नेपालमा २७ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको… Continue reading नेपालमा २७ जनामा कोरोना पुष्टी

काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ। स्रोत (घरमा) नै फोहोर… Continue reading काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

आजबाट बालबालिकालाई खोप दिइने

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको… Continue reading आजबाट बालबालिकालाई खोप दिइने

काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा… Continue reading बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

काठमाडौंमा हैजा पुष्टी

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ । सोमबार आईसीयूबाट वार्डमा… Continue reading काठमाडौंमा हैजा पुष्टी

नेपालमा भेटिए २३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट… Continue reading नेपालमा भेटिए २३ कोरोना संक्रमित

मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ ।… Continue reading मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १०… Continue reading मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप… Continue reading असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने

संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर… Continue reading संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने

नेपालमा थप १६ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना… Continue reading नेपालमा थप १६ जनामा कोरोना पुष्टी

गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार ! तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ ।… Continue reading गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने

काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी… Continue reading निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने

थप ९ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै… Continue reading थप ९ जनामा कोरोना पुष्टी

स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको जानकारी गराएका छन् । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : मङ्कीपक्सबाट सतर्क रहौं

निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

काठमाडौं । सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार प्रेस बिफ्रिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन् । प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ ।… Continue reading निर्वाचनको दिन स्वास्थ्यको आकस्मिक सेवा खुलै रहने

वैशाख ३० गते खोप सेवा बन्द हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ । मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते… Continue reading वैशाख ३० गते खोप सेवा बन्द हुने

नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा… Continue reading नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते

निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

TKP

काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक… Continue reading निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम

आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा… Continue reading आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी

अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

REUTERS\BBC

काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ। यदि त्यसो भए… Continue reading अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८… Continue reading नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति… Continue reading नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री… Continue reading डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया… Continue reading डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै

आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको… Continue reading आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि… Continue reading वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४ जना अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये ११ जना आईसीयू र… Continue reading अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र

काठमाडौं । सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरि सरकारले सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जनाएको हो । यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ । २४… Continue reading नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र