कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए ।… Continue reading कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका… Continue reading सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ । उनको फोक्सोमा समेत असर परेको अस्पतालले… Continue reading सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गत राति ग्याँस सिलिण्डर विस्फोट भएको छ । राति खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको हो । उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार जारी छ । चन्द्र भण्डारीको शरीरको… Continue reading ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका… Continue reading बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् । लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि… Continue reading उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् । शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ । बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल,… Continue reading कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी

अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेको छ । एक्सबीबी.१.५ भाइरसले अमेरिकामा तीव्र गतिमा फैलावट लिएको हो । बीबीसीका अनुसार यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो। ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो। सन् २०२१ को अन्त्यतिर देखा… Continue reading अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

File

लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन्… Continue reading चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग… Continue reading नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै मास्क प्रयोग गर्न समेत भनेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।… Continue reading कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय… Continue reading अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम्… Continue reading विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट… Continue reading दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन… Continue reading काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

काठमाडौं । काठमाडौंसहित देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ । दिउँसोमा भने घाम लाग्दा अधिकतम तापक्रम धेरै खस्किसकेको छैन । आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न शुरु भएको छ । चिसोबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार… Continue reading देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

RSS

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।… Continue reading राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर… Continue reading प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन… Continue reading काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ… Continue reading भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ । उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए… Continue reading शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइहरको छ । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बनेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम गर्न छाडेको चिकित्सकले… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले बोल्न र नजिकै रहेकालाई चिन्न पनि थालेका छन् । छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना… Continue reading सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

काठमाडौंं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५… Continue reading डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

File

काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।… Continue reading संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या… Continue reading नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार माथि

१९ जनामा कोरोना पुष्टी

काठमाडौं । देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसको संक्रमणबाट ९६ जना निको भएको… Continue reading १९ जनामा कोरोना पुष्टी

देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ। हाल काठमाडौंमा सबैभन्दा धेरै… Continue reading देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी टिकट शुल्कमा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ । विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल… Continue reading विद्यार्थीलाई सरकारी अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु