डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो… Continue reading डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा केसीको अनसन तोडिएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडे । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट… Continue reading डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले… Continue reading ७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

टिचिङ हस्पिटल भर्ना भए डा. केसी

काठमाडौं । अनसनरत डा. गोविन्द केसी बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी चिकित्सा क्षेत्रमा सुधारका विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशनरत थिए । सरकारले उनको स्वास्थ्य बिग्रिएपछि सेनाको जहाजबाट मंगलबार काठमाडौं ल्याउन चाहेको थियो । तर, उनी आज १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका छन् । अस्पताल भर्ना… Continue reading टिचिङ हस्पिटल भर्ना भए डा. केसी

धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज सेनाको हेलिकप्टर धनगढी पुगेको थियो । स्काई ट्रकबाट डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने सरकारको प्रयास असफल भएको छ । उता, डा. केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन… Continue reading धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

६३ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको… Continue reading ६३ जनामा कोरोना पुष्टी

१ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग… Continue reading १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

अस्पताल भर्ना भए अनसनरत डा. केसी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि… Continue reading अस्पताल भर्ना भए अनसनरत डा. केसी

डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् । माग पूरा गर्न… Continue reading डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ… Continue reading डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

१६३ जनामा कोरोना पुष्टी, १३० ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण… Continue reading १६३ जनामा कोरोना पुष्टी, १३० ले जिते

नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै… Continue reading नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

काठमाडौं । मनाङ र हुम्लाबाहेक नेपालका ७५ वटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसको ठूलो प्रकोप ललितपुर र काठमाडौंमा देखिएको छ । ललितपुरका कतिपय परिवारका सबै सदस्यमा डेङ्गी देखिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा… Continue reading देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी… Continue reading कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

१७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा… Continue reading १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो । त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण… Continue reading फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

File

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठेको छैन । जसले गर्दा सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि निरन्तर परेको वर्षाले सडक झनै अस्तव्यस्त बन्न पुगेको छ । गतरातीबाट मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ५ बजे सूचना जारी गर्दै सबै नदीमा… Continue reading बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

२६३ जनामा कोरोना पुष्टी, ५०१ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यां अनुसार यस अवधिमा दुई जनाको मृत्यु भएको छ । यसदिन तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएको हो । यस दिन एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन… Continue reading २६३ जनामा कोरोना पुष्टी, ५०१ ले जिते

कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट पुनः ठूलो मानवीय क्षति हुन थालेको छ । कोरोनाबाट साउनमा मात्र ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको ज्यान गएको छ । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट बिरामीको ज्यान… Continue reading कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले… Continue reading नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७… Continue reading सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

६६० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शनिबारको तथ्यांक अनुसार आज एक जनाको मृत्यु भएको छ । शनिबार एन्टिजेन र पिसिआर गरी कुल ४६ सय ८२ वटा नमुनाको परीक्षण गरिएको थियो । यस अवधिमा निको हुनेको संख्या भने ४४४ छ । नेपालमा… Continue reading ६६० जनामा कोरोना पुष्टी

पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

पनौती\रासस । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५… Continue reading पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

काठमाडौं । काठमाडौंमा पुनः फोहोर उठ्न छाडेको छ । यसले सडकमा डंगुर बढेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन र त्यसो नगरे कारावाही गर्ने चेतावनी दिएको थियो । तर, महानगर आफैले फोहोर उठाउन नसक्दा फोहर सडकमा थुप्रिएको हो । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम… Continue reading पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा भएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बताइएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै… Continue reading मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु

४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७… Continue reading ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा… Continue reading काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार… Continue reading बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै… Continue reading मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

२०५ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार२४ घण्टामा तीन हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षा गर्दा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५२ जनामा र एक हजार… Continue reading २०५ जनामा कोरोना पुष्टी