रवि थुनामै रहने, सर्वोच्चले गर्यो उच्चकै आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट… Continue reading रवि थुनामै रहने, सर्वोच्चले गर्यो उच्चकै आदेश सदर

८ वर्षपछि ठूलो पर्दामा फर्किए महानायक राजेश हमाल, नरसिंहा अवतार प्रदर्शनमा

९ जेठ, काठमाडौं । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो… Continue reading ८ वर्षपछि ठूलो पर्दामा फर्किए महानायक राजेश हमाल, नरसिंहा अवतार प्रदर्शनमा

राजावादीले गर्ने भनेको आन्दोलनलाई प्रधानमन्त्रीको खिसिटिउरी, के भने ?

RSS

९ जेठ, पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जनताको हकअधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको दावि गरेका छन् । राष्ट्रिय युवासङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत… Continue reading राजावादीले गर्ने भनेको आन्दोलनलाई प्रधानमन्त्रीको खिसिटिउरी, के भने ?

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

९ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै… Continue reading तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

अञ्जली थापा/रासस ९ जेठ, हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर… Continue reading पर्यटक पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

रासस९ जेठ, चितवन । जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं२०७५ देखि घरबास सुरु गरिएको हो ।… Continue reading उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न… Continue reading जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छिन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आएकी छिन् । उनले काँक्राखेती हरियो काँक्रा उपभोग… Continue reading उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

९ जेठ, बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का… Continue reading बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

९ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ… Continue reading देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

९ जेठ, भरतपुर । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका… Continue reading चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

A car is being driven.

एजेन्सी९ जेठ, टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् । प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको… Continue reading जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

file

८ जेठ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले बिहीबार देशमा सार्वजनिक रूपमा धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय ९चार्टर स्कूल० निर्माण गर्न रोक लगाउने घोषणा गरेको छ । देशमा चर्च र राज्यको ऐतिहासिक विभाजनको कारण बनेको एक मुद्दामा फैसला गर्दै धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय निर्माण गर्न रोक लगाउने निर्णय सुनाइएको हो । करिब सबै… Continue reading अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

President Donald Trump meets South Africa's President Cyril Ramaphosa in the Oval Office of the White House, Wednesday, May 21, 2025, in Washington. (AP Photo/Evan Vucci)

एजेन्सी९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गरेका छन् । भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गरे । यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको… Continue reading दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएकामा नसकिएछि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको… Continue reading रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

८ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो… Continue reading परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

चितवनको भरतपुर विमानस्थलमा बिहीबार अवतरण गरिएको बुद्ध एयरको ७२ सिट क्षमताको एटिआर ७२ जहाज । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयासस्वरुप आज ७२ सिट क्षमताको एटिआर ७२ जहाजको परीक्षण उडान गरेको हो । तस्बिरः सनद अधिकारी/रासस

८ जेठ, चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ । सन् २००५ बाट नियमित उडान गर्दै आएको… Continue reading भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

file

काठमाडौं । ८ जेठ, काठमाडौं । दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन्। सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ । योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य… Continue reading दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन तयारीमा व्यस्त छ । विभिन्न क्षेत्रबाट प्राप्त सुझाव समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेट लेखन तयारीमा व्यस्त भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । अर्थ प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझाव ध्यान दिएर बजेट निर्माणको काम अघि… Continue reading बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

पेस्तोलसहित दुई युवा पक्राउ

८ जेठ, तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९… Continue reading पेस्तोलसहित दुई युवा पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने एकजना पक्राउ

८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट रु २६ लाख ८० हजार लिई… Continue reading दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने एकजना पक्राउ

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

८ जेठ, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका… Continue reading व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

८ जेठ, भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब… Continue reading इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

८ जेठ, बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको… Continue reading गलकोटमा चियाको व्यावसायिक उत्पादन सुरु

आज देशभर मौसम अदलबदलको सम्भावना

photo : RSS

८ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा… Continue reading आज देशभर मौसम अदलबदलको सम्भावना

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

८ जेठ, भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो… Continue reading चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

Japan's farm minister Taku Eto responds to questions from media after submitting his resignation to Prime Minister Shigeru Ishiba at the prime minister's office in Tokyo on May 21, 2025. Japan's farm minister resigned on May 21 after saying he never buys rice because he gets it free, a remark that drew public fury in a country facing soaring food prices. (Photo by JIJI Press / AFP) / Japan OUT

एजेन्सी८ जेठ, काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।” चामल अभावका… Continue reading निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

भारतमा भवन भत्किदा छ जनाको मृत्यु

एजेन्सी७ जेठ, नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी महाराष्ट्र राज्यको एउटा पुरानो भवनको भाग मङ्गलबार राति भत्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । महाराष्ट्रको ‘कल्याण एस्टे क्षेत्र’ मा भवनभित्र मर्मत सम्भार भइरहेको बेला घटना भएको भारतीय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मर्मत कार्य गर्दा भवनको दोस्रो… Continue reading भारतमा भवन भत्किदा छ जनाको मृत्यु

चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

७ जेठ, काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर… Continue reading चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

(AP Photo/Alex Brandon)

एजेन्सीकाठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन् । परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन… Continue reading ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक