जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन… Continue reading जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

२८ भदौ, वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए । बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै… Continue reading जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् ।राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र… Continue reading राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

rss

२७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार… Continue reading जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

२७ भदौ, धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका… Continue reading धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

२७ भदौ, काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीको आजै शपथ हुने भएको छ । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने तयारी छ । राष्ट्रपतिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्ने र आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयार्री गरिएको छ । नयाँ प्रधानमन्त्रीले आजै पदभार ग्रहण… Continue reading नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

सामान्य बन्दै पोखराको जनजीवन

२७ भदौ, गण्डकी । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय… Continue reading सामान्य बन्दै पोखराको जनजीवन

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

FILE

२७ भदौ, कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् । “सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन… Continue reading भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

२७ भदौ, दमौली । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव… Continue reading तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक… Continue reading राष्ट्रपति र सभामुखबीच भेटवार्ता

हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

तस्बिर : कुलदीप न्यौपाने/ रासस

२६ भदौ, काठमाडौं । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका हतियार, सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता… Continue reading हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

झापाबाट भागे ९२ थुनुवा

२६ भदौ, झापा । ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए… Continue reading झापाबाट भागे ९२ थुनुवा

न्युयोर्कको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नवौं वार्षिक उत्सव मनायो

न्युयोर्क वालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउँदै आएका सरल नेपाली भाषा तथा संस्कृति केन्द्र न्युयोर्कले क्वीन्सस्थित फरेष्ट पार्कमा गत आइतबार भव्यताका साथ नवौं वार्षिक उत्सव मनाएको छ । आजभन्दा ९ वर्षअघि न्यूयोर्क, ज्याक्सन हाइट्स कराँते स्टुडियोको कक्षाकोठाबाट शुरु भएको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.snlcc.org) ले यही सेप्टेम्बरबाट नवौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश… Continue reading न्युयोर्कको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नवौं वार्षिक उत्सव मनायो

रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

(Photo by PRABIN RANABHAT / AFP)

२६ भदौ, लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कर्फ्यू आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते… Continue reading रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता

सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

(Photo by PRABIN RANABHAT / AFP)

२६ भदौ, काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् । देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण… Continue reading सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा संगठनको आग्रह

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

(AP Photo/Niranjan Shrestha)

२६ भदौ, दोधारा चाँदनी । छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “हाल भारतबाट फर्किने… Continue reading गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

rss

२५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा जेन जीहरुबीच नै चरम असन्तुष्टि देखिएको छ । उनीहरुले बुधबार साझा नाम टुङ्गो लगाउन सकेनन् । यसले राजनीतिक रिक्तता र अन्यौलता अझ लम्बिएको छ । विवादित जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराए… Continue reading अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

२५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त… Continue reading जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, एक हजारबढी घाइते

सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

photo source : Onlinekhabar

२५ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा… Continue reading सेना सडकमा खटिएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

२५ भदौ, कास्की । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले… Continue reading पोखराका अधिकांश कार्यालय जलेर नष्ट, ९ सय कैदी भागे

काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

२५ भदौ, काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक… Continue reading काठमाडौंमा लुटपाटमा संलग्न २६ जना पक्राउ

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

२५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको… Continue reading अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले हालै देशभर… Continue reading आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन सेनाको आग्रह

अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही… Continue reading अब सडकमा सेनाको नेतृत्वमा खटिने भयो सुरक्षा संयन्त्र, रोकिएला लुटपाट ?

नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

२४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले… Continue reading नेपाली सेनाको अपिल-शान्ती कायम गरौं

देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

rss

२४ भदौ, काठमाडौं । जेन जी प्रदर्शनीकारीहरुले मंगलबार नेता केन्द्रित आक्रमण गरेका छन् । उनीहरुले सबैजसो दलका मूख्य नेताका घरमा आगजनी र आगो लगाइदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा समेत आगो लगाइएको छ । सो क्रममा देउवा दम्पत्तिमाथि समेत कुटपिट भएको छ… Continue reading देशैभर सबैजसो नेताका घरमा आगलागी र आगजनी

देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा… Continue reading देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

२४ भदौ, जेन जी प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । प्रदर्शनीकारीले आजै सर्वोच्च अदालत र जिल्ला सरकारी वकिलको कार्यालयमा समेत आगो लगाएका छन् । नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित कार्यालयमा समेत आगो लगाइएको छ… Continue reading प्रदर्शनकारीले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा लगाए आगो

प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

२४ भदौ, काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् । उनीहरुले भनेका छन्, ‘सम्माननीय… Continue reading प्रधानमन्त्रीको राजिनामापछि प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखको आह्वान सार्वजनिक

रास्वपाका सांसदहरुद्वारा राजीनामा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको… Continue reading रास्वपाका सांसदहरुद्वारा राजीनामा