभन्दा शक्तिशाली टीम हो ।

  • ८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा

    ८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीलाई इतिहासकै सबैभन्दा खराब महामारी भन्दै गरिब नागरिकका लागि ऐतिहासिक घोषणा गरेका छन् । उनले राहतस्वरुप आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाद्यान्न दिने घोषणा गरेका हुन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

    कोरोना महामारीका कारण ठूलो मानवीय क्षति भएपछि सरकारको चर्को आलोचना भएको थियो । आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई आगामी दिवालीसम्म बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री मोदीका अनुसार ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइने भएको हो ।

  • भारतको पूणेमा केमिकल उद्योगमा आगोलागी, कम्तिमा १८ जनाको मृत्यु

    भारतको पूणेमा केमिकल उद्योगमा आगोलागी, कम्तिमा १८ जनाको मृत्यु

    पुणे । भारतको महाराष्ट्र राज्यस्थित पुणेमा एक केमिकल फ्याट्रीमा भिषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तिमा १८ जना मजदुरको ज्यान गएको छ । कैयौं मानिस घाइते भएका छ । अहिले उद्धारको काम जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उद्योग पुणेको घोटावडे फाटा क्षेत्रमा अवस्थित रहेको छ । सोमवार साँझ चार बजेबाट आगो लागेको थियो ।

    त्यसबेला उद्योगमा ३७ जना कामदार काम गरिरहेका थिए । फायर ब्रिगेड विभाग अनुसार कैयौं मजदूर अझै वेपत्त छन् । उनीहरुको खोजी जारी रहेको छ । फसेका मजदुरको उद्धारका लागि पर्खाल तोड्ने काम भइरहेको समाचारमा जनाइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन ।

  • उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

    उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

    सोल । उत्तर कोरियामा विदेशी भाषा, चलचित्र लुगाको प्रयोगमा कडा प्रतिवन्ध लागेको छ । मुलुक भित्र विदेशी संस्कृतिको प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोन उनले थप कडा कानुन लागु गरेका हुन् ।

    अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने भएको छ। हेर्नेलाई १५ वर्षको जेल शिविर तोकिएको छ। उनले विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा समेत रोक्ने घोषणा उनले गरेका छन् ।

    उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइएको छ । उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बीबीसीले लेखेको छ ।

    गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति समेत घटेको छ। त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको छ। अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष छ ।

  • अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

    अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। निषेधाज्ञाको समयमा अनलाइन खरीद बिक्रि र डेलिभरी हुने काममा प्रहरीले अवरोध गरिरहेको छ । काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको खरीद बिक्रि अनलाइनमाध्यमबाट गर्न निकै सहज भइरहको समयमा यस्तो अवरोध भएपछि सर्वोच्चले नरोक्न आदेश गरेको हो ।

    सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

    गत वर्ष काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो ।

    तर उक्त मापदण्ड बमोजिम पनि सामान होम डेलिभरी गर्न दिएको थियो । तर यस वर्ष भने रोक लगाइएको थियो । निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

  • नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टी, ६९५१ जना संक्रमण मुक्त

    नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टी, ६९५१ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४७२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमणमुक्त भएका छन् ।

  • प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

    प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ ।

    सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

    एमाले एकताका लागि भन्दै ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव जारी गरेका थिए। जसमा नेपाल पक्षले राखेका माग मान्न तयार रहेको जनाएका थिए।

    अध्यक्ष ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

  • निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने

    निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रिय) को मूल्य २० प्रतिशत घटाएको छ।

    निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ ।

    आज रातीदेखि लागू भएको नयाँ मूल्यसुचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलरबाट घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्योग मन्त्रालयमार्फत निगमलाई हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएको थियो।

    नेपाल वायु सेवा निगमलगायत विमान कम्पनीहरूले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धनको मूल्य अत्यधिक महंगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

    यस सम्वन्धमा प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीसँग पनि निगमले छलफल गर्दै आएको थियो ।

  • नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से ०.२१ अकले घटेर २९०६.७० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन् ।

    सोमबार कारोबारमा आएका १३ समूह मध्ये ७ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ६ वटाको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ८.२७ प्रतिशतले बढेको छ भने व्यापार समूह २.२१ प्रतिशतले घटेको छ ।

    आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, लक्ष्मी बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लक्ष्मी बैंकको शेयरमूल्य आज ३.५८ प्रतिशतले घटेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड र नेशनल हाइड्रो कम्पनीको ४३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    पोखरा, सेन्टर र आइसीएफसी फाइनान्सको शेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

    यस्तै, कामना सेवा विकास बैंक, श्री इन्भेष्मेन्ट, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, गोर्खा फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो, युनिभर्सल पावर र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु

    पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तिमा २५ जनाको मृत्यु

    सिन्ध । पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा २५ जना मारिएका छन् । यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । यहाँको डहरकीमा सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसका रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा २५ जना मारिएको खबर समाचार एजेन्सीले प्रसारण गरेका छन् ।

    कैयौं व्यक्ति घाइते रहेका र उद्धारको काम पनि भइरहेका कारण मृतकको संख्या बढ्न सक्ने आशंका छ । रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमवार बिहान भएको हो । गम्भिर प्रकृतिका घाइतेलाई अस्पताल पठाइएको छ । फसेका यात्रुको बचाउको काम जारी छ । रेलवे विभागका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो । सर सैयद एक्सप्रेस रावलपिंडीबाट कराचीका लागि छूटेको थियो ।

  • विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै

    विश्वकप छनोट : आज नेपालले बलियो टीम जोर्डनको सामना गर्दै

    काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेल अन्तर्गत आफुभन्दा निकै बलियो टोली जोर्डनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुने छ । कुवेतमा भइरहेको यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रने नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जनाएका छन् ।

    टीम जोर्डनको सामना गर्न पूर्णरुपमा तयार रहेको समेत उनको भनाई छ । जोर्डनका खेलाडी फिजिकल रुपमा नेपाली खेलाडीको तुलनामा बलिया छन् । तर, फुबटलमा जे पनि सम्भव हुने दुबै टीमका प्रशिक्षकको भनाई छ । अलमुतैरीले जोर्डन स्तरीय टोलि रहेको स्वीकार गर्दै नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए । प्रत्येक खेल ०–० बाट सुरु हुने भन्दै उनले त्यसपछि मात्र जित हारको विषय आउने बताए ।

    नेपालको लक्ष्य एशिया कप छनोट भएको भन्दै त्यसका लागि समेतजोर्डनबिरुद्ध जित्नुपर्ने दवाव रहेको उनको भनाई छ । जोर्डनका प्रमुख प्रशिक्षक भिटल बोर्केलमान्सले कडा तयारी गरेको र नेपाल बिरुद्धको खेल टीमका लागि महत्वपूर्ण हुने बताए । जारी प्रतियोगितामा नेपालले चाइनिज ताईपेइलाई २–० ले हराएर उच्च मनोवलका साथ मैदान उत्रदैं छ ।

  • आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि

    आतंकवादी समूह बोको हरामका नाइके मारिएको दावि

    काठमाडौं\एजेन्सी । नाइजिरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबकार सेकाउ मारिएको खबर सार्वजनिक भएको छ । उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमार्फत दावि गरेको छ । बीबीसीका अनुसार समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको हुन् ।

    यस्तो दावि इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले गरेको हो । त्यसो त सेकाउबारे पटक पटक यस्ता खबर आउने गरेका छन् । अघिल्लो महिना मात्रै उनी मारिएको खबर आएको थियो । बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युको आधिकारिक पुष्टि भने गरिसकेको छैन । मिति उल्लेख नगरिएको अडिओ रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन्।

    अघिल्लो महिना भएको भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने प्रतिक्रिया दिएको छ । उत्तर पूर्वी नाइजिरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडामा भएको हमलामा उनी मारिएको बताइएको छ ।

    सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई सुरक्षाकमीले मारेपछि उनी नेतृत्वमा आएक हुन् । उनको नेतृत्वमा उत्तर पूर्वी नाइजिरियामा जारी द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । २० लाखभन्दा बढी विस्थापित छन्।