सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

धनकुटा । धनकुटामा तमोर नदिले एक युवकलाई बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार एक युवक बेपत्ता भएको प्रहरीले पुष्टी गरेको छ । भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका भिनित कुमार नमोर नदीमा खसेका थिए । त्यसपछि उनलाई नदीले बगाएर वेपत्ता पारेको हो । उनी विराटनगरस्थित नोबेल मेडिकल… Continue reading सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक… Continue reading प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न… Continue reading कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो । त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ । नेपाल औषधि उत्पादक संघका अनुसार… Continue reading औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ । बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ । त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले… Continue reading आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

काठमाडौं । कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ । कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् । उनका… Continue reading चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ । यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ… Continue reading थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ । यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो । यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको… Continue reading नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ । सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज… Continue reading प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

क्विन्सल्याण्ड । अष्ट्रेलियामा फेरी एक नेपालीको समुन्द्रमा डुबेर ज्यान गएको छ । केही महिना अगाडीसमेत यहाँ दुई नेपाली समुन्द्रमा डुबेर ज्यान गुमाउन बाध्य भएका थिए । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको स्थानीय प्रशासनले पुष्टी गरेको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले तानेको थियो ।… Continue reading अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ । बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् । यसले विश्वचर्चित… Continue reading इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

जन्तीबस दुर्घटनामा ४ को मृत्यु

हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय… Continue reading जन्तीबस दुर्घटनामा ४ को मृत्यु

विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी… Continue reading विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो । अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा… Continue reading प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण… Continue reading प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाबारे सचेतना तीव्र बनाइएको छ । विभिन्न कार्यालयले आफ्ना कर्मचारीलाई भित्र प्रवेश गराउने बेला ज्वरो नाप्न थालिएको छ । मंगलबार धेरै जसो ठूला कार्यालयका कर्मचारीले ज्वरो नापेको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । यता, चपक्रथमा गुड्ने विजुली बसमा समेत यात्रुको ज्वरो नाप्न थालिएको छ । यो बस सुन्दर यातायातले चलाएको… Continue reading उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् । तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका… Continue reading कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती… Continue reading विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता अफ्रिकाको केन्यामा आम जनमानसको मन छुने गरी रक्तदान उत्प्रेरणा जगाउन सकेकोमा मलाई बधाईको ओईरो लागिरहेको थियो । यसै बीच क्यामरुनको रक्तसन्चारका अधिकारी एस्टेल टन्टेले ‘तपाईंले विश्वब्यापी रुपमा रक्तदान उत्प्रेरणा सफल रुपमा र प्रभाबकारी तरिकाले गर्दै आउनु भएको छ, हाम्रो देशमा स्वयमसेवी रक्तदान १० प्रतिशत भन्दा पनि कम छ, यहाँ पनि… Continue reading रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु… Continue reading विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ । गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।… Continue reading ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो । यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेपाल… Continue reading प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको छ । अस्ट्रेलियामा पहिलो पटक यस रोगका कारण ज्यान गएको हो । पर्थस्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा उपचारका क्रममा ७५ वर्षिय एक वृद्धको ज्यान गएको संचारमाध्यमले पुष्टी गरेका छन् । उनको आसियूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान उनको ज्यान गएको हो ।… Continue reading कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान

अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान

वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिका भित्र एक व्यक्तिको ज्यान गएको छ । उनी यस रोगबाट ज्यान जाने दोस्रो व्यक्ति हुन् । अमेरिकाले आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ। कोरोनाको संक्रमण भएको र स्वास्थ्यमा विविध समस्याको सामना गरिरहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका… Continue reading अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान

नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल

काठमाडौं । पछिल्लो समय कोरोनाले मध्यपूर्वी मुलुक र यूरोपमा संक्रमण बढाइरहेको छ । यी मुलुकमा धेरै नेपाली बसोबास गर्छन् । कोरिया, जापान, इरान र इटालीमा तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म फैलिएपछि बल्ल नेपाल सरकारले सतर्कता अपनाउन थालेको छ । यसअघि विमानस्थलमा थर्मल स्क्यानर राखेर… Continue reading नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल