काठमाडौँ, १ जेठः दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा… Continue reading अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
Category: अर्थतन्त्र
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
म्याग्दी, १ जेठ स् म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा… Continue reading नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, १ जेठः वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं… Continue reading ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी
बेइजिङ, ३१ वैशाख (रासस–एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताएका छन् । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गरेको उनले बताए । बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’… Continue reading चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी
मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?
काठमाडौँ, ३१ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम विसं २०८२ चैत १३ गते गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन… Continue reading मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?
यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त
काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् । नेपालको संविधान, लोकतान्त्रिक मूल्य, मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने सङ्कल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि… Continue reading यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त
नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ
काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् । सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए… Continue reading नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ
विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न… Continue reading विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
चितवन, ३१ वैशाख । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये… Continue reading चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
काठमाडौँ, ३१ वैशाख । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका… Continue reading ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
पशुपालनमा रमाइरहेका सापकोटा
गलकोट (बागलुङ), ३१ वैशाखः कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् । कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि… Continue reading पशुपालनमा रमाइरहेका सापकोटा
बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द
काठमाडौँ, ३१ वैशाखः सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख २१… Continue reading बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ३१ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर… Continue reading यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ, ३१ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । हावाहुरीका कारण रूख… Continue reading कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान
काठमाडौँ, ३१ वैशाखः उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले… Continue reading काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान
वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस
काठमाडौँ, ३० वैशाखः कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको… Continue reading वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस
विभिन्न हिमालमा पाँच जनाको मृत्यु
काठमाडौँ, ३० वैशाख । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच… Continue reading विभिन्न हिमालमा पाँच जनाको मृत्यु
विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ, ३० वैशाख । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ… Continue reading विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ
प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने
काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गरेका थिए । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी… Continue reading प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने
‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने
काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिए । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई… Continue reading ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने
अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ
कर्णाली, ३० वैशाखः अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई… Continue reading अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ
जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार
२९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरूप व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक, २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले… Continue reading जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार
आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता
काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले… Continue reading आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
टोकियो, वैशाख २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ। यस हप्ता चीनको भ्रमणमा जान लागेका… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव
२९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (साउनदेखि चैत) सम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ। चैत महिनामा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन कीर्तिमान हो । कुनै एक महिनामा सबैभन्दा बढी रेमिट्यान्स यस महिनामा भित्रिएको हो । गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा भने ११… Continue reading एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव
आर्थिक वृद्धिदर औसत सात प्रतिशत
काठमाडौँ, वैशाख २९ गते । सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार शृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आधारभूत… Continue reading आर्थिक वृद्धिदर औसत सात प्रतिशत
‘रोजगार प्रवर्धन दशक’ घोषणा
काठमाडौँ, वैशाख २९ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि २०९२–९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रममा सो घोषणा गरेका हुन् । वैदेशिक रोजगारीलाई बाध्यताबाट… Continue reading ‘रोजगार प्रवर्धन दशक’ घोषणा
बेनी–जोमसोम सडक अवरुद्ध
२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै… Continue reading बेनी–जोमसोम सडक अवरुद्ध
नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल
२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।… Continue reading नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल
स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने
काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी… Continue reading स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने