अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

काठमाडौं । नेपालका चार जिल्लाबाहेक निषेधाज्ञा देशभर लागु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशभरका ७३ जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । गृह मन्त्रालयका अनुसार अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा निषेधाज्ञा घोषणा भएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै ७ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । उपत्यकामा १६ वैशाखमा शुरु… Continue reading अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २५ बेडको निःशुल्क आइसाेलेशन सेन्टर तयार भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाको संयोजनमा तयार पारीएको आइसोलेशन सेन्टरमा आवश्यकता अनुसार थप १० वटा बेडकाे व्यवस्था गरिने समेत जानकारी दिएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमित बिरामीलाई बूढानीलकण्ठ नगरपालिकाबाट नै निशुल्क… Continue reading बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

बूढानीलकण्ठ -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान

अमृता के सी ( रोनी )काठमाडौं, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित”अभियान संचालन भएको छ ।नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना लहर बढे संगै वडालाई सुरक्षित र संक्रमित मुक्त बनाउन स्थानीय युवाहरूको सकृयतामा अभियान संंगै संक्रमण रोकथाम कार्यक्रम सुरु भएको हो ।कोरोना संक्रमण रोकथाम लागि बूनपा वडा… Continue reading बूढानीलकण्ठ -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान

एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

 काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी एक साता अगाडि अस्पताल भर्ना भएका थिए । दोलखामा इमानदार नेताको रुपमा उनको छवि रहेको छ । एमाले नेता कार्यकर्ताले उनको… Continue reading एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

काठमाडौं । अक्सिजनको चरम अभाव अब काठमाडौं उपत्यका भित्रका अस्पतालहरुमा देखिन थालेको छ । मंगलबार काठमाडौंका विभिन्न अस्पतालले अक्सिजन नभएको भन्दै हात उठाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको भन्दै तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएको बताएको छ । उसले अस्पतालमा अक्सिजन अपुग हुने भन्दै बिरामीलाई आफ्नो… Continue reading अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

जगडोलमा आइसोलेसन सेन्टर पुन सञ्चालन गरिदै

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जगडोलमा आइसोलेसन सेन्टर पुन सुचारु गरिने भएको छ ।कोभिड १९ को पहिलो महामारीमा नगरपालिकाले लायन्स क्लब इन्टरनेसनल ३२५ ए १ सँगको सहकार्यमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनको सचिवालयमा करिब ६० दिन सम्म आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो। नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना… Continue reading जगडोलमा आइसोलेसन सेन्टर पुन सञ्चालन गरिदै

वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

काठमाडौं । वीर अस्पतालको नयाँ भवन अब कोरोना डेडिकेटेड अस्पतालका रुपमा संचालनमा आउने भएका छन् । यहाँ कुल ८ सय बेड रहने भएका छन् । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय भएको हो । सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई… Continue reading वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

काठमाडौं । नेपालमा शनिबार थप ८४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण कुल १८३०४ जनामा गरिएको परीक्षणबाट पुष्टी भएको छ । यसआधारमा नेपालमा संक्रमण दर ४५ प्रतिशत भन्दा बढी देखिएको छ । अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३८५८९० जना पुगेको छ । शनिबार कुल… Continue reading नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शनिबार उक्त संख्यामा नेपालमा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ३६३२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, नेपालगन्ज, बुटवल र वीरगन्जमा बढी मानिसहरुको ज्यान गएको छ ।… Continue reading नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अहिलेसम्म ५६ जिल्लामा विभिन्न प्रकारको प्रतिवन्ध लागेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्णै निषेधाज्ञा घोषणा भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा वैशाख ७ बाट जिल्लास्तरमा निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका १६ वैशाखबाट शुरु भएको हो । अहिले निषेधाज्ञा ५६ जिल्लामा पुगेको र ४१ जिल्लामा पूर्ण निषेधाज्ञा… Continue reading ५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

File

काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ । अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ… Continue reading कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा

अमृता के सी ( रोनी ) काठमाडौँ ,बैशाख २२ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा परेको छ। गोकर्णेश्वर नगरपालिका भित्र २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २१ गते सम्ममा १८८ जना महिला र २३३ जना पुरुष गरि कुल ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले… Continue reading काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा

नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा

Photo Source : Sulav Shrestha/Xinhua

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाको पछिल्लो अपडेट गराइरहँदा जनताले भने खोपको सुनिश्चितता, अक्सिजनको उपलब्धता र अस्पतालमा बेडको संख्या बढेको खबर सुन्न आतूर थिए । तर, प्रधानमन्त्रीसँग सकारात्मक कामको सूची थिएन । केवल कोरोनाको क्षति र संक्रमणको सूचि मात्र थियो । पार्टी विभाजन, प्रदेशहरुमा सरकार र सत्ता टिकाउन अनेक… Continue reading नेपालमा संक्रमण र मृत्युमा रेकर्ड, सरकार आफै अलमलमा

आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने

काठमाडौं । नेपालमा आजबाट बैङ्क तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारी राखी काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम… Continue reading आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने

प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

जनकपुर । प्रदेश २ मा कोरोना महामारी न्यूनिकरणमा लडिरहेका जनशक्ति स्वयमः संक्रमित भएमा उनीहरुको खर्च सरकारले बेहोर्ने भएको छ । प्रदेश २ सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । राससका अनुसार आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय लिएको हो… Continue reading प्रदेश दुईमा संक्रमित स्वास्थ्यकर्मीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १९। काठमाडौँ स्थित टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। उक्त कुरा नगरपालिकाले आइतबार एक बिज्ञप्ती प्रकाशित गरी जनाएको हो । नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको समेत प्रकाशित सूचनामा जनाइएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण… Continue reading टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना, अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले यसको पुष्टी गरेको हो । उनमा पखालासहितको लक्षण देखिएको छ । यद्दपी उनको अवस्था सामान्य रहेको बताइएको छ । शुरुमा मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएपछि नर्भिक अस्पताल ल्याइएको छ । पछिल्लो समय नेपालमा कोरोनाले चरम रुप… Continue reading पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना, अस्पताल भर्ना

कोरोनामा सरकारको लाचारीप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संकटको बेलामा अस्पतालको शैया उपलब्ध गराउन नसकिने भन्दै सरकारले देखाएको लाचारीपनःको कडा आलोचना गरेको छ । सरकार गैरजिम्मेवारी रुपमा प्रस्तुत गरेको निष्कर्ष कांग्रेसको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी कोरोना महामारी थेग्न नसकिने अवस्थामा रहेको र शैया उपलब्ध गराउन नसकिने भन्दै जनतालाई जानकारी गराएको थियो । यसले जनतामा त्रास… Continue reading कोरोनामा सरकारको लाचारीप्रति कांग्रेसको कडा आपत्ति

किर्गिस्तान र ताजिकिस्तान सीमामा पानीको विषयमा झडप, कम्तिमा ३१ जनाको मृत्यु

File Photo : AFP\TET

काठमाडौं, एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानको एक विवादित सीमानामा भएको हिंसात्मक झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा सयौं मानिस घाइते भएको र हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ । यहाँ बुभबार झडप भएको हो । दुबै मुलुकका नागरिकले एक अर्कालाई ढुंगा हान्न थालेको र त्यसक्रममा झपडको अवस्था सिर्जना भएको बताइएको… Continue reading किर्गिस्तान र ताजिकिस्तान सीमामा पानीको विषयमा झडप, कम्तिमा ३१ जनाको मृत्यु

भारतमा एक दिनमा ४ लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी फैलावट

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा शनिबार एकै दिन चार लाखभन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख ८ हजार ३ सय २३ मानिसमा कोरोना देखियो । यो अहिलेसम्मकै ठूलो आंकडा हो । भारतमा अहिले संक्रमण र मृत्युदर दुबैमा गुणात्मक वृद्धि भएको छ । यसले… Continue reading भारतमा एक दिनमा ४ लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी फैलावट

नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका सरकारले बन्द गरेको छ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । अब १३ वटा नाकाबाट भने आवतजावत गर्न सकिने छ । अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया,… Continue reading नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा अहिले मानिसहरुले आफुलाई कोरोना भएको आंशकमा परीक्षण गरिरहेका छन् । विदेश जान पीसीआर अनिवार्य हुनेहरुले परीक्षण गरिरहेका छन् । अर्कोतर्फ अस्पतालमा अपरेशनको मिति कुरिरहेकाहरुले पीसीआर परिक्षण गरिरहेका छन् । तर, सरकारले कुनै एक जनामा कोरोना भएमा कोरोना संक्रमितको आसपासमा हुनेहरुको कन्ट्रयाक ट्रेसिंग गर्न छाडेको निकै भइसकेको छ । तर, संक्रमणको दर भने… Continue reading नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना

काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिमा निषेधाज्ञा र कोरोना महामारीका बीच कुनै समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्। कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले… Continue reading काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएयता आज सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । ​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार कोसार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ३५जनाको मृत्यु भयो । यो पछिल्लो एक वर्षको अवधिमा कोरोनाबाट एक दिनमा भएको सर्वाधिक ठूलो संख्या हो । नेपालमा कोरोनाका कारण कार्तिक १९ मा ३० जनाको निधन भएको तथ्यांक… Continue reading कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु

कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट हावाबाट भने नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ कोरोनाभाइरसको सङ्क्रमणबारे बजारमा विभिन्न अफवाह फैलिरहेको समयमा मन्त्रालयले हावाका माध्यमबाट भाइरस नसर्ने स्पष्ट पारेको हो । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दौरान सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छुयूँ गर्दा निस्कने थुकको माध्यमबाटै कोरोनाभाइरस… Continue reading कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने

मेडिकल कलेज जोरपाटी अस्पताल प्रशासन र कोभिड भ्याक्सिन लिन जानेबीच तनाव

— पुरुषोत्तम घिमिरे । बैशाख १५ नेपाल मेडिकल कलेज जोरपाटी आतरखेलमा कोभिड भ्याक्सिन लिन जाने र अस्पताल प्रशासनबीच तानव सृजना भएको छ । अस्पतालको लापरवाहीका कारण सर्वसाधारण दिनभरी लाइन बसेर पनि खोप नलगाइ निरास भएर फर्कन बाध्य भएपछि भनाभन शरु भएको हो ।महानगरीय प्रहरीले बाँडेको कुपन भन्दा अलगै कुपन कर्मचारी युनियन र अस्पताल प्रशासनले बाँडेपछि… Continue reading मेडिकल कलेज जोरपाटी अस्पताल प्रशासन र कोभिड भ्याक्सिन लिन जानेबीच तनाव

अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

न्युयोर्क अमेरिकामा भ्याक्सिनको डोज पुरा गरेका मानिसहरुले मुखमा मास्क बिना नै घर बाहिरका सबै कृयाकलाप गर्न पाउने भएका छन् । मंगलबार सेन्टर फर डिजिज कन्ट्रोलले उक्त निर्णय सार्वजनिक गरेको हो । सि डि सिको नयाँ नियमपछि अब अमेरिकामा दोश्रो डोज भ्याक्सिन लिएको दुई हप्तापछि त्यस्ता ब्यक्तिहरु घर बाहिर हुने स-साना समुहको जमघट तथा भेटघाटमा बिना… Continue reading अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

काठमाडौं उपत्‍यकामा १९६६ जना कोरोना संक्रमित थपिए

Photo: Manan Vatsyayana/ AFP via Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । पिसिआर परीक्षणका लागि तोकेभन्दा बढी शुल्क असुल्ने प्रयोगशालालाई सरकारले कारबाही गर्ने भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सरकारले पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा १ हजार र निजी प्रयोगशालामा २ हजार शुल्क तोकेको छ । ‘केही निजी प्रयोगशालाहरूले संक्रमण रोकथाम आदिको नाममा थप शुल्क… Continue reading पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

File photo

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यो निषेधाज्ञा कार्यान्वयन भने वैशाख १६ गते विहान ६ बजेदेखि शुरु हुनेछ । पहिलो चरणमा वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका… Continue reading काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु