कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

३१ असार, घोडाघोडी । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको… Continue reading कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

३१ असार, अमरगढी । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका… Continue reading सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

३१ असार, धरान । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ… Continue reading धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

pokhara muglin

३० असार, दमौली । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद… Continue reading मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

३० असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२… Continue reading एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापन : चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा… Continue reading घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

श्रीलङ्काले एक महिनामा भित्रायो ६३ करोड ५० लाख डलर रेमिट्यान्स

Photo : NBA

३० असार, काठमाडौं । श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो । सन् २०२४ मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०२५ को… Continue reading श्रीलङ्काले एक महिनामा भित्रायो ६३ करोड ५० लाख डलर रेमिट्यान्स

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई… Continue reading बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

काठमाडौँ, २९ असारः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिन माग गरे । कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति… Continue reading सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

२९ असार, काठमाडौं । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली… Continue reading अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

नगरसभामा नगर प्रमुख बालेन काठमाडौँ, २९ असारः काठमाडौँ महानगरपालिकाको नगरसभामा महानगरप्रमुख बालेन्द्र शाह (बालेन) उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ लगायत । तस्बिरः गोपाल दाहाल÷रासस

२९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “ आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक… Continue reading काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

२९ असार, बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने, “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा… Continue reading आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

आलु बिक्री गर्न कोसेली घर

२९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको… Continue reading आलु बिक्री गर्न कोसेली घर

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

२८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी… Continue reading वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

२८ असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उनले जग्गाधनी पुर्जा वितरण भएको हो । प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा… Continue reading प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

२८ असार, काठमाडौं । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् । पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । रोल्पा… Continue reading बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

२७ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेको मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । “लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस)… Continue reading लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

मौद्रिक नीति : बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्नेगरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएका छन् । “सहज मुद्रास्फीति, सुविधाजनक… Continue reading मौद्रिक नीति : बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

सुबास ढुंगाना/रासस

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी… Continue reading विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरू विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचेजति कामले… Continue reading विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

आज काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने गरी बोलाइएको छ । त्यसपछि आजै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने समेत बताइएको छ… Continue reading आज काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो । उक्त बजेट… Continue reading आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

रसुवा बाढी : विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

ज्ञानेन्द्र न्यौपाने\रासस

२६ असार, काठमाडौं । नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा बाढीबाट विस्थापित बनेका नागरिकलाई सुरक्षितरुपमा गन्तव्यतर्फ पठाइएको छ । सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीको सहयोगमा अस्थायी पदमार्ग खोली आज ४८५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोबाट रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रुपमा बन्द भएपछि अस्थायी बाटो बनाएर उनीहरुलाई सुरक्षित स्थानमा… Continue reading रसुवा बाढी : विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

सिबी अधिकारी / रासस २६ असार, काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता… Continue reading ‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२६ असार, गलकोट । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पु¥याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर… Continue reading बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२६ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार… Continue reading सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

२६ असार, काठमाडौं । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा सो नगरी कानुन उल्लङ्घन गरिएको भन्दै संसद्बाट पारित बजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्मानित… Continue reading पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

२५ असार, काठमाडौं । सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका विषयमा उहाँहरूले उत्पादन र रोजागारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु… Continue reading ‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

२५ असार, म्याग्दी । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न… Continue reading भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

File

२५ असार, बलेवा ।जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ ।… Continue reading बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो