२७ जेठ, काठमाडौं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको… Continue reading आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो
Category: अर्थतन्त्र
प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो । संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो । “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम… Continue reading प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सुरु विन्दु विवादको समाधान खोजिँदै
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले… Continue reading काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सुरु विन्दु विवादको समाधान खोजिँदै
सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
२६ जेठ, ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय… Continue reading सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
पाल्पामा समेत भेटियो यार्सागुम्बा
२६ जेठ, तानसेन । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी… Continue reading पाल्पामा समेत भेटियो यार्सागुम्बा
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न
२६ जेठ, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए ।… Continue reading मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न
टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले… Continue reading टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।… Continue reading आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा
आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित
२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन । आज दिउँसो १ बजेका लागि… Continue reading आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित
प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै
२५ जेठ, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै
बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?
डम्मर बुढामगर/रासस२५ जेठ, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत… Continue reading बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?
भारत–बेलायत व्यापार सम्झौता, अमेरिकालाई सवक ?
एजेन्सी२५ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु भएपछि गत महिना लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौता भएको थियो । युरोपेली सङ्घबाट बेलायत बाहिरिए (ब्रेक्जिट)देखि नै बेलायतले विश्वभरि नै व्यापारिक सम्बन्धलाई… Continue reading भारत–बेलायत व्यापार सम्झौता, अमेरिकालाई सवक ?
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
२५ जेठ, बेनी । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन… Continue reading माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
२५ जेठ, गलकोट । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेकी हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको… Continue reading किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
२५ जेठ, भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा… Continue reading भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल
एजेन्सी२५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२… Continue reading अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल
काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका
२४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको पाइएको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर… Continue reading काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार… Continue reading मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
२४ जेठ, गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी… Continue reading रिडी–तम्घास सडक कालोपत्र गरिँदै
बाम्का आगलागी : छिनमै सखाप भयो बजार
२४ जेठ, बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो ।… Continue reading बाम्का आगलागी : छिनमै सखाप भयो बजार
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा
एजेन्सी२४ जेठ, काठमाडौं । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर पुगेका छन् । उनले काश्मीरमा एक रणनीतिक रेलवेको उद्घाटन गरे । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले… Continue reading रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा
अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ… Continue reading अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
२३ जेठ, काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन… Continue reading उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी
२३ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भने, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ,… Continue reading गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२३ जेठ, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची… Continue reading सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको… Continue reading ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
२२ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट ९वीरेठाँटी÷नयाँ पुल०देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१।०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो… Continue reading लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पतन्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र दुई महिना नबित्दै गैरकानुनी रुपमा हाउजिङ कम्पनीलाई बेच्ने अनुमतिको स्वीकृति उनले दिएका थिए । नेपालमा पहिलोपटक… Continue reading पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
२२ जेठ, पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार… Continue reading मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम
२२ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर… Continue reading पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम