Category: स्वास्थ्य

  • अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

    अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

    कनेक्टिकट, अमेरिका

    अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्‍यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण  मृत्‍यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्‍यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ नेप्लिज ईन अमेरिकाले पुष्टी गरेको छ ।

  • काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि

    काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि

    काठमाडौं । काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमाथी कोरोना संक्रमण पुष्टि भएको छ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको देखिएको पुष्टि भएको छ ।राजधानीमा प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको वृत्तले पुष्टि गरेको छ ।

    उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा खटिएको बताइएको छ ।

    यसअघि काठमाडौं र भक्तपुरमा समेत सशस्त्र प्रहरीका दुई जनामा कोरोना संक्रमण देखिएको छ । सङ्क्रमित सबैको अहिले अस्पतालमा उपचार जारी छ ।

    महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा समेत शनिवार संक्रमण पुष्टि भएको छ ।

  • मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

    मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२

    काठमाडौं । नेपालमा मङ्गलबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र तीन सहित देशभर २७ सङ्क्रमित थप भएका हुन् । पछिल्लो समय सरकारले कोरोना परिक्षण बढाएको छ । मङ्गलबार थपिएकामा भक्तपुर र ललितपुरमा एक एक जना छन् ।

    स्वास्थ मन्त्रालयले मङ्गलबार बिहान पुष्टि भएका समेत व्यक्तिलाइ जोडेर एकमुस्ट आङ्कडा निकालेको हो । मन्त्रालयका अनुसार मङ्गलबार झापा, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ, नवलपरासी र कपिलवस्तुमा नया बिरामी भेटिएका हुन ।

  • सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

    सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

    काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो ।

    ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको बताइएको थियो । कन्टेरनबाट ८ टन सामान ल्याइएको छ । सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिद गर्न चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको छ ।

  • झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

    झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

    काठमाडौं । नेपालमा मंगलबार १५ संक्रमित थप भएका छन् । प्रदेश १ मा मंगलबार ११ जना र प्रदेश ५ मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार झापाका ९, कपिलवस्तुमा ४ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालले पूर्वमा भएको संक्रमणको पुष्टी गरेको हो । सोही अस्पतालमा भएको परीक्षणमा कोरोना पुष्टी भएको हो । झापाका संक्रमित केचनकवल गाउँपालिकाको रहेको बताइएको छ । उता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पुष्टी भएको छ ।

    मंगलबार नै कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएको बताइएको छ । उनीहरु क्वारेन्टाइनमा थिए । क्वारेन्टाइनमा बसेको शुरुमा आरडीटी विधिबाट परीक्षण गरिएको थियो । आरडीटी विधिबाट पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जहाँ ४ जनामा कोरोना पोजेटिभ देखियो ।

  • विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

    विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

    काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ । चिनियां राष्ट्रपति सि चिनफिङले सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने स्पष्ट समेत पारेका छन् । विश्वभर फैलिरहेको महामारीविरुद्धको लडाईमा चीनले संसारका सबै मुलुक सङ्ग सहकार्य गर्ने उनको भनाइ छ ।

    विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि यो सहयोग खर्च हुनेछ ।

  • बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

    बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

    काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ ।

    यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको यो रबैयाले कोरोनासँगको संघर्षका आगामी दिन झनै विकट हुने कांग्रेसको भनाइ छ ।

    आइतबार बिहान बाँकेको नरैनापुरको क्वारेन्टाइनमा २५ वर्षीय युवकको कोरोनाका कारण ज्यान गएको थियो । उनी नेपालका दोस्रो सङ्क्रमित हुन् । लगातार दुई घन्टा वान्ता भएको, ज्वरोले च्यापेको बेला पनि उचित उपचार नपाएका उनको बिहान मृत्युु भएको थियो । दुई घण्टासम्म बान्ता हुँदा पनि उनलाई अस्पताल लैजान एम्बुलेन्स आएको थिएन ।

    कोरोनाका दोस्रो सङ्क्रमितको निधनपछी काङ्ग्रेसले उठाएको सवाल

    (१)ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक बान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पुर्‍याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
    (२)क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

    (३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ?

    (४) आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

    (५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

    (६)नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्रायः धेरै ठाउँमा गम्भीर लापर्बाही रहेकोे विचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

    (७)श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

  • कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

    कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

    काठमाडौं ।
    कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस लागेर ज्यान गएकी पहिलो संक्रमित महिलाका नवजात शिशुको स्याहार तथा सहयोग गर्ने घोषणा गरेका छन् । केही नेपाली संचारमाध्यमलाई दिएको जानकारी अनुसार उनले नवजात शिशुलाई सहयोग गर्ने घोषणा गरेका हुन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा २ जेठमा आमाको निधन भएको थियो । त्यसबेला शिशु मात्र ९ दिनका थिए । शिशुको सोमबार गरिएको कोरोना परीक्षणमा नतिजा नेगेटिभ आएको छ ।

    साथै उनका परिवारको परीक्षण समेत नेगेटिभ आएको छ । नेता बस्नेतले नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले जानकारी दिए ।
    त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनको प्रतिवद्धता छ ।

  • नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

    नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको आङ्कडा ३ सय नाघेको छ । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोनाबाट २ जनाको निधन भइसकेको छ । ३६ जना घर फर्किएका छन् ।

  • कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

    कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

    अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो । तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ ।

    अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई बढी असर गरेको देखिएको छ । ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा ‘बडी मास इन्डेक्स’ (बीएमआई) ३० भन्दा बढी रहेकाहरूमा मोटोपना नभएहरूमा भन्दा ३३ प्रतिशत बढी मृत्युको जोखिम रहेको देखिएको छ ।

    नेशनल हेल्थ सर्भिसको अर्को अध्ययनले कोभिड-१९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरू भन्दा दोब्बर देखाएको छ । अनुसन्धानकर्ताहरूले मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने बताएका छन्।

    र, ब्रिटेनको सघन उपचार कक्षमा रहेका गम्भीर बिरामीको अध्ययनले तीमध्ये करिब ३४.५ प्रतिशत बढी वजन भएका र ३१.५ प्रतिशत मोटोपना भएका रहेको देखाएको छ।

    बीएमआई मानिसको वजन र उचाइको अनुपात हो। यसले व्यक्तिको मोटोपना रहेको वा नरहेको देखाउँछ । वर्ल्ड ओबेसिटी फेडेरेसनले विश्वव्यापी मोटोपना दर उच्च रहेकाले कोरोनाभाइरस सङ्क्रमित हुनेमा धेरैको बीएमआई २५ भन्दा माथि हुने जनाएको छ।

    अमेरिका, इटली र चीनमा हालै गरिएका प्रारम्भिक अध्ययनहरूले पनि त्यसलाई जोखिमको महत्त्वपूर्ण कारण देखाएका छन्। पुरानो स्वास्थ्य समस्या, पुरुष र बढी उमेर कोभिड-१९ का कारण गम्भीर बिरामी पर्ने जोखिम बढाउने कारणहरू हुन्।

    मोटो मानिसलाई किन बढी जोखिम?

    जति बढी वजन हुन्छ शरीरमा त्यति धेरै बोसो रहन्छ। शरीर चुस्त रहँदैन। त्यसले फोक्सोको क्षमतामा असर गर्छ। अर्थात् रगत र शरीरभरि अक्सिजनको प्रवाह कम हुन्छ। त्यसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ। युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नवीद सत्तार भन्छन्, “धेरै वजन भएकालाई अक्सिजन पनि धेरै चाहिन्छ। त्यसको अर्थ हो शरीरको प्रणालीमा निकै धेरै दबाव हुन्छ।”

    कोरोनाभाइरस सङ्क्रमणका बेला त्यो गम्भीर बन्नसक्छ। युनिभर्सिटी अफ रेडिङका डा. ड्यान सेल्लाया भन्छन्, “अन्तत: मुख्य अङ्गहरूमा अक्सिजन कम हुँदा मोटो शरीरलाई गार्हो हुन्छ।” बढी तौल भएका र मोटोपनाका मानिसहरूलाई आइसीयुमा रहँदा श्वास फेर्ने र मृगौला चलाउने सहयोग चाहिनु यसैकारण हो।

    वैज्ञानिकहरूले शरीरको कोषमा रहने एसीई-२ भनिने एन्जाइम शरीरमा भाइरस पस्ने मुख्य बाटो भएको पत्ता लगाएका छन्। त्यो मोटोपना भएका मानिसको छालाको सतहको तल र अन्य अङ्गहरूको आसपासमा रहने बोसोको तन्तुमा धेरै मात्रा फेला पर्ने ठानिएको छ।

    प्रतिरोधी क्षमतामा कस्तो असर?

    भाइरसविरुद्ध लड्ने शरीरको गुणलाई प्रतिरोधात्मक क्षमता भनिन्छ जुन मोटोपना भएका मानिसमा त्यति राम्रो हुँदैन। वैज्ञानिकहरूका भनाइमा त्यसले ‘साइटोकाइन स्ट्रोम’को अवस्था सृजना गर्छ।

    डा. सेल्लायाका अनुसार त्यस्ता तन्तु धेरै हुने अश्वेत, अफ्रिकी र जातीय अल्पसङ्ख्यकलाई मधुमेह बढी देखिनुको कारण यही हो।। मोटोपनाका कारण कमजोर मुटु, फोक्सो र मृगौला एवम् टाइप-२ प्रकार मधुमेह पनि हुन्छ।

    जोगिन के गर्ने?

    कोभिड-१९ जस्ता गम्भीर सङ्क्रमणको विकास नहुँदासम्म त्यो कुरा देखिँदैन। त्यसले शरीरमा अतिरिक्त दबाव दिन्छ।

    आइसीयू कक्षमा मोटोपना भएका मानिसको व्यवस्थापन पनि चुनौतीपूर्ण बन्न सक्छ। खासगरी तौलका कारण स्क्यान गर्ने र पाइप लगाउने काम थप कठिन हुन्छ। त्यसैले राम्रो उपाय भनेको स्वस्थ र सन्तुलित खाना खाने अनि नियमित व्यायाम गर्नु हो। समाजिक दुरी राख्नुपर्ने अवस्थामा पनि हिँड्ने, हल्का दौडिने र साइकल चलाउने राम्रा विकल्प हुन्।

    अन्यथा बिस्तारै खाने गर्नूस् र आफूलाई धेरै खान लोभ्याउन सक्ने अवस्थालाई पन्छाउनूस्।

    (हामीले यो लेख जनहितका लागि बिबिसि नेपालीबाट लिएका हौं)

  • थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

    थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण

    काठमाडौं । नेपालमा आइतबार साझ ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

    मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

    यो संगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

  • नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

    नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो

    काठमाडौं । नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाकेमा २५ वर्षका युवाको आइतबार बिहान निधन भएको छ । उनी क्वारेन्टाइनमा थिए ।

    परिक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । उनमा स्वास प्रश्वासको समस्या देखिएको थियो । यसअघि बिहिवार धुलिखेल अस्पतालमा निधन भएकोे महिलामा समेत शनिबार कोरोना पुष्टि भएको थियो ।

  • कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

    कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

    लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो ।

    कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।

    यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

    कोरोना भाइरसका कारणले यो सातामात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको स्वास्थ्य समितिले जनाएको छ ।

    डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

    संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् ।

    यसैगरी साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

  • थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित

    थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित

    काठमाडौ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

    आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्।

    राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । यो सँगै नेपालमा संक्रमितको सङख्या २ सय ९१ पुगेको छ।

  • २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महोत्तरी र काभ्रेमा कोरोना पुष्टि भएको छ । अब नेपालमा कुल सङ्क्रमीत २७८ पुगेको छ । ३६ जना निको भएका छन् ।

    यता धुलिखेल अस्पतालमा बिहीवार राती निधन भएकि २९ वर्षकि महिलामा कोरोनाको लक्षण पुष्टि भएपछि अनुसन्धान थालिएको छ । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले उनको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बताएका छँन्  ।

     

  • २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    काठमाडौं । कपिलवस्तुमा फेरि तीन जना कोरोना सङ्क्रमीत भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना पुरुषमा कोरोना देखिएको हो ।

    शुक्रबार नै बिहान ६ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ आङ्कडा अनुसार अब नेपालमा कुल सङ्क्रमित २७६ पुगेका छन् । ३६ जना भने निको भइसकेका छन् ।

  • थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३

    थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३

    काठमाडौं । नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी कुल ६ जना संक्रमित शनिबार थपिएका हुन ।
    अब नेपालमा कुल संक्रमित २७३ पुगेका छन् । यसअघि शुक्रबार १८ जनामा संक्रमण भेटिएको थियो ।

  • कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणले सन्सारभर ३ लाख ७ हजार ४ सय ८६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसमध्ये सबैभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ४५ लाख ३८ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ ।

    कोरोनाले अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जनालाई सङ्क्रमित बनाएको छ । यस मुलुकमा कुल ८७ हजार ५ सय ३० जना मानिसको ज्यान गइसकेको छ ।

    कोरोनाले रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनालाई संक्रमित बनाएको छ । अमेरिकापछि रुसमा धेरै सङ्क्रमित भेटिएका छन् । यस मुलुकमा २ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।

    बेलायतमा २ लाख ३८ हजार संक्रमित पुगेका छन् । यो देशमा ३४ हजार ७८ को ज्यान गएको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

    कोरोनाले इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ । मृतक संख्या ३१ हजार ६ सय १० पुगेको सन्चारमाध्यमले जनाएका छन् ।

    ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ । नेपालमा २६७ जनामा सङ्कमण पुष्टि भएको छ । त्यसमध्ये ३६ जनाले कोरोना जित्न सफल भएका छन् ।

  • १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

    १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

    न्युजर्सी          

    न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन्  । १०१ बर्ष पछि सेल्भियाले विश्व हल्लाई रहेको कोरोनालाई पुन: परास्त गरेकी हुन् ।  

    न्युजर्सी राज्यको एलेनडेल शहरको एक नर्सिङ होम (बृद्धाश्रम) मा बसोबास गर्दै आएकी सिल्भियालाई गत महिना अप्रिलमा कोरोना संक्रमण भएको थियो ।अहिले सेल्भिया न्युजर्सी राज्यमा कोरोना निको हुने सबैभन्दा जेष्ठ नागरिकको सुचीमा परेकी छिन् । बिहीवार न्युजर्सी गभर्नर फिल मर्फीले सिल्भियाको स्वास्थ लाभमा खुसी ब्यक्त गर्दै उनको आत्मशक्तीको प्रसंसामा ट्विट गरेका थिए । कोरोना संक्रमणबाट मुक्त भएकी सिल्भियाले भनें “मैले कोरोनालाई जितें किनकी मसँग यस्लाई जित्छु भन्ने दृढ  विश्वास थियो” भन्ने प्रतिकृया दिएकी छिन् ।

    यस अगाडि अमेरिकाको ओरेगन राज्यस्थित दोश्रो विश्व युद्ध लडेका दुई सिपाहीले कोरोना जितेका थिए । ओरेगनका ९५ बर्षीया बिली केली र १०४ बर्षीया विलियम ल्याप्सचीले कोरोनालाई परास्त गरेका थिए ।

  • ९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे

    ९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझको अपडेटमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
    शुक्रबार दाङ, काठमाडौं, उदयपुर र पर्साका व्यक्तिमा कोरोना देखिएको छ । काठमाडौंमा ७ सालका बालक तथा पर्सामा ९ र १० वर्सिय बालकमा कोरोना पुष्टि भएको छ ।

  • शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।

    मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ।

  • राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको बताइएको छ ।

    कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीलगायतको पीसीआर विधिबाट परिक्षण गरिएको हो । आज रास्ट्रपति तथा उपराष्ट्रपति संसद भवन जादैछन । यहाँ भित्र छिर्न कोरोना परिक्षण अनिवार्य गरिएका कारण रास्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण गरिएको हो ।

  • बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा

    बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा

    काठमाडौं । नेपालमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    बिहिवार साझ स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार काठमाडौं, धनुषा र धादिङमा १/१ जना बिरामी फेला परेका हुन् ।

    अब कुल सङ्क्रमित २४९ पुगेको छ ।

    बिहिवार काठमाडौंमा दहचोकका ७ वर्शिय बालक र धनुषा तथा धादिङमा भने दुई महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

  • नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

    नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ परिक्षण भएको छ ।अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयका सहसचिब डा बिकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ बिहीबार नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।यससङ्गै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २४६ पुगेको छ ।सङ्क्रमितमध्ये १ सय ९८ पुरुष र ४८ महिला छन् ।संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

    नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

    काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

    बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।बिहीबार थपिएका संक्रमित मध्ये ५ जना पुरुष र दई जना महिला हुन् ।

    उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको मन्त्रालयले जनाएको छ ।सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टी भएकोमा बुधबार २४ जनामा भेटिएको थियो ।

    बिहीबार बिहानै ७ जनामा कोरोना पुष्टी भएको छ । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेको छ ।

  • कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

    कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

    काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

    २ जना जनपथ प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना अनुसन्धान तर्फका प्रहरी कर्मचारीमा कोरोना देखिएको हो ।

    यहाँ अर्का एकजना कृष्ण नगर नगरपालिकाका कर्मचारीमा समेत कोरोना देखिएको छ । उनी कृष्ण नगर नगरपालीकाका कृषि प्राविधिक रहेको बताइएको छ ।

    अन्य ३ जना चाही क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसोलेसन उपलब्ध नभएपनि उनीहरुलाई सेल्फ आइसोलेसनमा राखिएको छ ।

    कपिलवस्तुमा भेटिएका संक्रमितलाई यसअघि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल र भिम अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

    यी अस्पताल भने संक्रमितले भरिएका छन् ।

  • फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

    फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

    काठमाडौं । बुधबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझको अपडेट अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा समेत कोरोनाका नयाँ संक्रमित देखिएका हुन् ।

    यससँगै अब नेपालमा कुल संक्रमितको संख्य २४३ पुगेको छ ।

    नयाँ आंकडा नुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जनामा कोरोना पुष्टी भएको हो ।

    यसअघि बुधबार दिउसो बाँकेका एक जना र कपिलवस्तुका एक जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

  • चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

    चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

    न्युयोर्क

    हाल १८७ देशमा फैलिएको कोरोना भाईरस संक्रमण भएका बिभिन्न मानिसमा बिभिन्न प्रकृतिका लक्षण र बिभिन्न्न प्रकृतिका घटनाक्रम देखिने गरेको छ । अमेरिकाको क्यलिफोर्नियास्थित ५४ बर्षीय एक पुरुष ६४ दिनको अस्पतालको बसाई पछि कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाईरस संक्रमण पछि उपचारको लागि ग्रेग गार्फिल्ड अस्पातल भर्ना भएको ६४ दिन मध्ये ३१ दिन त उनी भेण्टिलेटर मै बसेका थिए भने चिकित्सकले उनको बाँच्ने सम्भाबना १ प्रतिशत रहेको बताएका थिए । गार्फिल्डको अस्पतालको उपचार रेकर्ड फाईलमा १ प्रतिशत मात्र बाँच्ने सम्भाबना भनेर जनाईएको छ । संक्रमण पछि गार्फिल्डको शरीरले कुनै काम गर्न सकेको थिएन रक्तचाप न्युन दिशा तर्फ झर्दै थियो ।म्रिगौलाले काम गर्न छाडेको थियो । हात खुट्टाको औंलाका रंग बद्लिएको थियो ।  ज्वरो यति धेरै थियो कि गार्फिल्डलाई आईसको पोको जस्तोमा राखिएको थियो ।  चिकित्सकले गार्फिल्डले कोरोनालाई जितेर फर्कनुलाई आहिले जादु भनेका छन् ।  

    लसएन्जलस शहरबाट १० माईल्स उत्तरमा रहेको प्रोबिडेन्स सेन्ट जोसेफ मेडिकल सेन्टरमा पहिलो कोरोना संक्रमित बिरामीका रुपमा भर्ना भएका गार्फिल्ड गत फेब्रुवरीमा ईटाली भ्रमणबाट फर्किएका थिए ।  

    गार्फिल्डले अहिले आफु यो कोरोना वास्तवमै कस्तो भाईरस हो र यस्ले केसम्म गर्छ ? भनेर मानिसहरुलाई चेतना दिने कुरामा केन्द्रित भएको बताएका छन् ।

  • भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित

    भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीमा कोरोना पुष्टी भएको छ ।

    मंगलबार भक्तपुरमा कोरोना पुष्टी भएका २ जनामध्ये एक जना सुरक्षाकर्मी थिए । उनी भीम रावलको सुरक्षामा खटिने गरेको पाइएको छ ।

    यद्दपी उनी पछिल्लो एक महिना भने बिदामा रहेका थिए ।

    भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कोरोनाबाट ग्रसित भएसँगै बुधबार बोलाइएको नेकपा स्थायी कमिटी पनि स्थगित भएको छ ।

    बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी दिएको छ ।

    सांसदहरुको कोरोना परीक्षण गरिएको छ । तर, अन्य नेताको भने कोरोना परीक्षण भएको छैन ।

    सोहीकारण संक्रमण फैलन सक्ने डरले बैठक स्थगित भएको हो ।

  • उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?

    उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार तीन जना नयाँ संक्रमित देखिए । यसअघि उपत्यका कोरोना मुक्त थियो । उपत्यका भित्र भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भेटिएको हो ।

    भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको पुष्टी भएको छ । उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने प्रहरी जवान रहेको बताइएको छ ।

    यद्दपी यसको पुष्टी प्रहरी स्रोतले भने गरिसकेको छैन । भक्तपुरमा अर्को संक्रमित भने स्टाफ नर्स हुन् ।

    २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा खटिने अस्पताल स्रोतले बताएको छ ।

    उनको बारेमा विस्तृत बुझ्ने काम भइरहेको बताइएको छ उनको स्थायी घर रामेछाप हो । उता, अर्की संक्रमित २५ वर्षीय स्टाफ नर्स रहेको अस्पतालले जनाएको छ ।

    उनी भक्तपुरको एक निजी अस्पतालमा काम गछिन् । उनी अर्की स्टाफ नर्सको डेरमा सँगै बस्ने बुझिएको छ ।

    उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा रहेको बताइएको छ । उनी केही दिन अगाडी सरकारी पास लिएर सुनसरी पुगेर भक्तपुर फर्किएको पाइएको छ ।

    सुनसरीबाट फर्किएपछि उनी स्वयम टेकु अस्पताल पुगेर कोरोना जाँच गरेकी थिइन् ।

    जसमा पोजेटिभ नतिजा आएको छ । यता, काठमाडौंमा भने चन्द्रागिरि नगरपालिकामा एक महिलामा कोरोना देखिएको छ । उनमा कसरी कोरोना देखियो भन्ने अनुसन्धान जारी रहेको बताइएको छ ।