गोरखा । काठमाडौंबाट गोरखातर्फ लागेको यात्रुबाहक बस गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार दुर्घटनाग्रस्त हुँदा २२ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी… Continue reading गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे
Category: स्वास्थ्य
स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन
काठमाडौं । सरकारले आफ्ना माग वेवास्था गरेको भन्दै स्वास्थ्यकर्मीले माग पुरा गर्न एक साताको समय दिएका छन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र… Continue reading स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन
नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन्… Continue reading नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
काठमाडौं । संसरका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन पछि वितरण शुरु गरिसकेका छन् । चीन र रुसले अघोषित रुपमा आफ्ना नागरिकलाई खोप लगाइसकेको सार्वजनिक भएको छ । बेलायतले औपचारिक रुपमै खोप वितरण थालेको छ । अमेरिका यसैसाताबाट सर्वसाधारणलाई खोप वितरण गर्ने तयारीमा छ । तर, तेस्रो विश्व भने अझै अलमलमा छ । किनकी यी… Continue reading नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
कोरोनाका कारण पूर्वराजदूत लामाको निधन
काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए । कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई… Continue reading कोरोनाका कारण पूर्वराजदूत लामाको निधन
कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोप नेपालमा समेत छिटो उपलब्ध गराउन र सबै नागरिकको पहुँचमा पुर्याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्तब्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको… Continue reading कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री
बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप
काठमाडौं । बेलायतले कोरोनाको खोप औपचारिक रुपमा लगाउन शुरु गरेको छ । एक ९० वर्षीया महिलालाई खोप लगाएर देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेको हो । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्। उनले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्। उनलाई फाइजर र बायोएनटेकले… Continue reading बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप
नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ । अर्कोतर्फ निको हुनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । सोहीकारण सक्रिय संक्रमित र गम्भीर बिरामीको संख्यामा पनि उल्लेख्य कमी आएको देखिएको छ । तर, मृत्युदरमा भने सोचेजती प्रगति देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४… Continue reading नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित
नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस… Continue reading नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भ्एको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगरका ७० वर्षिय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकार दिएको छ । धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल… Continue reading बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १७ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५९४जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र
काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक… Continue reading नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र
काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहीबार आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका स्थायी घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पालाई अचेत अवस्थामा भेटाइएको छ । उनको नेपाल… Continue reading काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत
प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति
एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति
फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द
काठमाडौं । फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन बन्द हुने भएका छन् । मानिसहरुको एकसाथ भेला हुने र भिडभाड हुने क्षेत्रलाई थप १५ दिन प्रतिवन्ध लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द… Continue reading फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द
कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?
काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक… Continue reading कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?
किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?
काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ । त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि… Continue reading किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?
विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु
विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको छ… Continue reading विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु
आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै
काठमाडौं । सरकारले आज स्वास्थ्य क्षेत्रमा महत्वकांक्षी योजना शुरु गर्दैछ । एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरी सरकारले एकै पटक ठूलो क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको स्वास्थ्य… Continue reading आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै
बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु
बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो भारतको पिथौरागढमा पेन्सन बुझेर फर्केका यात्रु चढेको ना १ ज २१९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले उल्लेख गरेको छ । दरशथ चन्द नगरपालिका १० बुड्डामा भएको दुर्घटनामा दशरथचन्द नगरपालिका ५… Continue reading बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु
नेपालमा कहिले आउँछ कोरोनाको खोप ?
काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ । उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा… Continue reading नेपालमा कहिले आउँछ कोरोनाको खोप ?
ट्याक्टरले मोटरसाइकललाई ठक्कर, आमाको मृत्यु-बाबुछोरी गम्भीर घाइते
कंचनपुर । कञ्चनपुरमा ट्याक्रले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । राष्ट्रिय समाचार समितिले जनाए अनुसार कंचनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा आमाको निधन भएको छ । बाबु छोरी गम्भीर घाइते भएका छन् । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३… Continue reading ट्याक्टरले मोटरसाइकललाई ठक्कर, आमाको मृत्यु-बाबुछोरी गम्भीर घाइते
नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् । सार्वजनिक… Continue reading नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना
कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने
न्युयोर्क कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै… Continue reading कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने
कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु
नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९… Continue reading नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त
बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार… Continue reading बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने
काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने
नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। पछिल्लो केही सातायता कोरोना… Continue reading नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा… Continue reading दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु