काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो । सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ ।… Continue reading लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल
Category: अर्थतन्त्र
विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको हो । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो… Continue reading विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने
मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत… Continue reading मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत
अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । पहिलो चरणमा… Continue reading अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
१ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा… Continue reading १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल… Continue reading कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ । सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा… Continue reading भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो । त्यसक्रममा कोठामा ५–६ वटा ठूला बाकस… Continue reading सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा
व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’
काठमाडौं । व्यवसायी दीपक मल्होत्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सनुमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले यसमा आफ्नो कुनै संलग्नता नरहेको र पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका हुन् । आफ्नो जोडेर आएका समाचार तथ्यहिन भएको मल्होत्राको दाबी छ । मल्होत्राले यसको खण्डन प्रकाशित नगरे… Continue reading व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’
फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ । गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर… Continue reading फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल… Continue reading क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६० कम्पनीको ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् । भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले… Continue reading भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?
काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा। प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका… Continue reading भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?
फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले… Continue reading फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश
झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान अवरोध गरिएको छ । स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी… Continue reading काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्
नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष… Continue reading नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता
व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताए । महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले स्मरण गराए ।… Continue reading व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने
अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको… Continue reading अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री
साउनको पहिलो दिन नै हरियाली शेयर बजार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading साउनको पहिलो दिन नै हरियाली शेयर बजार
वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक
काठमाडौं । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौंको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका हुन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा… Continue reading वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक
आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?
काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट… Continue reading आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?
घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता
काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् । क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए ।… Continue reading घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता
राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् । बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि बजेटसँग सम्बिन्धत तीन विधेयक राष्ट्रपतिसमक्ष पठाइएको थियो । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्बाट पारित भई नेपालको… Continue reading राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण
जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान
काठमाडौं । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन्… Continue reading जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान
भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ… Continue reading भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो
पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम
काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी… Continue reading पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम
आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल
काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख… Continue reading आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल
देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा… Continue reading देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न