तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

काठमाडौं । विश्वका ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्। ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख… Continue reading तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

काठमाडौं । नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्म आवेदन मागेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड (प्राविधिक–हवाई)लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो । अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको… Continue reading सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय… Continue reading आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ । ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन्। बिहीबार सिंहदरबारमा कार्यक्रम सार्वजनिक गरेपछि सम्बोधन गर्दै उनले यो राष्‍ट्रिय सहमतिमा बनेको बताएका हुन्। उनले सरकारमा आएको १०० दिनमा दोस्रो कार्यक्रम सार्वजनिक गरेका हुन्। ‘यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ। योभन्दा पहिले सरकारमा भएका… Continue reading सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ८.२८ अंकले घटेर १८६६. ७९ बिन्दुमा पुगेको हो । यसदिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको २८ लाख ७० हजार ८१९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३… Continue reading ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार

एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

काठमाडौं । नेपालमा एमसीसीमार्फत थप अनुदान दिन अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको बताएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताएका छन् । नयाँ परियोजनामा लगानी गर्न पनि… Continue reading एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक

सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भएको थियो । त्यसलाई परिमार्जन गरी आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ । वर्तमान आर्थिक अवस्था र यसको… Continue reading सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

Photo : BBC

काठमाडौं । निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत नविकरण गराइसक्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि… Continue reading निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो । यसदिन ८१ करोड ६० लाख ४६ हजार ७०९ रुपैयाँको २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १० वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से

चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

काठमाडौं । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चुनावी खर्चका लागि बैंक खाता खोलेका छन्। मंगलबार सामाजिक सञ्जालमा उनले बैंक खाताको विवरण सार्वजनिक गरेका छन्। ‘तनहुँ१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु,’… Continue reading चुनावी खर्च जुटाउन स्वर्णिमले मागे सहायता

एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

Photo : Prasasan.com

काठमाडौं । दुई बहुराष्ट्रिय निकाय विश्व बैंक र एसियाली विकास बैंकले एकै दिन नेपालबारे आर्थिक वृद्धिदरको समान प्रक्षेपण सार्वजनिक गरेका छन् । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ र एसियाली विकास बैंक (एडीबी)को एसियन डेभलपमेन्ट आउट लुकले समान ४.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेका हुन् । निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति… Continue reading एडीबी र विश्व बैंकले एकै दिन गरे नेपालबारे आर्थिक वृद्धिको समान प्रक्षेपण

शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

सरोज सिग्देल, टेक्सस सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता… Continue reading शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?

भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट… Continue reading भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले बनाउने भएको छ । यस संरचनाको स्वामित्व लिएर सरकारले नै निर्माण गर्ने निर्णय सरकारले गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा उल्लेख्य कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाई छ । अब बजारमा डिजेल र मटीतेलको खुद्रा मूल्य… Continue reading इन्धनको मूल्यमा भारी कटौती, उपभोक्तालाई राहत

मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्न तीन महिनाको… Continue reading मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १६.६७ अंकले घटेर १८७१८.८५ बिन्दुमा आइपुगेको छ । यसदिन ९२ करोड २ लाख रुपैयाँको ४९ लाख ११ रुपैयाँको २८ लाख २९ हजार ४२६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँमा अकुत आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो। २०५२ कात्तिक २८ देखि सार्वजनिक… Continue reading पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु… Continue reading मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी

सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो… Continue reading सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

file

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले… Continue reading रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा

भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको… Continue reading भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण

स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम मन्त्रालय समेत… Continue reading स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन ८९ करोड ९५ लाख रुपैयाँको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे… Continue reading मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा

नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए। निगमले नियमित… Continue reading नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु… Continue reading ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित

विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ। यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा… Continue reading विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)२६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका… Continue reading शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट