होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा, २५ पुस । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका… Continue reading होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ, २४ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सबैको सनाखत भएको… Continue reading शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ, २४ पुस । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत… Continue reading आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

रासस

काठमाडौँ, २४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न… Continue reading निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

काठमाडौँ, २३ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५… Continue reading काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

File तस्बिरः प्रदीपराज वन्त /रासस

काठमाडौँ, २३ पुसस् नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाएका हुन् । नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट… Continue reading राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेपछि सुनसान भएको वीरगञ्जको घण्टाघर आसपासको क्षेत्र । तस्बिर : हिमाल लम्साल / रासस

काठमाडौँ, २३ पुसः गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई दश बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । आज गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी… Continue reading सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको शपथ पुस २९ गते हुने

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा काठमाडौँमा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’सामूहिक पहल कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, २२ पुसः नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण… Continue reading नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको शपथ पुस २९ गते हुने

लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ

file

काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading लागुपदार्थ सेवन गरिरहेका बल्खु टिकट काउन्टरका सात कर्मचारी पक्राउ

मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

file

महेन्द्रनगर (धनुषा), २२ पुसः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै मधेस विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी… Continue reading मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

rss

काठमाडौँ, २१ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पुनः बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्ने उनले… Continue reading कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

काठमाडौँ, २१ पुसः गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक… Continue reading सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

file

वीरगञ्ज (पर्सा), २१ पुसः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ । आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी… Continue reading जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ ।… Continue reading एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौँ, २१ पुस । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका… Continue reading जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट\थारुवान अभियन्ताबीच समायोजन भएको छ ।आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो। सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट\थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गरे… Continue reading रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

आफैँलाई गोली हानी मृत्यु

भक्तपुर, २१ पुस । मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र… Continue reading आफैँलाई गोली हानी मृत्यु

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

काठमाडौँ, २१ पुसः नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ । बैठकमा विभिन्न… Continue reading धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

धनुषाको महेन्द्रनगर राजमार्गस्थित औरही खोलाको पुलनिर सडक डिवाइडर बीचमा राखिएको नेपालको राष्ट्रिय झण्डा । तस्बिरः चन्द्रदेव साह/रासस

जनकपुरधाम, २१ पुसः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् । सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित… Continue reading धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते

मकवानपुर, २० पुस । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।

एक वर्षमा २७९० नेपाली विदेशबाट डिपोट भइ नेपाल फिर्ता

file

१९ पुस, काठमाडौं । एक वर्षको अवधिमा विश्वका विभिन्न ७७ मुलुकबाट २७९० जना नेपाली डिपोर्ट भई नेपाल फिर्ता आएका छन्। अध्यागमन विभागका अनुसार सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, यूनाईटेड अरब ईमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्। सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा… Continue reading एक वर्षमा २७९० नेपाली विदेशबाट डिपोट भइ नेपाल फिर्ता

कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

झापा, १९ पुसः कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको… Continue reading कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ, १८ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन् । अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका… Continue reading पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

चितवन, १८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन् । ‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए । “जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए… Continue reading भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

दमौली (तनहुँ), १८ पुस । बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् । बन्दीपुर भ्रमण वर्ष सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षमा एक लाख तीन हजार विदेशीले भ्रमण गरेको… Continue reading बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना… Continue reading एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने… Continue reading भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

राससभोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् । गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि… Continue reading चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७… Continue reading स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

कृष्ण दवाडी–राससकास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । “कुँडहर सबस्टेशनको… Continue reading पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द