काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै १ दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त… Continue reading हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण
Category: अर्थतन्त्र
गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा… Continue reading गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने
काठमाडौं । सरकारले आगामी बजेटमार्फत स्वदेशी वस्तु उत्पादनको नीति लिने भएको छ । संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताए । ‘उद्योगमा निर्वाध विद्युत प्रवाह गरिनेछ । स्वदेशी वस्तु प्रयोग गर्नका लागि मेक इन नेपाल र मेड… Continue reading महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने
हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक पालन गर्न दिने
काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ। ‘यसै वर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट
काठमाडौं । सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ। सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त कुरा दाबी गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै अध्ययन र अनुसन्धानको कार्यमा विश्वविद्यालयलाई जिम्मा दिने बताए। यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको… Continue reading सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट
उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने
काठमाडौं । सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै सो कुरा बताएका हुन । पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास… Continue reading उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने
गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ
काठमाडौं । सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन अबैध बाटोबाट आउने हुन्डीजस्ता कार्यलाई कडाइ गरिने दाबी गरे। कर प्रणालीलाई पुनरावलोकन गर्दै राजश्वको दायर… Continue reading गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ
कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने
काठमाडौं । राष्ट्रिय पुँजी पलायनलाई कडाईका साथ लागु गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आथिर्क वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसतो जनाएका हुन् । त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचाकांकमा पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने नीति तय गरेको छ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत… Continue reading कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने
अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन्। ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ।’ त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा… Continue reading अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी
विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ। यो रकम दाबी… Continue reading विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम… Continue reading सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको नेप्से आज ३२.२० अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ । बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर… Continue reading नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा २३ अंकले बढेर बन्द भएको हो । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले बढेर ८५ करोड पुगेको छ । बुधबार २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार… Continue reading तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो
काठमाडौं । नेपाल आयल निगमले डेढ महिनाको अवधिमा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ । गत चैत २० मा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गतरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले मूल्य घटाएको हो । तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने… Continue reading डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो
नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्। सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री… Continue reading नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव
दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्रतिवेदनपछि पनि नेपालले विकास साझेदार निकायबाट निरन्तर सहयोग अपेक्षा गरेको बताएका छन् । नेपालस्थित कूटनीतिक नियोग, राष्ट्र संघीय नियोग तथा विकास साझेदारका प्रमुखहरुलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षको अगस्टरसेप्टेम्बरमा आउने प्रतिवेदनपछि पनि सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए । ‘हामीले यसै वर्षको अगस्टरसेप्टेम्बरमा… Continue reading दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?
पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ
काठमाडौं । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा… Continue reading पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ
नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा
काठमाडौं । सेयर बजार मापक परिसूचक नेप्से ९ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्से सोमबार ३ अंकले घट्दै १८१८.३१ विन्दुमा आइपुगेको हो । यो पछिल्लो ९ महिना यताकै न्यून विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५ विन्दुमा पुगेको थियो । सूचकसँगै आज कारोबार रकममा पनि… Continue reading नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा
काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट दुुई साता मेलम्चीको पानी वितरण नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान… Continue reading काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द
मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीहरूलाई सहुलियत दिने निर्णय गरेको छ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा लघुवित्तका ऋणीहरूलाई असार मसान्नतसम्म कर्जाको पुनसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने उल्लेख छ। ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको… Continue reading मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२४ अंकले घटेर १८३८.५९ बिन्दुमा झरेको हो । यसदिन ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच भएको छ । आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये १० वटाको ओरालो… Continue reading झिनो अंकले घट्यो नेप्से
चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति… Continue reading चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा
शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही… Continue reading शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा
२४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ९ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको फागुनसम्म २४२ प्रतिशतले वृद्धि भइ ९ खर्ब ३अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको… Continue reading २४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो
कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने
काठमाडौं । सरकारले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने स्पष्ट पारेका हुन् । अर्थतन्त्र संकट उन्मुख भएको, राजश्व संकलन न्युन रहेको तथा सरकारसँगको स्रोत सिमित बन्दै गएकाले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने संकेत गरेका… Continue reading कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने
टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि ‘आइसीटी डे अफर’ ल्याएकाे छ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा… Continue reading टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’
नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको हो । यसदिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ । आज १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको समूहगत सूचक उकालो… Continue reading नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो
उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो
काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ। काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले खारेज गरेको हो। काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७… Continue reading उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १३.६८ अंकले घटेर १८९२ बिन्दुमा झरेको हो । यसदिन ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएका… Continue reading दोहोरो अंकले घट्यो नेप्से