काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध… Continue reading पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग
Category: स्थानीय
नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैंडाकोट११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा… Continue reading नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । कुँडुलेदेखि मालिका जाँदै… Continue reading बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए ।… Continue reading धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
गोदावरी खोलामा एक पुरुषको शव फेला
काठमाडौं । ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला
काठमाडौं । ललितपुर महानगरपालिका ९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो। उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत… Continue reading च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला
बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित… Continue reading बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी
काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो। आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी… Continue reading मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी
रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्। ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी… Continue reading रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ
नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का… Continue reading नवलपरासीमा सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा तीन जनाको ज्यान गयो
पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज… Continue reading पाँचथरमा ग्रिनेड विष्फोट, दुई बालबालिकाको ज्यान गयो
बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु
काठमाडौं । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण… Continue reading बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ
काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए… Continue reading बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ
खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन
काठमाडौं । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको… Continue reading खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन
पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु
काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध… Continue reading पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु
रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता
काठमाडौं । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको, एक जनालाई… Continue reading रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता
धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको हो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान… Continue reading धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले… Continue reading मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध
काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार… Continue reading अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध
सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा तीन यात्रुसहित जिप खसेको छ । गोताखोरको टोलीले गाडी फेला पारेको छ । त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश… Continue reading सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार
पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस
काठमाडौं । आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाइ पानी बाहिर निकालेको हो । बस… Continue reading पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस
सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प
काठमाडौं । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा(बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए । सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो… Continue reading सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प
आँबुखैरेनी दुर्घटनामा मृतकको संख्या २७ पुग्यो
काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्खा २७ पुगेको छ । शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइनेछ । एउटा… Continue reading आँबुखैरेनी दुर्घटनामा मृतकको संख्या २७ पुग्यो
तनहुँ, आबुखैरेनीमा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४… Continue reading तनहुँ, आबुखैरेनीमा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
भैंसीको गोठ भित्र बाघ मृत भेटिएपछि…
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण… Continue reading भैंसीको गोठ भित्र बाघ मृत भेटिएपछि…
चन्द्रागिरिको बलम्बुमा शङ्कास्पद वस्तु फेला, सेनाले गर्यो निष्क्रिय
काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगेर निष्क्रिय पार्ने प्रक्रिया थालिएको थियो । डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियो ।… Continue reading चन्द्रागिरिको बलम्बुमा शङ्कास्पद वस्तु फेला, सेनाले गर्यो निष्क्रिय
काठमाडौं भित्रने नाकामै खसेको पहिरो हटाउन ७ घण्टा लागेपछि
काठमाडौं । राजधानी उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा बुधबार दिउँसो ७ घण्टासम्म बन्द भयो । नागढुंगा चेकपोस्टदेखि केही पर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोका कारण सयौं सर्वसाधारण, पशुचौपाया र विभिन्न सामानहरु दिनभर रोकिए । बुधबार बिहान ११ बजे खसेको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा खुलाउन ७ घण्टा लागेको प्रहरी वृत्त थानकोटका डीएसपी… Continue reading काठमाडौं भित्रने नाकामै खसेको पहिरो हटाउन ७ घण्टा लागेपछि
रुपन्देहीमा तीन सवारी साधन ठोक्किदा एक युवतीको मृत्यु
काठमाडौं । रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् । दुर्घटना सोमबार बेलुकी साढे आठ बजेतिर भएको थियो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई… Continue reading रुपन्देहीमा तीन सवारी साधन ठोक्किदा एक युवतीको मृत्यु
बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता
काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले… Continue reading बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता
चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ ।बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु