मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

दमौली ९तनहुँ०, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का रु एक… Continue reading मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

कास्की, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिए । मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि… Continue reading पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

BBC

कोलम्बो,१८ जेठ (रासस–एएफपी) । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै… Continue reading आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

तुलसीपुर (दाङ), १८ जेठः दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । यसअघि पहिलो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८२\८३ मा सकिएकाले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको हो । त्यस क्रममा… Continue reading दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर… Continue reading नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी, १८ जेठः बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि… Continue reading पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौँ, १७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताए । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित… Continue reading बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

आज संसद्मा के के भयो ?

RSS

काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन गर्नु परेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु परेको थियो । सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका… Continue reading आज संसद्मा के के भयो ?

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी, १७ जेठः म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् । म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा… Continue reading म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

गलैँचा बुन्न व्यस्त महिलाहरू

तुलसीपुर (दाङ), १७ जेठः तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् । त्यसैगरी, सोही… Continue reading गलैँचा बुन्न व्यस्त महिलाहरू

ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

काठमाडौँ, १७ जेठः बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३… Continue reading ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

टोकियो, १७ जेठ (रासस–सिन्ह्वा) । जापानको औद्योगिक उत्पादन अप्रिल महिनामा अघिल्लो महिनाको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यससँगै लगातार दुई महिनादेखिको गिरावट अन्त्य भएको छ । जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार कारखाना र खानीहरूको मौसमी समायोजित उत्पादन सूचकाङ्क २०२० लाई आधार वर्ष मान्दा १०२.८ पुगेको प्रारम्भिक प्रतिवेदनमा… Continue reading जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

वासिङ्टन, १६ जेठ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन् । ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी… Continue reading अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौँ, १६ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घद्वारा आज यहाँ आयोजित १९औँ वार्षिक साधारणसभामा उनले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने… Continue reading ‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौँ, १६ जेठ । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी… Continue reading बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ, १६ जेठ । हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् । दर्शनार्थीको बाँक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा… Continue reading मुक्तिनाथमा दर्शनार्थी खचाखच

व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । यसअघि आयकरका दरहरु निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पत्तीको’ भन्ने शब्दहरु राखिएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा… Continue reading व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहसँग हात मिलाउनुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठः आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ । यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेश गर्नुपर्ने मिति तथा दफा १०० बमोजिमको संशय कर निर्धारणको सूचना दिएको मितिका आधारमा चार वर्षभित्र संशोधित कर… Continue reading आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

काठमाडौँ, १६ जेठः सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजानको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा… Continue reading आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

अब राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

file

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । “बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड–सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आवद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवावापतको… Continue reading अब राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने… Continue reading शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार

rss

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३–८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहित आधारभूत संस्थालाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन… Continue reading आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार

काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए । आगामी… Continue reading काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन

सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना

File तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १५ जेठ : सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ । संसद्मा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकअनुसार यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नयाँ वित्तीय उपकरणको पहिचान र पहुँच, ‘इन्क्युवेसन’ सेवा तथा सहयोग सञ्जाललाई एकीकृत… Continue reading सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भन्सार छुट दिइने

तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १५ जेठः सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सामान आयात गर्दा भन्सार छुट दिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त व्यवस्था ल्याएको हो । आर्थिक विधेयक, २०८३ मा गरिएको व्यवस्थाअनुसार आन्दोलनका क्रममा आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनस्र्थापनासम्बन्धी विशेष… Continue reading जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भन्सार छुट दिइने

कुन आयोजनामा कति बजेट विनियोजन

फाइल : सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत भएपछि सदनबाट बाहिरीने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलगायत । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ… Continue reading कुन आयोजनामा कति बजेट विनियोजन

सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने

सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहसँग हात मिलाउनुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस

गण्डकी, १५ जेठः सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड दु्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ र ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको… Continue reading सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने

बजेटबाट कुन् कुन वस्तुमा बढ्यो अन्तःशुल्क ?

सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहसँग हात मिलाउनुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौँ, १६ जेठ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत् विभिन्न ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जंक फुड_, रंगरोगन, जुसलगायतका वस्तुमा… Continue reading बजेटबाट कुन् कुन वस्तुमा बढ्यो अन्तःशुल्क ?

सुर्तीजन्य पदार्थमा कर बढ्यो

काठमाडौँ, १५ जेठः सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो । यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ । अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर… Continue reading सुर्तीजन्य पदार्थमा कर बढ्यो

सरकारले बढायो कर्मचारीको तलब

१५ जेठ, काठमाडौं | सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट मार्फत यस्तो घोषणा गरेका हुन । उनका अनुसार आधारभुत तलब १० प्रतिशत बढेको छ । साथै नयाँ तलबमानमा १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यसबाट कुल २१ प्रतिशत बराबर तलब बढेको अर्थमन्त्रीले घोषणा… Continue reading सरकारले बढायो कर्मचारीको तलब