पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

file

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ। यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य

बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्… Continue reading बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

काठमाडौं । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ ।… Continue reading आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

शेयर बजारमा ५३.७० अंकको पहिरो, कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ । सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको पाइएको निगमले जनाएको छ । शनिबार दामु दाई (छविलाल भण्डारी) नामका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा व्यागेजमा रहेको २५ प्रतिशत सामान हराएको गुनासो गरेका थिए ।… Continue reading वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, मट्टितेलमा ५ पैसा र… Continue reading भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

file

काठमाडौं । रारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो । लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको… Continue reading नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ। जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ-नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्। निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन… Continue reading नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती

आज धान दिवस तथा रोपाई महोत्सव

काठकाडौं । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान… Continue reading आज धान दिवस तथा रोपाई महोत्सव

भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो । यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल… Continue reading भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

काठमाडौं । प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। विपक्षमा १०८ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा… Continue reading बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

नेप्सेमा उच्च अंकको करेक्सन

काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २८० कम्पनीको ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज… Continue reading नेप्सेमा उच्च अंकको करेक्सन

‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दावी गरेका हुन् । ‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य… Continue reading ‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ… Continue reading काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने

सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने

काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक… Continue reading सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने

चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको… Continue reading चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण

काठमाडौं । केही दिनदेखि शेयर बजार लगातार उकालो लागेको छ । पछिल्लो समय बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएका छन् । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको… Continue reading उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण

पशुपतिको जलहरीमा कति भेटियो सुन ?

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको… Continue reading पशुपतिको जलहरीमा कति भेटियो सुन ?

पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर… Continue reading पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो । ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा… Continue reading पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताएका छन् । तिवारीका अनुसार महिलाले प्रयोग गर्ने शौचालयमा अटोमाइज्ड टेलर मेसिन (एटिएम) बाट सेनेटरी प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ । विमानस्थलभित्र… Continue reading त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्।  सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ। आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। … Continue reading सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा

पशुपतिमा जब अख्तियार पस्यो…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर मन्दिर परिसरमा तौल गरेको हो । सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीमा अख्तियारकै प्रहरी, सुनचाँदीका कालिगढ र काठमाडौं महानगरपालिकाको वडा कार्यालयका प्रतिनिधि पनि छन् । पशुपतिनाथको शिवलिंगमा चढाइने… Continue reading पशुपतिमा जब अख्तियार पस्यो…

शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार दोब्बरले बढेको… Continue reading शेयर बजारमा उछाल, साढे ६ अर्बको कारोबार

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४… Continue reading भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो… Continue reading काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट, धुलोरहित बनाउन १ अर्ब

स्थानीय तहमा आज बजेट आउने

काठमाडौं । ऐन अनुसार आज स्थानीय तहले बजेट ल्याउने दिन हो । अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी… Continue reading स्थानीय तहमा आज बजेट आउने

अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८ हजार ९०० भन्दा धेरै होटल र २४ ब्रान्डको पोर्टफोलियो… Continue reading अमेरिकी होटेल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्स नेपाल भित्रियो

ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ, मकवानपुरको चित्लाङ र ठमेलको एक क्लबमा ट्रान्स पार्टी आयोजना भएको सुइको पाएपछि प्रहरीले गिरोहको खोजी गरेको… Continue reading ठूलो परिमाणको लागूऔषध ‘एलएसडी’ भित्र्याउने र बिक्री वितरण गर्ने गिरोह पक्राउ