काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका छन् । औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन… Continue reading १० प्रकारका औषधी उत्पादनमा रोक
Category: स्वास्थ्य
स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने
काठमाडौं । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि… Continue reading स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने
काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो… Continue reading काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध
बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम
काठमाडौं । नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत… Continue reading बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम
काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् । १ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् । फोहोरमैला प्रशोधन… Continue reading काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र
लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु
काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको… Continue reading लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु
मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन
काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (बुधबार) सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए । काठमाडौंमा उपचार हुन नसकेपछि… Continue reading मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन
मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो
काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पीके सढाईंलाई भारतको मुम्बई लगिएको छ । दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।… Continue reading मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो
मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु
काठमाडौं । मुस्ताङमा एक साताको अन्तरमा लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा… Continue reading मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु
फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न
काठमाडौं । फ्रान्सको राजधानी पेरिस र अन्य सहरमा उडुसको प्रकोप बढेको छ । यसले आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ। बीबीिसीका अनुसार विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ। प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या… Continue reading फ्रान्समा उडुस आतंक, स्वास्थ्य र सुरक्षामा प्रश्न
सरकार र चिकित्सकबीच सहमति
काठमाडौं । सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल ९पोखरा, माडी ९चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी… Continue reading सरकार र चिकित्सकबीच सहमति
हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द
काठमाडौं । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो… Continue reading हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द
पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै
काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट… Continue reading पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै
पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको… Continue reading पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा. भरतबहादुर भण्डारीले जानकारी दिएका छन् । शल्यक्रियापछि अस्प्तालकै वार्डमा… Continue reading उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री
गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका… Continue reading औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री
कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका प्लास्टिक सर्जन… Continue reading कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
२९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको… Continue reading २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु
काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण… Continue reading धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु
डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित
काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले… Continue reading डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित
आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द
काठमाडौं । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् । कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा… Continue reading आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द
बारुला खाँदा ८ जना गम्भीर बिरामी
काठमाडौं । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् । बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय… Continue reading बारुला खाँदा ८ जना गम्भीर बिरामी
काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो। कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २… Continue reading काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने
साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न सुधार भएको तर ती महत्वपूर्ण सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन् । सम्झौताहरू कार्यान्वयन… Continue reading साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ । गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर… Continue reading फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?
काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र… Continue reading डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?
अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ। एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब(सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ। बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५(९५(९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले… Continue reading अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ
अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी
काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको… Continue reading अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी
लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन… Continue reading लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय… Continue reading राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने