राससपकरियापुर (कैलाली), ७ जेठः मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहेका छन् । उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उजलाई सुन्न… Continue reading बढघर हुनु त यस्तो पो….
Category: अर्थतन्त्र
मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ, ७ जेठ (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य–वर्षीय अद्यावधिकु प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५… Continue reading मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
म्याग्दी, ७ जेठः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२–८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना… Continue reading दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर
टोकियो,७ जेठ (रासस–एएफपी) । जापानको आधिकारिक तथ्याङ्कअनुसार, मार्चमा रेकर्ड स्तरमा पुगेपछि अप्रिल महिनामा विदेशी पर्यटकहरूको संख्या घटेको छ। जापान नेशनल टुरिज्म अर्गनाइजेसनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारणमध्ये चिनियाँ पर्यटकहरूको ठूलो कमी हो। चीनबाट… Continue reading कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर
मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
काठमाडौँ, ७ जेठ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ ।… Continue reading मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन
लन्डन, ७ जेठ (रासस–सिन्ह्वा) । ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलसन्धिबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक… Continue reading हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन
अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर
गण्डकी, ७ जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो… Continue reading अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर
थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
काठमाडौँ, ६ जेठः सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्… Continue reading थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
वालिङ (स्याङ्जा), ६ जेठ । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो । एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको… Continue reading झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
बिम गाउँमा पक्की पदमार्ग
म्याग्दी, ६ जेठ । यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताए । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न… Continue reading बिम गाउँमा पक्की पदमार्ग
नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’
रमेश लम्साल/रासस काठमाडौँ, ६ जेठः मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी… Continue reading नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
सुदीप राउत–रासससिरहा, ६ जेठः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एसियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर… Continue reading कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
मङ्गलाका किसानलाई कृषि औजार वितरण
म्याग्दी, ६ जेठ । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र… Continue reading मङ्गलाका किसानलाई कृषि औजार वितरण
मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ)बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे… Continue reading मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
मुस्ताङ, ६ जेठः नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो । भेप… Continue reading विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री
काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले गलतलाई गलत भन्न र रोक्न सरकार पछि नहटने बताए ।सङ्घीय संसद्को… Continue reading गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री
मन्त्रिपरिषद् बैठकः नदी किनारका विस्थापितलाई राहत दिइने
काठमाडौँ, ५ जेठ : सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा प्रभावित हुने परिवारलाई राहत तथा पुनःस्थापना सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विस्थापित परिवारलाई एकमुष्ट पुनःस्थापना खर्च र अस्थायी बसोबास व्यवस्थापनका लागि मासिक राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा… Continue reading मन्त्रिपरिषद् बैठकः नदी किनारका विस्थापितलाई राहत दिइने
युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू
काठमाडौँ, ५ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ ।मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई… Continue reading युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ, ५ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल… Continue reading प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ५ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर… Continue reading यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने
जुम्ला, ५ जेठः जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम… Continue reading जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने
ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी
नुक, ग्रिनल्याण्ड, ५ जेठ (रासस–एएफपी) । ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सोमबार बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका हुन् । प्रधानमन्त्री निल्सनले अमेरिकी कुटनीतिज्ञ जेफ ल्यान्ड्रीसँगको भेटलाई ‘रचनात्मक’ बताएपनि अमेरिकी दृष्टिकोणमा परिवर्तन नआएका कारण… Continue reading ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
काठमाडौँ, ५ जेठः सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज… Continue reading समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता
काभ्रेपलाञ्चोक, ४ जेठ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ… Continue reading वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड
काठमाडौँ, ४ जेठः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलमा भाग लिँदै सांसदहरूले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयन नहुने… Continue reading विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड
नेप्सेमा आज पनि गिरावट
काठमाडौँ, ४ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५०… Continue reading नेप्सेमा आज पनि गिरावट
करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो
कच्छ, गुजरात, ४ जेठ (रासस–एएफपी) । पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्याङ्कर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ। अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको… Continue reading करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो
सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय
खोटाङ, ४ जेठः सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।… Continue reading सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ४ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया… Continue reading आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
बेनी (म्याग्दी) ४ जेठ । यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो । आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि… Continue reading किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार