काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

१६ कात्तिक, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने जानकारी दिए । “काठमाडौँ उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोहीबमोजिम सहरलाई सुन्दर बनाउन… Continue reading काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

१६ कात्तिक, काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस ९१७ डिसेम्बर २०२५० रहेको छ । सुरुङ… Continue reading नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

१५ कात्तिक, काठमाडौं । प्रतिकुल मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइट समेत रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ… Continue reading प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

file

१४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् ।… Continue reading विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

१४ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाईको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । भारतबाट पेट्रोलको मूल्य… Continue reading पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र… Continue reading काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

१४ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक… Continue reading बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

१३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश… Continue reading बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता सुरु भएको छ । यस भेटवार्तामा व्यापारका अनेक मुद्दामा कुराकानी हुने अपेक्षा गरिएको छ । भेट अघि ट्रम्पले एक संक्षिप्त प्रतिक्रिया पत्रकारलाई दिएका छन् । त्यहाँ उनले बैठक फलदायी हुने बताए । उनले भने, ‘दुई मुलुकबीच सधै राम्रो सम्बन्ध… Continue reading ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच… Continue reading ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

१२ कात्तिक, काठमाडौं । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ । ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनल सँगको सहकार्यमा वैदेशिक लगानी भित्र्याएको हो । सो लगानीबाट नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री सञ्चालन हुने भएको छ । फ्याक्ट्रीको आज शिलान्यास गरिएको छ… Continue reading चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

१२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले संयुक्त कम्पनी स्थापना गरी दुवै प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएका छन्। दुवै प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न… Continue reading दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज… Continue reading छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

भारत भ्रमणका क्रममा दिल्ली पुगे मन्त्री कुलमान

१० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन् । मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत् सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सोमबारदेखि कात्तिक १३ गतेसम्म (२७–३० अक्टोबर २०२५) हुने उक्त सभामा विश्वका ४० भन्दा… Continue reading भारत भ्रमणका क्रममा दिल्ली पुगे मन्त्री कुलमान

“उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

१० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड तथा आगजनी गर्नेलाई कारबाही अगाडि बढाउन माग गरेको छ । ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भनी सदस्यहरूबाट गुनासो आइरहेको महासंघले जनाएको छ । यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै… Continue reading “उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको समाचार सार्वजनिक भएको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज… Continue reading व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको पाँचौं ठूलो व्यापारिक साझेदार मुलुक रहेको देखिएको छ । चालु आव २०८२\८३ को पहिलो त्रैमासिक (साउन–असोज)तथ्यांक अनुसार अमेरिकासँग तीन महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा ७ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ८१… Continue reading अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

१० कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।… Continue reading सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द

९ कात्तिक, काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने… Continue reading पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

९ कात्तिक, काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि… Continue reading सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

९ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् । तुम्लिङ्टारले १७,… Continue reading सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

९ कात्तिक, काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्ने तयारी अनुसार ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा,… Continue reading एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

८ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन गरेका छन् । मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल,शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले निर्माणस्थलको अनुमगन गरेको हो । सो क्रममा निर्माण सम्पन्न… Continue reading निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

८ कात्तिक, काठमाडौं । एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन… Continue reading नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

८ कात्तिक, क्वालालम्पुर चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ… Continue reading क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिकार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग जानकारी लिएका हुन् । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न… Continue reading हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

President Donald Trump salutes as he walks Russia's President Vladimir Putin, Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (AP Photo/Julia Demaree Nikhinson)

६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका क्रममा यो घोषणा गरेका हुन्। प्रतिबन्धहरूले रूसका दुई ठूला तेल कम्पनीहरू रोस्नेफ्ट र लुकओइललाई निशाना बनाएको छ। युक्रेन युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउने उद्देश्यका साथ अमेरिकाद्वारा… Continue reading भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

५ कात्तिक, काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो। गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको… Continue reading कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजार रुपियाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम… Continue reading जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

२०२८ देखि इयूले रुसी तेल आयातमा पूर्ण रोक लगाउने

Photo : Jay Reeves/Associated Press

४ कात्तिक, काठमाडौं । युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सोमबार लक्जमबर्गमा आयोजित इयुका ऊर्जामन्त्रीहरूको बैठकमा उक्त निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार इयुका लगभग सबै… Continue reading २०२८ देखि इयूले रुसी तेल आयातमा पूर्ण रोक लगाउने