एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बैंकबाट २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीव ३ लाख डलर बराबरको अनुदान सहयोगमा स्वास्थ्य सामग्री प्रदान गर्न लागेको समेत मन्त्रालयले… Continue reading एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने

राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीका लागि दोस्रो पटक राहत प्याकेज सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै बैंकले २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी २०७६\७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बैंकले सम्पूर्ण बैंक तथा वित्रीय संस्थाहरु लक्षित गर्दै परिपत्र… Continue reading राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने

काठमाडौंमा बिहान १० बजेसम्म पसल खुल्न थाले

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बिहान १० बजेसम्म पसल खुल्न थालेका छन् । यसअघि बिहान ७ बजेसम्म मात्र खुल्ने पसलहरुलाई महानगरपालिकाले १० बजेसम्म खुल्ने दिने अघोषित नीति लिएको हो । सोहीअनुसार पसलहरु खुल्न थालेका हुन् । खासगरी साना र खुद्रा व्यापारीले अब १० बजेसम्म आफ्नो व्यापार गर्न सक्ने छन् । यसका लागि व्यापारिले सुरक्षाको प्रवन्ध… Continue reading काठमाडौंमा बिहान १० बजेसम्म पसल खुल्न थाले

इपीएस पास गरेका कामदार कोरिया जान पाउने

काठमाडौं । सरकारले ईपीएस परीक्षा पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि सयौं नेपाली कोरिया जान पाएका छैनन् । उनीहरुलाई भने लकडाउनकै अवधिमा समेत कोरिया पठाउने भएको हो । भिसा… Continue reading इपीएस पास गरेका कामदार कोरिया जान पाउने

नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो । फाउन्डेसनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । उडान प्रतिवन्धका… Continue reading नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज नेपालमा लकडाउन थप्ने वा हटाउनेबारे निर्णय हुँदैछ । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले लकडाउन बारे निर्णय गर्ने भएको छ। प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकमा लकडाउनबारे निर्णय गर्ने बताएको छ । यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा लकडाउन हटाउन नहुने निष्कर्ष निकालिएको थियो । समितिले एकसाता… Continue reading आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

काठमाडौं । नुनमा समेत बढी मूल्य खान खोजेपछि एक स्टोर्सले २ लाख जरिवाना तिर्नु परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर नुन बिक्री गरेको अभियोगमा इमाडोलमा एक स्टोर्टलाई जरिवाना तिराएको हो । विभागका अनुसार कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले… Continue reading नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ । संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । यो राहत साना ब्यापारी र अस्पताललाई लक्षित गर्दै ल्याइएको हो । यसले राहत र परीक्षणमा सहयोग… Continue reading अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

काठमाडौं । आज नेपालमा महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । २०७२ साल वैशाख १२ गते करीव १२ बजे गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो । गोरखाको बारपाकमा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट मुलुकले ७ खर्बभन्दा माथिको आर्थिक क्षति बेहोरेको थियो । त्यसबेला गोखरासहित कुल ३२ जिल्ला प्रभावित भएका… Continue reading आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । त्यसका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ । सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार पत्रकारसँग भिडियो वार्ता गर्दै उक्त जानकारी गराएका हुन् । चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत २ अर्ब २६ करोड ७ लाख… Continue reading नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री

कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

न्यूयोर्क कोरोना भाइरसको संक्रमण गहिरिँदा कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा झरेको छ । अमेरिकी कच्चा तेल सोमबार शुन्यभन्दा पनि तलको बिन्दुमा झरेको हो । आज एनवाईमेक्समा एक ब्यारल कच्चा तेलको मूल्य माइनस १.४३ डलरसम्म झर्यो । सन् १९८३ मा एनवाईमेक्स स्थापना भएयताकै सबैभन्दा कम मूल्य हो त्यो । फ्युचर बजारमा अहिले मे कन्ट्र्याक्टमा लगानीकर्ताले… Continue reading कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

सांकेतीक तस्वीर

काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकले लकडाउन अवधिको पारिश्रमिक पाउने भएका छन् । निजी क्षेत्र, श्रमिकहरुको छाता संगठन र सरकारबीच यस सम्बन्धमा त्रिपक्षीय सहमति जुटेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आईतबार भएको छलफलमा यो सहमति जुटेको हो । मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ,… Continue reading उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले कोरोना संकटका बीच एक उदाहरणीय कार्य गरेको छ । कार्यालयले आफ्नो खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारलाई नै फिर्ता गरेको छ । कार्यालयका नाममा विनियोजन भएको वार्षिक बजेटबाट साढे ९ करोड रुपैयाँ सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु… Continue reading राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्‍यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा

न्युयोर्क अमेरिकी सरकारले प्रदान गर्ने कोरोना भाइरस राहतको आर्थिक प्याकेजको रकम यो हप्ता मात्र १ करोड अमेरिकीको खातामा सिधै पुग्ने अपेक्षा अर्थ मन्त्रालय (ट्रेजरी डिपार्ट्मेन्ट) को थियो । तर पैसा पठाइएका सबै अमेरिकीका बैंक खातामा पैसा पुगेको छैन । लाखौं अमेरिकी जनता सरकारी आर्थिक प्याकेज प्राप्त गर्न योग्य हुँदा हुँदै पनि ब्यांक खातामा पैसा नआएका… Continue reading अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्‍यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा

काठमाडौंमा लकडाउनमा कडाई, साँझ पसल खोल्न नपाइने

काठमाडौं । सरकारले काठमाडौंमा लकडाउनको कार्यान्वयनलाई अझै कडाई गरेको छ । बुधबारबाट प्रहरीले सडकमा चेकजाँच कडा पारेको छ । खाद्यान्न तथा तरकारी पसलहरुसमेत अब बिहान मात्र खुला हुने भएका छन् । कोभिड १९ सम्बन्धित उच्चस्तरीय समितिले काठमाडौंमा जोखिमको बढ्दो अवस्थालाई आंकलन गर्दै लकडाउनको कार्यान्वयनमा कडाई गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सरकारी संयन्त्रले सडक तथा… Continue reading काठमाडौंमा लकडाउनमा कडाई, साँझ पसल खोल्न नपाइने

उपत्यकाका मासु पसल धमाधम कारवाहीमा, दुई लाख जरिवाना

काठमाडौं । संकटको समयमा अधिक मूल्य लिएर उपभोक्तालाई ठगी गर्ने पसललाई सरकारले धमाधम कारवाही गरिरहेको छ । उपभोग्य वस्तु बढी मूल्यमा बिक्री गर्ने पसलको मूख्य निसाना अहिले मासु पसल रहेका छन् । खासगरी खसीको मासुलाई १८ सय रुपैयाँ प्रतिकिलोसम्म बिक्रि गरेपछि सरकारले यस्ता पसलमाथि कारवाही गरिरहेको छ । उनीहरुमाथि सरकारले दुई लाख रुपैयाँ जरिवाना गरिरहेको… Continue reading उपत्यकाका मासु पसल धमाधम कारवाहीमा, दुई लाख जरिवाना

वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

वीरगन्ज । कोरोनाबाट प्रभावित क्षेत्र वीरगञ्जमा सर्वसाधारणको उपस्थितिलाई अब कम गरिने भएको छ । बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने गरी स्थानीय प्रशासनले सूचना जारी गरेको छ । खाद्यान्न, दूध, ग्यास, तरकारीजस्ता अत्यावश्यक वस्तुको किनमेल बिहान ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी… Continue reading वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको सरकारलाई बुझाउनु पर्ने सबै कर चुक्ता गरेको छ । एनसेल प्रालिबाट आइतबार मात्र १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको ठूला करदाता कार्यालयले जनाएको छ । अब कम्पनीले सरकारलाई तिनुपर्ने लाभकर चुक्ता भएको कार्यालयले जनाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार… Continue reading एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ । यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको… Continue reading विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

काठमाडौं । दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गत कोभिड १९ आपतकालिन कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गरेको छ । यस कोषमा भारतले १ करोड डलर हालेको थियो । नेपालले १० लाख डलर सहयोग घोषणा गरेको थियो । सार्क कोभिड १९ आपतकालिन कोषको प्रतिवद्धतामा सबै सदस्य राष्ट्रले समय, तरिका र त्यसको कार्यन्वयनका बारेमा निर्णय… Continue reading कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

मस्को । कोरोना भाइरसका कारण संसारभर हरेक जसो मुलुक लकडाउनमा छन् । जसले गर्दा आर्थिक गतिविधि र यातायात ठप्प प्राय भएका छन् । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको छ । सोहीकारण पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठन कोरोना भाइरस लकडाउनका कारण तेलको मागमा आएको गिरावटको प्रतिरोधमा उत्पादन कटौती गर्न सहमत भएका… Continue reading लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

न्युयोर्क अमेरिकी संघिय सरकार मार्फत प्राप्त हुने कोरोना महामारी राहत रकम कुरेर बसेका थुप्रै अमेरिकाबासीले त्यो रकम प्राप्त गर्ने छैनन् ।  शुक्रबारसम्म अमेरिकामा  ४ लाख ७५ हजार अमेरिकन कोरोना संक्रमित र १७ हजारको मृत्‍यु भै सकेको छ भने झन्डै १ करोड ७० लाख मानिसले बेरोजगार  भत्ताको लागि सरकारी निकायमा निबेदन गरेका छँन् ।  कोरोना महामारीमा… Continue reading पैसा कुरेर बसेका झन्डै ६ करोड ५० लाख अमेरिकाबासीले प्राप्त नगर्ने भए अमेरिकी सरकारको राहत रकम

कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलव योगदान गरेका छन् । प्रधानमन्त्रीको एक महिनाको तलव बराबर ७७ हजार २ सय ८० रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ । … Continue reading कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ । कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो । अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर,… Continue reading अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । देशले १८ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई प्राप्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै आगामी पाँच बर्षे कार्यकालका लागि अधिकारी गभर्नर बनेका हुन् । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि सोमबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।… Continue reading देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त

लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् । तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ… Continue reading लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो । धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन… Continue reading धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् । सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ । कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति… Continue reading तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ । यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने… Continue reading कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

सांकेतीक तस्वीर

काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ । यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो । बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो… Continue reading आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने