जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

रासस१७ जेठ, जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले… Continue reading जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास

रासस१७ जेठ, कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ । ‘एसियन हाइवे स्टयाण्र्ड’ को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको… Continue reading गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

रासस१७ जेठ, दोधारा चाँदनी । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब… Continue reading सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

रासस१७ जेठ, खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत्… Continue reading बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

भारतको वार्षिक आर्थिक वृद्धि दर ६.५ प्रतिशत

१७ जेठ, काठमाडौं । आर्थिक वर्ष २०२४\२५ मा भारतको आर्थिक वृद्धि दर ६.५ प्रतिशत कायम भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन ९.२ प्रतिशतले वृद्धि भएको थियो । कमजोर उत्पादन क्षेत्र, कडा मौद्रिक नीति र गत वर्षको अधिकांश समय शहरी उपभोक्ताको भावनामा आएको सुस्ततासँग विश्वको सबैभन्दा बढी… Continue reading भारतको वार्षिक आर्थिक वृद्धि दर ६.५ प्रतिशत

१५ दिनअघि नै नेपाल भित्रियो मनसुन

संयुक्त विपत् प्रतिकार्य अभ्यास त्रिवेणी (रुकुमपश्चिम) १६ जेठः नेपाली सेना, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा शुक्रबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ तथा बाँफिकोट गाउँपालिका–१० को गाराघाटस्थित सानीभेरी नदी किनारामा विपत् प्रतिकार्य संयुक्त अभ्यास गरिँदै। तस्बिरः बलबहादुर ओली\रासस

१६ जेठ, काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले… Continue reading १५ दिनअघि नै नेपाल भित्रियो मनसुन

साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\८३ मा साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने भएको छ । सङ्घीय संसदको आजको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप विद्युतीय बस उपलब्ध गराइने बताए । “सवारी प्रदूषण… Continue reading साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

१६ जेठ, राजविराज । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने कार्यवाहक नगरप्रमुख परविनले बताए । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएका कारण बजार व्यवस्थित गर्न समस्या… Continue reading राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का

(AP Photo/Alex Brandon)

एजेन्सी१६ जेठ, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो । कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसारसँग अमेरिकी व्यापारिक सम्बन्धलाई पुनः आकार दिने प्रयास गरिरहनुभएका राष्ट्रपति ट्रम्पका लागि… Continue reading अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का

मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा हेरफेर, कुन वस्तुको कति पुग्यो ?

तस्बिरः नवीन पौडेल\रासस

१६ जेठ, काठमाडौं । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले… Continue reading मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा हेरफेर, कुन वस्तुको कति पुग्यो ?

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

१६ जेठ, मध्यविन्दु । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । चोरमारा र दुम्कीवासमा पुल… Continue reading नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बजेटमार्फत् के–के भयो करमा हेरफेर ?

तस्बिरः नवीन पौडेल\रासस

१६ जेठ, काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग… Continue reading बजेटमार्फत् के–के भयो करमा हेरफेर ?

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

तस्बिरः नवीन पौडेल\रासस

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरे । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव… Continue reading आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

चार मन्त्रालयलाई एक खर्ब बढी बजेट

अर्थमन्त्री पौडेल काठमाडौँ, १५ जेठ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न जाने क्रममा । तस्बिर : नवीन पौडेल/रासस

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\८३ का लागि सबैभन्दा बजेट बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले… Continue reading चार मन्त्रालयलाई एक खर्ब बढी बजेट

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

१६ जेठ, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा सविस्तार उल्लेख गरिएको छ । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसक्दा… Continue reading यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

किसानका लागि २८ अर्ब विनियोजन

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा रासायनिक मल खरिद गर्न तथा बाँझो जमिनको उपयोग र उखु किसानको समस्या समाधानका लागि रु २८ अर्ब वजेट विनियोजन गरेका छन् । अहिले वैदेशिक रोजगारी तथा कृषिमा न्यून उत्पादन र लगानी बढेका कारण किसान पलायन हुने… Continue reading किसानका लागि २८ अर्ब विनियोजन

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने

स‌ङ्घीय संसदको संयुक्त बैठक काठमाडौँ, १५ जेठ : नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा बिहीबार बसेको स‌ङ्घीय संसदको संयुक्त बैठक । तस्बिर : नवीन पौडेल/रासस

१५ जेठ, काठमाडौं । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलललाई पर्यटकीय हबका रुपमा विकास गर्ने भएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा पोखरा विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने उल्लेख छ ।पोखरा विमानस्थलमा सञ्चालनमा आए पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा उडानलाई नियमित गर्नेगरी बजेटमा… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

१६ जेठ, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख… Continue reading अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

तस्बिरः नवीन पौडेल\रासस

१५ जेठ, काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड लाग्ने बताए । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न… Continue reading रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

रासस१५ जेठ, काठमाडौ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय… Continue reading अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव… Continue reading आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘मस्क निरास

एजेन्सी१५ जेठ, काठमाडौं । दशौं हजार मानिसलाई बर्खास्त गरेर अमेरिकी सरकारको खर्च कटौती गर्ने आफ्नो भूमिकाबाट पछि हटेका अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयकको हस्ताक्षरलाई लिएर आलोचना गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर अहिले सिनेटमा जाने ‘एउटा विशाल सुन्दर खर्च विधेयक’ ले ट्रम्पको नयाँ ‘सुनौलो समय’ को परिकल्पनालाई कानुनी दायरामा ल्याउनेछ ।… Continue reading राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘मस्क निरास

आगामी वर्ष ३ करोड माथिका १३ सय २७ आयोजनाले बजेट पाउने

१४ जेठ, काठमाडौं । राष्ट्रिय आयोजना बैंकमा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले राष्ट्रिय आयोजना बैंकमा परेका आयोजनालाई मात्रै वार्षिक बजेट छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको सोही व्यवस्था कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेट आउनुअघि यो सङ्ख्यामा नयाँ आयोजना… Continue reading आगामी वर्ष ३ करोड माथिका १३ सय २७ आयोजनाले बजेट पाउने

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

तस्बिरः किरणराज विष्ट\रासस प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १३ जेठः स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

१४ जेठ, काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका… Continue reading सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

file

१४ जेठ, चितवन । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी… Continue reading बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

१४ जेठ, इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ… Continue reading तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?

१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि… Continue reading योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?

त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

१३ जेठ, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताउए । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।… Continue reading त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको लगानी बोर्डको ६३औँ बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

१३ जेठ, काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता… Continue reading लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय

डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै

(250526) -- YANGZHOU, May 26, 2025 (Xinhua) -- Tourists visit the Slender West Lake scenic spot in Yangzhou, east China's Jiangsu Province, May 19, 2025. As one of the famous ancient cities of China, Yangzhou has a history of over 2,500 years. It is making full use of the cultural tourism resources of the Grand Canal, exploring new scenes and formats, and creating cultural tourism projects for night tours of the canal to inject new vitality into the ancient city. The Grand Canal connects Beijing and Hangzhou in east China's Zhejiang Province, serving as a significant transportation artery in ancient China. An over 1,000-km-stretch of the canal was declared a World Heritage site in 2014. (Xinhua/Chen Shuo)

एजेन्सी१३ जेठ, चीनले एक महत्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ, जसले देशको आपूर्ति शृङ्खलालाई प्रविधि आधारित, आधुनिक तथा सशक्त बनाउने लक्ष्य लिएको छ । वाणिज्य मन्त्रालय सहित आठ मन्त्रालयहरूको संयुक्त पहलमा ल्याइएको यस कार्य योजनाले कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अभिलेख राख्ने प्रणालीको प्रयोगमार्फत आपूर्ति शृङ्खलाको पूर्ण रूपान्तरण गर्ने मार्गचित्र प्रस्तुत गरेको छ । योजना अनुसार,… Continue reading डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै