मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट

न्युयोर्क, १२ जेठ (रासस–एपी) । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो । जुलाई महिनामा आपूर्ति हुने… Continue reading मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक, १२ जेठः जापानको सहयोगमा बिपी राजमार्गको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु… Continue reading जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

सार्वजनिक जग्गामा स्याउ बगैँचा

गलकोट (बागलुङ), १२ जेठः बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी… Continue reading सार्वजनिक जग्गामा स्याउ बगैँचा

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

काठमाडौँ, ११ जेठः सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डङ्गोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले… Continue reading नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ, ११ जेठः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित… Continue reading ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की, ११ जेठः पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका… Continue reading पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा), ११ जेठः सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे… Continue reading बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

file

काठमाडौँ, ११ जेठ । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको हो । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू… Continue reading हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

राससकाठमाडौँ, १० जेठः सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ । कामपा–११, १४, ३१ र ३२ आसपासमा नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । “विगतका वर्षमा नदी आसपासका स्थानमा नै बाढीजन्य घटना बढी घट्ने गरेका… Continue reading सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

राससगण्डकी, १० जेठः पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६०… Continue reading अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन (नवलपरासी), १० जेठः छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा… Continue reading समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

file

हेमन्त केसीराससकाँक्रेविहार (सुर्खेत), १० जेठः पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०र११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी… Continue reading पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर, १० जेठः अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त… Continue reading पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

भजनी (कैलाली), १० जेठः जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र… Continue reading व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर, १० जेठः धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५०… Continue reading कंचनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, १० जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३४, आलु रातो (गोलो) प्रतिकिलो रु २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।… Continue reading यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी, १० जेठः पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको… Continue reading पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

बेलबारी (मोरङ), १० जेठः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म… Continue reading विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ्र), ९ जेठः ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए… Continue reading चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

पाँचथर, ९ जेठः अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पु¥याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र… Continue reading पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

धरान (सुनसरी), ९ जेठः सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।… Continue reading सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

अर्थ समिति बैठक काठमाडौँ, ८ जेठ : अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक ।तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको… Continue reading स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्,” भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारीमा भनिएको छ। भारत–अफ्रिका… Continue reading अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

CNN

न्युयोर्क, ८ जेठ (रासस–एपी) । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ । फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ… Continue reading स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

द हेग, ८ जेठ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घको उच्च अदालत (आइसिजे) ले बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ । यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ । ‘महासन्धि (कन्भेन्सन) ८७’ भनेर चिनिने सन् १९४८ को आइएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको… Continue reading श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

सन्तोष गौतम–राससम्याग्दी, ८ जेठ । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण खोजेर रु १५० को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झन्छन्,… Continue reading ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

दशरथचन्द (बैतडी), ८ जेठः बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् । “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले… Continue reading आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

कास्की, ८ जेठः कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री… Continue reading कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा… Continue reading मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ, ७ जेठः कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम–कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा,… Continue reading जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु