काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ । टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र नौ तले बसन्तपुर दरबार… Continue reading नेपाल र चीनबीच यी विषयमा भयो समझदारी
Category: अर्थतन्त्र
त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
काठमाडौं । काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गत राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा… Continue reading त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
पर्यटक आगमन १० लाख नाघ्यो
१६ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटक संख्या १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसारसन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट… Continue reading पर्यटक आगमन १० लाख नाघ्यो
“साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं”
१५ मंसिर, काठमाडौं । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले डबल बी माइनस नतिजा पाएको… Continue reading “साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं”
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
एनपीएलमा टीयूका विद्यार्थीलाई ५० प्रतिशत छूट
काठमाडौं । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् । क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । ‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने… Continue reading एनपीएलमा टीयूका विद्यार्थीलाई ५० प्रतिशत छूट
‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनसँग ६ पूर्वाधार निर्माणको प्रस्ताव गरिँदै
काठमाडौं । सत्तारुढ दल कांग्रेस र एमालेले शुक्रबार ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा सहमति जुटाएका छन् । सहमति अनुसार चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरिने भएको छ । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका दौरानमा पूर्वाधार विकास, खेलकुद विकास र सहरी विकास गरी ६ वटा परियोजनाको लागि प्रस्ताव गर्ने भएको छ ।… Continue reading ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनसँग ६ पूर्वाधार निर्माणको प्रस्ताव गरिँदै
सरकारले तोक्यो उखुको समर्थन मूल्य
काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपियाँ उखु मिलबाट पाउने छन् ।सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी… Continue reading सरकारले तोक्यो उखुको समर्थन मूल्य
नेपाल र फिनल्याण्डबीच लगानी सम्झौता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजना अनर्गत नेपालसँग सम्झौता गरिएको हो। सम्झौतामा अर्थ… Continue reading नेपाल र फिनल्याण्डबीच लगानी सम्झौता
बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन् । घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत्… Continue reading बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र
अनलाइन जुवामा ५५ करोड कारोबार, एक युवक पक्राउ
काठमाडौं । ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने… Continue reading अनलाइन जुवामा ५५ करोड कारोबार, एक युवक पक्राउ
धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण क्षमतामा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम… Continue reading धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण
सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम… Continue reading सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..
जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?
काठमाडौं । धनी देशले विकासोन्मुख देशलाई जलवायु परिवर्तनको तयारी रोकथामका लागि सघाउन भन्दै हालसम्मकै उच्च ३०० अर्ब डलर दिने बाचा गरेका छन्। अजरबैजानमा आयोजित राष्ट्रसङ्घीय जलवायु सम्मेलन सीओपी २९ मा त्यसबारेको छलफल ३३ घण्टा लम्बिएको थियो र त्यो विफल हुने सङ्घारमा पुगेको थियो। राष्ट्रसङ्घीय जलवायु निकायका प्रमुख साइमन स्टिलले भने “यात्रा कठिन भए पनि हामीहरूले… Continue reading जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगको आइतबारको… Continue reading उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति… Continue reading दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिमाना पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिमाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरु आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो ।… Continue reading फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन
नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो । ‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने… Continue reading नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने
गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता,… Continue reading गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ
आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?
काठमाडौं । आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा पैसा लाग्ने भएको छ । यसअघि संविधान दिवसका दिन देखि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक,… Continue reading आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?
टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति
काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क विश्वमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुनरागमन यसमा मात्र सिमित छैन, उनी मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै… Continue reading टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति
दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको… Continue reading दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना
अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता
काठमाडौं । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेको स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन । स्पेश एक्सका कम्पनीका मालिक समेत… Continue reading अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता
काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’
काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २… Continue reading काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’
उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा… Continue reading उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश
भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?
काठमाडौं । भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर भएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप छ । उनीमाथि न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको छ । उनी र उनका भतिज… Continue reading भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?
विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन… Continue reading विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन
नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक… Continue reading नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य
रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवा गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ । आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट… Continue reading रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित