काठमाडौं । प्रदेश १ को नाम संसदमा प्रस्तुत हुने भएको छ । अनुसार प्रदेशसभामा आजै नामको विषय प्रवेश गराउने तयारी छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने भएको हो । आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने नेताहरुले बताएका… Continue reading प्रदेश १ को प्रस्तावित नाम संसदमा प्रस्तुत गर्ने तयारी
Category: कला / साहित्य
राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता नेपाल सरकार र नेपाल… Continue reading राष्ट्रपति निर्वाचनमा आजबाट आचारसंहित लागु
राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ । पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन्… Continue reading राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम
देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्। राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई… Continue reading देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस
रामचन्द्र पौडेलले गराए राष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर… Continue reading रामचन्द्र पौडेलले गराए राष्ट्रपतिमा उम्मेदवारी दर्ता
राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट,… Continue reading राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
एमालेबाट राष्ट्रपतिको उम्मेदवार बने नेम्वाङ
काठमाडौं । नेकपा एमालेबाट पूर्वसभाुमख सुवाश नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् । पार्टीले शनिबार बिहान उनको नाम सिफारि गरेको हो । यससँगै राष्ट्रपतिमा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो । दुबै जना यसअघि सभामुख भइसकेका नेता राष्ट्रपतिमा उम्मेदवार बनेका छन् । दुबै जना प्रधानमन्त्री नभएका र पार्टी र नेपालको राजनीतिमा महत्वपूर्ण योगदान गरेका… Continue reading एमालेबाट राष्ट्रपतिको उम्मेदवार बने नेम्वाङ
राप्रपा सरकारबाट बाहिरिँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । आजै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।… Continue reading राप्रपा सरकारबाट बाहिरिँदै
कांग्रेसको निर्णय : राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो । यसअघि ८ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेको थियो । उम्मेदवार भने सम्बन्धित दलले टुंग्याउने सहमती भएको थियो । यो नयाँ गठबन्धनसँग राष्ट्रपतिका लागि पर्याप्त मतभार… Continue reading कांग्रेसको निर्णय : राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल
रामचन्द्र पौडेल राष्ट्रपति बन्ने प्रवल सम्भावना
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउँदैछ । पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ। आज कार्य सम्पादन समितिको बैठकले उनको नाममा निर्णय गर्दैछ । कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको… Continue reading रामचन्द्र पौडेल राष्ट्रपति बन्ने प्रवल सम्भावना
राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता
काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । यसका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकेको छ । उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ–आफ्ना पार्टीका बैठक बोलाएका छन्। बैठकले उम्मेदवारको नाम तय गर्नेछ । पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको… Continue reading राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता
राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?
काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार छान्न दलहरुलाई निकै मुस्लिक परेको छ । बिहीबार शीर्ष नेताहरूबीचको वार्ता टुंगोमा पुग्न सकेन । शुक्रवार निर्णायक वार्ता हुँदैछ । शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम छ । सोहीकारण आज बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउनु पर्नेछ । । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका… Continue reading राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?
प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?
काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन टुट्ने सम्भावना बनेको नेताहरुले बताएका छन् । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँतिन सक्ने समेत बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा… Continue reading प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृताकुमारी… Continue reading राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित
राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु
काठमाडौं । राष्ट्रपति चुनावको प्रक्रिया आजाबट शुरु हुँदैछ । सो प्रयोजनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्ने भएको हो । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको… Continue reading राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु
बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड
काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले प्रतिष्ठित इशा अवार्ड प्रदान प्रदान गरेको छ । सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले अवार्ड हस्तान्तरण गरेका हुन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान… Continue reading बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड
राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति
काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएको छ । तर, दलहरु अहिलेसम्म उम्मेदवार टुंगो लगाउने कुरामा चुकिरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम इन्ट्री भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेरै उनलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले… Continue reading राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति
राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक… Continue reading राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाली कांग्रेसका शीर्ष नेताले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा आइतबार साँझ बालुवाटार पुगेका थिए । भेटमा कांग्रेस नेताहरुले औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग… Continue reading प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस
माओवादी पदाधिकारी बैठक आज
काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले… Continue reading माओवादी पदाधिकारी बैठक आज
पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको… Continue reading पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं
लोकतान्त्रिक आचरणलाई जिवन पद्दती बनाऔं : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त… Continue reading लोकतान्त्रिक आचरणलाई जिवन पद्दती बनाऔं : राष्ट्रपति
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।… Continue reading आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
अनेरास्ववियुको अध्यक्ष बने बडाल
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए… Continue reading अनेरास्ववियुको अध्यक्ष बने बडाल
बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा
नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो।… Continue reading बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा
अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको… Continue reading अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै
राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु. २४… Continue reading राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?
सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति
काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको… Continue reading सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति
राष्ट्रपतिले दिइन दिवाभोज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गरेकि छिन् । राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति थियो ।सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय… Continue reading राष्ट्रपतिले दिइन दिवाभोज
राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल… Continue reading राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने