काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७९\८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् । १ लाख ८० हजार ७५६ वर्गफिट… Continue reading मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो
Category: अर्थतन्त्र
झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७६ कम्पनीको ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर… Continue reading हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?
दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७१ कम्पनीको ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार
नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार
काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य… Continue reading नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार
पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु
काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । विगतमा… Continue reading पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु
हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा पनि घट्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ (प्रतिकिलोलिटर ९२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । यससँगै बुधबार हवाई… Continue reading हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने
पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने
काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ… Continue reading पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने
सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट
काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा… Continue reading सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट
झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबार पहिलो दोस्रो शेयर बजार मापक सूचक (नेप्से) २.९४अंकले घटेर २०९१.३९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७६ कम्पनीको ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आइतवारको तुलनामा कारोबार रकम घटेको छ ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही
काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपीओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ। सोमबार एक सूचना निकाल्दै घोराही सिमेन्टको प्रिमियममा निष्कासन भैरहेको आइपीओमा धेरै लगानीकर्ताहरुले एकाउण्टमा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन दिएको पाइएपछि सचेत गराएको हो । खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि सेयर… Continue reading बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही
‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ
काठमाडौं । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने केही दिन अगाडी देखि विद्युत निर्यात पनि सुरु गरेका थियौँ। अहिले सिस्टममा आएको गडबडीका कारण मध्य नेपाल र पश्चिम… Continue reading ‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ
उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । कारोबार रकम बढेको छ । त्यसदिन… Continue reading उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि… Continue reading मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले… Continue reading भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
पोखरामा हुने भयो चार्टर्ड उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा… Continue reading पोखरामा हुने भयो चार्टर्ड उडान
जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४०… Continue reading जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख… Continue reading लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को… Continue reading सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७… Continue reading कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो। बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये… Continue reading बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
बढेर आयो पेट्रोल र डिजेलको भाउ
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो ।… Continue reading बढेर आयो पेट्रोल र डिजेलको भाउ
प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ… Continue reading प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
काठमाडौं । ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने नियम छ । आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको… Continue reading ६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने गरी निर्णय भएको महानगरपालिकाले जनाएको छ । भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत… Continue reading काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५ अंकले बढेर २०४२.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४२ अंकले बढेर २०३७.६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७५ कम्पनीको ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो
भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको… Continue reading भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
‘एनसेल मुद्दामा नेपाललाई न्याय’
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर… Continue reading ‘एनसेल मुद्दामा नेपाललाई न्याय’
बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात
काठमाडौं । सीमाको नजिक रहेको चन्द्रौटा बजारस्थित बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन भारत निर्यात सुरु गरेको छ । त्यहाँबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको उद्योग संस्थापक ऋषिकेश अग्रवालले बताए । पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर… Continue reading बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात