Category: अन्तर्वार्ता

  • अमेरिकामा संस्कृत र योगको उपादेयता

    अमेरिकामा संस्कृत र योगको उपादेयता

    अन्तर्वार्ता: डा. बद्री पोख्रेल
    अध्यक्ष, जयतु संस्कृतम्, नेपाल

    डा. बद्री पोख्रेल संस्कृतका विद्वान र योगका साधक हुनुहुन्छ । धेरै वर्ष नेपालको सरकारी सेवामा विताएर झण्डै एक दशकदेखि संस्कृतको सेवामा पुरै समर्पित हुनुभएका डा. पोख्रेलले संस्कृत दर्शनमा आचार्य र अर्थशास्त्रमा पिएचडी गर्नु भएको छ । १८ महापुराणलाई अध्याय पिच्छेको सारांश लोखेर प्रकाशित गरिसक्नुभएका पोख्रेलले नेपाली, अंग्रेजी र संस्कृत भाषामा साहित्य, अर्थशास्त्र, यात्रा विवरण आदि विषयमा दुईदर्जन भन्दा बढी पुस्तक लेखिसक्नुभएको छ । विद्वान डा. पोख्रेलले लेखेका नेपाली महापुराणहरु अमेजन किन्डलमा समेत उपलव्ध छ । उहाँले नेपालका ७७ जिल्ला, विश्वका अन्टार्टिका लगायतका सबै महादेश र ४० वटा देशको समेत भ्रमण गर्नुभएको छ । जयतु संस्कृतम्को अध्यक्ष लगायत धेरै समाजिक संस्थामा आवद्ध हुनुभएका पोख्रेलले हाल अमेरिकामा वसेर संस्कृतको प्रचार प्रसार गरिरहेको सन्दर्भमा विश्व सन्देशको तर्फबाट योगेश आदीले लिएको अन्तर्वार्ता –

    १. कसरी र किन जोडियो पुराणसंग सम्बन्ध ?

    • परिपक्वता आएपछि जो सुकैलाई वा सामान्यतः उमेरको उत्तरार्धतिर पुगेपछि हरेक मान्छेलाई धन सम्पत्तिको नभएर शान्तिको आवश्यकताको अनुभूतिहुन थाल्छ । त्यस वेलाको शान्ति प्राप्तगर्ने श्रोत र उपाय पौराणिक ग्रन्थ, दैवी गाथा र सत्यकथा नै हुन्छन् भन्ने महसूस गरेर सवैलाई शान्तिमय जीवन विताउने उपाय पस्कने क्रममा म पुराणको प्रचारतिर लागेको हूँ ।

    २. पुराण धर्म हो, वा कर्म हो वा अनुशासन ?

    • पुराणको महत्व यति धेरै छ कि यसलाई धर्म वा कर्म वा अनुशासनमा सीमाबन्ध गर्न सकिदैन । पुराण अथाह ज्ञान राशी हो । पुराण भित्र ज्ञान विज्ञान, धर्म दर्शन, आयुर्वेद, गणित, ज्योतिष, नीतिशास्त्र, अर्थशास्त्र, आचारशास्त्र, कर्मकाण्ड लगायत सवै ज्ञानभण्डार विद्यमान छ । पुराणभित्र नभएको वस्तु मैले पाएको छैन । यसलाई प्रयोगशालामा पुर्याएर आधुनिक विज्ञानसंग संयोजन गर्नुपर्ने आवश्यकता छ ।

    ३. पुराण हिन्दुधर्मभन्दा फरक हो कि नितान्त धार्मिक ग्रन्थ हो ?

    • पुराणलाई कुनै पनि धर्म विशेषसंग जोडिएको ग्रन्थका रूपमा लिनु हुँदैन । यो नितान्त मानवधर्मसंग सम्बन्धित वाङ्मय हो । सदाचार, धर्म, अर्थ, ज्ञान विज्ञान, राजनीति–समाजशास्त्र, तर्कशास्त्र, वास्तुशास्त्र आदि विषय पुराणभित्र भएकाले यो सवै वर्ण, धर्म, लिङ्ग, भाषाभाषीको शास्त्र हो । संस्कृतमा लेखिएको कारणले र ऋषिमुनिहरुको ज्ञानलाई उद्घाटन गरेकाले हिन्दु धर्मको ग्रन्थजस्तो देखिएको मात्र हो । वस्तुतः पुराण विश्वकै साझा सम्पत्ति हो, ज्ञान र विज्ञानको उपयोगगर्ने विशिष्ट ज्ञान–शास्त्र हो ।

    ४. तपाइंले धर्म र हिन्दुत्वसंग जोडिएर लामो समय काम गर्नुभयो, के रहेछ धर्म, के रहेछ हिन्दुत्व ?

    • मेरो दीर्घकालीन अध्ययनमा धर्म भनेको जीवनचर्या हो । यसैले धर्म सर्वत्र विद्यमान हुन्छ । हिन्दुत्व एउटा वर्ग विशेषसंग सम्बन्धित हुन्छ । त्यसैले सीमित हुन्छ र साँघुरो दायरा भित्र वसेको हुन्छ । यसैले धर्म र हिन्दुत्व नितान्त भिन्न विषय हुन् । संसारभरका मानिसहरु कडा वा नरम रुपमा कुनै न कुनै धर्मसंग आवद्ध हुन्छन् । तर सवै जना हिन्दु हुँदैनन् । हिन्दु र सनातनलाई पनि एउटै मान्न मिल्दैन । हिन्दु वर्ग विशेषसंग जोडिएको शब्द हो तर ‘सनातन’ संस्कृतिसंग सम्बद्ध शब्द हो । कसैले ‘हीनान् दूषयतीति’ अर्थात् खरावसंग संगत नगर्ने भन्ने अर्थमा हिन्दु शब्द वनेको भन्ने गर्छन् भने कसैले सिन्ध (क्षेत्र)बाट हिन्द र त्यहाँ वस्नेहरुलाई हिन्दु भनेको पनि पाइन्छ । जे होस्, हिन्दुत्व कुनै जात नभएर सनातन संस्कृतिको नाम हो ।

    ५. धर्म र अध्यात्ममा के फरक छ ?

    • धर्म भनेको मानिसले लिने विश्वास हो । परम्परा, संस्कृति, प्रचलन, रितिरिवाज पनि धर्म हो । यो हरेकसंग हुन्छ र हरेकको फरक फरक हुन सक्तछ । अध्यात्म भनेको आत्मज्ञानसंग सम्बन्धित छ । पार्थिव शरीर र आत्माको भिन्नतालाई व्याख्यागर्ने शास्त्र वा चिन्तन अध्यात्म हो । रामका पिता श्याम, श्यामका पिता हरि, हरिका पिता कृष्ण इत्यादि भन्दै गर्दा अन्तिममा जो प्रमाणित हुन्छ उही परमात्मा हुन्छ । सांसारिक दृश्य वस्तु अस्थायी हो र स्थायी अविनाशी वस्तु भनेको परमात्मा वा आत्मा हो । सवैमा आत्मा हुन्छ, आत्मा छैन वा हुँदैन भन्नु अज्ञान वा भ्रम मात्र हो भन्ने ज्ञान वा दर्शन अध्यात्म हो ।

    ६. तपाइंले नेतृत्व गरिरहनुभएको जयतु संस्कृतम् वारे पनि वताइदिनुहोस् ?

    • जयतु संस्कृतम् को अर्थ संस्कृतको जय होस् भन्ने हो । संस्कृत भनेको संस्कार गरिएको वस्तु वा विचार हो । संस्कार गरिएको भनेको मैलो फालिएको धोइएको हो । जसरी धोइएको वस्तुको प्रयोगले साइड इफेक्ट हुँदैन, व्याक्टेरिया वा विकृति आउँदैन त्यसैगरी संस्कृत वस्तुको प्रयोगले सधैं हित नै गर्छ, अहित गर्दैन । संस्कृत भनेको सवैको कल्याण चिताउनु, सवैको हित गर्नु, सवैलाई सहयोग गर्नु हो । सर्वे भवन्तु सुखिनः भन्ने धारणा नै संस्कृत हो । विश्वबन्धुत्व, मित्रता , सद्भाव, परोपकार सवै संस्कृत हो । यो भावनाको विकास गर्ने उद्देश्य जयतु संस्कृतम् को हो ।
      जयतु संस्कृतम् सन् १९४७ तिर नेपालमा संस्कृत पढ्ने विद्यार्थीहरुले चलाएको आन्दोलन हो । त्यतिखेर नेपालमा राणा शासन थियो र सवैलाई शिक्षाको अवसर थिएन । सीमित राणा परिवार शाह परिवार र उनीहरुको नातेदारहरुलाई मात्र पढ्न पाउनेगरी स्थापना गरिएका अत्यन्त सीमित स्कूलहरु थिए । राणाहरुको विरोध गर्दा मृत्यु दण्ड समेत हुने गथ्र्यो । त्यस किसिमको भयावह अवस्थामा संस्कृत पढ्नेहरुले अरु भूगोल, इतिहास, अंग्रेजी आदि पनि पढ्न पाँउनुपर्छ र अरु विषय पढ्ने र पढाउनेहरुले पाए जत्तिमै सेवा सुविधा संस्कृत पढ्ने पढाउनेहरुले पनि पाउनुपर्छ भनेर गरिएको आन्दोदन नै जयतु संस्कृतम् थियो । वस्तुतः शिक्षा क्षेत्रको समग्र विकासको लागि गरिएको यो आन्दोलन नै जनस्तरबाट राणा शासकहरुको विरोधमा भएको पहिले आन्दोदन थियो । यो आन्दोदनले सफलता पाउँदै गर्दा नेपालमा राणा शासनलाई समाप्त गरेर प्रजातन्त्र स्थापनागर्न सकिएको थियो ।
      आन्दोलनको रुपमा रहेको जनबललाई संस्कृत भाषा र वाङमयको प्रचार, प्रसार र विकास गर्ने, अन्तरराष्ट्रिय रुपमा संस्कृतलाई लैजाने समेतका उद्देश्य राखेर सन १९९७ तिर संस्थाको रुपमा विधिवत दर्ता गरेर सञ्चालन गरिदै आएको संस्था नै जयतु संस्कृतम् हो । हाल यो संस्था विश्वव्यापी रुपमा लोक प्रियहुदै गएको संस्कृतलाई अझै व्यापकता दिने, संस्कृतमा भएका ग्रन्थहरुलाई अरु भाषामा अनुवाद गर्ने, संस्कृतलाई लोकभाषाको रुपमा लैजाने, संस्कृत भाषामा वोल्न प्रोत्साहितगर्न संस्कृत सम्भाषण शिविरहरु सञ्चालनगर्ने, अन्तरराष्ट्रिय रुपमा बढ्दै गएको संस्कृतको लोकप्रियता र यस भित्रका ज्ञानविज्ञान, योग, आयुर्वेद, दर्शन, कर्मकाण्ड, साहित्य आदिलाई जनस्तरमा ल्याउने, उत्तर महाभारत लेख्ने, संस्कृतसंग नजिक रहेर कामगर्ने संस्थाहरुसंग सहकार्य गर्ने, अन्तरराष्ट्रिय संस्कृत सम्मेलन गराउने जस्ता कामहरु गरिरहेको छ । संस्कृतको अत्यन्त भरपर्दो भाषागत नियमको आधारमा नासा जस्ता संस्थाहरुले गर्नलागेको अध्ययन, अनुसन्धान, अनुकरण, जस्ता कामहरुको पनि प्रचार र प्रवर्धन गरिरहेको छ ।

    ७. यो संस्था सामान्य गरिखाने मान्छेसंग कसरी जोडिन्छ ?

    • सोझै हेर्दा यो संस्थाले कसैलाई रोजगारी दिएर सहयोग गर्ने होइन । तर मानवीय मूल्य के हो, म को हूँ, मेरो मानवीय कर्तव्य के हो, म कुन संस्कृतिमा हर्किएको हूँ र समाजको लागि मैले के गर्नुपर्छ भनेर सिकाउने भएकाले जयतु संस्कृतम्को महत्व अत्यन्त गहिरो छ, नाप्न सकिदैन । पशुले पनि परिवार जन्माउछ, खान्छ, तर म समाजको लागि त्यो भन्दा फरक हुनुपर्छ भन्ने सन्देश दिने भएकाले यो संस्थाको महत्व वताउर सकिदैन ।

    ८. अमेरिकामा वसेर संस्कृतको उत्थानमा लाग्नु भएको छ, यसको महत्व नेपालमा बढी छ, होइन र ?

    • व्यक्ति वा संस्था जुन रुपमा रहदा पनि मेरो उद्देश्य लोक कल्याणगर्नु नै हो । यसैले जहाँ वसे पनि म संस्कृतको सेवा नै गर्छु । संस्कृतको मातृभूमि नेपाल भएकाले तपाइंले महत्व बढी छ भन्नु भएको होला । अमेरिका विश्वकै आकर्षणको देश, धेरै देशका मानिसहरुको वसोवास भएको देश र अनुसन्धान र अध्ययनको लागि सुविधापूर्ण देश समेत भएकाले अमेरिका पनि संस्कृतको विकासको लागि उर्वर छ । यसैले अमेरिकामा पनि जयतु संस्कर्कतम्को शाखा स्थापना गरेर संस्कृतको विकासमा कार्य गर्न थालिएको छ । नेपालमा त शैक्षिक पाठ्यक्रममा समावेशगर्ने, भाषा प्रचार गर्ने, अनुवाद गर्ने, संस्कृतको विकासको लागि सहकार्य गर्ने जस्ता काम भइनै रहेका छन् ।

    ९ अमेरिका जस्तो करिव ३५० भन्दा बढी भाषा भएको देशमा संस्कृतको स्थान कहाँ छ ?

    • संस्कृत प्राचीन र धेरै किसिमका ज्ञानविज्ञानको भाषा र वाङ्मय भएकाले यसको सम्बन्ध विश्वका सवै भाषा र साहित्यसंग भएको भाषाशास्त्रीहरुको भनाई छ । यसवारे अनुसन्धान पनि भैरहेको छ । अंग्रेजी भाषाको मूल ल्याटिन भाषासंग संस्कृतको सम्बन्ध भएकाले पनि संस्कृतको सम्बन्ध अमेरिकामा खोज्न सजिलो हुन्छ भन्ने ठानेको छु ।

    १०. संस्कृतलाई ज्ञानको रुपमा फिजाउने कि चलनचल्तीको भाषाको रुपमा ?

    • संस्कृतलाई तत्काल ज्ञान विज्ञानकै रुपमा लिनुपर्छ । यसलाई चलन चल्तीको भाषाको रुपमा ल्याउने प्रयास नेपालबाट भैरहेको छ । नेपालको जनगणनामा पनि संस्कृतभाषीहरुको संख्या बढाउने प्रयास गरिरहेका छौं ।

    ११. तपाईंले धर्मलाई योगसंग पनि जोड्नुभएको पाएँ । के छ सम्बन्ध ?

    • योगको सम्बन्ध धर्मसंग भन्दा संस्कृत संग बढी छ । संस्कृतमा भएको ज्ञानविज्ञानसंग योगको सम्बन्ध खोज्दा बढी नजिक पुग्न सकिन्छ । हरेक देशमा गरिने योगका आसनहरुको नाम संस्कृतमै भएकाले पनि योग र संस्कृतको अविभेद्य सम्बन्धलाई स्पष्ट गर्दछ । योग विश्वभरनै ग्राह्य हुँदै गएको छ । हरेक एलोप्याथिक डाक्टरहरुले पनि आफ्ना विरामीलाई शारीरिक र मानसिक स्वस्थताको लागि योगगर्ने सल्लाह दिने गरेको हामी सबैलाई थाहा छ । संयुक्त राष्ट्रसंघले पनि विश्व योग दिवस मनाउन थालिसकेको छ ।

    १२. अमेरिकी जीवन शैलीमा योगले कसरी स्थान लिदैछ ?

    • विश्वभर नै योगको महत्व एकाग्रता, चिन्तन, शान्तिसंग जोडने गरिएको र योगलाई मनको मैलो पखालेर चिन्तन शुद्ध वनाउन प्रयोग गरिने उपायको रुपमा लिन थालेको सन्दर्भमा अमेरिकी जीवनशैली परिवर्तनमा पनि अपवाद हुँन सक्तैन भन्ने लाग्दछ ।

    १३. योग र अध्यात्मको बीचमा सम्बन्ध छ कि छैन ?

    • अवश्य छ । योग विना अध्यात्मज्ञान अधुरो मात्र होइन, असम्भव नै हुन्छ । अध्यात्मको लागि एकाग्रता र मनःशान्ति अपरिहार्य हुन्छन् भने त्यो एकाग्रता र मनः शान्तिको श्रोत नै योग हो ।

    १४. मैले सोध्न छुटाएका र तपाईंलाई भन्न मनलागेका के ही विषय छन् कि ?

    • संस्कृतको महत्व र योगका वारेमा एक पटकमा वा एउटै व्यक्तिबाट व्यक्तगर्न सम्भव हुँदैन । यसमा अनवरत अध्ययन र अभ्यासको आवश्यकता हुन्छ । यसैले म सबैलाई संस्कृतको महत्व बुझ्न र योग गरिरहन अनुरोध गर्दछु । चरैवेति चरैवेति भन्ने संस्कृतको वेदवाक्यलाई प्राक्टिस मेक्स् पर्फेक्ट भन्ने भनाईले प्रमाणित गरिनै रहेको छ । योगलाई जीवनमा नउतारेसम्म यो तथ्यको लाभ लिन सकिदैन । यसैले म सबैलाई योग गर्न अनुरोध गर्दछु।
  • विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

    विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै पनि नेपालीमाथि भेदभाव हुन नहुने बताए । अब राज्यले श्रम गरेर आएका र नआएका नभनी सबै नेपालीलाई घर फर्कने वातावरण बनाउनु पर्ने उनको माग थियो ।

    इलिगल (अवैधानिक रुपमा बसोबास गरेका)लाई सरकारले उद्धार र राहतको सूचिमा नपारेकोमा समेत उनको गुनासो थियो । जस्तो अवस्थामा रहेपनि सबै नेपाली भएको उनको भनाई छ । खासगरी यूरोपमा इलिगल बसेका नेपाली यतिबेला समस्यामा छन् । तर, उनीहरु सरकारको उद्धारको सूचिमा भने पर्दैनन् । किनकी सरकारले अहिले वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका नेपालीलाई घर ल्याइरहेको छ ।

    क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारका दौरान आर्थिक हिसाब किताब गौण विषय हुनुपर्ने समेत बताए । उनले विदेशमा घरेलु कामदारका रुपमा रहेका महिला बढी समस्यामा रहेको जानकारी गराए । उद्धारका क्रममा पहिलो प्राथमिता उनीहरुले पाउनु पर्ने क्षेत्रीको भनाई छ ।

  • अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा  फैलिन थाल्यो कोरोना संक्रमण

    अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण

    न्युयोर्क

    अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीहरुमा देखिन थालेको राज्य तथा स्वास्थ अधिकारीले बताएका छन् । फ्लोरिडा,  साउथ क्यारोलाइना, जर्जिया, टेक्सस लगायतका राज्यहरुमा कोरोना संक्रमण  अधिकांस जवान युवा युवतीमा बढन थालेको हो । युवा युवतीमा संक्रमण बढन थालेका यी राज्यहरुको अर्थतन्त्र अन्य राज्यहरुमा भन्दा छिट्टै खुला गरिएको थियो ।  

    फ्लोरिडा गभर्नर रोन डिसान्टिसले कोरोना संक्रमण बिस बर्षदेखि ३० बर्षका युवा युवतीमा आश्चार्यजनक रुपमा देखिन थालेको शनिबार बताएका थिए ।संक्रमण देखिएका यस्ता युवा समुहमा लक्षण पनि नदेखिने र यो समुह स्वास्थको लागि सचेतना पनि नअपनाउने समुहमा पर्दछ भन्दै गभर्नरले यही समुहमा पछिल्ला दिनहरुमा बढी संक्रमितको अनुपात बृद्धि हुन थालेको बताए । फ्लोरिडामा शनिबार ४ हजार ४९ जना संक्रमित देखिएका थिए ।  

    साउथ क्यारोलाइनामा पनि स्वास्थ अधिकारीहरुले अधिकांश सक्रमण युवा युवतीमामा देखिन थालेको शुक्रबार बताएका  छँन् । साउथ क्यरोलाइना राज्यका कुल संक्रमित मध्ये १८ प्रतिशतको उमेर २१ बर्षदेखी ३० बर्ष भित्र भएको बताईएको छ ।  त्यहाँ २२ हजार ६ सय ८ संक्रमित मध्ये ४ हजार १ सय ६० जना २१ बर्षदेखि ३० बर्ष उमेरका छन् भने कुल संक्रमित संख्याको ७ प्रतिशत २० बर्ष मुनीका भएको डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ईन्भाईरोमेन्टल कन्ट्रोलले जनाएको छ ।  

    जर्जिया राज्यमा पनि पछल्लो दिनहरुमा अस्पताल भर्ना हुनेहरु अधिकांस २० देखि ३० बर्ष उमेर समुहका भएको स्थानीय डब्लु एस बि – टिभीले जनाएको छ । यद्यपी त्यहाँ आईसियुमा उपचारत बिरामीको संख्यामा भने गिरावट आएको छ ।  

    टेक्ससमा पनि एक चिकित्सक डा. फिलिप काईसरले स्थानीय केपिआरसिलाई शनिबार भनेका छँन्; “संक्रमण युवा जमातमा सल्किन थालेको छ, जुन समुहको उमेर २० बर्षदेखि ३० बर्षको छ’ । कोरोना युवा बर्गमा सर्न सुरु गरेको स्विकार गर्दै गभर्नर ग्रेग एबोटले पनि राज्यका कतिपय काउन्टीमा संक्रमण अधिकांश युवा जमातमा बढेको  बताएका छँ ।

    अमेरिकामा २ देखि ३ महिना पछि अर्थतन्त्र खुल्ला गरिएसंगै २३ वटा राज्यहरुमा  संक्रमितको संख्या बढ्दै गएको जोन हप्किन्स युनिभर्सिटीको आँकडाले नजाएको छ । संक्रमण दरमा ब्यापक बृद्धि भएका राज्यहरु मध्ये पनि टेक्सस फ्लोरिडामा हरेक हप्ता ५० प्रतिशतको दरमा संक्रमित थपिएका छन् । अमेरिकाकै पहिलो ईपिसेन्टर न्युयोर्कमा भने कोरोना संक्रमितको संख्या लगातार घट्दै गएको शुक्रबार गभर्नर कुमोले बताए ।

  • इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    अन्तर्वार्ता: 

    नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा र सहयोगी भावाना भएकी तारा धामी परिवारद्वारा स्थापना गरिएको “तारा-किशन फाउण्डेसन”की अध्यक्ष पनि हुन् । श्री तारा धामीले सोही संस्था मार्फ़त काठमाडौं र धनगढीमा गरि ५ बिध्यार्थीलाई सहयोग गरिरहेकी छिन् । नेपालको सुदूरपश्चिमबाट न्युयोर्कलाई कर्मथलो बनाई रहेकी धामीले नेपाली कम्युनिटीद्वारा न्युयोर्कमा निर्माण भइरहेको दुर्गा मन्दिरलाई पनि रिजउड सोसाइटीका बर्तमान अध्यक्ष मार्फत आर्थिक सहयोग गरेको रसिद देखाउदै भन्छिन्; ‘दुर्गा माताले गर्दा पनि होला हामी नजिक कोरोना आउन नसकेको’ । उसो त पहिलो पटक न्युयोर्कमा मनाइएको गो:रा पर्वका अगुवा तथा चाडपर्ब र नेपाली नारीहरूको महान तीजपर्वमा आफ्नो गच्छेनुसार सहयोग गरेको सम्झना दिलाउंछिन् । उनै समाजसेवी तारा धामीसंग विश्व सन्देशका योगेश आदीले गरेको छोटो वार्तालाप ।

    तँपाइले न्युयोर्कलाई  कहिलेदेखि कर्मथलो बनाउनु भयो ? नेपालदेखि यो बिसाल सहरसम्मको भोगाई अनि अहिले नेपालको कोरोना महामारी लक्षित आर्थिक सहयोगमा जुटि रहनु भएको छ रहेछ । कसरी काम हुँदैछ ?

    – जन्म घर र बिहे गरेको घर दार्चुला हो, पछि काठमाडौंमा ५१ सालदेखि बस्दै आएकी थिएँ । अहिले छ बर्षदेखि न्युयोर्कको कुइन्स सहरमा छोरीहरु र श्रीमानसंग बस्छु । यहाँ पनि कोरोनाले भयाभित बनाएको छ, काम ठप्प छ तर पनि यो धनी मुलुक भएकोले घर घरमा चाहिएको सामान मगाउन सकिन्छ,  प्रत्येक नागरिकलाई पैसा र बेरोज़गारी रक़म सहित दिइरहेको हुनाले कसैले पनि यो बिशालदेशमा कुनै अपठ्यारो महसुस गरेको छैन । 

    हो ! हप्ता दिनसम्म काम गरेर साताको अन्तिम दिन पाउने तलबले बिदाको दिन पारेर क्लब, डिस्को डान्सहरूमा गएर  पुरै तलब सिध्याउने अमेरिकनको बानीले त्यस्ता मानिसलाई केही अपठ्यारो त हुन्छ होला तर हामी ज्यादातर नेपालीको बानी केही बचत गरौं भन्नेमा नै हुन्छ र नेपालीहरूले केही न केही रक़म सन्चित गरेको नै हुन्छ, यसकारण पनि नेपालीहरूसंग पैसाको कमी हुदैन । धेरै जसो नेपालीहरूमा दयाको भावना हुन्छ, ती मनकारीहरू ग़रीब र असहायलाई सहयोग गर्न पाए हुने थियो भन्ने जमात पनि ठुलो छ |त्यो जमातलाई बिश्वास दिलाउन सक्नु पर्छ । मन रहेछ, चाहेपछि सकिंदो रहेछ । अरुले पनि मेरो काममा धेरै सहयोग पुर्याएका छन् ।

    तँपाइ लाई कसरी बिश्वास गर्ने त ? ती मनकारीहरूले दिएको राहत सम्बन्धित ठाउँमा पुग्छ भन्ने कुरा ? तपाई त अमेरिकामै हुनुहुन्छ ?

    –  हामीले संकलन गरिरहेको रक़म ब्यक्ति बिशेषको लागि होइन, कोरोनाको निहुंले भारतमा रोजीरोटी गरिरहेका हजारौं नेपाली दाजुभाइ र तिनका लाला-बालाहरू नेपालको नाकामा कस्टकर जीवन बिताइ रहेका छन् । कोरोनाको परिक्षण गर्ने साधनको अभावले परिक्षण गर्न ढिलाई भइरहेको प्रत्यक्ष जनसरोकार वालाहरूसंगको सम्बन्ध भएकोले र नेपालमा आफ्नै निजी खर्चले चलाई रहेको सामाजिक अभियन्ता, समाजसेवी चौलानी पुस्तक भण्डार, पत्रकार महासंघ, रोटरी क्लब, तथा ह्युमिनिटि फाउण्डेसनले अमेरिकामा बसेका सुदुरपश्चिमेलीहरूलाई सहयोगको अनुरोध गरेका छौं । सुदुर पश्चिम समाजले समन्वयन गरी अमेरिकामा लामोसमयदेखि बसोबास गरिरहेका नेपालीहरूबाट सहयोग गर्ने परोपकारी मनहरूलाई समिटेर आफ्नो एकपटकको एक कप चिया कम गरेर सहयोग दिन रूचाउने दिदीबहिनीहरूको स्वेच्छाले सहयोग गरेको रक़म नेपालमा मानव सेवामा अहोरात्र खटिरहेको संस्था ह्युमिनिटि फाउण्डेसले गरिरहेको कार्यसंग सम्मन्वयन गरेर तथा प्रदेश सरकारको आखॉ नपुगेको ठाउँमा तुरन्त आवाश्यक्ता भएको क्षेत्रलाई रक़म र सामान सहयोग गरिने छ ।

    कहिलेदेखि कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छ ? 

    – मेरो कुनै योजना हुदैन, भइपरि आउने जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न मन पर्छ ।न्युयोर्कमा नेप्लिज सोसाइटीले बनाउन लागेको दुर्गा मन्दिरलाई सहयोग गरियो । धनगडी हस्पिटलमा गरिव परिवारको एकजनाले आफ्नो भएजतिको खेतबारी बेचेर एउटा खुट्टा काट्यो त्यसपछि दोस्रो खुट्टा पनि काट्यो । त्यसको लागि यहाँ साथीभाइबाट सहयोग संकलन गरेर थप रक़म मैले आफैले थपेर सहयोग गरें । बिभिन्न समयमा सुदूर पश्चिम होस् या काठमाडौं होस् वा नेपालको जुनसुकै ठाउंमा आएको समस्यामा आर्थिक वा जिन्सि सहयोग गर्दै आइरहेकी छु ।हुन त मलाई मेरो पसिनाले कमाईबाट राहत दिन रमाइलो लाग्छ तर यहाँ मनकारी साथीभाईहरूले त्यो देखेर हौसला दिदैं हातमा हात मिलाउनु हुन्छ । त्यसैले पनि झनै सहय‍ोग पुगेको छ ।

    घरपरिवारबाट कस्तो प्रतिकृया छ ? कसरी व्यवस्थापन भइराखेको छ ?

    – ठुलो कुरा भनेर इच्छाशक्ति रहेछ । श्रीमानले मेरो इच्छालाई कहिल्यै पनि नकार्नु भएन । उल्टै होसला दिएर जानेको ठाउँमा सिकाउने गर्नुहुन्छ । मेहेनत गरेर छोरीहरुलाई हुर्कायौं पढायौँ । अहिले त झन छोरीहरु पनि सिकाउँछन् । परिवारको सहयोग नहुँदो हो त म यसरी खटेर अगाडि बढ्ने कल्पना पनि गर्न सक्दैनथ्ये । 

  • जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

    जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

    न्युयोर्क

    अमेरिकाको न्युयोर्कस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको कारण पोषणयुक्त खानाको अभाब भएकालाई नि:शुल्क खाद्य सामग्री वितरण गरेको छ । न्युयोर्क सहरको क्विन्सबोरो प्रेसिडेन्ट शारोन लिसँगको सहकार्यमा फाउण्डेशनले निशुल्क खाद्य सामाग्री वितरण गरेको हो । मे १३ बुधबार फाउन्डेसनले न्युयोर्क कुईन्सस्थित आफ्नै कार्यालय अगाडि खाद्य सामाग्री बितरण गरेको हो । फर्स्ट कम फर्स्टको  आधारमा १५० जनालाई ६ फीटको दुरीमा लामबद्ध गराएर खाध्य सामाग्री बितरण गरिएको संस्थाद्वारा जारी प्रेस बिज्ञप्तीमा जानाईएको छ । फाउन्डेसनले बितरण गरेको खाद्य सामाग्री बिभिन्न्न ७ फरक फरक समुदायका मानिसले लिएको समेत बिज्ञप्तीमा जनाईएको छ । निसुल्क खाद्य सामाग्री बितरण  कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष सोमनाथ घिमिरेले निसुल्क खाद्य सामाग्रीको पहिलो बक्स हस्तान्तरण गरेर गरिएको थियो । खाध्य सामाग्री बितरणको साथमा एसेमब्ली मेम्बर माईकल डेनडेक्करद्वारा सहयोग प्राप्त २५ डलरको उबर ईटसका ५० वटा कुपन समेत                                                     बितरण गरिएको संस्थाले जनाएको छ । 

    फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवर्ण लामा,  सदस्य  छिरिङ्ग राप्के लामा,  सदस्यद्वय प्रेम पौडेल, सुर्य सीमखडा, कमला पन्त, नेजससअ-न्युयार्क का सचिव अनील पाण्डे र  प्रियंका थापा लगायतले स्वयम्सेवीको सकृया भूमिका निर्भाह गरेका थिए ।  

    यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमाे, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी काेषाध्यक्ष छाेन्जाेम लामा, नेवि सघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

    गीरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्सबोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्करलाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गरेको छ ।

  • चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

    चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

    न्युयोर्क

    हाल १८७ देशमा फैलिएको कोरोना भाईरस संक्रमण भएका बिभिन्न मानिसमा बिभिन्न प्रकृतिका लक्षण र बिभिन्न्न प्रकृतिका घटनाक्रम देखिने गरेको छ । अमेरिकाको क्यलिफोर्नियास्थित ५४ बर्षीय एक पुरुष ६४ दिनको अस्पतालको बसाई पछि कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाईरस संक्रमण पछि उपचारको लागि ग्रेग गार्फिल्ड अस्पातल भर्ना भएको ६४ दिन मध्ये ३१ दिन त उनी भेण्टिलेटर मै बसेका थिए भने चिकित्सकले उनको बाँच्ने सम्भाबना १ प्रतिशत रहेको बताएका थिए । गार्फिल्डको अस्पतालको उपचार रेकर्ड फाईलमा १ प्रतिशत मात्र बाँच्ने सम्भाबना भनेर जनाईएको छ । संक्रमण पछि गार्फिल्डको शरीरले कुनै काम गर्न सकेको थिएन रक्तचाप न्युन दिशा तर्फ झर्दै थियो ।म्रिगौलाले काम गर्न छाडेको थियो । हात खुट्टाको औंलाका रंग बद्लिएको थियो ।  ज्वरो यति धेरै थियो कि गार्फिल्डलाई आईसको पोको जस्तोमा राखिएको थियो ।  चिकित्सकले गार्फिल्डले कोरोनालाई जितेर फर्कनुलाई आहिले जादु भनेका छन् ।  

    लसएन्जलस शहरबाट १० माईल्स उत्तरमा रहेको प्रोबिडेन्स सेन्ट जोसेफ मेडिकल सेन्टरमा पहिलो कोरोना संक्रमित बिरामीका रुपमा भर्ना भएका गार्फिल्ड गत फेब्रुवरीमा ईटाली भ्रमणबाट फर्किएका थिए ।  

    गार्फिल्डले अहिले आफु यो कोरोना वास्तवमै कस्तो भाईरस हो र यस्ले केसम्म गर्छ ? भनेर मानिसहरुलाई चेतना दिने कुरामा केन्द्रित भएको बताएका छन् ।

  • अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

    अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

    न्युयोर्क

    संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन कि एक पाँच बर्षीय नाबालकले एक्लै गाडी चलाएर क्यालिफोर्निया जाँदै गरेको अनौठो घटनाको  समाचार बाहिरिएको छ । मे ४ तारिख सोमबारका दिन अन्दाजी पौने बाह्र बजे तिर युटाह् राज्यस्थित हाइवे प्रहरीले पाँच बर्षीय नाबालकलाई एक्लै हाइवेमा कुदिरहेको समयमा पुल ओभर (रोक्यो ) गर्‍यो । प्रहरीले गाडी रोक्दा ती नाबालकले हाइवे आई -१५ मा ३० माइल्स प्रति घण्टाको दरमा गाडी कुदाई रहेको युटाह् प्रहरीले आफ्नो ट्विटमा लेखेको छ ।  

    प्रहरीले ती बालकलाई गाडी चलाई रहँदा रोकेको समाचार सँस्था सिएनएनले सार्बजनिक गरेको भिडियोमा प्रहरीले नाबालकलाई कति बर्षको भयौ ? तिम्रो नाम के हो ? भनेर सोधिएको सुनिन्छ । प्रहरीले नाबालकलाई तिमीले कसरी र कहाँ गाडी चलाऊन सिकेको ? भनेर प्रश्न गरेको समेत सुनिएको छ । युटाह् प्रहरीका अनुसार ती नाबालकले आफुलाई लाम्बोर्गिनी गाडी किनेर चढ्न मन लागेको तर आमाले नमाने पछि आफुसँग भएको ३ डलर लिएर क्यालिफोर्नियामा ल्याम्बोर्गिनी गाडी किन्न हिंडेको जवाफ दिएका थिए । अमेरिकामा ल्याम्बोर्गिनी गाडीको सुरुवाती मुल्य २ लाख डलरबाट सुरु हुने गर्दछ ।

    नाबालकले गाडी चलाएका कारण कुनै पनि मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । नाबालकका माता पितालाई त्यसरी नाबालकलाई एक्लै गाडी चलाएर हिड्ने अवस्था सिर्जना गरेको कारण उनीहरु माथि अभियोग लगाउने वा नलागाउने स्थानीय अभियोजकलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।

  • अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)

    अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)

    अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ ।

  • अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

    अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

    न्यूयोर्क

    अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले  कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार ब्यवसायलाई महामारीको समयमा पेरोल प्रोटेक्सन प्लान (पि पि पि) ऋण दिने अधिकार प्राप्त भएको हो । पि पि पि ऋणको लागि अब नेपाली ब्यवसायीले एभरेस्ट फेडरल  क्रेडिट युनियनको सदश्यता लिएर ऋणको लागि तत्काल नै आबेदन दिन सक्ने भएका छन् । एभरेस्टबाट प्राप्त गरिने पि पि पि ऋण अनुदान वा १ प्रतिशतको न्युन ब्याजदरमा उपलब्ध गराईने छ ।
    ऋण लिन ईच्छक ब्यक्तिले [email protected]  मा संपर्क गर्नु पर्दछ । थप जानकारीको लागि www.everestfcu.org अथवा  www.sba.gov हेर्नु होला ।

  • कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    न्युयोर्क

    सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना कै कारण जीवन गुमाई सकेका छन् । प्रवासमा बसोबास गर्ने नेपाली जनसंख्याको ठुलो हिस्सा पनि यही महामारीका कारण त्रास र पिडादायी अवस्थामा बाँच्न वाध्य छन् । पछिल्लो समय कोरोना केन्द्र बिन्दुको रुपमा उदाएको न्युयोर्क सहरमा बसोबास गर्दै आएको नेपालीको ठुलो हिस्सा पनि त्यतिकै प्रभावित हुन पुगेको छ । 

    महामारीको समयमा भाईरस संक्रमित हुनु एवम् रोग लाग्नुलाई अस्वाभाविक मानिदैन तर रोग लागेर पनि अन्धविश्वासी भई रहनु चाँहि अहिले प्रबासमा ठुलो चुनौती बनेको छ । अधिकांश संक्रमित सुरुमा देखिने कोरोनाको लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नुलाई कोरोना भनेर सहस्र स्विकार गर्दैनन् । धेरै चिसो खाएको कारणले खोकी लागेको, राती निन्द्रा नपुगेर टाऊको दुखेको, चिल्लो पिरो खाएर घाँटी दुखेको, टाईफाईडको ज्वरो आएको आदी भन्दै संक्रमणको लक्षण देखिएको १० औं दिनसम्म पनि अधिकांश नेपालीहरु त्यतिकै घरमा बस्ने समस्या देखिएको दृष्टान्त न्युयोर्कमा लामो समयदेखि नर्सिङ पेसामा आबद्ध निमा शेर्पा आफ्नो अनुभव सुनाउँछिन् । नेपालमा सोलुखुम्बु घर भएकी निमा स्वयम् कोरोना संक्रमणलाई जितेर स्वस्थ भएकी हुन् । कोरोना संक्रमणबाट सिंगो परिवार संक्रमित भएर स्वस्थ भए यता निमा न्युयोर्कस्थित नेपाली समुदायमा संक्रमित ब्यक्तिहरुलाई कोरोनासँग जितेर फर्काउनको लागि लगातार खटिरहेकी छिन् ।  

    निमा आफु मात्र होईन आफ्नो पति र दुई बच्चा समेत संक्रमित भई दुई हप्ता कोरोनासँगको युद्ध जितेर आएपछि आफू झनै शक्तिशाली भएको महसुस गर्छिन् । तर अहिले एपिसेन्टर न्युयोर्कमा हरेक दिन आउने नेपालीको मृत्‍युको खबरले भने उनलाई निकै बिचलित बनाएको छ । निमाले आफू सञ्चो भएर न्युयोर्कको नेपाली समुदायका बिरामीहरुलाई उपचार, सल्लाह र सहयोग गर्न थालेको झन्डै २ हप्ता हुन लाग्यो । तर दुई दिन अगाडि मात्र न्युयोर्कमा मृत्‍यु भएका पवन मल्लको खबरले त झनै बिचलित बनाएको बताउँदै निमा भन्छिन् “त्यो मल्ल भाई यही उड साईडमा बस्ने मान्छे रहेछन् म पनि यँही उड साईडमा बस्छु । उनी बिरामी भएको समयमा यदि राम्रो चिकित्सकको उपचार नपाए पनि मसँग मात्र संपर्कमा आएको भए मैले धेरै नै मद्दत गर्न सक्ने थिए तर अब समय बितिसक्यो पश्चाताप गर्नुको बिकल्प छैन । तर पनि यो घटनाले निकै दिक्क लागेको छ” । १४ बर्षदेखि अमेरिकास्थित नर्सिङ पेसामा सेवारत निमा बिगत ४ बर्षदेखि प्रख्यात माउन्ट साइनाई हेल्थ सिस्टम न्युयोर्कमा कार्यरत छिन् । निमा आफु भित्र कोरोना संक्रमित नेपालीलाई रोगबाट उन्मुक्तीको लागि सहयोग गर्ने हुटहुटी बढेको बताउँदै भन्छिन् “महामारीको समय छ चिकित्सकहरु धेरै ब्यस्त छन् ।  अस्पातलहरु भरिभराउ छन् । बिरामीहरु आत्तिने गर्दछन् । कोसँग सल्लाह लिने ?कस्लाई सोध्ने ? भन्ने कुराको आन्योल छ त्यसैले यस्तो समयमा मलाई २४ घण्टा नै संपर्क गरेपनि मैले जानेको बुझेको सहयोग गर्ने थिए” ।

    हाल न्युयोर्कमा ५ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भएर आफ्नो निवासमा स्वास्थ लाभ गरिरहेको र झन्डै ५० जना अस्पातलमा उपचार गरिरहेको अनुमानित आँकडा छ । जुन आँकडाको अधिकारिक पुष्टि भने छैन ।  

    कोरोना संक्रमणले मान्छेको शरिर मात्र कमजोर नबनाई यस्ले आत्मबल समेत कमजोर बनाउने हुँदा यस्तो अवस्थामा बिरामीसँग स्वास्थ क्षेत्रको अलिकति  अनुभवी ब्यक्तीको सुझाबले निकै आत्मबल बढ्ने र बिरामीको ज्यान नै जोगिने निमाको अनुभव छ । सही काउन्सेलिङ नहुँदा थुप्रै नेपाली बिरामीले अहिले नेपालबाट ल्याएको औषधी र अमेरिकाकै फार्मेसीको काउन्टरमा किनेको औषधी दुईवटा नै खाने गरेको आफूले भेटेको निमा सुनाउँदै भन्छिन् – “थुप्रै नेपाली दाजूभाईले नेपालबाट ल्याएको औषधी र अमेरिकामा किनेको औषधी दुई थरी नै खाने गरेका छन् । उनीहरुले नेपालको औषधी र अमेरिकाको औषधीको नाम फरक देखेको कारण दुई वटा नै खान्छन् तर औषधीमा भएको केमिकल एउटै भएर डलब डोज औषधी खाएर थप बिरामी हुँदै गएको अवस्था छ” ।  

    अन्त्यमा निमा भन्छिन्; “अरु समय कम्युनिटीको साथ आवस्यक नहुन सक्छ तर यस्तो अवस्थामा नेपाली समुदाय एक भएर कानूनी कागजात भएका/नभएका, जात धर्म र समुदाय मतलब नगरि कोरोनासँग बिजय प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । त्यसैले खानु पर्ने औषधी नखाएर नखानु पर्ने औषधी खाएर थुप्रै मान्छे थप रोगी हुनबाट र मृत्‍यु हुनबाट  जोगाउने लगायत बिरामीलाई आत्मबल दिने काम महत्वपूर्ण भएको छ । यसर्थ मलाई जुनसुकै बेला इमेल मार्फत सम्पर्क गरि आफ्नो समस्या र फोन नम्बर छोडेमा फेसटाईम र भिडियो कलबाट समेत म सहयोग गर्दछु । संकोच नमान्नु होला । मेरो इमेल : [email protected] हो” ।

    (विश्वन्युज र विश्व सन्देश साप्ताहिकको लागि बिजय राम पौडेलसँगको कुराकानीमा आधारित )

  • १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

    १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

    अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार महिनाका लागि साताकाे छ सय डलर बेरोजगार बीमा बापत पाउनेछन् । उक्त बीमा रकम अप्रिल चार तारिख पछिको साताबाट वितरण सुरु हुँदैछ । उक्त रकम लिन पुर्याउनु पर्ने प्रकृयाबारे न्यूयोर्कमा ट्याक्स राजा एसोसिएट्स एलएलसी सञ्चालन गरि रहेका सिपिए विराज रिजालसँग विश्व न्यूजले गरेको कुराकानी ।

     

    जसले पहिले देखिनै वेरोजगार बीमा (भत्ता) लिइ रहेका थिए, उनीहरुले नयाँ सुविधा कसरी पाउन सक्छन्?

    हरेक राज्यले डब्लुटु फर्ममा काम गर्ने कामदारको लागि बेरोजगार बीमाको व्यवस्था गरेको छ । कुनै रोजगार व्यक्तिको प्रत्येक ‘पे चेक’ बापत सम्बन्धित रोजगारदाता कम्पनीले बेरोजगार बीमा बापतको प्रिमियम बुझाएको हुन्छ । त्यही प्रिमियमबापत कुनै ब्यक्तिले रोजगारी गुमाए २६ सातासम्म साप्ताहिक कमाइको ४० प्रतिशत रकम बेरोजगार बीमाको रुपमा पाउँछ । यस्तो बीमा लिने व्यक्तिले हरेक साता आफु बेरोजगार रहेको जानकारी आफ्नो राज्यको श्रम विभागलाई उपलब्ध गराइ रहनु पर्छ । नयाँ काम खोज्नका लागि यो २६ साताको अवधि दिइएको हो । त्यस अघिनै काम पाए बीमा बापतको रकम आउन छोड्छ । अहिले कोरोना भाइरस प्रभावितका लागि साताको थप छ सय डलर दिने गरि बेरोजगार बीमा कार्यक्रम बिस्तार गरिएको छ । संसदले प्रतिघण्टा १५ का दरले कुनै व्यक्तिले फूल टाइम  (४० घण्टा) काम गर्दा सातामा छ सय डलरसम्म कमाउँछ भन्ने आँकलनका आधारमा उक्त रकम तय गरेको हो । जसले यो प्याकेज आउनु अगावै देखि आफ्नो राज्यबाट बेरोजगारी बीमा लिइ रहेका थिए उनीहरुले थप रकम लिन कुनै अतिरिक्त प्रकृया पुरा गरि रहनु पर्दैन । जसले भाइरस संक्रमणकै कारण रोजगारी गुमाए उनीहरुले भने आफ्नो साप्ताहिक डब्लुटु आर्जनको जानकारी सहित राज्यको श्रम बिमागमा बेरोजगारी फारम भरेपछि राज्यले दिन न्यूनतम बेरोजगारी बीमा र कोरोना भाइरस स्टिमुलेसन प्याकेज अन्तर्गतको छ सय डलर साप्ताहिक रुपमा पाउनेछन् । बेरोजगारी बीमा उपलब्ध गराउनु अघि श्रम बिभागले रोजगारदातालाई सम्बन्धित कामदारले जागिर गुमाए नगुमाएको पुष्टिका लागि पत्राचार गर्छ । रोजगारदाताले पुष्टि गरिदिएपछि बीमा रकम उपलब्ध गराउन सुरु हुन्छ ।

     

    कन्ट्र्याक्ट (१०९९) मा काम गर्नेहरुले पनि आयकै आधारमा रोजगारी बीमा बापतको रकम पाउने हुन् ?

    कन्ट्र्याक्ट (१०९९) मा काम गरेबापत बेरोजगारी बीमा कार्यक्रममा कुनै योगदान दिइएको हुँदैन । त्यसैले कन्ट्र्याक्टमा काम गर्नेलाई यसअघि बेरोजगारी बीमा उपलब्ध हुँदैन थियो । अहिले बिषेश परिस्थितको कारण कन्ट्र्याक्टमा काम गर्ने वा ‘सेल्फ इम्प्लोइमेन्ट’ मा रहेकाहरुले पनि बेरोजगार बीमा पाउने व्यवस्था कोरोना भाइरस स्टिमुलेसन प्याकेजले गरेको छ । जस्तो न्यूयोर्कको सन्दर्भमा कन्ट्र्याक्टमा काम गर्नेहरुले राज्यको श्रम बिभागमा बेरोजगार भएको फर्म भरेपछि वेवसाइटमा एउटा फोन नम्बर उपलब्ध हुन्छ । त्यसमा फोन गरेर पुष्टि गरेपछि आफु उक्त सुविधाका लागि योग्य भइन्छ । प्रत्येक राज्यले आफ्नै शैलीले यसको व्यवस्था मिलाएका हुन्छन् । सबैको न्यूयोर्क जस्तै नहुन सक्छ । कन्ट्र्याक्टमा काम गर्नेले आफ्नो आयका आधारमा होइन सिधा साताको छ सय डलर मात्र पाउने व्यवस्था रहेको छ ।

     

    कन्ट्र्याक्ट र डब्लुटु दुई तिर काम गर्नेको आय चाहिँ कसरी गणना हुन्छ ?

    यसमा पनि डब्लुटुको आय गणना गरि चलि आएको बेरोजगारी बीमाको रकम निकालिन्छ र त्यसमा राहत प्याकेज बापतको छ सय डलर थप भएर आउँछ । कन्ट्र्याक्टमा काम गरेर आर्जन गरिएको आय बीमा रकम भुक्तानीमा गणना हुँदैन ।

     

    बेरोजगारी बीमा सरकारले दिने ‘फुड स्टाम्प’ जस्ता सार्वजनिक राहत (पब्लिक चार्ज)मा पर्छ कि पर्दैन?

    परम्परागत रुपमा रोजगारी गुमाउनेलाई २६ सातासम्म दिइँदै आएको बेरोजगारी बीमा योगदानमा आधारित भएका कारण पब्लिक चार्जमा पर्दैन थियो । तर, अहिले सरकारले स्टिमुलेसन प्याकेज अन्तर्गत सबै क्षेत्रका बेरोजगारलाई दिने भनेको साप्ताहिक छ सय डलरबारे भने केही प्रष्ट भनिएको छैन । तर, यो आयलाई बार्षिक आम्दानीमा समावेश गरि कर विवरणमा देखाउनु पर्ने र कर समेत लाग्ने भएको कारण पब्लिक चार्जमा समेटिन्न भन्ने बुझाइ रहेको छ ।

     

    कोरोना भाइरस प्रभावितका लागि ल्याइएको बेरोजगारी बीमा कहिले देखि उपलब्ध हुने हो?

    यो रकम अप्रिल ४ पछिको साताबाट उपलब्ध गराउने भनिएको छ । अर्थात आगामी साताबाट यो रकम बेरोजगारको खातामा जानुपर्ने हुन्छ । तर, बेरोजगारी फाराम भर्नेको अत्यधिक चापका कारण कतिपय राज्यले कार्यान्वयनमा समय लाग्ने समेत बताएका छन् ।

     

    न्यूयोर्कमा कन्ट्र्याक्टमा काम गर्ने धेरैले श्रम बिभागमा बेरोजगारी फारामनै भर्न सकेका छैनन्, उनीहरुले राहत पाउने ढिला हुने हो?

    न्यूयोर्कमा कन्ट्र्याक्टमा काम गर्नेहरुले बेरोजगारी फारम भरेपछि राज्यको श्रम विभागले दिएको टेलिफोनमा कुरा गर्न नसकेको गुनासो ब्याप्त छ । अत्यधिक चापका कारण यस्तो भएको हो । राज्यले आफ्नो नामका आधारमा फाराम भर्न एवं टेलीफोन गर्न बार तोकि दिएको छ । उक्त दिन राज्यको श्रम विभागको साइटमा गएर फाराम भर्नुपर्ने हुन्छ । डब्लुटु एवं १०९९ सबैमा काम गर्नेले भर्ने फाराम एउटै हो । कामको प्रकृति अनुसार फारामको विवरण मात्र फरक पर्छ । त्यसपछि आफुलाई तोकेकै दिनमा फोनमा प्रयास गर्नुपर्छ । फोन लागेन भने पनि आफुले प्रयास गरेको प्रमाण राख्न उपयुक्त हुन्छ । त्यसो भएमा आफुलाई बीमा रकम आउन ढिला भयो भने समयमै प्रयास गरेको जानकारी दिएर दावी गर्न सकिन्छ ।

    (तश्वीर: दिपिका श्रेष्ठ/पडकाष्ट एट द इन्ड अफ द डे डट कम)

     

  • न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी

    न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लगाउने भनेको अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटेका छन् । ह्वाइट हाउस स्थित कोरोना भाइरस टास्कफोर्सको सुझाव एवं सम्बन्धित राज्यका गभर्नरहरुसँगको परापर्श पछि उक्त निर्णयमा पुगेको ट्रम्पले ट्विट मार्फत जनाएका हुन् ।

    ट्रम्पको उक्त निर्णय पश्चात सेन्ट्रल अफ डिजिज कन्ट्रोल (सिडिसी) तीन राज्यका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । जस अनुसार तीन राज्यका नागरिकहरुलाई अत्यावश्यक बिना आगामी दुई साता देशका अन्य भेगमा भ्रमणका लागि ननिस्किन अनुरोध गरिएको छ । यो ट्राभल एड्भाइजरी ट्रक मार्फत ढुवानी, वित्तिय सेवा, खाना ढुवानी लगायत बिभिन्न अत्यावश्यक क्षेत्रमा काम गर्ने कम्पनीका कर्मचारीको हकमा लागु नहुने पनि सिडिसीले प्रष्ट पारेको छ । ट्रम्पले शनिबार साँझ गरेको ट्विटमा सिडिसीले जारी गरेको ट्राभल एड्भाइजरी कार्यान्वयनका लागि सम्बन्धित राज्य सरकारले अनुगमन गर्ने उल्लेख गरेका थिए ।

    शनिबार बिहान पत्रकारहरुसँग बोल्दै ट्रम्पले आफ्नो सम्भावित कदमको जानकारी गराएका थिए । ‘केही मान्छेहरुले न्यूयोर्क भाइरसको हटस्पट रहेका कारण क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन्, ट्रम्पले भनेका थिए , न्यूयोर्क सहित न्यू जर्सी र कनेक्टीकटका केही भेगका लागि उक्त घोषणा हुन सक्छ ।’

    तर, न्यूयोर्क गभर्नर एन्ड्रु कुम्मो ट्रम्पको यो तयारीसँग सहमत थिएनन् । शनिबार बिहान पत्रकार सम्मेलनमा आफुलाई यसबारे जानकारी नभएको समेत कुम्मोले बताएका थिए ।

    साथै उनी सुरु देखिनै नागरिकलाई हिँडडुलमै बन्देज लगाउने गरी ‘क्वारेन्टाइन’ आदेशको बिपक्षमा थिन् । पत्रकारहरुको प्रश्नमा ट्रम्पलाई पनि उक्त आदेश जारी गर्ने कानूनी अधिकार नभएको कुम्मोले बताएका थिए । अहिले घोषित ‘सोसल डिष्टेन्स’ र ‘स्टे एट होम’ आदेशकै निरन्तरताले नागरिकको न्यूनतम मौलिक हक पनि हनन नहुने र भाइरस विस्तार पनि घटि रहेको उनको ठम्याइ छ ।

    अमेरिकामा घरबाट निस्किन नपाउने बाध्यकारी नियम लागु गर्न सरकारलाई तुलनात्मक रुपमा कठिन नै पर्छ । संविधानले नै नागरिकको न्यूनतम हक खोस्न बन्देज लगाएका कारण लोकतान्त्रिक विधीबाटै समाधान खोज्नु पर्नेमा अधिकांश जनप्रतिनिधीको मत रहँदै आएको छ ।

    अमेरिकामा शनिबार साँझसम्म दुई हजार बढिले ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या सवा लाख पुग्न लागेको छ । दैनिक २० हजार हाराहारी नयाँ रोगी थपिइ रहेका छन् भने मृतकको संख्या तीन दिनमा दोब्बर भइ रहेको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ५२ हजार संक्रमित छन् भने सात सय बढिले ज्यान गुमाइ सकेका छन् । दोस्रो स्थानमा रहेको न्यू जर्सीमा ११ हजार बढि संक्रमित छन् भने १४० को मृत्यु भइ सकेको छ । अझै पनि केन्द्र सरकारले चाहिएजति स्वास्थ्य उपकरण उपलब्ध गराउन नसकेको गुनासो राज्य एवं स्थानीय सरकारहरुले गर्दै आएका छन् । सुरुमा कोरोना भाइसरले अमेरिकालाई असर नपर्ने दावी गर्दै आएको राष्ट्रपति ट्रम्प प्रशासन अहिले गम्भिर देखिए पनि रोगको प्रसार कम भएको छैन ।

  • एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी  बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी  रिलिफ प्याकेज”

    एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”

    न्यूयोर्क

    अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ ।  बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन  हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा ल्याएको हो । नयाँ प्याकेज अन्तर्गत प्रति सदश्य जम्मा २ हजार अमेरिकी डलरसम्म एक महिनाको लागि बिना ब्याजी ऋण सरल ढंगले उपलब्ध गराईने छ । क्रेडिट युनियनको यो प्याकेज अमेरिकी संघीय सरकारको आफ्नै आर्थिक प्याकेज प्राप्त नहुँदासम्मका लागि नेपाली समुदायका सदश्यहरुलाई सहयोग पुगोस भनेर कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज डिजायन गरिएको अध्यक्ष डिल्ली भट्टले बताए ।

    एक महिनाको लागि उपलब्ध गराईने बिना ब्याजी ऋण यदि समय सिमा भित्र चुक्ता गर्न असफल भएका उक्त ऋण त्यसपछि १२ प्रतिशत ब्याजदरमा रुपान्तरण गरी मासिक किस्ता १ सय २१ डलर ९६ सेन्ट तिर्दै १८ महिनामा चुक्ता गर्न सकिने छ । “कोभिड -१९ रिलिफ प्याकेज संस्थाको सिमित श्रोत भित्रबाट बितरण गर्नुपर्ने भएको हुँदा अत्यावश्यक ब्यक्तिहरुले मात्र ऋण माग्नु भयो भने अझै सहयोग हुने थियो” भन्छन् मेनेजर – बिराज रिजाल । यो नयाँ प्याकेज एभरेस्ट फेडरल क्रेडिट युनियनको गभर्निङ् बडीको निर्णय अनुसार बजारमा ल्याईएको पनि बिराज रिजालले बताए ।

  • लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

    लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

    काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् ।

    मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ ।

    सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने बन्द नहुने सरकारले स्पष्ट पारेको छ । सरकारले कोरोना संक्रमण विरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भन्दै ‘लकडाउन’ घोषणा गरेको हो ।

    लकडाउनको समिक्षा आजै सरकारले गर्दैछ । पहिलो दिन केही मानिसबाहेक धेरैजसो मानिसले लकडाउनको पूर्ण पालना गरेका छन् ।

    मंगलबार बहिना भने केही मानिस राजधानी र जिल्लाहरुमा समेत बाहिर निस्किएका थिए । सरकारले लकडाउन पूर्ण पालना गर्नासाथ धेरैजसो समस्या हल हुने भन्दै त्यसका लागि आह्वान समेत गरेको छ ।

    सामान्यतया लकडाउन कुनै आन्दोलन दवाउन भन्दा पनि एक राष्ट्रिय अभियान भएकाले जनताबाट पूर्ण पाला हुनेमा सरकारको विश्वास रहेको छ ।

  • एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन

    एकजनालाई अनुकूल हुने गरी प्रदेश राजधानी हुँदैन

    अष्टलक्ष्मी शाक्य
    नेता, नेकपा

    अष्टलक्ष्मी शाक्य नेकपाको नेता हुन् । पूर्वमन्त्रीसमेत रहेकी शाक्यको पछिल्लो समय सक्रियता निकै घटेको छ । अहिले शाक्यको जिम्मेवारी प्रदेश तीनको सांसदको मात्र रहेको छ । त्यसले पनि उनको सक्रियता घटेको होला भन्ने अनुमान धेरैले गरेका छन् । वर्तमान सरकारको गतिविधि, काम गर्ने शैली लगायतका बारेमा शाक्यको धारणा के छ त ? मोहन बास्तोलाले गरेको कुराकानी—

    तपाईं त पूर्वमन्त्री पनि , अहिले देशमा दुई तिहाईको सरकार छ । सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?
    सरकार गठन भएको दुइ वर्ष पूरा भैसकेको छ । सरकारका काम–कारबाही कसरी अघि बढेका छन् भन्ने कुरा प्रधानमन्त्रीज्यूले पनि समीक्षा गर्नु भएकै होला । दुई तिहाईको सरकारबाट जनताले स्वाभाविकै रुपमा अपेक्षा बढी नै गर्ने नै भए । त्यसैले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन, समृद्धि र विकासको नारा लगाइरहँदा त्यो अनुसार काम गर्न सक्यौं कि सकेनौं भनेर स्वंय सरकारले आफैं पनि समीक्षा गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । यो कुराको पार्टीको संस्थागत तहले पनि वस्तुनिष्ट समीक्षा गर्नुपर्छ । धेरै आलोचना भएपछि उतिबेलै पार्टीको बैठक डाँकेर सरकारको कामको छुट्टै समीक्षा गरिनुपर्छ भनेर माग पनि हामीले राखेकै हो ।

    तपाईंले यसो भन्दै गर्दा प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल हेरफेर गर्नुभएको छ । यो सन्दर्भलाई चाहिँ कसरी लिनुहुन्छ ?
    यो सन्दर्भमा कार्यसम्पादन मूल्याङ्कन नै कस्तो बन्यो भनेर त्यहाँबाट समीक्षाको थालनी गरिनुपर्छ । जनताले राम्रो ढंगले काम गरिरहेका भनेर स्यावासी दिएकाहरु हटेका छन् भने केही यथावतै रहेका छन् । सही आधारले कार्यसम्पादन मूल्याङ्कन भएन नि भन्ने प्रश्न पनि उठेको छ । भन्दा तीतो लाग्ला तर म भन्छु हाम्रो दिमाग अब गुटबन्दीबाट ठ्याक्कै मुक्त हुनुपर्छ । अब पनि संकिर्ण विचारबाट, गुटबन्दीको सोचबाट, शैलीबाट चल्ने हो भने यत्रो पार्टीलाई सिङ्गो रुपबाट परिचालन हुन सक्दैन । तर अहिले पनि त्यो संकीर्णताबाट मुक्त हुन सकेको पाइँदैन ।
    अहिले जुन ढंगले मन्त्रीमण्डल फेरवदल भयो यो पनि पुरुषबादी सोचबाटै बढी आवी भयो भन्ने लाग्छ । संविधानले हामीलाई एक तिहाई महिला सबै ठाँउमा पु¥याउनुपर्छ भन्छ । यो सबै राजनीतिक दलहरुले संयुक्त प्रतिबद्धतासहित संविधानमै भनेको कुरा हो । यसलाई पनि आत्म सात गर्न नसक्ने भनेपछि त नेतृत्वको सोचाइहरु कति कमजोर रहेछ भन्ने प्रमाणित हुन्छ ।

    उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । त्यो परिणामले त नेकपा कमजोर भयो भन्ने प्रमाणित गर्छ नि होइन ?
    यो उपनिर्वाचनको समग्र परिणाम हेर्ने हो भने नेकपाको पहिलेको स्थितिबाट घटेको र सरकालाई खासै असर पारेको भन्ने होइन । किनकी हामी पहिले हारेको ठाँउमा पनि अहिले जितेका छौं । त्यसैले हामीले यसलाई समग्र रुपबाट हेर्नुपर्छ । हारेको ठाउँको मात्र मूल्याङ्कन गरेर हुँदैन । त्यसरी हेर्दा नेकपा आत्तिहाल्नु पर्दैन । सबै ठाँउमा जित्न पाएको भए त राम्रै हुन्थ्यो । त्यो सम्भव भएन । तर, हामीले समग्र मूल्याङ्कनसहित छलफल गरिरहँदा भक्तपुर हामीले जित्छौं नै भन्ने आँकलन थियो । तर सुरुवाती दिनमा उम्मेदवार छनौटमै सचिवालयले निर्णय गरिरहँदा केही असन्तुष्टीहरु व्यक्त भयो । यसले केही नकारात्मक सन्देश गयो । दोस्रो कारण अन्तिम अवस्थामा आएर नेमकिपा, राप्रपा लगायत अन्य सबै शक्ति एक ठाउँमा हामीविरुद्ध एकताबद्ध भए । यसले पनि हामीलाई केही बेफाइदा भयो । तलतिर अलि गहन ढंगले सल्लाह गर्ने चलन पनि अचेल टुटेको छ । माथिबाट जे विश्लेषण गर्न मन लाग्यो त्यही गर्ने, तलका प्रदेश र स्थानीयलाई के हो त ? भनी सोधपुछ समेत नगर्ने चलन हावी भएको छ । त्यसले पनि केही प्रभाव पा¥यो भन्ने लाग्छ ।

    यो उपनिर्वाचनको परिणाम लामो समय संगठन निश्क्रिय बन्नुको परिणाम पनि हो भन्यो भने नि ?
    कमिटी निस्क्रिय पनि रह्यो । अर्को कुरा कमिटी निर्माणमा पनि हामी जान सकिरहेका थिएनौं । त्यसले गर्दा पार्टी पङंतिलाई जसरी परिचालित गर्नुपर्ने हो, जसरी कमिटी निर्माण गरेर योजनावद्ध ढंगले लानुपर्ने हो, त्यसरी काम हुन नसकेकै हो ।

    अब त पार्टी एकताले पनि पूर्णता भएको छ, पार्टी बलियो बन्ला भन्ने अपेक्षा गर्न सकिन्छ ?
    गति नआइ त सुखै छैन । गति आउनै पर्छ । हामीले लामो समयदेखि नै भनिराखेको हो की दुइवटा अध्यक्ष भइसकेपछि सबैलाई चलायमान बनाउनका लागि कामको जिम्मेवारी महत्वपूर्ण हुन्छ । संगठनात्मक क्षेत्रमा, परिचालनको क्षेत्रमा काम विभाजन भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हो । लामो समय हामी यो काममा चुक्यौं । पछि आएर बल्ल–बल्ल एक व्यक्ति एक पदको कुरा आयो । अहिले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएको अवस्थामा पनि हुनुहुन्छ । उहाँलाई नै यतिबेला सबै जिम्मेवारी दिएर गर्न सक्ने स्थिति पनि त छैन नि । यही कारणहरुले पार्टी निस्क्रिय बन्ने, नोक्सान हुने स्थिति अवश्य बन्छ । त्यही बुझेर सचिवालयले अर्को अध्यक्षलाई पार्टीको समग्र जिम्मा र र्को अध्यक्षले सरकार हेर्ने भनेर तोकेको छ । त्यो सकारात्मक नै भएको छ । यही स्पिरिटमा पार्टी अब अगाडि बढ्नुपर्छ । सचिवालय खासमा कमिटी नै होइन । मूल कमिटी भनेको त स्थायी कमिटी, केन्द्रीय कमिटी हो । त्यसका बैठकहरु ठप्प भइरहेको छ । चलायमान पटक्कै छैन । सम्पूर्ण शक्ति निस्क्रिय अवस्थामा पुगिसकेको जस्तो देखिनछ । यत्रो पार्टी छ, तर स्थायी समिति सदस्यले हाम्रो जिम्मेवारी के भनेर खोज्नुपर्ने ? केन्द्रीय कमिटी बैठक जम्मा एक चोटी भयो । सबै कुरा सचिवालयको तजविजमा गरिएको छ । ९ जना बसेपछि सवैथोक गर्न सकिन्छ जस्तो । सिस्टम त्यो होइन । सिङ्गो पार्टी परिचालनमा, निर्माणमा त्यस्तो तरिका हुँदै होइन, हुनु पनि हुन्न ।

    तपाईं प्रदेश तीनको सांसद पनि हुनुहुन्छ सरकार र पार्टीबीच कतिको समन्वय भएको छ ?
    प्रयासमा छौं । पार्टीको ३ नं प्रदेश कमिटी बनिकेपछि हामीले बेला बेलामा बैठक डाक्ने गरेका छौं । मुख्य मन्त्री, मन्त्रीहरु सहितको दलको बैठक नियमित जसो डाकिरहँदा सुझाव सल्लाह दिएकै छौं । निर्देशनहरु दिएकै छौं ।

    प्रदेश तीनको राजधानीको नाम र स्थानले कहिलेसम्ममा पूर्णता पाउला भनी अपेक्षा गर्न सकिन्छ ?
    यो बारेमा अध्ययन भइसकेको छ । संभावित ठाँउबारे पहिचान भएको छ । हामीले छिटौं गरौं भनेका छौं । धेरै गाह्रो भएको छ । राजधानी राख्ने कुरा कहाँ राखेपछि सबैलाई पायक हुन्छ भन्ने पनि हेर्नुपर्छ । यसको भौगोलिक अवस्थिति तथा सबै कुरा हेरेर प्रदेश सभाले तोक्छ । एकजना कसैलाई अनुकूल भयो भन्दैमा त्यही जिल्लामा लानुपर्छ भन्ने कुरा होइन ।

    वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भन्ने कुरा अहिले के भयो ?
    त्यहाँ भित्र के के कुरा भयो, त्यो त हामीलाई पनि थाहा हुने कुरा भएन । तर एकत उपाध्यक्ष भन्ने पद विधानमा नै छैन । हामी वामदेव कमरेड लगायत, भिम रावल, युवराज ज्ञवाली र म चुनावबाटै जितेर आएका हौं । तर एकिकरणको दौरानमा त्याग गरेकै हो । त्यो ठुलो कुरा भएन । नेकपा बन्ने कुरा ठुलो हो, हाम्रो पद गौण हो भनेर हामीले ठुलो कम्युनिष्ट पार्टी बन्ने लालशामा आफ्नो पुरानो पद छोडेको हो । कतिपय कुरा त विधानमै नभएको काम पनि राजीतिक समझदारीमा भइरहेको पनि पाइन्छ । यही कुरा पनि सचिवालयले मात्र गर्नै सक्दैन । वामदेव कमरेड उपाध्यक्ष राखिनुपर्छ भनिरहँदा युवराज, अष्ट र भीम रावल किन नहुने भनेर नेता कार्यकर्ताले त प्रश्न उठाएका छन् नी । अर्को कुरा ९ जना पुरुष नै पुरुष भयो, यसले लैगिक सन्तुलन भएन भनेर कुरा त उठिरहेकै छ नी । त्यसलाई आधार बनाएर केही महिला सदस्य बनाउन नसकिने होइन । त्यतातिर त उहाँहरुको सोच नै भएन ।

  • मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।

    मेरो जितले काँग्रेस मात्तिनु र नेकपा आत्तिनु पर्दैन ।

    कृष्णलाल भँडेल
    नवनिर्वाचित प्रदेश सांसद
    क्षेत्र नम्बर १ (क), भक्तपुर

    देशभरिका १ प्रतिनिधि सभा, ३ प्रदेश सभा, १ उपमहानगर, ४ गाउँपलिका र ४३ वडा अध्यक्षका लागि भएको चुनावमा पहिलो स्थान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हात पारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो स्थान पक्का गरेको छ । यी दुई दलबीच प्रतिष्पर्धा मात्र होइन सिट खोसाखोस पनि भएको छ । कांग्रेसले नेकपाबाट एक प्रदेशसभा र एक उपमहानगरपालिका खोस्न सफल भएको छ । अघिल्लो निर्वाचनमा नेकपाले जितेको भक्तपुर प्रदेशसभा काँग्रेसको पोल्टामा परेको छ भने धरान उपमहानगरपालिका पनि नेकपाबाट खोसेर काँग्रेसले कब्जा गरेको छ । इतिहासदेखि नै एकक्षत्र जित्दै आएको धरान उपमहानगरको नेतृत्व यो पटक नेकपाबाट फुत्किएको छ । एक प्रदेश र एक उपमहानगरमा नेकपाले हार व्यहोरे पनि कास्कीमा आफ्नो पुरानो ठाउँ सुरक्षित गरेको छ । दाङ र बागलुङमा पनि पहिला जितेका ठाउँ जोगाएको छ । यता गाउँपालिका तहमा भने नेकपाले अरूबाट सिट खोसेको छ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको छ । दुई वर्षअघिको चुनावमा त्यहाँ राष्ट्रिय जनता पार्टीले चुनाव जितेको थियो । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पनि नेकपाले जितेको छ । यो गाउँपालिका उसले नेपाली कांग्रेसबाट खोसेको हो ।
    नेकपाले एक गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसबाट आफ्नो पोल्टामा पारेको छ । हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्ष पहिला कांग्रेसले जितेको थियो । यसपालि नेकपाले जितेको छ । वडाअध्यक्षमा भने नेकपाले २०७४ को स्थानीय चुनावभन्दा २ सिट बढाएको छ । उसले कांग्रेसबाट सात वडाध्यक्ष खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफूतिर तानेको छ । यसरी हेर्दा दुबै दलको हार–जितको टक्कर देखिएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मत पाएका छन् । यस अघिको निर्वाचनमा यो क्षेत्रबाट नेकपा विजयी भएको थियो । नेकपाको किल्ला तोड्दै विजयी भएका भँडेलसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    भक्तपुर क्षेत्र नम्बर १ (क) बाट १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । यो विजयलाई कसरी लिनुभएको छ ?

    मैले यो विजयलाई भक्तपुर क्षेत्र नम्बर एक (क)का सम्पूर्ण मतदाता र जनताको विजयको रुपमा लिएको छु । उहाँहरुले जुन आशा, विश्वास र भरोसाका साथ मलाई विजयी बनाउनु भएको छ म यो सञ्चारमाध्ययम मार्फत धन्यवाद दिन चाहन्छु । साथै उहाँहरुको आशा र भरोसालाई मर्न नदिने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । मैले यो मेरो मात्र विजयी होइन सबै भक्तपुर क्षेत्र नम्बर एक (क)का सम्पूर्ण मतदाता र जनताको विजयको हो भन्ने ढंगले नै काम गर्ने प्रण पनि गर्न चाहन्छु ।
    हामीले निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी गठबन्धन गरेका थियौँ । उहाँहरुले पनि जुन ढंगले साथ र सहयोग गर्नुभयो त्यो कुराप्रति पनि म आभारी छु । त्यसैगरी मेरो पार्टी नेपाली काँग्रेस जसले मलाई विश्वास गरेर उम्मेदवार बनायो र मतदाताले पनि विश्वास गरेर मलाई विजयी गराउनुभयो त्यो प्रति पनि आभारी छु ।

    भनेपछि तपाईंप्रति यहाँका जनताको विश्वास रह्यो भन्ने नै देखायो यो निर्वाचनले होइन त ?

    निश्चय पनि । म यही ठाउँमा लामो सयम विताएको व्यक्ति हुँ । यहाँका जनताको सुख, दुःख र भावना अनि मर्मलाई पनि मैले नजिकबाट चिन्ने अवसर प्राप्त गरेको छु । मलाई जहाँसम्म लाग्छ । त्यसको परिणाम पनि हो यो ।

    अघिल्लो निर्वाचनमा नेकपाले जितेको स्थानमा यस पटक तपाईंले विजयी प्राप्त गर्दैगर्दा यो क्षेत्रका जनताले नेकपाभन्दा पनि काँग्रेसप्रति बढी विश्वास गरे भन्ने अर्थले पनि बुझ्न सकिन्छ ?

    यो सत्य नै हो । त्योसँगै काँग्रेसका सबै साथीहरु एकतावद्ध ढंगले प्रस्तुत भएको परिणाम पनि हो, यो । सबै नेता, कार्यकर्ता र सुभेच्छुकहरु उपनिर्वाचनमा केन्द्रित भएर एक ढिक्का भएर नलाग्नु भएको भए यो परिणाम सायदै आउने थियो । मैले यसरी विजयी हुँदै गर्दा त्यो कुरालाई पनि मनन् गरेको छु ।

    तपाईंलाई यसरी विजयी हुँदै गर्दा चुनौती पनि त थपिएको छ नि ?

    यहाँले भनेका कुराप्रति म सतर्क छु । हो, मलाई अहिले यसरी विजयी हुँदै गर्दा अवसर भन्दा पनि बढी चुनौती थपिएको महशुस भएको छ । जुन विश्वास गरेर मलाई यहाँका जनताले मत दिनुभएको छ । उहाँहरुको भावनालाई आत्मसाथ गर्दै काम गर्नुपर्ने ठूलो जिम्मेवारी मेरो काँधमा आएको छ । म यी चुनौतिलाई पार गर्दै अवसरका रुपमा बदलेर अघि बढ्ने प्रयास निरन्तर गर्ने छु ।

    अब तपाईं विजयी भएर आएसँगै यो ठाउँको विकासका लागि दिनुपर्ने प्राथमिकताहरु के–के छन् ?

    सबै भन्दा पहिलो नगरकोटको अधुरो बाटोलाई पूर्णता दिन लाग्ने छु । सुन्दर पर्यटकीय क्षेत्र नगरकोट जाने बाटो अधुरो हुनु भनेको हाम्रो नेपाल पर्यटन वर्ष २०२० लाई गिज्याउनु पनि हो । त्यसैले सबै भन्दा पहिलो यो बाटोलाई पूरा गर्नेतिर नै मेरो ध्यान केन्द्रित हुनेछ ।
    त्यो सँगै यो क्षेत्रका मतदाता, यहाँका विकासप्रेमि व्यक्तिहरु, उद्योगी, व्यवसायीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर यहाँको विकास के गर्दा हुन्छ । यहाँका जनता के गर्दा खुशी हुन्छन् भन्नेतिर केन्द्रित रहेर नै अघि बढ्ने छु । विकास सबैको साझा बन्नुपर्छ ।

    अहिले तपाईंले भक्तपुर एक (क)बाट विजयी प्राप्त गर्दै गर्दा यहाँको नगरपालिका संघ र केन्द्रसम्म पनि फरक पार्टीको नेतृत्व रहेको छ । यस्तो अवस्थामा त काम गर्न असजिलो होला नि ?

    मलाई काम गर्न त्यति असजिलो होला भन्ने लागेको छैन । विकास त सबैको चाहना हो नि त । सबैको हातोमालोबाटै विकास हुने हो । त्यसकारण विकासमा बाधक होला भन्ने मैले ठानेको छैन ।

    केन्द्रमा दुई तिहाईको सरकार छ । उपनिर्वाचनलाई हेर्ने हो भने वर्तमान सरकारप्रति केही असन्तुष्टि देखियो र केही अझै सच्चिएर अघि बढ्नुपर्छ है भन्ने अभिमत पनि देखियो । यस्तो अवस्थामा सरकारलाई दिने तपाईंको सल्लाह–सुझाव चाहिँ के छ ?

    सरकारलाई मेरो महत्वपूर्ण सुझाव भनेको जनता शुसासन चाहन्छन् । जनताले शुसासन र विधिको शासन चाहेका छन् । यसतर्फ दुईतिहाईको सरकार लाग्नुपर्छ । स्थानीय र प्रदेश सरकारको पनि ध्यान त्यसमा केन्द्रित हुन जरुरी छ ।
    उहाँहरुले जनताको भावना बुझेर, जनताको मनोभावलाई नकुल्चिकन जनता के चाहन्छन् भन्ने बुझेर काम गर्नुको अर्को विकल्प छैन । जनता नै सर्वोपरी हुन् । जनता नै परिवर्तनको बहाक हुन् । यो मिनि जनतमत संग्रहले पनि यहि सन्देश दिएको छ । वर्तमान सरकारले गरेको गतिविधिबाट जनता त्यति धेरै सन्तुष्ट छैनन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ । यो कुरालाई नेकपाले पनि ख्याल गर्नुपर्छ र काँग्रेसले पनि बढी मात्तिनु हुँदैन भन्ने नै छ ।

  • भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्

    भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्

    विशेष अन्तर्वार्ता, न्यूयोर्क

    मिसेस नेपाल टुरिजम् २०१९, को उपाधि धेरैको सपना थियो । श्रीमती छिरिङ्ग डोल्मा शेर्पाले आफ्नो प्रतिभा, सुन्दरता र क्षमतालाई प्रभावकारी ढंगले प्रस्तुत गरी निर्णायकको मन जित्न सफल भईन । दोलखाको ग्रामिण परिवेशमा हुर्किएर शिक्षा र समुन्नतीकोलागि राजधानी काठमाडौं छिरेका छिरिंग डोल्मा शेर्पाको जीवनगति सधैं प्रगती उन्मुख रहेको छ । परिवारको साथ आमा र गृहिणी, साथीभाईको सहृदयी अनि व्यवसायमा अब्बल रहने व्यवहारिक ज्ञान नै उनको सफलताका घोतक हुन् । यतिबेला उनै व्यक्तित्व “भिजिट नेपाल २०२०” को सदभावना दुतको रुपमा अमेरिका भ्रमणमा आएका छन् । यसै भ्रमणको उद्देश्य लगायत बिबिध बिषयमा जानकारी पाउनका हेतु विश्व सन्देश साप्ताहिक पत्रिकाको लागि योगेश आदीले लिएको भेटवार्ता;

    • डोल्माजी अमेरिकामा स्वागत छ । कस्तो भईराको छ ?

    – धन्यबाद । सोचेभन्दा राम्रो भईरहेको छ । मैले प्रवासमा रहेका नेपाली दाजूभाई दिदीबहिनीहरुको माया र सहयोगको गुन कहिले तिर्ने होला जस्तो लागिसक्यो । सबैजनाले कस्तो आफ्नै जस्तो व्यवहार गर्छन् । 

    • किन आउनु भो अमेरिका ? विशेष कारण छ कि घुमघाम मात्र ?

    – दुबै भनेर बुझ्दा हुन्छ । नयाँ ठाउँमा पुग्दा कस्लाई घुम्न मन लाग्दैन र ? खासगरी यो पटक म नेपालको पर्यटन प्रवर्धनको लागि सदभावना दुत भएर आएको कारणले गर्दा त्यसैको लागि बिभिन्न कृयिकलापहरु गर्दैछु । सबैले सकारात्मक लिएका छन् ।

    • बढी माया पाउनु भएको कारण तँपाईको नाम वा पदवी त होईन ?

    – हैन होला । नेपालीहरु त्यतिसारो स्वार्थी कहिल्यै हुँदैन । हामी हुर्केको संस्कारले नै हामीलाई अपनत्व कायम राख्न सिकाएको हुन्छ । मैले अमेरिकाको मात्र कुरा गरेको होईन । थाईल्याण्ड, अस्ट्रेलिया, बेलायत आदि देशमा लामो समय बसेका नेपालीहरुले मेरो पदको नहुँदा पनि माया नै गर्थे ।

    • धेरै देश पुगिसक्नु भएछ । किन जानुभएको ?

    – मेरो व्यवसाय र घुमघामको लागि गईरहन्थे । मेरो श्रीमानलाई पनि देशबिदेश डुल्न मनपर्ने अनि मलाई पनि । अरु के चाहियो र ? (हाँसो…)

    • के हो यो सद्भावना दुत ईत्यादि भनेको ?

    – दुत ईत्यादि होईन । पर्यटन मन्त्रालयले  पर्यटन प्रबर्द्धनका हेतु नियुक्त गरेको – Visit Nepal 2020 को लागि सद्भावना दुत, भनेर मात्रै बुझ्दा हुन्छ । मैले जितेको मिसेस नेपाल टुरिजम् टाईटलको धेरै उद्देश्य मध्येको एउटा मुख्य उद्देश्य यो पनि हो । यसले नेपालको पर्यटन प्रवर्दनको लागि काम गर्दछ ।

    • के के गर्नु भयो त ? कामबाट सन्तुष्ट हुनुहुन्छ ?

    – बिस्तारै गर्दैछु । हुँदैछ । ‘छु मन्तर’ हुने कुरा होईन यो । मैले अहिले यो जिम्मेवारी लिएकोले मात्र होईन लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी मान्छे हुँ । अहिले शुरुको दिन भएर होला, सम्मान भेटघाटले पनि अल्मल्याईराको छ । हुनत यस्तो काम भेटघाटबाटै शुरु हुन्छ ।

    • कसरी गर्ने हो ? तौर तरिका भन्न मिल्छ ?

    – किन नमिल्नु, मज्जाले मिल्छ । हामीले पर्सपेक्टिभ प्लान बनाएका हुन्छौं । टार्गेट समुदाय र क्षेत्र हुन्छ । प्रोमोशनल प्याकेज हुन्छ । आर्ट, कल्चर, कस्ट्युम र फोटोग्राफीको एक्सपान्सन वे हुन्छन् । वान टु वान भिजिट्, मिडिया क्याम्पेन, डकुमेण्टरी सेमिनार… यस्तै अनेक छन् । ख्यालख्याल होईन यो । हेर्दै जानुस्, हाम्रो लक्ष्य मीट हुन्छ ।

    • गुड लक । अरु देशकाहरुले गरेको जस्तोपनि तरिका होलान् । मलाई पनि खुसी लागेको छ । अरुको आईडिया पनि लिने होला नि ?

    – हामीले पनि अलिकति आफ्नो, अलिकति अरुको अनुशरण गर्ने हो । हामीसँग संसारलाई देखाउने चिज धेरै छन् । हामीले एकपटक स्पीड लिएपछि हाम्रो स्पीडसँग सबै हार्छन् । हामीले विश्वास जित्नु पर्नेछ । सबै चाँडै ठीक हुनेमा विश्वस्त छु । 

    • २०२० त आउनै लाग्यो त ! भ्याउनु हुन्छ त ?

    – हामी पूर्ण तयार छौं । देश तयार छ । राजनैतिक स्थायीत्व छ । शान्तिसुरक्षा राम्रो बन्दैछ । अन्धकार हटेको छ । देखाउने कला, संस्कृती, झरना, हिमाल सबै छन् । प्रचारप्रसार तिब्र पार्दै छौं ।

    • यहाँका माथिल्लो तहको व्यक्तित्वहरुसँग पहुँच बनाउन र डिल गर्न आत्मविश्वास आउँछ ?

    – म आफ्नो तर्फबाट कन्फिडेन्ट छु । नेपालमा हुने दर्जनौं सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेको व्यक्ति हुँ । ममा त्यो क्षमता देखेर नै त मलाई सदभावना दुतमा नियुक्त गरेका होलान् नि ।

    • खासमा तँपाईको दायित्व चैं के हो ?

    – नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै मरो पहिलो दायित्व हो । यसका लागि म तयार छु । गर्दैछु ।

    • समयको लागि धन्यबाद । हाम्रो शुभकामना छ ।

    – धन्यबाद । मेरो बिचार राख्ने मौका दिनुभो । तपाईको पत्रिकालाई पनि शुभकामना ।

  • महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन :  मिन विश्वकर्मा  (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)

    महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)

    “मिन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । पूर्व मन्त्री समेत रहेका विश्वकर्मा कांग्रेसभित्र स्पष्टवक्ताको रुपमा परिचित छन् । उनै विश्वकर्मा अमेरिका आएको समयमा उनीसँग यस अनलाइनका लागि सम्पादक सुरज भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।” 

    कांग्रेसमा फेरि किन हिन्दु राष्ट्रको कुरा उठेको होला, धर्म निरपेक्ष कांग्रेसलाई मन नपरेको हो ? 

    – सर्वप्रथम नेपाली कांग्रेस राष्ट्रिय पार्टी हो । यसले स्थापनासँगैं राष्ट्र, राष्ट्रियता र समाजवादलाई अंगिकार गरेर अघि बढेको हो । पार्टीका संस्थापक जयूहरुले यो पार्टीलाई सबैंको पार्टी बनाउने गरी अघि बढ्नुभएकैं कारण आज नेपाली कांग्रेस सबैंले मान्ने र सबैं अट्ने पार्टीको रुपमा रहेको छ । 

    कांग्रेसले वैचारिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई सधैं उभ्याउँदैं आएको छ । तर यसको अर्थ धार्मिक स्वतन्त्रता भनेको कुनैं एक धर्म मान्ने भन्ने होइन ।  हामीले जतिबेला संविधान निर्माण गर्यौं त्यो समयमा हामीले धर्म निरपेक्ष भन्ने शब्द नराखेको भए हुने थियो त्यसले अहिले जसरी सापेक्ष वा निरपेक्ष भन्ने कुरा उठाउने काम भएको छ त्यो हुने थिएन । धार्मिक स्वतन्त्रता शब्द राख्न सकेको भए बुझाई सजिलो हुने थियो । तर बिग्रिहालेको केही छैन धर्म निरपेक्षलाई कुनैं धर्म मान्न पाउँदैंनौं वा भनौं कुनै एक धर्म विरुद्ध हो भनेर गलत तरिकाले बुझ्नुहुदैंन ।

    तसर्थ धार्मिक स्वतन्त्रताको कुरा आउँदा हिन्दु राज्य वा भनौं कुनैं एक धर्म विशेषको राष्ट्र हुनुपर्छ भन्ने होइन । र हाम्रो जस्तो देश नेपालमा जहा वहुजाती, वहुभाषी, वहु धर्मालम्बीहरु छौं त्यहा अहिलेको २१ औं शताब्दीमा कुनैं एक धर्म वा जातलाई जोडेर कुनैं एक पार्टी अगाडि बढ्छ भन्ने कुरा संभव छैन, अझ नेपाली कांग्रेस जस्तो राष्ट्रिय पार्टीले त्यो गर्ने कुरैं रहेन । त्यसैले मलाई लाग्छ यो हिन्दु राष्ट्र बनाऊ भन्ने कुरामा अब बहस गर्नु राम्रो हुँदैंन । तर यति भनिरहँदा एउटा महत्वपूर्ण पाटो बारे पनि बहस हुनु आवश्यक छ । यता, धर्म निरपेक्ष राख्ने अर्कोतर्फ अहिलेको नेकपाको सरकार र त्यो पार्टी नेताहरुले अरु धर्मको प्रचारक बनेर जसरी काम गरिरहेका छन् त्यसले हिन्दु धर्म मान्नेहरुलाई शंसकित बनाएको छ । हाम्रो धर्ममाथि आक्रमण भैरहेको अनुभूती उनीहरुले गर्न थालेका छन् । धर्म निरपेक्ष मुलुकको सरकारले एउटा कुनैं धार्मिक संस्थाको निम्ति काम गर्यो त्यसले हिन्दु धर्म मान्नेहरुमा अव मुलुकमा अरु कुनैं धर्म लाद्ने काम हुन थालेको छ भन्ने भान हुन पुगिरहेको छ, यसले गर्दा अहिले हिन्दु राष्ट्रको वहस आउन पुगेको हो, यो हुनुमा अहिलेको सरकार कारक हो । 

    कांग्रेसको आउँदो महाधिवेशनमा हिन्दु राष्ट्रको एजेण्डा आउने होला, होइन ? 

    – होइन, हिन्दु राष्ट्र बनाउने विषय हाम्रो महाधिवेशनको एजेण्डा बन्ने कुरा हुदैंन । यसमा कुनैं दुइ मत छैन । नेपाली कांग्रेस जुन पार्टी राष्ट्रिय कार्यदिशा बोकेर अगाडि बढेको हुन्छ त्यो पार्टीले कुनैं एक जात वा धर्मलाई काखी च्यापेर अगाडि बढ्ने कुरा हुदैंन र बढ्दैंन । यसमा मैले एउटा सानो उदाहरण पनि दिन चाहन्छु गत महासमिति वैठकमा हिन्दु राष्ट्रको पक्षमा हामीले  हस्ताक्षर संकलन गरेका छौं भनेर केही नेताले एजेण्डा राख्नुपर्यो भन्दा एकजना महासमिति सदस्य जो महिला आदिवासी जनजाती हुनुहुन्थ्यो उहाँले हिन्दु राष्ट्र मान्ने र हिन्दु धर्मलाई काखी च्याप्ने निर्णय कांग्रेसले गरे हामी अरु धर्म मान्नेहरु कसरी यो पार्टी भित्र अट्छौं भनेर जसरी मार्मिक तर्कपूर्ण ढंगले विषय राख्नुभयो, त्यसले महासमिति बैंठकमा ठूलो चर्चा पायो र त्यो हिन्दु राष्ट्रको निम्ति हस्ताक्षरको कुराको चर्चा सेलायो । 

    यसको अर्थ के हो भने नेपाली कांग्रेसले सबैंलाई समेटेर जाने पार्टी हो । यसमा सबैंको समान अस्तित्व बनेको हुन्छ । त्यसैले गर्दा हामी सँग महाधिवेशनमा लग्ने र छलफल गर्नुपर्ने धेरैं विषयहरु छन् अव हामी संभव नहुने र गर्न नहुने विषय उठाउने पक्षमा छैनौं, र महाधिवेशनमा त्यो एजेण्डा बन्ने त कुरैं भएन । 

    तपाई हुन सक्दैंन भन्नुहुन्छ, तर महामन्त्री शंशाकले त्यसको पक्षमा अभिव्यक्ति दिइरहनुभएको छ ?  

    – मलाई लाग्दैंन कि विपि पुत्र हाम्रा महामन्त्री डा. शंशाक कोइरालाले त्यो गलत हुने कदम उठाउनुहोला भन्ने, नेपालको वस्तुस्थिति बारे उहा“ले धेरैं बुझ्नुभएको छ भन्ने लाग्छ । यो अवस्थामा कांग्रेसका संस्थापक आर्दश व्यक्तित्व विपिका पुत्रबाट त्यस्तो जुन विषयले कांग्रेसलाई कमजोर पार्ने काम गर्नेछ त्यो विषय उठ्दैन भन्ने मलाई लाग्छ ।  कहिले काँही विषय उठाउँदा आफ्नो चुनावी क्षेत्रका जनतालाई खुशी पार्ने खालका केही विषयहरु उठाउन सकिएला उठ्लान् तर  त्यही आम नेपाली र राष्ट्रको हुनुपर्छ भन्ने हुदैंन । कतिपय निवार्चन क्षेत्रमा हिन्दु धर्मालम्बी बढि होलान्, कुनैमा बौद्व धर्मालम्बी, कुनैंमा इस्लाम, कुनैंमा क्रिस्चियन या कुनैंमा अन्य कुनैं धमालम्बीहरु हुनुहोला भनेर त्यही अनुसार धारणा दिने र त्यही राष्ट्रिय मुद्दा हुनुपर्दछ भन्ने हुदैंन । जस्तो मेरो निर्वाचन क्षेत्रको कुरा गर्दा त्यहाँ आदिवासी जनजाती अझ त्यसमा पनि राईहरुको बसोबास अलि बढि छ मैले त्यहाँ प्राथमिकतामा राई भाषा राख्नुपर्छ भन्छु भन्नुपनि पर्दछ तर मैले राई भाषा नैं राष्ट्रिय भाषा हुनुपर्छ भन्न थाले भने के हुन्छ मेरा क्षेत्रका ती राई भाषी त खुशी हुनुहोला नेपाल भर बस्ने नेपालीका लागि के त्यो सही हुन्छ यस्तो कुरामा खासगरी राष्ट्रिय नेताहरु बढी संवदनशिल बन्नुपर्दछ । त्यसैले हाम्रा पार्टी शिर्ष नेतृत्ववाट यस्तो विषय उठ्ने छैन र उठ्दैंन भन्ने लाग्छ ।   

    उसो भए संभव नैं नहुने कुरा चाँहि किन उठिरहेको होला ? 

    – हाम्रो जस्तो देश जहाँ वहुसंख्यक जाती, भाषी, बहु धर्मालम्बीहरुको बसोबास रहेको छ त्यहा कुनैं एक पक्षलाई काखी च्यापेर अगाडि बढ्दा फाइदा हुँदैंन भन्ने कुराको उदाहरण हाम्रै अगाडि छन् । म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । हिन्दु राष्ट्र माग्ने, संवैधानिक राजतन्त्र चाहियो भन्ने मेची महाकाली गाई पुगेर हिड्ने कमल थापाको पार्टीको हालत सबैंले देख्यौं, भलैं अहिले त्यही पार्टीले गाईलाई भिरबाट खसालेर मार्यो  । आदिवासी जनजातीको छुट्टैं पार्टी खोल्छौं भनेर तत्कालिन नेकपा एमाले छाडेर अर्को पार्टीका खोलेकाहरुको हैसियत पनि देख्यौं, त्यो पार्टीको अवस्था पनि देख्यौं, मधेशको छुट्टैं पार्टी बनाउँछौं भनेर एमाले, कांग्रेस,माओवादीवाट गएकाहरुको अवस्था पनि देख्यौं यी सबैंले के देखाउँछ भने नेपालमा कुनैं जात, धर्म वा क्षेत्रको आधारमा जनताले मत दिदैंनन् जनता धेरैं सचेत छन् । अझ यसमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु तत्कालिन एमालेका नेता माधव नेपाल जो बाहुन हुन्, उनलाई सबैंले हिन्दु धर्मालम्बी भन्छन्, उनी आफू क्रिस्चियन धर्मको प्रचार गर्छन्, मधेशी अझ त्यसमा पनि पिछडिएको समुदाय र मुस्लिम समुदायको उल्लेख्य वसोवास रहेको  रौतहट जो मधेशमा पर्दछ,त्यहाको निर्वाचन क्षेत्रवाट चुनाव जित्छन् अब भन्नुहोस् नेपाली जनताको सोंचमा कुनैं जात, जाती, धर्म वा क्षेत्रीयताले स्थान पाउँदैंन । यो केवल माधव नेपालको केशमा मात्र होइन हाम्रा पार्टीका नेताहरुको चुनाव क्षेत्रमा पनि त्यो देखिन्छ यसर्थ यहा जनताले कुनैं जात, धर्म, क्षेत्रीयताको आधारमा समर्थन गर्दैनन् र राष्ट्रिय पार्टीको हकमा त्यो संभवको विषय पनि होइन । 

    हिन्दु राज्य मात्र होइन राजतन्त्रकैं कुरा आइरहेको छ त ? के यो संभव छ ? 

    – वास्तवमा मलाई संभव नैं नभएको राजतन्त्र फर्कन्छ भनेर विषय उठाइएको छ । अझ म त भन्छु हामी प्रतिपक्षमा रहेका र सरकारमा भएका पार्टीहरुले समेत एकले अर्कालाई आरोप लगाउन र तर्साउन यो विषय उठाएका छौं । राजतन्त्र अव नेपालको निम्ति आउटडेटेड भैसक्यो । नेपालमा अव २ वटा मात्र शक्ति छन्, एउटा प्रजातान्त्रिक विचार धारा बोक्ने शक्ति जसको नेतृत्व कांग्रेसले गर्छ र अर्को भनेको कम्युनिष्टहरु हुन् । त्यसैले अव अर्को कुनैं पक्षलाई अगाडि सार्ने कुरा एकले अर्कोलाई दोष देखाउने उपाय मात्र हो ।  अहिले कम्युनिष्टको सरकार छ, हामी वैकल्पिक शक्ति अहिले पनि छौं, जनताले अहिलेको सरकारले गलत गरिरहँदा  कांग्रेसले किन केही गरिरहेको छैन भन्ने गरिरहेका छन्, कांग्रेसको सरकार कुरिरहेका छन् अव भन्नुहोस् राजतन्त्र कसरी आउ“छ । 

    यो सरकारको सन्दर्भमा तपाईको धारणा के छ ? 

    – जनतालाई कम्युनिष्ट सरकारले केही गर्छ की भन्ने लागिरहेको थियो एक प्रकारको भ्रम उनीहरुले जनतामा दिएका थिए । जनताले पनि ४९ सालको ९ महिने कम्युनिष्ट सरकारले छरेका लोकप्रियताका कार्यक्रमलाई हेरे । ९ महिनामा सरकार ढल्यो, हामीलाई गर्न दिएनन् भन्ने मौका पाए, त्यसपछि पनि उनीहरु पटक पटक सरकारमा आए, कहिले नेतृत्व गरे र कहिले सरकारमा सामेल भए, तर लामो समयसम्म ती सरकारहरु टिकेनन् जसका कारण उनीहरुले गर्न पाएनौं भन्ने अवसर पाए, र त्यसै कारणले पनि हुनसक्दछ नेपाली जनताले लगभग २ तिहाईको सरकार बनाउने मत दिए, अव हाम्रो कारणले यो सरकारलाई काम गर्न पाएन भन्ने मौका दिनुहुदैंन । यो सरकारको आफ्नैं गतिविधि र क्रियाकलापबाटैं यो सरकार टिक्दैंन तर उनीहरुलाई हामीलाई आरोप लगाउने मौका दिनुहुदैंन । जनताले पनि बुझ्नेछन् खासमा कम्युनिष्टले केही गर्न सक्दैनन् भन्ने त्यसैले हामी हाम्रो हिसावले अघि बढ्नुपर्दछ । त्यसको राष्ट्रियता, अखण्डता, राष्ट्रिय एकता, धार्मिक आक्रमण यी यस्ता खालको देशकैं निम्ति अहित हुने गतिविधि हुदा विरोध गर्दै बाकी सवालमा यिनीहरुलाई काम गर्न दिनुपर्दछ । अहिले बढिरहेको भ्रष्टाचार, जनताको अधिकार कुण्ठित गर्ने खालका विधेयक निर्माण, प्रेस स्वतन्त्रता विरोधी विधेयक, गुठी विधेयक, सुरक्षा परिषद्लाई अवमुल्यन गर्ने विधेयक, मानवअधिकार आयोगको अधिकार कटौती, देशभर बढेको बलात्कार,हत्या,अपराधका घटनाामा वृद्दिले यो सरकार अलोकप्रिय बनिरहेको छ त्यसैले यो सरकार आफ्नैं कारणले सकिन्छ तसर्थ यतातर्फ कांग्रेस लाग्नुहुदैंन । हुनतः यो सरकार बन्दा देखिनै संविधानको उल्लंघन भएको छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख संविधान विपरित बन्नुभएको छ, संविधानको उल्लंघन त्यही बाट भएको छ, यो सरकार लोकतन्त्र  र संविधान विरोधी छ भन्ने कुरा जनताले बुझ्दैं गएका छन्, सँगसँगैं अव कम्युनिष्ट सरकारले केही गर्न सक्दैन भन्ने पनि जनताले बुझ्नेछन् । त्यसैले हामी वेटिङ गर्भमेन्टको रुपमा बसेर हाम्रो संगठनलाई बलियो बनाउन लाग्नुपर्दछ । 

    तपाईको आशय, जनताले कम्युनिष्टलाई विचार गर्नका लागि जिताएका हुन् भन्ने रह्यो, तर कांग्रेसलाई नरुचाएर पनि होला नि ? 

    – हामीले राणासँग, पंचायतसँग, राजासँग कसरी लड्ने भन्ने बारे बुझेका रहेछौं । कम्युनिष्टसँग कसरी लड्ने भन्ने कुरामा हामीले राम्ररी बुझ्न सकेनछौं । फेरि विश्वभर नैं हराईरहेको कम्युनिष्टहरुबारे हामीले त्यो रुपमा जान्न पनि पाएनौं । हाम्रो नजिकको राष्ट्र चिन, जहाँ कम्युनिष्ट शासन भन्नका लागि मात्र छ, त्यहा पुरैं पुजीवाद छ, खुल्ला अर्थ व्यवस्था छ, र अन्य जहा कम्युनिष्ट शासनहरु भएका देशहरु छन् त्यहाको आर्थिक अवस्था खस्कदो छ  यी सबैं कारणले गर्दा नेपालमा कम्युनिष्ट आउँछन् जस्तो लागेको थिएन । तर यहा(नेपाल) त सबैं खालका कम्युनिष्टहरु थिग्रिएर बसेका रहेछन् । हामीले चिन्न मात्रैं नसकेका रहेछौं । र उनीहरुले पनि समाजवादको कुरा गर्ने र हामीले समाजवादको कुरा गर्ने एउटै एउटैं होइछ कि भन्ने पनि जनतालाई लागेको हुन सक्दछ । हामीले पनि उनीहरुलाई चाहेको समाजवाद यस्तो खालको भनेर बुझाउन सकेनौं । अहिले जसरी व्यक्तिगत सम्पक्तिलाई नियन्त्रण गर्ने, राज्यले कर थोपर्ने जस्ता कामहरु भैरहेको छ यसले जनताले कम्युनिष्टले कस्तो समाजवादको कुरा गर्दा रहेछन् भन्ने कुरा थाहा पाइ रहेका छन् । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवाद बीचको फरक जनताले बुझेपछि कम्युनिष्टप्रतिको जनताको सम्मान स्वतः घट्नेछ ।

    महाधिवेशन अघि कांग्रेसले के गर्नुपर्दछ भन्ने लाग्छ ? 

    – सबैभन्दा मुख्य कुरा कांग्रेसले आफ्नो संगठन बलियो बनाउनुपर्दछ । महाधिवेशनवाट हामीले एन्टी कम्युनिष्ट दस्तावेज पास गर्नुपर्दछ । हाम्रो अबको लडाई कम्युनिष्टसँग हो भन्ने कुरामा हामी पहिला क्लियर हुनुपर्दछ । देश बाहिर रहेको युवा शक्तिलाई देशसँग कसरी जोड्ने त्यसमा पनि कांग्रेसको ठोस धारणा आउनुपर्दछ । अव बैचारिक रुपमा अगाडि आउनुपर्दछ । हामीले ल्याउने समाजवाद के हो भन्ने कुरामा जनतालाई प्रष्ट पार्न सक्नुपर्दछ , आन्तरिक रुपमा संगठनको व्यवस्थापनसँगैं बाहिर पनि हामी उत्तिकैं सक्रिय हुनु आवश्यक छ । 

    महाधिवेशनमा युवाको सहभागितालाई कसरी हेर्नुभएको छ, के युवाको नेतृत्वमा संभावना देख्नुहुन्छ ?

    – हामीले के बुझनुपर्दछ भने पार्टी सबैं मिलेर बन्ने हो । अझ लामो इतिहास बोकेको पार्टी कांग्रेससग अनुभवी धेरैं नेताहरु हुनुहुन्छ । युवा पुस्ता पनि अगाडि आइरहेको छ । विगतमा भन्दा युवा पुस्तावाट केन्द्रीय नेतृत्व आउने प्रतिशत बढिरहेको छ । १२ औं महाधिवेशनमा करिव ३० प्रतिशत रहेको युवाको केन्द्रीय नेतृत्वमा सहभागिता १३ औं महाधिवेशनमा ४१-४२ प्रतिशत पुगेको छ आउँदो १४ औं महाधिवेशनमा ५० प्रतिशतको हाराहारीमा पुर्याउने गरी लाग्नुपर्दछ । रह्यो कुरा नेतृत्वमा जाने वा पदाधिकारीमा उठ्ने भन्ने कुरा यसमा मेरो अलि फरक विचार छ । अनुभवी नेताहरुको साथ,सहयोग र सुझावको आधारमा युवा पुस्ता अगाडि बढ्नुपर्दछ । हामीले के बिर्सन हुदैंन भने गाली गरेर वा चुनौती दिएर अगाडि बढ्ने कुरा सही हुदैंन । यसले पार्टीलाई बलियो होइन कमजोर बनाउँछ । अहिले पनि केन्द्रीय नेतृत्वमा कुरा गर्दा ३ वटा पुस्ता छ, पहिलो, दोस्रो र तेस्रो पुस्ता हामीसँग छ, तेस्रो पुस्ताले जम्प गर्ने क्रममा दोस्रो पुस्ताले अपमानको अनुभूति नगरोस् यस तर्फ पनि सचेत हुनु आवश्यक छ । युवा जोशले स्थान पाइरहदा हामीसँग रहेको अनुभवी र परीपक्क पुस्ता बाहिरिनु पर्यो वा त्यो पुस्ता निस्क्रिय रह्यो भने कांग्रेसलाई झन् बढी घाटा लाग्छ । यी सबैं पक्षलाई केलाएर अगाडि बढ्नु पर्दछ । भारतको भारतीय जनता पार्टीलाई नैं हेरौं त्यहाँ नरेन्द्र मोदी आएका छन्, तर लालकृष्ण आणवानी जस्ताको पनी कदर भैरहेको छ, त्यो रुपवाट हामी अघि बढ्नुपर्दछ । एक प्रकारले भन्दा हामीले आगामी महाधिवेशनलाई पार्टी नेतृत्वका लागि दोस्रो पुस्ता तयार गर्ने महाधिवेशनको रुपमा अगाडि लैजानुपर्दछ ।

  • सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा  प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन  : आचार्य

    सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन : आचार्य

     

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अन्तराष्ट्रिय सम्मेलन आउँदो अक्टुबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुदैंछ । संघको नया नेतृत्व समेत चुन्ने त्यो सम्मेलन हुनु केही महिना अघि अहिलेदेखिनैं चुनावी चर्चा पनि बाक्लिन थालेको छ । आसन्न सम्मेलनमा हालका उपाध्यक्ष समेत रहेको कुल आचार्य पनि अध्यक्षमा उठ्ने चर्चा छ । उनैं आचार्यसग उनी अमेरिका भ्रमणमा आएको समयमा विश्व सन्देश र यसको अनलाइन पोर्टल विश्व न्यूजका लागि सुरज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

     

    चुनावी अभियान सुरु भैसकेको हो ?

    चुनावी अभियान भन्दा पनि यसलाई अहिले राष्ट्रिय समन्वय परिषद्हरुको अधिवेशनहरु भैरहेको छ त्यसमा सहभागी भएको हिसावले मैले लिएको छु । अहिलेको पदीय हिसावले पनि राष्ट्रिय अधिवेशनहरुमा पुग्नु स्वभाविक हो । राष्ट्रिय अधिवेशनहरु भव्य र सभ्य ढंगवाट सम्पन्न गराउनु हाम्रो पनि जिम्मेवारी हो । त्यही अनुरुप विभिन्न राष्ट्रिय अधिवेशनहरुमा हामी आइसिसीमा रहेका पदाधिकारीहरु सहभागि भैरहेका छौं । यसरी अधिवेशनहरुमा सहभागि हुने क्रममा साथी भाई हरु सँग भेटघाट हुदा अलि अलि चुनावी कुरा हुनु स्वभाविक नै हो । संस्थामा अगाडि बढिरहदा आकांक्षी बन्नुलाई सहज रुपमा लिनुपर्दछ भन्ने लाग्छ ।

     

    एनआरएनएमा तपाईको संलग्नताबारे केही बताइदिनुहोस् न ?

    म एनआरएनए बेलायतको स्थापनादेखिनैं सक्रिय छु । त्यहाको संस्थापक सदस्य हुदैं २००५ देखि सदस्य उपाध्यक्ष हुदैं अध्यक्ष, त्यहावाट आइसिसी सदस्य, युरोप संयोजक र अहिले आइसीसीको उपाध्यक्षको भूमिका रहेको छु । आइसिसीमा मात्रैं पनि मैले काम गरेको १२ वर्ष पुगिसकेको छु । यो विचमा पदीय भूमिकासँगैं आवश्यकता अनुसार विभिन्न टास्क फोर्सहरुमा बसेर तथा नेतृत्व गरेर काम गरेको छु । अझ खासगरी एनआरएनए आइसिसीका विभिन्न च्यारिटीका योजनाहरुमा मैले धेरैं कामहरु गरेको छु । म यस संस्थामा लागेदेखिनैं सक्रिय रहँदैं आएको छु ।

    अहिले तपाई नेतृत्वमा उठ्ने चर्चा छ, पछाडि फर्कने संभावना चाहि के छ ?

    मैले अगाडि बढ्ने इच्छा जाहेर गरिसकेको छु । मैले यो इच्छा पछाडि हट्नका लागि जाहेर गरेको होइन । सबैं साथीहरुको सर सल्लाहमानैं म अगाडि बढेको हु । मैले यो संस्थामा गरेको योगदान र मेरो सक्रियता देखेरनैं साथीहरुले अगाडि बढ्दा हुन्छ भनेर नैं म अगाडि बढेको हु । म पछाडि हट्ने हुदैंन । अर्को कुरा म कुनैं सम्झौताका लागि उम्मेद्वारी दिने कुरा गरिरहेको छैन । म अगाडि बढेको छु, आवश्यक परे प्रतिष्पर्धा हुदा पनि अगाडि बढ्ने गरी मेरो तयारी हो । यसलाई कसैले पनि अन्यथा बुझ्ने र लिनु पर्दछ भन्ने मलाई लाग्दैन ।

    तपाई अघि बढिरहदा जित्ने आधार चाहि के हो नी ?

    मैले अघि पनि भने यो मेरो सक्रियता र एनआरएनए अभियानप्रतिको मेरो लगाव नैं मेरो अगाडि बढ्नुको कारण हो । मलाई चिन्नुभएका एनआरएन साथीहरुले मलाई विश्वास गर्नुहुन्छ, यसले संस्थालाई गरेको छ भनेर उहाहरु जनकार नैं हुनुहुन्छ त्यसैले उहाहरुको विश्वास नैं मेरो जितको आधार पनि हो । जहावाट एनआरएनको सुरुवात भएको थियो, त्यो देशवाट नैं म काम गर्दै अगाडि आएको हु । आधार तहवाटनैं मैले काम गरेको हो भनेर बुझ्दा पनि हुन्छ, त्यहावाट सुरु गर्दै अहिले आइसिसीको उपाध्यक्ष हुदा धेरैं कुराहरु सिक्न, बुझ्न र गर्न पाए, त्यो अनुभववाट सिकेर मेरो एनआरएनएलाई कसरी लैजानुपर्दछ भन्ने एउटा छुट्टै भिजन पनि छ । म यसलाई कार्यक्रम भन्दा पनि मेरो चाहनाको रुपमा लिन्छु किनकि एनआरएन भनेको एउटा अभियान हो । यसमा व्यक्तिको एजेण्डा भन्दा पनि सामुहिक निर्णयले बढी अर्थ राख्दछ । संस्थाको योजनाले नैं एनआरएनए मुभमेण्ट अगाडि बढ्न सक्दछ । इसतर्फ मेरो जोड विगतदेखिनैं रहदैं आएको छ र आगामी दिनमा पनि मेरो यसमा नैं जोड रहन्छ । सामुहिक ढंगवाट संस्थालाई अगाडि बढाउने मेरो धेय सधैं रहेको हुन्छ । यसको अर्थ नेतृत्वको निति र भिजन हुनुहुदैंन भन्ने होइन त्यो निति र भिजन मैले पनि लिएको छ, अहिले विभिन्न एनसिसीहरुको अधिवेशनहरुमा सहभागि हुदैं गर्दा केही विषयहरु पनि कलेक्सन गरिरहेको छु । अहिले एनसिसीहरुको अधिवेशन गराउने दौड धुप भैरहेको छ, विस्तारैं एनसिसीका अधिवेशन सकिए पछि यसबारे छलफल गरी मेरा योजनाहरु पनि बाहिर ल्याउनेछु । मैले मुख्यत: यो एनआरएनए संस्थामा बाहिर वस्ने नेपालीको भावना कसरी जोड्न सकिन्छ त्यसतर्फ विशेष जोड दिनेछु ।

     

    उसो भए अहिलेको दौडाई शक्ति संचयको लागि हो त ?

    होइन, होइन शक्ति संचय गर्न हिडेको होइन । मेरो शक्ति त अलेरेडी नैं छ नी , यो संस्थामा १२ वर्ष काम गरे, मेरो कामको मुल्याकंनले मेरो शक्ति बारे बोलिहाल्छ भन्ने लाग्दछ । १२ वर्षमा जोडिएका एनआरएन साथी भाईहरुनैं मेरा शक्ति हु । १२ वर्षमा नभएको कुरा अहिले एक डेढ महिनामा कसरी होला त यो केवल साथी भाईसगको भेटघाट हो, एनसिसीहरुको अधिवेशनमा सहभागिता जनाउने कुरा हो । यसमा भाग लिन जादा चुनावको बारेमा कुरा हुनु सरसल्लाह गर्नु समान्य नैं हो भन्ने लाग्छ ।

     

    अन्यले पनि त एनआरएनएमा योगदान गर्नुभएकै छ नि होइन ?

    होइन मैले त्यसो पनि भन्न खोजेको होइन, मैले पनि समय धेरैं नैं खर्च गरेको छु हैं यो एनआरएनए अभियानमा भन्न मात्र खोजेको हु । अन्यले गर्नु भएकैं छैन भनेको होइन । र अर्को यो एनआरएनए एउटा संस्था मात्र नभएर अभियान पनि भएकाले यसमा जो जहिले आउनुहुन्छ र केही लगानी गर्नुहुन्छ उहाहरु सबैंको समान अस्तित्व हुन्छ । यसमा लागेर संस्थाको हितमा निस्वार्थ ढंगले काम गर्ने हो, जो विगतमा अग्रजहरुले पनि गर्नुभयो, हामीहरु लागेर पनि यसमा त्यही गर्ने हो आवश्यकता अनुरुपको योजना दिएर संस्थालाई एक्टिभ बनाउने नैं हो, जो मैले पनि नेतृत्वमा आए गर्न सक्छु भनेको हु ।

    उसो भए सहमती हुने संभावना छैन ?

    होइन सहमतीको लागि त सधैं खुल्ला नैं छौं । हामी (कुमार पन्त र आफू) आत्मिय मित्र हौं । धेरैं कारणले हामी नजिक पनि छौं । मिल्ने कुरामा अब्जेक्सन छैन, र यो सेवा मुखी संस्थामा दिन र सेवा गर्न जाने भएकाले त्यसमा नमिल्नुपर्ने कारण नै छैन । तर चुनाव भयो भने वा प्रजातान्त्रिक पद्दती मार्फत मतदान भएर नतिजा आए मिलिदैंन भन्ने पनि हुदैंन । डेमोक्रेटीक सिस्टमलाई विश्वास गर्ने हामीले यसलाई अन्यथा लिनुहुदैंन । यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । प्रजातान्त्रिक विधि जान परे पनि डराउनु वा अर्को अर्थमा त्यसलाई लिनुपर्दछ भन्ने लाग्दैन । तर आफूलाई सही लागे सहमती नत्र आफूलाई गलत लागे असहमती भनेर अड्डी कस्नु पनि राम्रो हुदैंन । बरु जित्नेले हार्नेलाई सगैं लिएर हिड्ने र हार्नेले जित्नेलाई सहयोग गर्छु भन्ने प्रतिवद्धता नैं महत्वपूर्ण हो यही अनुरुप अघि बढ्नु पर्दछ ।

    भनेपछि तपाई यदि निर्वाचनमा जादा परिणाम अनुकुल आएन भनेपनि सहयोगी भूमिका खेल्नुहुन्छ होइन ?

    पक्कैपनि म हारेपनि जितेपनि यो अभियानमा सगैं रहन्छु । म हारे पनि सहयोग गर्छु । यो मैले अहिले मात्र भनेको होइन, अहिलेको कार्यसमितिमा समेत यो विषयलाई मैले उठाउदैं आएको थिए । यसलाई जोडेर मैले कतिपय सन्र्दभमा डिफरेन्ट मत पनि राखेको थिए । हामी जित्नेले दम्भ देखाउने होइन जित्दैमा कसैलाई निषेध गर्ने कुरा राम्रो होइन भन्दैं आएको छु । जितको दम्भ नराखी सबैलाई समेटेर लाने हो । र यो एनआरएनए हामी सबैंको हो हामी कसैले हार्ने वा जित्ने भन्ने हुदैन यसमा त सबैंको समान भूमिका रहन्छ ।

     

    एनआरएनएलाई संस्थागत ढंगवाट अगाडि बढाउनु पर्दछ भनेर तपाईको अभिव्यक्ति कतिपय मिडियामा आएको थियो , के अहिले व्यक्तिगत ढंगवाट यो चलेको छ र ? या तपाई अभिव्यक्ति को प्रति लक्षित हो ?

    मेरा अभिव्यक्तिहरु कक्सैप्रति लक्षित होइनन् र मैले त्यस्तो खालको अभिव्यक्ति दिएको पनि छैन । मेरो सबैं एनआरएनए अभियन्ताहरु प्रति सम्मान छ । अग्रजहरु प्रति पनि सम्मान छ । मैले बोलेको विषयलाई बग्याएर दिदा कसैलाई फाइदा पुग्छ कि भनेर बंग्याइएको हुन सक्दछ तर मैले एनआरएनए अभियानसग जोडिनुभएको व्यक्तिहरुप्रति लक्षित गरी केही टिकाटिप्पणी गरेको छैन ।

    विधानले एनआरएनए गैर राजनितिक संस्था भनेको छ, तर व्यवहारमा त राजनितिक संस्था जस्तो देखिन थालेको छ नि के भन्नुहुन्छ ?

    राजनितिको कुरा गर्दा यो एनआरएनए संस्था स्थापनाको हिसावले नैं साझा संस्था हो । देश वाहिर रहेका आम नेपालीको प्रतिनिधिमुलक संस्था हो । इसमा राजनिति गर्ने भन्ने कुरा होइन् अझ मेरो कुरा गर्नुहुन्छ भने त मेरो व्यवहार र मेरो कार्यले पनि मैले यस्तो गर्दिन भन्ने कुरा देखाउछ । म एनआरएनए बेलायतको कार्यसमिति सदस्य देखि अहिलेसम्मको मेरो भूमिकालाई नजिकलाई हेर्नुभएका सबैले थाहा पाउन सक्नुहुन्छ कि म राजनितिक दृष्टिले केही पनि हेर्दिन । तर यहा अर्को प्रश्न के पनि छ भने आफूलाई अनुकुल हुदा राजनिति छिराइहाल्ने र आफूलाई फाइदा हुदा त्यो चाहि राजनिति नदेख्ने र अरुलाई फाइदा वा आफ्नो प्रतिकुल भए राजनिति गऱ्यो भनेर चिच्याइहाल्ने प्रवृत्ति जुन छ यसले एनआरएनए संस्थालाई घाटा पुऱ्याइरहेको छ । यस्तो प्रवृत्ति बन्द हुनुपर्दछ, राजनितिक विचार व्यक्तिले बोक्दछ संस्थाले होइन यतिमात्र बुझ्दा पनि धेरै विषयहरु सम्वोधन हुन सक्दछन् ।
    मेरो हकमा कुरा गर्नुहुन्छ भने मैले यो संस्थाको हितका लागि गरेको योगदान हेरेर सहयोग गर्नुहोस् मैले गर्न सक्छु भन्ने लाग्छ भने सहयोग गर्नुहोस् नत्र नगर्दा पनि हुन्छ । मैले हामी एनआरएनहरुको दु:खको साथी जसरी एनआरएनए बन्नुपर्दछ त्यसमा नैं मेरो जोड रहदैं आएको छ ।

    चुनावमा त समुहनैं बन्छ होला सन्तुलन कसरी मिलाउने सोच्नुभएको छ ?

    आधिकारिक समुहनैं बनाउने भन्ने भन्दा पनि आफूलाई बुझेका र मन मिल्ने साथीहरु मिलेर जाने भन्ने हुन्छ । यसबारेमा कुराकानी पनि भैरहेको छ । अव विस्तारैं साथीहरुको इच्छा बुझेर त्यतातर्फ लागिन्छ । र एनआरएनए ठूलो र संजालको हिसावले समेत फैलिदैं गएकाले वर्ग, क्षेत्र, जात, जाती, लिंग, लगायत सबैंलाई समेटेर साझा रुपवाट अगाडि बढ्ने भन्ने कुरामा मेरो जोड छ ।

    ।

    सबैंलाई समेट्ने कुरा गर्दा, हाम्रो उपस्थिति भएन भन्दैं अमेरिकामा रहेका एनआरएनहरुको धेरैं गुनासो सुनिन्छ के यस्मा के भन्नुहुन्छ ?

    अमेरिकाको हकमा कुरा गर्दा पक्कैपनि धेरैं पोटेन्सियल भएको एनसिसी मध्ये अमेरिका पर्दछ । यहा बस्ने नेपाली बौद्धिक, आर्थिक हरेक हिसावले सक्षम हुनुहुन्छ । तर पनि अमेरिकावाट खासगरी अन्तराष्ट्रिय कार्यकारी कमिटिमा उपस्थिति हुन सकिरहेको छैन । अमेरिकावाट रतन झा महासचिव हुनुभएको थियो त्यसपछि धेरैं नैं ग्याप भएको छ । यसमा मुख्यत अमेरिकाकैं साथीहरुको दोष देख्छु म, कम्तिमा तपाईहरु जो उठ्न खोजिरहनुभएको छ यहीकैं साथीहरु एउटै पदमा नउठ्नुहोस् , एउटैं पदमा धेरैंले दावी नगरौं, कमसेकम अहिलेसम्म हाम्रो वेलायतवाट एउटै पदमा एक भन्दा बढी उठेको इतिहास छैन , यो कुरा अमेरिकामा पनि हुदा यसले सजिलो गराउछ । सबैं मिलेर जादा पालो सबैंको आउछ । सबैं सल्लाह गरेर एक भएर आउदा नतिजा राम्रैं आउछ त्यसतर्फ सोच्न म सबैंमा आग्रह पनि गर्दछु ।

    एनआरएनएले उद्दश्य अनुरुप काम गरेन, चर्चा मात्रैं बढी गऱ्यो पनि भन्छन् नि ?

    होइन हामीले नगरेको होइन, विगतका कार्यसमिति र अग्रजहरुले पनि नगर्नुभएको भन्ने होइन । सबैंवाट भएर नैं आज एनआरएनए संस्था रिकगनाइज हुन सकेको छ । यो संस्थाले भूमिका पाइरहेको छ । हो बरु हामीले गरेको काम बारे जानकारी गराउन सकेनौं होला, प्रचार प्रसारमा अलि चुक्यौं होला । हामीले सकेको गरेका छौं, पुराना योजनाहरु सम्पन्न गर्दै नया कामहरुको पनि थालनी गरेका छौं ।

    नेपाल सरकारसँग एनआरएनएको समन्वयलाई कसरी हेर्नुभएको छ, सरकारको सहयोग कत्तिको रहेको पाउनुभएको छ ?

    नेपाल सरकारले हामीलाई सहयोग गर्दै आएको छ । विगतका सरकार हुन् या अहिलेको सरकारले हाम्रा कुराहरु सुनिरहेको छ । नेपाल सरकारको सहयोग विना त हामीले नितिगत कुराहरु गर्न सक्ने अवस्था थिएन । यतिमात्र होइन नेपालसग जोडिएर हामीले बनाएर योजनाहरुमा समेत नेपाल सरकारको सहयोग रहदैं आएको छ । अहिले संविधानले नैं दोहोरो नागरिकता सुनिश्चित गरिदिएको छ, त्यसलाई कानुनत: सरल र सुलभ कसरी बनाउने भन्ने तर्फ छलफल भैरहेको छ, त्यससग नजिक रहेर काम गरिरहेकाले पनि म के भन्न सक्छु भने हाम्रा कुराहरु सुनुवाई भैरहेको छ, राज्य व्यवस्थामा अहिले छलफल चलिरहेको छ, कतिपय अव्यवहारिक बुदाहरु हटाउन र केही सरल भाषामा बुझ्न सकिने खालका बुदाहरु समावेश गर्नका लागि छलफल हरु भैरहेको छ । नागरिकता पछि पासपोर्टको कुरामा छलफल अगाडि बढाउने सोंच रहेको छ । त्यस पछि नेपालमा सम्पक्ति किन्न र त्यहाको बैंकमा नगद राख्न, लगानी गर्न र आवश्यक परेको खण्डमा कर्म देशमा ल्याउन विद्यमान कानुनी झन्झटलाई सहज तुल्याउनको लागि पहल गर्न जरुरी छ । यसो गर्न सक्दा विदेशमा हुर्किरहेको पुस्ता पनि नेपालसग जोडिन सजिलो हुन्छ । त्यसतर्फ पनि नेपाल सरकार सकारात्मक हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।
    एनआरएनए संस्थालाई रिकनाइज गर्ने कुरामा नेपाल सरकारले ठूलो सहयोग गरेको छ । एनआरएनएले उठाएका मागका सम्बोधन गर्ने देखि लिएर समन्वय गरी विभिन्न कामहरु भैरहेका छन् । लगानी सम्मेलनमा एनआरएनएलाई दिएको भूमिकाले पनि त्यो दस्र्याउछ । राष्ट्रपति , प्रधानमन्त्री एनआरएनएको कार्यक्रममा आउनु, कतिपय कार्यक्रममा सहकार्य गर्नुले पनि नेपाल सरकारले हामीलाई सकारात्मक रुपमा हेरेको छ भन्ने हामी बुझ्नुपर्दछ । कही कतैं विषयहरुमा मिस अन्डरस्ट्यान्डिङ भए छलफल गरेर समाधान खोज्न सकिन्छ । हामी नेपालको विकास र समृद्दिको यात्राका सहयोगी बन्न चाहन्छौं । नेपाल सरकारको चाहना पुरा गर्न सहयोग गर्न चाहन्छौं यसलाई सरकारले पनि बुझेको छ भन्ने लाग्छ ।

    अन्त्यमा केही ?
    हामीले समाजलाई मिलाएर लैजानुपर्दछ । हाम्रो मात्र हामी पछिका पुस्तालाई पनि एनआरएनए के हो किन चाहिन्छ भन्ने कुरा बुझाउदैं नेपालसग कनेक्ट गराउनुपर्ने आवश्यकता रहेको छ । यसतर्फ सोच्दैं देश वाहिर रहेका सबैं नेपालीको आस्था र विश्वासको संस्था एनआरएनएलाई अझ संस्थागत र सुदृढ बनाउन तर्फ सबैं लागौं यति भन्न चाहन्छु । एनआरएन हाम्रो, सवै मिलेर बनाऊ राम्रो, धन्यवाद ।

  • यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

    यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

    ईश्वर पोख्रेल

    उपप्रधान तथा रक्षामन्त्री

    पछिल्लो समय सबैभन्दा बढी चर्चा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको विषयलाई लिएर चर्चा भयो । शुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले त्यो विभागको जिम्मेवारी पाउने चर्चा भए पनि पछिल्लो समय त्यो विभागका आकांक्षी बढ्दै गए । नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, घनश्याम भुसालले मात्रै होइन पूर्व अध्यक्ष झलनाथ खनालले समेत स्कूल विभागमा चासो देखाए । तर, अन्तिममा ईश्वर पोख्रेलले नै बाजी मारे । पोख्रेलसँग यिनै विषयमा मोहन बास्तोलाले गरेको कुराकानी 

    निकै चर्चामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको जिम्मेवारी प्राप्त गर्नुभयो । सबैभन्दा पहिला त बधाई छ ?

    – धन्यवाद ।

    यो विभागको जिम्मेवारी प्राप्त गरेपछि यो सन्दर्भमा चाहिँ तपाईंको प्रतिक्रिया के छ ?

    – म पार्टीको एउटा जिम्मेवार कार्यकर्ता भएको नाताले मैले पार्टीले दिएका हरेक जिम्मेवारीलाई यो अघि पनि पूरा गर्दै आएको इतिहास साक्षी छ । त्यसै क्रममा अहिले मलाई पार्टी स्कूल विभागको जिम्मेवारी पार्टी सचिवालयको निर्णयबाट मैले प्राप्त गरेको छु । मैले पहिला प्राप्त गरेका जिम्मेवारीलाई मेरो योग्यता, क्षमताले पूरा गर्ने प्रयत्न गरे जस्तै यो जिम्मेवारी पनि पूरा गर्ने गरी लाग्ने छु ।

    तत्कालीन नेकपा एमालेमा शक्तिशाली महासचिवको जिम्मेवारी सम्हालेको तपाईंसँग अनुभव छ । पार्टी एकता हुँदा स्वाभाविकै रुपमा तपाईं महासचिवको जिम्मेवारीबाट अलग रहनु भयो । अहिले फेरि शक्तिशाली विभागको जिम्मेवारी तपाईंलाई प्राप्त भएको छ । स्कूल विभागमा तपाईंबाहेक अरुले पनि आशा गरेका थिए । तर, अन्तिममा तपाईंले नै प्राप्त गर्नुभयो । अब फरकफरक लक्ष्यसहित हिँडेका दुई कम्युनिष्ट पार्टी एक भएको अवस्थामा विचारलाई पनि संगठित बनाएर लैजानु पर्ने जिम्मेवारी तपाईंले सम्हालेको विभागको काँधमा छ । यसलाई कसरी लिनुभएको छ ?

    – यसलाई सबैभन्दा पहिला यसरी बुझ्नु पर्छ । हामी पहिला आआफ्नो बैचारिक मान्यता अनुसार अघि बढेका थियौँ । त्यो सन्दर्भमा कतिपय अवस्थामा हाम्रा आआफ्नौ कार्यशैली पनि थिए । परिवर्तित सन्दर्भमा हामी एक भएका छौँ । अहिले नेकपा एमाले पनि छैन र नेकपा माओवादी केन्द्र पनि छैन । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्रै छ । त्यसैले अब हाम्रो पार्टीका अध्यक्षदेखि हामी सबैले के बुझ्नु पर्छ भने यो नयाँ पार्टीलाई एकताबद्ध

    बनाएर लैजाने हाम्रो संकल्प हो, त्यो बन्नुपर्छ । दुनियाँभरी कम्युनिष्टहरु फुट्न मात्रै जान्दछन् भन्ने असाध्यै नकारात्मक धारणा अहिले फैलिएको छ । यस्तो बेलामा हामी फुट्न मात्रै होइन जुट्न पनि जान्दछौँ भन्ने हामीले एउटा दृष्टान्त प्रस्तुत गरेका छौँ । यहाँको परिस्थिति अनुसार यहाँको माक्र्सवादलाई आफ्नो ढंगले प्रयोग गर्दै अघि बढ्नु पर्छ भन्ने ठाउँमा हामी पुगेका छौँ । विगतमा हाम्रो बारेमा हामी उपयुक्त समयमा बस्तुनिष्ठ समिक्षा गर्ने नै छौँ । तर, अहिले हामी जुन ठाउँमा छौँ । हामी विचारमा समान छौँ । संगठनात्मक हिसावले सुदिृढ बन्नुपर्छ भन्ने निष्कर्षमा हामी समान छौँ र नेतृत्व निर्माणको एउटा बैज्ञानिक विधिबाट अघि बढ्नु पर्छ भन्ने कुरामा पनि हामी समान छौँ ।

    अलकअलक पृष्ठभूमिबाट आएका दुई पार्टी एक ठाउँमा मिसिएपछि अलिक परसम्म दुई नदी मिल्दा पानीको अलकअलक रंग देखिए जस्तो हुनु स्वाभाविक नै हो । तर, अब हामी एक भै सकेका छौँ अब रगं पनि छुट्याउन सक्ने अवस्थामा छैन । त्यसैले हामी अब एक ढिक्का भएर अघि बढेका छौं।

    त्यसैले यति बेला पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीका कुरा अघि सारेर अहिलेको ऐतिहासिक एकतालाई विथोल्ने काम कसैबाट पनि हुनुहुदैँन । यसलाई कमजोर ढंगले बुझ्ने काम पनि कसैबाट गर्नुहुँदैन । त्यो कसैमा पनि छैन । जुन ऐतिहासिक सफलता प्राप्त गरेका छौँ । त्यसलाई पनि व्यवस्थित गर्नु पर्ने गहन जिम्मेवारी चाँहि हाम्रा सामू छ । अहिले पनि कतिपय नमिलेका कुरामा दुई अध्यक्ष बसेर गृहकार्य गर्ने, उहाँहरुले धारणा ल्याउने र हामीले सामूहिक रुपमा निर्णय गरेर पठाउने गरेका छौँ । अझै पनि हामीले एकता प्रक्रियाका केही बाँकी कामलाई टुंगोमा पुर्याउनु पर्ने जिम्मेवारी छ । हामी त्यसलाई पनि जति सक्दो छिटो टुंगोमा पुर्याउने छौँ । हामी यो प्रक्रियालाई टुंगोमा पुर्याउने वित्तिकै पार्टीको स्थायी कमिटी बैठक पनि राख्छौँ  र त्यो बैठकबाट हामीले गर्नुपर्ने थप कामको योजना बनाएर अघि बढ्छौँ । जहाँसम्म पार्टी स्कलू विभागको सन्दर्भ छ । हाम्रो पार्टीमा ३३ आेटा विभाग छन् । ती मध्यको एक महत्वपूर्ण विभाग पार्टी स्कूल विभाग पनि हो । कुनै विभागले आफ्नो छुट्टै नयाँ निर्णय गरेर पार्टी एकातिर विभागहरु अर्कैतिर हुने होइन, हुन सक्दैन । बरु पार्टीले गरेका संस्थागत निर्णयलाई ती विभागले कार्यान्वयन गर्दै जाने हो । विभागले पनि पार्टीलाई चलायमान बनाउन आफनो विभागका गतिविधिलाई सस्ं थागत ढगंले चलायमान बनाउने हो । त्यसलै यसलाई अन्यथा ढंगले बुझ्नुपर्छ जस्तो मलाई लाग्दैन र बुझ्न जरुरी पनि छैन ।

    अहिले एउटा भ्रमचाँहि के चलाइएको छ भने यो स्कूल विभागको विषयलाई लिएर भयंकर बहस चलाइएको थियो । तर, त्यस्तो होइन त्यो निर्णय गर्ने बेलामा एजेण्डाका रुपमा उठ्यो र हामीले सर्वसहमतिबाट त्यसलाई टुंगोमा पुर्याउने काम गर्यौँ । होला बाहिर समूहमा केही त्यो विषयमा पनि बहस भयो होला तर कमिटीमा पहिलो पटक औपचारिक ढंगले त्यो विषयमा छलफल भयो र हामीले फेरि पनि भन्छु । हामीले सम्र्वसहमति ढंगले निर्णय गर्यौँ ।

    कतिपय कुरा बाहिर आउँदा भित्रको यथार्थ नबुझि आइदिन्छन् । अनि हामी त्यसैमा केन्द्रित भएर बहसमा सहभागी भइदिन्छौँ । त्यसले भित्रि कुरालाई बोकेको हुँदैन । यो समस्याका रुपमा पनि आएको छ । यो विषयमा मैले एक शब्दमा भन्दा अरु नेताहरुले विभिन्न जिम्मेवारी पाउनु भयो त्यति मध्येको एउटा जिम्मेवारी मैले पनि पाएको हुँ।

    भनेपछि यो स्वाभाविक प्रक्रिया हो ?

    – हो, मैले अघि पनि भने यो विभाग मैले पाउने वित्तिकै मैले फरक ढंगले चलाउने कुरा त होइन । मैले पार्टीको निर्णय अनुसार नै चलाउने हो । त्यसैले यो विषयमा धेरै बहस र चर्चा गर्नुको औचित्य छ जस्तो मलाई लाग्दैन । हरेक विभाग पार्टीको अधिनस्त भएर चलेका हुन्छन् । याजे ना पनि त्यसै अनुसार चल्ने हुन् । मैले पनि चलाउने त्यसैगरी हो ।

    भनेपछि बैचारिक रुपमा दुई पार्टीलाई एक बनाएर अघि लैजाने कुरामा तपाईँको भूमिका महत्वपूर्ण रहने छ ?

    हामी जुन बैचारिक जगमा उभिएका छाँै । त्यो जगमा उभिएर त्योसँग गाासिएका कतिपय पृथकपृथक लाग्ने पृथकपृथक देखिने कुरालाई मिलाएर जानुपर्छ, त्यसको विकल्प छैन । फेरि पनि भन्न चाहन्छु अब एमाले पनि छैन । माओवादी पनि छैन । अहिले हामी सबै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा भएका छौँ । हामी त्यहि अनुसार नै अघि बढ्नुपर्छ । यो पार्टीमा सुसंगत, बैचारिक श्रृंखला हुनुपर्छ त्यो भएन भने त्यो विचार बोकेर हिड्ने मान्छेहरुको पब्क्ति पनि कमजोर भएर जान्छ । त्यसैले यो कुरामा पनि हामीले हेक्का राख्न जरुरी छ ।

    आज हामी संविधानको सर्वोच्चता, कानुनको शासन, आवधिक निर्वाचन, प्रतिस्पर्धाको राजनीति, शान्तिपूर्ण प्रर्दशनको कुरा, नियन्त्रण र सन्तुलनको कुरा, समाजका बहलुता, बहलुवादी खुला समाज जस्ता कुरालाई हामी मानेर अघि बढिरहेका छौँ । वास्तवमा भन्ने हो भने हामी यस्ता कुराबाट निर्देशित भएर हामी अघि बढ्ने हो । राज्य सञ्चालनका यी मुलभूत कुरालाई हेक्का राख्दै अघि बढ्नु पर्ने पनि दायित्व छ ।

    हाम्रो यतिबेलाको विचार यी नै कुरामा निर्देशित भएर अघि बढ्छदै माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागु गर्ने र कार्यान्वयन गर्ने कुरामा पनि ध्यान दिन जरुरी छ । पार्टी स्कूल विभागले पनि यी कुरालाई नै सिर्जनात्मक ढंगले देशव्यापि ढंगले पार्टी पब्क्तिमा लैजान्छ ।

    ७० वर्षको इतिहासलाई हेर्ने हो थुप्रै पटक टुटफुटको सिकार कम्युनिष्ट पार्टी पनि भयो । अब एकताबद्ध सन्देश दिएर अघि बढ्नु हुन्छ ?

    – निश्चय पनि ।

  • कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

    कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

    लालबाबु पण्डित
    मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन

    निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने विधेयक ल्याउने तयारी गरेसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजीनामा दिने घोषणा गरे सरकारले लगत्तै राजीनामा स्वीकृत गर्ने कडा विधेयक ल्याउने तयारी गरेपछि सरकारी कर्मचारीहरुले त्यसको विरोध गरेका छन् । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएपछि कर्मचारी रुष्ट बनेका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सो विधेयकमाथि दफावार छलफल भएपछि सहमति जुटेसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यो विधेयक जसरी पनि अघि बढ्ने अडान लिएका छन् । केही दिन अघि बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्न सक्ने नयाँ व्यवस्था गरेको छ । मन्त्री पण्डितले ट्रेड युनियन संस्थागत वा चिकित्सकबाट विगतमा सरकारलाई सामूहिक राजीनामा दिने चेतावनी आउँदा सरकार उनीहरूका माग सम्बोधन गर्न बाध्य हुने गरेको स्मरण गराउँदै अब त्यस्तो धम्की पूर्णरुपमा बन्द हुने चेतावनीसमेत दिएका छन् । मन्त्री पण्डितसँग यिनै विषयमा गरिएको कुराकानी—

    निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने विधेयक ल्याउने तयारी गरेसँगै अहिले त्यसको निकै चर्चा भएको छ । तपाईंले चाहिं कसरी लिनु भएको छ ?
    संघीय निजामती कर्मचारीको सेवा सर्त र सुविधान सम्वन्धि विधेयक अहिले अघि बढेको छ । राज्य व्यवस्था समितिमा पनि त्यो विषयमा छलफल भएपछि त्यसले पारित गरेको अवस्था छ । सामूहिक राजिनामा आएमा र त्यो राजिनामा जसले दिएको हो त्यो पुष्टि भएमा सरकारले सामूहिक राजिनामा गर्न सक्ने व्यवस्थालाई सो समितिले पनि सर्वसहमतिबाट पारित गरेको छ ।

    तपाईं मन्त्री पनि हुनुहुन्छ । यो प्रावधानको सकारात्मक प्रभाव के हो भन्ने लाग्छ ?
    विश्वका कतिपय मुलुकहरु विभिन्न खालका आन्दोलनहरु र आन्दोलनको माग पूरा गराउनका लागि सामूहिक राजीनामा दिने, काममा नजाने अनि सरकारलाई अघि बढ्न पनि नदिने साथै जनताको सेवा प्रवाहमा अवरोध गर्ने र विकास निर्माणमा पनि अवरोध गर्ने गरेका इतिहासहरु छन् । नेपालकै इतिहास हेर्ने हो भने पनि यसरी आन्दोलन गर्दा सरकारले वैकल्पिक व्यवस्था गर्न नपाउने आन्दोलनका नाममा सरकारलाई गलाउने जनताका अपेक्षाअनुसार काम गर्न नदिनेजस्ता कार्य पनि भएका छन् । त्यसले गर्दा विकास निर्माणका काम पनि नहुने र जनताको सरकारप्रतिको विश्वास पनि गुम्न जाने खतरा देखिएको छ ।
    यस्तो अवस्थामा विगतमा विभिन्न देशहरुमा जस्तै सिंगापुर, मलेसियालगायतका देशहरुमा त्यस्तै अवस्था सिर्जना भएपछि जनतालाई सुशासन दिन, विकासलाई अघि बढाउन सामूहिक राजिनामालाई सरकारले स्वीकृत गरेर नयाँ आवश्यक भर्ना गरेको इतिहास छ । त्यसले देशको सुशासनलाई अघि बढाउन पनि मद्त गरेको छ । नेपालमा पनि बेलाबेलामा सरकारलाई बाध्य बनाउन यस्ता प्रवृत्तिहरु पनि देखिएको हुँदा यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न, जनताको सेवाप्रवाहलाई अघि बढाउन र विकासको गति दिनलाई पनि यो प्रावधान ल्याउन लागेको हो । यो प्रावधान आवश्यकता भएर नै ल्याउन लागेको हो । त्यसैले सरकारले यो प्रावधानसहितको विधेयक ल्याउनुको कारण भनेको पनि यही हो ।

    राष्ट्रसेवक कर्मचारीहरुमा खटाएको ठाउँमा नजाने, सेवा–सुविधाको विषयलाई लिएर आन्दोलन गर्ने, सामूहिक राजीनामाको धम्की दिने जस्ता चलन त छन् । यो प्रावधानसँगै ती कुरा अवश्य पनि कमजोर भएर जान्छन नै । यस्तो अवस्थामा कर्मचारीहरुले पनि त नमान्ने आन्दोलन गर्ने अवस्था आउला । त्यो बेलामा तपाईंले यो विधेयकलाई अघि बढाएर जान त समस्या होला नि ?
    यो विधेयक सरकारले ल्याएको हो । व्यापक छलफल गरिकन सरकारले ल्याएको विधेयक पनि हो यो । त्यति मात्र होइन यो मुलुकको आवश्यकताले ल्याएको विधेयक पनि हो । प्रशासनलाई चुस्त–दुरुस्त बनाउनका लागि समेत ल्याएको विधेयक हो यो । अझ भन्ने हो भने सेवा–प्रवाहलाई चुस्त–दुरुस्त बनाउन ल्याएको विधेयक हो यो । यो विकासलाई गति दिनका लागि ल्याएको विधेयक हो । त्यसैले जनताको भावना र चाहनाअनुसार नै जनप्रतिनिधिबाट पारित भएको हो । सबैले यसलाई यसरी नै बुझ्नु पर्छ भन्ने मेरो धारणा छ ।

    आन्दोलन भयो, विरोध भयो भने पनि सरकार अब पछि हट्दैन, यसरी नै बुझ्नु प¥यो होइन त ?
    सरकार निरीह हुनुपर्ने अनि जसले जे माग्यो त्यही त्यतिबेला नै दिनुपर्ने दिइएन भने सरकारले केही गर्न नसक्ने स्थितिबाट उन्मुक्ति पाउनका निम्ति यो विधेयक ल्याएको हो । त्यसैले यो फिर्ता हुँदैन । सरकारले आवश्यकताअनुसार राष्ट्रसेवक कर्मचारीलाई अनुशासित र जनताको हितमा सेवा प्रवाह र विकासमा तीव्रता दिन विगतमा के विकृति र विसंगति थिए ती हटाउनकै लागि भनेर ल्याएको हुनाले मलाई लाग्छ यो विधेयकको विरोध राष्ट्र सेवक कर्मचारीबाट पनि हुने छैन । आम जनताबाट पनि यो विधेयकको समर्थन रहन्छ भन्ने मैले ठानेको छु ।

    तपाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही सकारात्मक सन्देश पनि देखिएको छ । तपाईं आफैँले चाहिँ कस्तो ठान्नु भएको छ ?
    नेपालमा केही गलत बुझाइहरु छन् । ती गलत बुझाइहरुको कारण व्यक्तिको अनुहार हेरेर देशको प्रणाली चल्नुपर्छ भन्ने भ्रम छ । देशका हरेक प्रणाली व्यक्तिको अनुहार हेरेर चल्नुपर्छ भन्ने कुरा नै गलत छ । व्यत्तिको अनुहार हेरेर प्रणाली अघि बढ्न सक्दैन । त्यसैले प्रणाली भित्र व्यक्तिका अनुहार देखिनु पर्छ भन्ने मेरो मान्यता छ । अहिले म केही असहजतालाई सहज बनाउँदै देशको सुशासनमा के–कस्तो योगदान गर्न सकिन्छ भन्ने कुराका लागि मेहनतका साथ लागेको छु । मेरो अहिलेको ध्यान भनेको राष्ट्र सेवकलाई काममा केन्द्रित गराउने र उनीहरु काममा केन्द्रित भएनन् अनुशासित भएनन् भने अनि काममा खटाइएको ठाउँमा गएनन भने दण्डनीय व्यवस्था अनुसार अघि बढ्ने तयारीका साथ लागेको छु ।
    ऐनमा पनि हामीले त्यहि अनुसार नै रुपमान्तरण गरिरहेका छौँ । म ढुक्कका साथ भन्न सक्छु । अब पहिलाको जस्तो राज्यले केही पनि गर्न नसक्ने निरीह बन्ने र जसले जे भन्यो त्यहि गर्नुपर्ने अवस्था आउने छैन । त्यसको अन्त्य भएर जान्छ । अहिले पनि कर्मचारीको सरुवा–बढुवामा नेताका फोन आउने, नेताको घर–दैलो चाहर्ने परम्परा जिवित नै छ । यद्यपि तपाईँले यो मन्त्रालयको जिम्मेवारी सम्हालेपछि त्यसमा केही कमी आएको हो कि भन्ने पनि छ । तपाईँ आफैँले चाँहि कस्तो मशहुस गर्नुभएको छ ।
    केही हदसम्म घटेको छ तर पूर्ण रुपमा अन्त्य भएको छैन । प्रणाली स्थापित गरेर त्यस्तो परम्परालाई अन्त्य गर्न चाहन्छौँ । नदुखेको टाउको नेतृत्व पङक्तिले दुखाउन आवश्यक छैन ।

  • विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ

    विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ

    देवेन्द्र पौडेल
    नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेल विप्लव माओवादीका गतिविधिलाई प्रश्रय दिन नहुने तर्क गर्नुहुन्छ । संविधानले नै वर्जित गरेका गतिविधि अघि बढाए सरकारले नियन्त्रण गर्ने उनको चेतावनी छ । कुनै समय एउटै मोर्चामा आन्दोलन गरेका विप्लवलाई सकेसम्म सच्चिन उनले आग्रह गरेका छन् । पौडेलसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    नेपालमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । यो सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने आरोप पनि लाग्ने गरेको छ । तपाईंले चाहिँ यो सन्दर्भलाई कसरी लिनुभएको छ ?
    तपाईंले भनेअनुसार नै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एक भएपछि जनअपेक्षाअनुरुप काम होला भनी जनताले विश्वास गरेर नै दुईतिहाई नजिकको मत दिएका हुन् । अहिले जनताले आफूले मत प्रकट गरे अनुसारका काम भए कि भएन भनेर समीक्षा गर्नु, गुनासो गर्नु जस्ता कुरालाई हामीले अन्यथा लिनुपर्छ जस्तो लाग्दैन । उहाँहरुले जे गर्नुभएको छ । जुन खालको खबरदारी गरिरहनु भएको छ । त्यो स्वाभाविक छ । हामीले पनि त्यो खबरदारीलाई अन्यथा रुपमा लिएका छैनौँ । उनीहरुको अपेक्षाअनुसारकै काम क्रमशः हामीले गर्दै जानुको विकल्प पनि छैन ।

    भनेपछि तपाईंहरुले पनि जनताबाट खवरदारी भै रहेको छ भन्ने हेक्का राख्नुभएको छ ?
    अवश्य पनि । पछिल्लो दश वर्षको अवस्थालाई नै हेर्ने हो भने पनि पछिल्लो समय देखिएका पूर्वाधार विकासलाई हेर्ने हो भने त्यति सन्तोषजनक छैन । पछिल्लो समयमा संविधान जारी मात्रै भएको छैन । तीन तहका सरकारसमेत निर्माण भएर हामी संघीयता कार्यान्वयनको चरणमा अघि बढिरहेका छौँ । यो अवस्थामा हामीले अझ जिम्मेवार भएर जनअपेक्षा अनुसार काम गर्दै लामो समयको संघर्ष र बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्दै अघि बढ्नु पर्ने छ ।
    हामी अहिले पनि आधार तयार गर्ने चरणमै छौँ । वर्तमान सरकारकै कुरा गर्ने हो भने पनि हामीले अहिले केही समय विभिन्न खाले कानुन र ऐन निर्माणका लागि धेरै समय खर्च गर्नु परेको छ । त्यस कारण पनि अहिले धेरै कामहरु द्रुत गतिमा अघि बढ्न सकेका छै्रनन् । अब विस्तारै विकास निर्माणका काममा पनि हामी अघि बढेका छौँ ।

    भनेपछि कानुन निर्माण गर्ने लगायतका कारण जनताका अपेक्षाअनुसार काम गर्न ढिलाइ भएको चाहिँ सत्य हो ?
    निश्चय पनि । मैले अघि पनि भने विस्तारै सरकारले अब विस्तारै कामका गतिलाई अघि बढाएको छ र बढाउनुपर्छ । अझ मैले नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिम्मेवार नेताको हैसियतले भन्नु पर्दा बाहिर जे जति चर्चा हुने गरेका छन् । त्यस्तो अवस्था भित्र छैन । योजनाबद्ध रुपमै काम अघि बढाउने कार्य भैरहेको छ ।

    अब गुनासा सुनेर अघि बढ्नु पर्ला नि त ?
    हामीले भनेकै छौँ नि । हामीलाई जनताले नै विजयी बनाएर पठाएका हुन् । हामी जनताभन्दा टाढा हुनै सक्दैनौँ । त्यसैले हामीले जनअपेक्षाअनुरुप काम गर्नुको अर्को विकल्प छैन । यो लोकतन्त्रको भरपुर उपयोग गर्ने अवस्था हो । त्यसैले हामीले जनताका गुनासा, जनताका अपेक्षा, जनताका चाहना र जनताका भावनालाई बुझेर अघि बढ्नुपर्छ । हामी त्यसै अनुसार नै अघि बढ्छौँ ।

    भनेपछि अहिलेको सबै अवस्था सहज नै छ भन्ने तपाईंको तर्क ?
    अहिले हेर्ने हो भने प्रतिव्यक्ति आय क्रमश सुधार हुँदै आएको छ । राष्टिय गौरवका आयोजनाहरु पनि विस्तारै निर्माण हुँदै आएका छन् । त्यसैले पनि निकै सुधारको संकेत देखाएको छ । रेमिट्यान्सको कुरा गर्ने हो भने पनि सन्तोषजनक नै देखिन्छ । आर्थिक सुचाङ्क पनि सन्तोषजनक नै देखिएको छ । राजनीतिक रुपमा पनि केही छिटफुट घटना बाहेक त्यति धेरै असन्तोषजनक अवस्था देखिएको छैन । संविधान जारी हुने बेलाका केही विमतीहरुलाई पनि विस्तारै हल गर्दै अघि बढेको अवस्था छ । यी सबै कुरालाई हेर्ने हो भने अहिले बर्बात भयो भनेर आत्ति हाल्नु पर्ने अवस्था केही छैन । सुधारात्मक र सन्तोषजनक अवस्था नै देखिन्छ ।
    सामाजिक क्षेत्रको कुरा गर्ने हो भने पनि केही छिटफुट अपराधका घटनालाई छाड्ने हो भने सन्तोषजनक अवस्था नै देखिन्छ । अहिलेका केही अपराधिक घटनालाई पनि विस्तारै हल गरेर जानेतर्फ सरकार चनाखो देखिएको छ । त्यसैले हामीले आशा गर्ने ठाउँ निकै छ ।
    यसरी हेर्ने हो भने आर्थिक, राजनीतिक सामाजिक र शान्ति–सुरक्षाकै कुरा गर्ने हो भने पनि कहाली लाग्दो अवस्थामा छैन भनेर ढुक्कका साथ भन्न सक्ने अवस्था छ । यसलाई अझै सुधार गरेर जानुपर्छ र सरकारले पनि यो कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
    बजेटको सन्दर्भमा कुरा गर्ने हो भने पनि यो पटकको बजेट सन्तोषजनक रुपमा आएको छ । अहिले पहिलाको जस्तो भनई तीन तहका सरकार रहेका छन् । तिनीहरु सबैले बजेट कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेलिरहेकै अवस्था देखिन्छ । त्यहाँ पनि केही कमजोरी त अवश्य छन् । ती कमजोरीलाई पनि सुधार गर्दै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति दिने गरी जनप्रतिनिधिले काम गर्ने हो भने हामीले केही वर्ष भित्रमै नेपालको मुहार अवश्य फेर्न सक्छौँ । यसका लागि सबैको साथ र सहयोग अवश्य चाहिन्छ । सत्तापक्ष र प्रतिपक्षको मात्र भावना राखेर अघि बढ्ने हो भने विकासको गति रोकिने छ र हाम्रो विकासको सपना त्यसै मुर्छित हुने छ । यो कुराको हेक्का पनि हामी सबैले राख्न जरुरी छ । यो भयो भने हामीले पाँच वर्षमा पुर्वाधारको केही संकेत दिन्छौँ भनेका छौँ । त्यो दिन सक्छौँ ।

    कुनै समय एउटै मोर्चामा रहेका नेत्रविक्रम चन्द अहिले विद्रोहको जेहाद छेड्ने गरी अघि बढेको देखिन्छ । पछिल्लो समयकै तथ्याङ्कलाई हेर्ने हो भने हिंसात्मक गतिविधि उनको नेतृत्वको दलले गरिरहेको छ । यो अवस्थामा त केही समस्या होला नि ?
    हो, तपाईंले भनेजस्तै केही समस्या भएको छ । शान्तिसुरक्षासँग सम्बन्धित प्रश्नमा यसले केही गम्भीर समस्या पनि देखाएको छ । राज्यलाई नै गम्भीर संकटमा पु¥याउने गरी अथवा शान्ति प्रक्रिया नै पूरै खलल हुने गरी भएका यी गतिविधि चाहिँ यी होइनन् । तर, केही समस्या त अवश्य भएको छ । यो सकारात्मक सन्देश त हुँदै होइन । अहिलेको संविधानले पनि त्यस्ता गतिविधिलाई प्रसय दिँदैन । त्यसैले त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । यद्यपि पार्टी खोल्ने, राजनीति गर्ने, आफ्ना एजेण्डाहरु जनताको बीचमा लैजाने जस्ता छुट छ, छँदैछ । आलोचना, विरोध र असहमति जस्ता कुरा लोकतन्त्र गर्न पाइन्छ, यो छुट सबैलाई छ । अहिले जुन ढंगले विप्लव माओवादीले गतिविधि गरिरहेको छ । यसलाई राजनीतिक रुपमै हल गरेर जानुपर्छ सरकार त्यहीअनुसार नै अघि बढेको छ ।

  • हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

    हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

    यज्ञराज सुनुवार
    नेकपा नेता, एवम् सांसद
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र सार्वजनिक रुपमा राजनीतिक नियुक्ती लिएर बसिरहेकाहरुको व्यवहारले आम नागरिक दिक्क बन्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले छौँडा भन्ने शब्द प्रयोग गरेर आन्तरिक राजनीतिमा आरोप–प्रत्यारोपको जुहारी चलेको छ । नेपालमा अहिले यो विषय सबैभन्दा बढी चर्चामा छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको उक्त स्टाटसका बारेमा उनले व्यक्तिगत भावना भनेर टिप्पणी गरे पनि उनी पार्टीभित्रै आलोचित बनेका छन् । सरकारको कामको गति कमजोर बनेको छ भने काममा पनि त्रुटिपूर्ण व्यवस्थापन हुन थालेको छ । यिनै विषयमा केन्द्रित भएर हामीले नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद यज्ञराज सुनुवारसँग कुराकानी गरेका छाँै ।

    तपाईंलाई विश्व न्युज र विश्वसन्देश साप्ताहिकमा स्वागत छ ।
    धन्यवाद, अमेरिकामा रहने सम्पूर्ण नेपालीमा मेरो हार्दिक नमस्कार । मेरो भावना विश्वसन्देशले अमेरिकासम्म लैजाने काम गरेको छ । त्यसैले यो पत्रिकालाई मैले विशेष आभार भन्नै पर्छ ।

    सरकारको काम गर्ने गति किन बिग्रिएको ?
    पक्कै पनि तपाईंले विभिन्न विधेयक र निर्णयमा कुरा गर्नुभएको होला । संसद्मा ल्याउने विधेयकमा सरकार स्वतन्त्र छ । तर, विधेयक ल्याउँदा बहस गर्नुपर्नेमा त्यो पर्याप्त हुन सकेको छैन । नागरिकले गरेको अपेक्षाअनुसार काम नभएको सत्य हो । कतिपय निर्णयमा जुन परिपक्वता हुनुपर्ने थियो, त्यसो हुन भने सकिरहेको छैन ।

    त्यसको अर्थ नेकपामा परिपक्व निर्णय गर्ने व्यक्ति छैनन् भन्न खोज्नुभएको ?
    संसद्मा भएका वा बाहिर भएका विज्ञहरुसँग छलफल गरेर ल्याउनुपथ्र्यो, त्यो अझै पुगेको छैन भन्न खोजिएको हो । पार्टीमा धेरै विज्ञ साथीहरु हुनुहुन्छ । कतिपय अवस्थामा संसद्मा विधेयक दर्ता गर्न पाउँदैन, प्रतिपक्षको सहमतिमा ल्याउनुपर्छ, सरकारले पेलेर ल्यायो भन्नेजस्ता कुराहरु पनि भएका छन् । हामी संसद अवरुद्ध गर्छौँ भन्ने जस्ता अभिव्यक्ति गलत हुन् ।

    विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ, किन ?
    निर्णय हतारमा गर्ने र फुर्सदमा पछुताउने जस्तो प्रवृत्ति पनि देखिएको छ । अहिले सरकारले विषादी परीक्षणमा लिएको निर्णय ठीक थियो । सरकारले विषादी परीक्षण गर्ने काम गरेको थियो त्यो राम्रो भएको थियो । तर, पछि हट्ने काम भयो त्यो कमजोरी भएको छ । सरकारले परीक्षण नगर्ने भन्ने निर्णय सरकारले गरेको छैन । सरकारले पहिले नै आवश्यक तयारी गरेको भएदेखि राम्रो हुन्थ्यो ।

    आम नागरिक भने निराश हुन थालिसके । तपाईंहरुले कम नगरेर ?
    सरकारले भौतिक पूर्वाधार, राष्ट्रिय महत्वका पूर्वपश्चिम मध्यपहाडी राजमार्ग लगायतका क्षेत्रमा राम्रो काम गरेको छ । सरकारको एउटा निर्णयले मूल्याङ्कन गर्नु हुँदैन । विषादीयुक्त कुरा खानेकुरा हामीले खाइरहेका थियौँ । अब भने हामीले ती खानेकुराहरु खानु हुँदैन भन्नेमा सचेत हुनुपर्छ । विषादी त हामीले वषौँदेखि खाइरहेका थियौँ ।

    भारतको दबाबले यसरी निर्णय फिर्ता लिदा राष्ट्रियताप्रतिको अडान खोक्रो रहेछ भन्ने प्रमाणित भएन ?
    नेपाल कम्युनिष्ट पार्टीको सरकार भएका कारण हामीले राष्ट्रियताका विषयमा प्रश्न गर्नु आवश्यक छैन । हामी राष्ट्रियताको विषयमा हामी अनवरत संघर्ष गर्दै आएका छौँ । त्यसैले हामीले राष्ट्रियतामा प्रश्न उठ्न दिँदैनौं । राष्ट्रियताको पक्षमा काम गरेको नेकपाको सरकारले कसैको दबाबमा निर्णय गर्दैन । कम्युनिष्ट पार्टीको सरकार भएकाले राष्ट्रियताको पक्षमा काम गर्छ । म विश्वास दिलाउन चाहन्छु आम नागरिकको मनमा ठेस लाग्न दिँदैनौं ।

    तपाईंको पार्टी नेतृत्वको सरकारले काम त राम्रो गर्न सकेन ?
    हामीले एक वर्षको अवधिमा कानुन निर्माण गर्ने काम गरेका छौँ । नीति निर्माणमा हामीले समय खर्च गरेका छौँ । अबको समय भने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा काम गर्ने समय आएको छ । समृद्धिको यात्रामा हामी लाग्नु पर्ने अवस्था आएको छ ।

    सल्लाहकारबाटै पदीय मर्यादा विपरीतका अभिव्यक्ति आउन थाले, कसरी पत्याउने ?
    प्रधानमन्त्रीले सल्लाहकार वा राजनीतिक नियुक्ती लिएका व्यक्तिलाई परिवर्तन गर्नुपर्ने अवस्थामा पनि गर्नुपर्दछ । प्रधानमन्त्रीका सल्लाहकारले दिएको अभिव्यक्ति राम्रो छैन । सल्लाहकारहरुका विषयमा प्रश्नहरु उठेका छन् ।
    बोल्ने शब्द र गर्ने व्यवहार संस्कारयुक्त हुनुपर्छ । मैले विष्णु रिमालजीको ट्वीट हेरेँ । सार्वजनिक पदमा भएको व्यक्तिले बोल्ने र लेख्ने कुरा शब्द–शब्दमा ध्यान दिनुपथ्र्यो । तर, लागेको कुरा सार्वजनिक पद धारण गरेका व्यक्तिले राख्नु उपयुक्त हुँदैन । लागेका कुरा जहाँ पायो त्यहाँ राख्नु हुँदैन ।

    सरकारको काम मात्र होइन, पार्टी एकताका बाँकी काम राम्रोसँग भएको छ त ?
    राष्ट्रिय अभियानमा सबैले सहयोग गर्नुपर्छ । पार्टी एकताको विषयमा पनि अल्झन आएका छन् । तीन महिनामा सक्नुपर्ने काम अहिलेसम्म पार्टी एकताका बाँकी विषय टुंगो लागेको छैन । हाम्रो नेतृत्वले किन ससाना कुरामा ध्यान दियो ? मेरो पनि प्रश्न छ ।
    राम्रो काम गरेको नेतृत्वलाई सानो घेराबन्दी गर्नु राम्रो होइन । हरेक शक्तिशाली नेताको पछाडि स्वार्थ समूह हुन्छन् । नेताहरुलाई आफ्नो स्वार्थअनुसार अगाडि बढाउने उनीहरुको चाहना हुन्छन् । तर नेतृत्वले फरक तरिकाले निर्णय गर्नुपर्छ । दोष नेतृत्वलाई जान्छ । असफल हुने छुट र ढिलो गर्ने छुट सरकारलाई छैन ।

  • मन्त्रिमण्डल पुनर्गठनका  विषयमा छलफल नै भएको छैन

    मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल नै भएको छैन

    सुवास नेम्वाङ
    उपनेता, नेकपा
    सुवासचन्द्र नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका बौद्धिक नेताका रुपमा चिनिन्छन् । थोरै बोल्ने तर तौलिएर बोल्ने उनको छवि निकै गज्जबको छ । पछिल्लो समय सरकार फेरबदल लगायत विषय निकै पेचिलो बनेको छ । यी लगायतका विषयमा केन्द्रित भएर नेम्वाङसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    मुलुकको राजनीति हेर्ने हो भने त्यति धेरै सहज देखिन्न । मुलुकमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार भए पनि जुन ढंगले अघि बढ्नुपर्ने हो । त्यसरी अघि बढ्न सकेन कि भन्ने पनि आलोचना छ । तपाईं नेकपाको संसदीय दलको उपनेता पनि हुनुहुन्छ । कसरी लिनुभएको छ ?
    मेरो विचारमा एकतरिकाबाट हेर्ने हो मुलुक सहज ढंगले नै अघि बढेको देखिन्छ । हामीले संविधान निर्माण ग¥र्यौं, संविधानसभाबाट संविधान जारी ग¥यौं । त्यसको पहल र प्रयास गर्ने संयोग मलाई प्राप्त भयो । आम नेपाली जनताको सहयोग र सद्भावसँगै रहेको अथाह समर्थकले हामीले संविधानसभाबाटै संविधान जारी गर्न सक्यौँ । हामीले राम्रो संविधान बनायौँ । यो संविधान सम्झौता र समझदारीको दस्तावेज पनि हो । हामीले असल संविधान जारी गर्न सक्यौँ । त्यसमा सबैको साथ र समर्थनले पनि सहज बनायो ।
    संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको आधारमा सिङ्गो देशलाई एकजुट बनाउने संविधान हामीले बनायौँ । नेपालको संवैधानिक इतिहासमा जनताका लागि जनताले बनाएको संविधान हामीले बनायौँ । संविधानको स्रोत जनता भएको पहिलो संविधान हामीले बनायौँ । यो भन्दा अघिसम्म संविधानको स्रोत जनता नभए र शासक हुने गर्थे । यो संविधान बनाइसकेपछि हामी कार्यान्वयनको चरणमा गयौँ । खुशीको कुरा हामीले सफलतापूर्वक कार्यान्वयन गर्दै यो ठाउँसम्म आइपुग्न सफल भयौँ ।

    भनेपछि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने खुशी हुने ठाउँ नै देखिन्छ होइन त ?
    निश्चय पनि त्यत्रो धेरै वेखुशी हुनुपर्ने अवस्था देखिन्न । अहिलेसम्मको उपलब्धीलाई हेर्ने हो भने हामीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सफल भयौँ । जनतालाई मौलिक अधिकार सम्पन्न बनायौँ । संविधानसम्मत बनाउनुपर्ने कानुनहरुको निर्माण गर्ने काम सम्पन्न ग¥यौँ । र, संक्षेपमा संविधान निर्माणको कामलाई सम्पन्न गरेर यो ठाउँसम्म आएका छौँ ।
    हामीले शान्ति प्रक्रियाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि हामीले त्यहाँ पनि निकै ठूलो उपलब्धि हासिल गरेका छौँ । त्योसँगै हामीले केही बाँकी रहेका कामहरु जस्तै सत्य निरुपण र बेपत्ता पारिएकाहरुको आयोग बनाउनका लागि कानुनहरु निर्माण गर्ने काम सम्पन्न ग¥र्यौं । त्यसका लागि थोरै केही काम बाँकी छ । त्यसलाई पनि हामी सम्पन्न गर्न लागेका छौँ ।
    यी सबै काम गर्दा सत्तापक्ष–प्रतिपक्ष हामी सबै एक ठाउँमा उभियौँ । हामीले यो कामबाट शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा छौँ है भन्ने सन्देश दिएका छौँ । जनतालाई हामीले जगमा उभिने बनाएपछि हामी अहिले समृद्ध नेपाल खुशी नेपालीको अभियानमा अघि बढेका छौँ । यसलाई व्यवहारमा अघि बढाउने गरी अघि बढिरहेका छौँ । त्यसैले म अहिले पनि भन्छु– हामीले केही सुखद र राम्रा काम गरेका छौँ ।

    केही कमजोरी पनि होलान् नि ?
    निश्चय रुपमा यो काममा केही कुरा ठीक भैरहेको छैन कि बेठिक दिशामा पो हामी अघि बढिरहेका छौँ कि ? भन्ने कोणबाट पनि प्रश्न उठिरहेका छन् । तर, मेरो आग्रह छ । हामीले त्यस्तो अवस्था आउन दिनुहुँदैन । सबै दल र दलका नेताहरु मिलेर देशलाई अघि बढाउनु पर्छ । हामीले संविधान बनाएर त्यसलाई कार्यान्वयन गरेका छौँ । त्यहाँ आवधिक निर्वाचनको व्यवस्था गरिएको छ । जनताको मन जितेर हामीले चाहेअनुसारको परिवर्तन देशमा गर्न सकौँ भनेर नै हामीले त्यो व्यवस्था राखेका हौँ । हामीले संविधान संशोधन गर्न सकिने लचिलो व्यवस्था राखेका छौँ । प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट हो । आउने निर्वाचनमा उसले विजय हासिल गरेर ऊ सरकारमा आउन सक्छ । यो प्रणाली हामीले व्यवस्था गरेका छौँ । यो प्रणालीलाई सबल बनाएर अघि बढ्नुको अर्को विकल्प पनि हामीसँग छैन ।

    संविधान कार्यान्वयनको चरणमा छ । नेपालमा स्थायी सरकार पनि छ । तर, यो सरकारबाट जनता त्यति धेरै सन्तुष्ट भएननन् भन्ने आलोचना पनि सुरु भएको छ । तपाईं आफैँ चाहिँ के भन्नुहुन्छ ?
    अहिले नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार छ । केही मित्रहरुले आलोचना गर्ने सन्दर्भमा भन्नुहुन्छ । नेपालमा कम्युनिष्ट शासन आयो । अधिनायकवाद आयो । तर, म उहाँहरुलाई विनम्रसाथ आग्रह गर्न चाहन्छु । उहाँहरुले भने जस्तो कम्युनिष्ट शासन आएको होइन र देश अधिनायकवादतर्फ पनि गएको होइन ।
    अहिले मुलुकमा जनताको मन जितेर जनताको आर्शिवाद लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार रहेको छ । दुई तिहाई नजिकको यो सरकार संविधान बमोजिम चलिरहेको छ । संविधानभन्दा यताउति यो सरकारले गर्न सक्दैन । मैले अघि पनि आवधिक निर्वाचनको कुरा गरेँ । हामीले जनताको मन जित्न सकेछौँ भने विगतका कमी–कमजोरीलाई सच्याएर अघि बढ्न सकेछौँ भने फेरि हामीले जनताको आशिर्वाद पाउँछौँ । यदि हामीले त्यो गर्न सकेनौँ भने जनताले प्रतिपक्षलाई चुन्न सक्ने अधिकार पनि छ । त्यसैले अहिले नै प्रतिपक्ष दलले हामीलाई सरकार चलाउने अधिकार सधैँका लागि हराउने भयो भनेर तर्सिनुपर्ने कारण छैन । सरकार बनाउने अधिकार अहिले पनि प्रतिपक्षलाई छ ।
    नेकपाले गएको निर्वाचनमा जनताको मन जित्न सक्यो । सबैतिर ध्वस्त भएको र हामीले सरकारको नेतृत्व गर्दा ती कुरा सुधार गर्न सकिने प्रतिबद्धता हामीले जनतासामु ग¥यौँ । जनताले पत्याएर र हामीलाई दुई तिहाई नजिकको सरकार बनाउने अधिकार दिए । यो खुशीको कुरा हो । तर, हामीले त्यो पूरा गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले अवश्य पत्याउने छैनन् । हामी अहिले ती आधारलाई पूरा गर्ने गरी अघि बढिरहेका छौँ । हामीले केही उपलब्धि पनि हासिल गरेका छौँ ।

    अहिलेको अवस्थालाई हेर्ने हो भने जनताले विश्वास गरेअनुसारकै काम वर्तमान सरकारले गरेको छ भन्ने तपाईंको तर्क हो ?
    मैले अघि पनि भनें हामीले जनअपेक्षाअनुरुप काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई विश्वास गर्ने छैनन् । तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले सकेसम्म जनअपेक्षा अनुरुपकै काम गर्न सफल भएका छौँ भन्ने लागेको छ । यो अवधिलाई हेर्ने हो भने हामीले छिमेकसँगको सम्बन्धलाई हामीले सुधार गरेका छौँ । विदेश सम्बन्धलाई पनि हामीले सुधार गरेका छौँ । हामीले मुलुकमा कहिले पनि नाकाबन्दी नहुने अवस्थामा मुलुकलाई पु¥याएका छौँ । यो पनि ठूलो उपलब्धि हो । म अहिले पनि भन्छु– जनताले भनेजस्तो सयमा सय त होइन केही कमजोरी हुन्छन् । तर, हामीले धेरै हदसम्म जनअपेक्षाअनुसार नै काम गर्न सकेका छौँ भन्ने लागेको छ ।

    पछिल्लो सयम विभिन्न सञ्चारमाध्यमलाई नियाल्ने हो भने मन्त्रिमण्डलको पुनर्गठनले निकै ठूलो चर्चा पाएको छ । यो विषयमा केही छलफल पार्टीभित्र भएको छ ?
    सबैभन्दा पहिला त जुन प्रणालीमा हामी अघि बढेका छौँ । त्यो प्रणालीमा मन्त्री फेरबदलको कुरा अचम्मको होइन । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले आफूलाई आवश्यक परेका बेलामा मन्त्री फेरबदल गर्न सक्ने अधिकार हुन्छ । उहाँले आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्नु हुनेछ । त्यसैले आवश्यकताअनुसार मन्त्री फेरबदल गर्ने कुरा अस्वाभाविक होइन । मन्त्रीमण्डल फेरबदल गर्दा सरकार सञ्चालनमा सहज हुन्छ भन्ने त्यो गर्नुलाई अस्वाभाविक मान्ने कुरा पनि भएन । तर, अहिले त्यो विषयमा नेताहरुबीच छलफल भएको जस्तो मलाई लागेको छैन । यद्यपि सञ्चारमाध्यममा आएका समाचार पनि सरकार राम्रो होस्, गतिका साथ अघि बढोस् भन्ने मनसायबाटै आएको होला भन्ने लागेको छ । त्यसैले मैले सञ्चारमाध्यमका समाचारलाई पनि गलत रुपमा लिएको छैन ।

  • लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न तयार छैन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड पनि सरकारको गतिविधिबाट सन्तुष्ट छैनन् । बजेटलाई पनि उनी कमजोर भनी टिप्पणी गर्छन् । खाँडसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    मुलुकमा अहिले दुई तिहाई नजिकको सरकार छ । यही सरकारले जेठ १५मा बजेट ल्यो । सरकाले यो बजेट दुईतिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकारले ल्याएको भनी बजेट राम्रो भएको तर्क गरेको छ । अहिले बजेटको विषयमा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । प्रतिपक्षीका आँखामा चाहिँ बजेट कस्तो छ ?
    यो बजेटले चालु खर्च ठूलो सङ्ख्यामा वृद्धि गरेको छ । पूँजीगत खर्च वा विकास खर्चचाहिँ यो चालु वर्षमा खर्च हुन सकेको छैन । आगामी वर्षका लागि पनि करिब एक खर्बको ऋणको भार बोकेर यो बजेट आएको छ । देशभित्र उठेको राजश्वले चालु खर्च चलाउने, विकास खर्चका लागि वैदेशिक र आन्तरिक ऋण उठाउने भनेर बजेट आएको छ । यो बजेटलाई यसरी हेर्दा पनि ऋणात्मक छ भन्न सकिन्छ । यो राम्रो कुरा होइन ।
    अहिले तत्कालको अवस्थालाई हेर्ने हो भने पनि प्रतिव्यक्ति ३६ हजार ऋणको भारी बोकाएको अवस्था देखिन्छ । यो सकारात्मक हुँदै होइन । आगामी वर्षमा यो बढेर करिब ५० हजार पुग्ने अनुमान छ ।

    भनेपछि यो बजेट तपाईंको बुझाइमा सकारात्मक छैन ?
    सकारात्मक कसरी छ भन्ने ? सकारात्मक छ भन्ने अवस्था नै छैन । बजेट भाषणसँगै मूल्यवृद्धि भएको छ । सर्वसाधारण जनताको ढाड नराम्ररी सेकेको छ । यो दुःखद कुरा हो । सर्वसाधारण जनतालाई जीवन निर्वाह गर्न मुस्किल भएको छ । सरकारले आगामी वर्षभित्रमा पाँच लाखलाई रोजगारीका अवसर सिर्जना गर्ने भनेको छ । अघिल्लो वर्ष पनि भनेको त्यही थियो । तर, परिणामले त्यस्तो देखाउन सकेन ।
    चालु वर्षको बजेटलाई हेर्ने हो भने पूर्णरुपमा असफल भएको छ । चालु वर्षकै बजेटलाई निरन्तरता दिएर बजेटको आकारलाई मात्र बढाइएको छ । यो सकारात्मक कुरा होइन । बजेट मुलुकभित्रै नयाँ रोजगारी सिर्जना गर्ने खालको, उत्पादनलाई प्रोत्साहन दिने खालको, कृषि उत्पादनलाई प्रोत्साहन दिने खालको बजेट आएको छैन । यो बजेट सरकारी कोषबाट तलब खानेहरु र अरु केहीका लागि मात्र सकारात्मक जस्तो देखिएको छ । आम नेपालीका लागि पनि यो बजेट आशा होइन पीडा थप्ने खालको आएको छ ।
    अघिल्लो वर्ष यही सरकारले वृद्धभत्ता र सरकारी कर्मचारीको तलब नबढाउँदा नेपाली काँग्रेसले नै आलोचना गरेको थियो । यो वर्ष हामीले दुबै कुरा गरेका छौं । तर, पनि काँग्रेसले आलोचना गरिरहेको छ भन्ने सरकार पक्षको आरोप छ । त्यो आरोपलाई सत्य मान्ने कि असत्य त ?
    कर्मचारीको तलब वृद्धि गर्दा तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको १८ प्रतिशत बृद्धि गरिएको छ । बृद्धिको अनुपात पनि मिलेको छैन । एउटा कार्यालय सहयोगीको ३ हजार बृद्धि हुन्छ । अनि एउटा विशिष्ट श्रेणीका अधिकृतको ९ हजार भन्दा बढी बृद्धि हुन्छ । महंगी त विशिष्ट श्रेणीका लागि अलग्गै र कार्यालय सहयोगीका लागि अलग्गै हुँदैन । त्यसकारण पनि यो अनुपात मिल्दो भएन । थोरै तलब हुनेको थोरै र धेरै तलब हुनेको धेरै बढ्नु भनेको असमानता हो । यसले असमानता निम्त्याएको छ ।
    अर्को कुरा नेपालका करीब ५२ जिल्लामा नेपालीको औसत आयू ६५ वर्ष मन्दा मूनी छ । हिमालको काखमा रहेका र तराईको विभिन्न भूभागमा रहेका गरिबीको रेखामूनि रहेका दाजुभाई शारीरिक रुपमा पनि छिटो अशक्त हुन्छन् । यी कुरालाई ख्याल गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षदेखि बृद्धभत्ता दिने भनेर निर्णय गरेको थियो । त्यो लागु गर भनेर हामीले भनेका छौँ तर वर्षमान सरकारले मानेको छैन । संविधानलाई आधार मान्ने हो र संविधानको पूर्ण पालना गर्ने हो भने पनि त्यो व्यवस्था गर्नुपर्छ ।

    भनेपछि अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको अनुभूति दिने गरी वर्तमान सरकारले काम गर्न सकेको छैन  ?
    हो, अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा प्रवेश गरेको छ । यो अवस्थामा आम नेपालीलाई आशा–भरोसा दिने गरी काम सरकारले गर्नुपर्ने हो त्यो भएको छैन । अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म भनिएको छ । त्यो अनुभूति पनि नेपाली जनताले गर्न पाएका छैनन् । अहिले स्थानीय र प्रदेश सरकारलाई स्रोत–साधनलेयुक्त बनाउनु पर्ने हो । उनीहरुको क्षमतावृद्धिमा केन्द्र सरकारले ध्यान दिनुपर्ने हो । तर, उल्टै प्रधानमन्त्री नै प्रदेश सरकार केन्द्रको मातहतमा हो भन्दै हिड्नु हुन्छ । यसले पनि थप जटिलता ल्याएको छ ।
    बजेट पनि प्रधानमन्त्रीको भनाई जस्तै आएको छ । प्रदेशले गर्ने खुद्रा मसिना काममा पनि केन्द्रबाटै बजेट छुट्याउने काम भएको छ । यो सकारात्मक होइन ।
    बजेट संघीयतामैत्री छैन । यो बजेटले संघीय, प्रदेश र स्थानीय सरकारको बीचमा तालमेल मिलाएर सबैलाई अघि बढाएर जनताका लागि घर–आगनमै सेवा–सुविधा पुर्याउने खालको बजेट भएन भन्ने नै हाम्रो बुझाइ छ ।

    दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकार सत्तापक्षको नारा भयो । यस्तो सरकारको कामकारवाहीलाई चाहिँ रचनात्मक प्रतिपक्षी भएर मूल्याङ्कन गर्दा कस्तो छ ?
    मुलुकको संविधान लोकतान्त्रिक छ । संविधान अनुसार भन्ने हो भने शासन व्यवस्था बहुलबादमा आधारीत बहुदलीय लोकतान्त्रिक प्रतिष्पर्धामा आधारीत संसदीय व्यवस्था छ । तर, चुनाव जितेपछि एकदलीय निरंकुशतालाई अघि बढाउने सोँच राखेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा हावी भयो । यसरी हेर्दा शासन व्यवस्था लोकतान्त्रिक छ । राज्यको वागडोर र सरकार चाँहि कम्युनिष्ट भयो । त्यसैले लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट शैलीको शासन मिल्दो खालको देखिएको छैन । प्रेसमाथि, मानवअधिकारमाथि, धर्म, सस्कृति, परम्परामाथि लगाउन खोजेको अंकुशले पनि यही कुराको पुष्टि गर्छ । गुठियारहरुले विधेयकको विरोध गर्दै आन्दोलन गर्दा उनीहरुमाथि प्रहरीले गरेको दमन पनि त्यसैको एउटा नमूना हो । लोकतान्त्रिक व्यवस्थामा सरकार खुला हुनुपर्ने हो तर निरंकुश बन्न खोज्दा समस्या भएको छ । नागरिक मुलुकका मालिक हुन । यो भावनाले काम गर्नुपर्ने हो तर सरकारले अहिले रैतीको जस्तो व्यवहार गर्न खोज्दा समस्या भएको छ ।

    अहिले दिनहुँ तपाईंहरुले संसद् अवरुद्ध गर्दै आउनुभएको छ । यसरी सत्तापक्षलाई आरोप लगाउँदै गर्दा तपाईंहरुको पनि त कमजोरी त होलान् अनि संसद् नै अवरुद्ध गरेर त कसरी समृद्ध नेपाल बन्ला र होइन ?
    हामीले रहरले संसद् अवरुद्ध गरेको होइन । हेर्नुहोस् न पछिल्लो समय सरकारले एकपछि अर्को गर्दै गलत काम गर्दै आएको छ । मिडिया काउन्सिल विधेयक हेर्नुहोस्, गुठी विधेयक हेर्नुहोस् । गुठियारहरुलाई नै गुमराहमा राख्ने खालको विधेयक आएको छ । यसरी हेर्दा हरेक कुरा आलोचना गर्ने खालका भएका छन् । सरकारले हामीले भनेको नमानेपछि अन्तिम निर्णय गर्ने थलो संसद्मा हामीले हाम्रा आवाज बुलन्द बनाएका हौँ । सत्तापक्ष नै संसद्प्रति जवाफदेही छैन । अर्को कुरा प्रधानमन्त्री नै दिनहुँ प्रतिपक्ष कहाँ छ ? प्रतिपक्ष कहाँ छ ? भनेर भन्नुहुन्छ । उहाँहरुलाई बुलन्द दबाब नदिएसम्म नदेख्ने भएकाले पनि हामीले हाम्रो आवाजलाई बुलन्द बनाउन खोजेका मात्रै हौँ । सरकारले हामीले आम नागरिकले बोलेका कुराहरुलाई ध्यान दिने हो भने हामीलाई संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नै छैन । हामी अवरोध गर्नु नपरोस् भन्ने चाहन्छौँ । तर, सरकार चाहिँ अवरोध होस् नै भन्ने चाहन्छ । सरकारले शैली नसच्याउने हो भने झन् समस्या थपिने निश्चित छ । सरकार समयमै सचेत भएको राम्रो ।

  • बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

    बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

    डा. चन्द्रमणि अधिकारी
    अर्थविद्

    सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट यही जेठ १५ मा सार्वजनिक ग¥यो । बजेटको विषयलाई लिएर अहिले संसद्मा छलफल जारी छ । सत्तापक्षले बजेट सकारात्मक भएको भनिरहेका छन् भने प्रतिपक्षले बजेटको विरोध गरेका छन् । सरकारले यो पटकको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्लामा विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्त्यमा खर्च हुन बाँकी रकम तत्कालै अर्को वर्षको आरम्भदेखि नै खर्च गर्न मिल्ने गरी निकासा गर्ने व्यवस्था, राष्ट्रिय आयोजना बैंकको क्षमता सुदृढीकरण गरी कार्यान्वयन गर्ने, ठूला आयोजना शीघ्र कार्यान्वयनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने, सार्वजनिक खरिद कानूनमा आवश्यक संशोधन गर्ने, निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने व्यवस्था गर्ने, राष्ट्रिय गौरव लगायत आयोजनाहरुको नियमित रुपमा अनुगमन तथा मूल्यांकन गर्ने पद्धति विकास गर्नेजस्ता कुरा बजेटमा समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माण गर्ने, ऐतिहासिक गढी, किल्ला र बाटोहरू संरक्षण गर्ने,दार्चुलादेखि ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग निर्माण गर्ने जस्ता कुरा पनि बजेटमा उल्लेख गरिएको छ । यी सबै पक्ष सकारात्मक रहेको सत्तापक्षको भनाइ छ भने प्रतिपक्षले बजेट वितरणमुखी भएको भन्दै विरोध गरेको छ । बजेटकै विषयमा केन्द्रित भएर अर्थविद् डा. चन्द्रमणि अधिकारीसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट सार्वजनिक गरेको छ । यो बजेटको विषयलाई लिएर विभिन्न खाले चर्चा–परिचर्चा पनि सुरु भएका छन् । अहिले संघीय संसद्मा बजेटमाथिको छलफल जारी छ । तपाईंले चाहिँ बजेटलाई कसरी लिनुभएको छ ?

    बजेट भन्ने विषय नै अर्थराजनीतिक, प्राविधिक र समाजका सबै पक्षलाई समेट्ने विषय हो । यो मनोविज्ञानलाई प्रभावित पार्ने विषय पनि हो । त्यसैले सकेसम्म सबैको मनोविज्ञानलाई समेट्ने गरी बजेट आउनुपर्छ भन्ने हो । तर, त्यो सम्भव नहुन पनि सक्छ अर्थात् बजेट निर्माण गर्ने सन्दर्भमा सबैको मनोविज्ञानलाई समेट्न खोजे पनि त्यो सम्भव नहुन सक्छ । यो अवस्थामा बढीभन्दा बढी जनताले के चाहेका छन् भन्ने कुराको चाहिँ बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ । मैले यो बजेटलाई विभिन्न कोणबाट हेरेको छु । समग्रमा भन्ने हो भने बजेटका सकारात्मक र कमजोर दुबै पक्ष यो बजेटमा पनि देखिएका छन् ।
    गतसाल र यो पटकको बजेटलाई तुलना गरेर हेर्ने हो भने यो पटकको बजेटलाई प्राविधिक ढंगले मात्र हेर्नु हुँदैन भन्ने लागेको छ । बजेट अर्थराजनीतिक विषय पनि भएकाले त्यसलाई त्यो पाटोबाट पनि हेर्नुपर्छ भन्ने लागेको छ । यो बजटेलाई टेक्नोक्र्याटको दृष्टिकोणबाट मात्रै हेरेर पनि हुँदैन । त्योसँगै पूर्ण रुपमा राजनीतिक आँखाबाट मात्रै पनि हेरेर हुँदैन । यसलाई साङ्गोपाङ्गो हिसाबले हेर्ने हो भने गत सालभन्दा यो बजेट सकारात्मक छ भन्न सकिन्छ ।

    अहिले केहीबेरमा बजेटका कमजोरी पक्षका बारेमा चर्चा गरौंला । अहिले चाहिँ यो बजेटका विषयमा सकारात्मक पाटोको पनि चर्चा गरौँ न ?

    यसका उद्देश्य र प्राथमिकताहरु ठीक छन् । बजेटले नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने, उपलब्ध स्रोत–साधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्यायसहितको द्रुत आर्थिक विकास गर्ने र आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रुपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने उद्देश्य लिएको छ । यो सकारात्मक छ भन्न सकिन्छ ।

    बजेटका प्राथमिकताका बारेमा पनि केही भन्नु छ ?

    हो, बजेटले चरम गरिबीको अन्त्य र पिछडिएका क्षेत्र, वर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षाको विस्तारसहित लोककल्याणकारी राज्यव्यवस्था निर्माण, उत्पादक शक्तिको विकास, उत्पादन सम्बन्धको रुपान्तरण तथा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आयवृद्धि गर्नेजस्ता कुरालाई प्राथमिकतामा राखेको छ ।
    त्यसैगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक र कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक पूर्वाधार विकास, राष्ट्रिय रणनैतिक महत्वका भौतिक पूर्वाधार संरचनाको विकास तथा निर्माण र अधुरा आयोजनाहरुको कार्यान्वयन गर्ने विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा जनसहभागिता मार्फत नागरिकलाई अनुभूति हुने सुशासन प्रवद्र्धन गर्ने, स्रोत–साधन, अवसर र जिम्मेवारीको उच्चतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तह तथा सहकारी र निजी क्षेत्रबीच सहकार्य गर्नेजस्ता कुरा पनि बजेटमा सकारात्मक पक्ष हुन् । सामाजिक सुरक्षाभत्ता जस्ता कुरालाई पनि प्राथमिकतामा राखिएको छ । यो पनि सकारात्मक कुरा हो । तर, कार्यान्वयन पक्ष भने जटिल छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।
    त्यसैगरी अर्थतन्त्रलाई चलायमान बनाउनेजस्ता कुरा पनि बजेटमा छन् । विकास र पूर्वाधारको आधार तयार गर्ने कुरामा पनि बजेट केन्द्रित रहेको देखिन्छ । कतिपय सन्दर्भमा हिजोका विषयलाई पनि सम्वोधन गर्न खोजको छ । पुँजीबजारलगायतका विषयमा पनि बजेटले सम्वोधन गरेको छ । माटो, पानी, मानव संसाधन र प्रविधिलाई एकै ठाउँमा ल्याउने विषयलाई हेर्ने हो भने पनि बजेट सकारात्मक छ भन्न सकिन्छ । उद्योग, व्यापार र पर्यटनसँग जोड्ने गरी केबुलबार सञ्चालन गर्ने भन्ने कुरा पनि सकारात्मक हो भन्ने लागेको छ ।

    कमजोर पक्ष पनि त होलान् नि बजेटका, यो विषयमा तपाईंको धारणा ?

    बजेटको संरचनालाई हेर्ने हो भने चालु पुँजी र राजस्व परिचालनको विधि अत्यन्त न्यून भएर गएको देखिएको छ । राजस्व र चालुपुँजीको बीचको अन्तर २३–२४ अर्ब मात्रै बढी भएको देखिन्छ । त्यसले गर्दा राजस्वको लक्ष्य पूरा गर्न कठिन देखिन्छ । त्यसका लागि आन्तरिक ऋण वा वैदेशिक सहायता माग्नुपर्ने हुन्छ । यो बजेटको चुनौतीपूर्ण पक्ष हो ।
    बजेटको आकारकै सन्दर्भमा कुरा गर्ने हो भने पनि १५ खर्बको हाराहारीमा आउनु उपयुक्त होला भनेको थिएँ । हाम्रो स्रोत–साधनलाई हेर्ने हो भने पनि त्यो उपयुक्त हुन्थ्यो त्यो ठिकै छ । तर, पुँजीगत खर्च २६ प्रतिशतको हाराहारीमा राख्दा सन्तुलित भएन कि भन्ने पनि लागेको छ । यसले निजी क्षेत्रलाई दिने स्थान बनाउन नसक्ने हो कि भन्ने चिन्ता पनि पैदा गरेको छ । यसले हामीले अनुमान गरेको आर्थिक वृद्धिदरमा पनि बाधा पुग्ने हो कि भन्ने छ । त्योसँगै यो बजेटपछि मुद्रास्फितिमा चाप पर्ने हो कि भन्ने पनि चुनौती छ । यसले परियोजनाहरुको लागत बढ्ने र समग्र अर्थतन्त्रमै असर गर्ने पनि हुन सक्छ । कतिपय योजनाहरु स्थानीय तहले गर्ने काम केन्द्रमा राखिएको छ । त्यो त्यति सकारात्मक नहोला कि भन्ने लागेको छ । जस्तै बाल उद्यान बनाउने लगायतका काम केन्द्रको होइन । स्थानीय तहको हो । यो पाटोबाट हेर्दा बजेट ल्याउने सन्दर्भमा अझै अध्ययन पुगेन कि भन्ने पनि लागेको छ ।

    सामाजिक सुरक्षा भत्ता बढाउने, कर्मचारीको तलब वृद्धि गर्नेजस्ता कुरा पनि बजेटमा समावेश गरिएको छ । यसको सन्दर्भमा के भन्नुहुन्छ ?
    सामाजिक सुरक्षा भत्ता दिने, तलब वृद्धि गर्ने कुरा नकारात्मक होइन । तर, तलब वृद्धिसँगै यसैको निहुँमा महँगी बढ्ने र बजार भाउ आकासिने हुन्छ । यसमा सरकारले उचित अनुगमन गरी त्यसलाई निरुत्साहित गर्न जरुरी छ ।
    सामाजिक सुरक्षाभत्ताले स्वाभाविक रुपमा चालु खर्च बढाएको छ । तर, कतिपय सन्दर्भमा दोहोरोपन परेको छ । कतिपय चाहिँ दिवंगत भएकाहरुले पनि त्यो सुविधा लिइरहेका छन् । यो कुरामा ध्यान दिने हो भने विगतकै खर्चले पुग्ने अवस्था पनि आउन सक्छ । यसमा ध्यान जान जरुरी छ ।

  • योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

    योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

    नेता, नेपाल कम्युनिष्ट पार्टी

    योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पनि रचनात्मक प्रतिपक्षी जस्ता देखिन्छन् । असल कुराको खुलेर समर्थन र खराब कुराको खुलेर विरोध गर्ने शैलीका कारण कतिपय सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा समेत नपर्ने गरेका छन् । उनको यही शैलीका कारण प्रधानमन्त्री ओलीले उनलाई जिम्मेवारी दिने सन्दर्भमा पनि पटक–पटक कन्जुस्याइँ गरेको भन्ने चर्चा पनि चल्ने गरेको छ । तर, उनी स्वयम् भने त्यो स्वीकार गर्न तयार छैनन् । पटक–पटक मन्त्रीको चर्चा चलेर पनि उनी मन्त्री बन्न सकेनन् । संसद्को महत्वपूर्ण समितिको सभापति बनाउने चर्चा पनि नचलेको होइन, तर अन्तिम समयमा त्यो पनि उनलाई प्राप्त भएन । पछिल्लो समय नेकपाभित्रै बढी चर्चामा रहेका भट्टराईसँग जेठ १५ मा आउन लागेको बजेट, सरकारको समीक्षा लगायत विषयमा मोहन बास्तोलाले गरेको कुराकानी–

    दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकारले बजेटको अन्तिम तयारी गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रमलाई कसरी लिनुभएको छ ?
    नेपाललाई कता लाने भन्ने कुराको मार्गचित्र नीति तथा कार्यक्रमले समातेको छ जस्तो लागेको छ । दिएको छ । अब हामी खासगरी एउटा समन्यायिक सिद्धान्तको विकास मोडलमा सामाजिक न्यायमा आधारित समृद्धि, हाम्रो देशमा भएका वर्गीय, जातीय, लैंगिक विभेदहरूलाई अन्त्य गर्ने र एउटा समतामूलक समाज निर्माण गर्ने हाम्रो अभियान हो । गरिबी, अशिक्षा र भोकमरी, पछौटेपनसँग हामी लड्नुपर्छ । त्यसमाथि विजय प्राप्त गर्नुुपर्छ र समाजवादको आधार तय गर्नुपर्छ भन्ने नीति कार्यक्रमको सन्देश छ । त्यो सन्देश मूलतः अहिलेको सन्दर्भमा ठीक छ । त्यस आधारमा बजेट आउनुपर्छ । त्यस आधारमा सरकारले काम–कारबाही अगाडि बढाउनुपर्छ र जनतामा देखिएका कतिपय टिप्पणी र निराशाहरूलाई आउने वर्षमा हामीले आफ्नो काम र व्यवहारबाट चिर्नुपर्छ ।

    तपाईं त मिडिया बुझेको व्यक्ति, मिडिया काउन्सिल विधेयकको विषयलाई लिएर अहिले निकै आलोचना भइरहेको छ । यो सन्दर्भमा चाहिँ के भन्नुहुन्छ ?
    पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मलाई जहाँसम्म लाग्छ मेरो पार्टीको पनि त्यही धारणा छ । संविधानको धारा १९ मा उल्लिखित प्रावधानको उच्च सम्मान गर्छ । हामी कुनै कानुन बनाएर संविधानप्रदत हकअधिकारलाई कुण्ठित गर्न चाहँदैनौं । त्यो हाम्रो उद्देश्य पनि होइन, नियत पनि होइन । सँगसँगै संविधानको धारा १९ मा पनि र सुशील कोइराला प्रधानमन्त्री भएको बखत निर्माण भएको काशीराज दाहाल संयोजकत्वको आमसञ्चार नीतिसम्बन्धी कार्यदलले गरेका सिफारिशका आधारमा पनि मिडिया काउन्सिल विधेयक कानुन बनाउनुपर्ने आवश्यकता थियो । किनभने, आम सञ्चारमाध्यमले पनि एउटा अधिकारसम्पन्न स्वायत्त खालको मिडिया काउन्सिल बनाऔं भन्ने सबैको सहमति हो । त्यस आधारमा सञ्चार मन्त्रालयमार्फत यो विधेयक ंसंसद्मा आएको छ । राष्ट्रिय सभामा प्रवेश भएको छ । यो विधेयकका कतिपय टिप्पणीहरू जुन सार्वजनिक ढंगले भएका छन्, तिनका बारेमा हामी संसद्मा छलफल गर्छाैं । कतिपय कुराहरू संसद्ले सच्याउन सक्छ । यदि साँच्चै गलत नै छन् र सैद्धान्तिक हिसाबले ठीक छैनन् भने त्यसलाई हाम्रो पार्टीले सच्याउँछ । तर, स्पष्ट हुनुपर्ने कुरा के हो भने सार्वजनिक सञ्चारमाध्यमबारे नियमनकारी कुनै नियम र कानुन नै बनाउनुहुँदैन, प्रेस अलग्गै कुनै निकाय हो, जसलाई कसैले आँखा लगाउनै हुँदैन भन्ने जुन बहस गर्न खोजिँदै छ, त्यो होइन । प्रेस पनि हाम्रै समाजको अंग हो । त्यसले पनि नियम मान्नुपर्छ । त्यसभित्र उसको स्वायत्तता हो । यदि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै प्रावधान मिडिया काउन्सिल विधेयकमा वा कुनै मिडियासम्बन्धी ऐनमा आएछ भने हाम्रो पार्टीले त्यसलाई सच्याउँछ ।

    बेलाबेला तपाईं मन्त्री हुने चर्चा चलिरहन्छ । यद्यपि तपाईं मन्त्री पदमा त हुनुहुन्न । तर, नेकपाको जिम्मेवार तहमा रहेको नेता हुनुहुन्छ । सरकारको मूल्याङ्कन तटस्थ भएर भन्दा कसरी गर्नुहुन्छ ?
    बितेको वर्ष संघीयता कार्यान्वयनको पहिलो वर्ष थियो । कर्मचारी समायोजनजस्ता कामहरू हामीले सम्पन्न गर्नुपर्ने थियो । वित्तीय बाँडफाँटजस्ता कुरालाई सैद्धान्तिक हिसाबले टुंग्याउनुपर्ने थियो । मौलिक हकलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित थुप्रै कानुन संसद्बाट हामीले बनाउनुपर्ने थियो । स्तानीय तह, प्रदेश र केन्द्रका बीचमा अन्तरसम्बन्धलाई परिभाषित गर्नुपर्ने थियो । यस्ता कतिपय काम थिए, जो अति आवश्यक थिए, ती काम गएको वर्षमा सम्पन्न भएका छन् । त्यसकारण त्यो आधार वर्ष हो, अब आउने वर्ष पनि हामीले अनेक बहाना बनाएर छुट पाउने अवस्था भने छैन । त्यसकारणले प्रधानमन्त्रीले भनेझैं आउने वर्ष द्रुत आर्थिक वर्षमा परिणत गर्न विगतमा भएका कमजोरीहरूबाट शिक्षा लिनुपर्छ । सरकार र पार्टीबीचको सम्बन्धलाई हार्दिक बनाउनुपर्छ । सरकारले गर्ने महत्वपूर्ण निर्णयहरू पार्टीभित्र छलफल गरेर सामूहिक निर्णय प्रणालीबाट जानुपर्छ । मन्त्रीहरू सबै प्रधानमन्त्रीले छनोट गर्नुभएको हो । त्यसकारण, मन्त्रीहरूले काम राम्रो गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन प्रधानमन्त्रीले नै गर्नुहुन्छ । यदि चित्त बुझेन भने उहाँले त्यसलाई परिवर्तन पनि गर्न सक्नुहुन्छ । त्यसैले आगामी दिनमा यो विषयमा पनि पार्टीमा गम्भीर छलफल होला भन्ने ठानेको छु ।

    एक वर्ष पहिला नै हुनुपर्ने पार्टी एकीकरण एक वर्ष पछि भयो, तर पनि सन्तोषजनक अवस्था भएन भन्ने छ नि ?
    २०७५ जेठ ३ गते पार्टीको एकता घोषणा भएको दुई–तीन महिनामै टुंग्याउन सकिन्थ्यो । एक वर्ष लगाएर यति काम गरेर खुबै बहादुरी भयो भन्ने कुरा औचित्यपूर्ण छैन । त्यो हुनैपर्ने थियो, भयो । सुरुदेखि हामीले पार्टीभित्र एउटा मापदण्ड बनाएर एकीकरणको काम गरौं भनेका हौं । त्योबेला कतिपय नेताहरूले त्यसलाई बेवास्ता गर्नुभयो । त्यति मात्र होइन, मनोमानी ढंगले मान्छेहरूको छनोट गर्ने बाटो समाउनुभयो । पार्टीभित्र र बाहिर चौतर्फी दबाब परेपछि उहाँहरू त्यो बाटो छोड्न तयार हुनुभयो र आजको ठाउँमा आइपुगेको अवस्था हो । आज केही कमी–कमजोरीका बाबजुद अहिलेसम्म भएका निर्णयहरू सही नै छन् । कमीहरू छन्, कतिपय ठाउँमा नियतवश मान्छेहरूलाई फालिएको छ । ल्याउन पनि त्यसैगरी नियतवश ल्याइएको छ । विगतमा त्यो संगठनमा हुँदै नभएका मान्छेहरूलाई ल्याएर संगठनको नेतृत्वमा जिम्मा दिइएको छ । यस्ता केही कमी–कमजोरी भएका छन् । त्यसलाई पार्टीको आन्तरिक छलफलको प्रक्रियाबाट सच्याउने र त्यसको ध्यानाकर्षण गर्दै जानुपर्छ । अहिलेसम्म भएका निर्णयहरूलाई कार्यान्वयन गर्दै अब बाँकी निर्णयहरू पनि छिटोभन्दा छिटो गरेर पार्टी एकतालाई पूर्णता दिने दिशातिर जानु अहिलेको सन्दर्भमा संगठनात्मक हिसाबले सही हुन्छ ।

    मापदण्डका हिसाबले पनि त्यति उपयुक्त भएन भन्ने पनि छ नि ?
    हो, केही त्यस्तो भएको छ । जस्तो कि जिल्ला कमिटी पूर्वएमाले र पूर्वमाओवादीमध्ये कसले नेतृत्व गर्ने भन्ने सवालमा कुन मापदण्डमा छुट्याउने भन्ने मापदण्डमा टेकिएन । पूर्वमाओवादीले ल्याएको समानुपातिक मत हेर्न सकिन्थ्यो, पूर्वएमालेले ल्याएको मत हेर्न सकिन्थ्यो । तर, त्यस आधारमा नभई हिजोको खासगरी पूर्वएमालेको नवौं महाधिवेशनको पक्षधरताका आधारमा कतिपय जिल्लाका कमिटीहरू छुट्याउने काम भएको छ । त्यसो हुँदा असन्तुष्टिहरू हुन्छन् । मान्छेहरूको छनोटमा पनि कतिपय सन्दर्भमा पारदर्शिता भएन । त्यसकारण केही गुनासा आउँछन् । फेरि अर्को कोणबाट हेर्दा यत्रो ठूलो पार्टीमा गुनासाहरू, सुझावहरू, टिप्पणी र असन्तुष्टिहरू आउनु अस्वाभाविक होइन । त्यसलाई नेतृत्वले कार्यकर्ताको फिडब्याकका रूपमा बुझ्नुपर्छ ।