बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार… Continue reading बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

file

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको… Continue reading त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। असार २८ गते बेपत्ता भएको बस तथा यात्रुको खोजीका नेपाली सेना र नेपाल प्रहरीसमेत छिमेकी देशबाट आएका विज्ञ सक्रिय छन्। तर अहिलेसम्म दुवै बस फेला परेका छैनन्। वीरगन्जबाट काठमाडौँतर्फ आउँदै… Continue reading सिमलताल पहिरो : अहिलेसम्म २५ जनाको शव फेला

मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं । मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले दुई जनालाई पुरेको हो। माटोको ढिस्कोले पुरिएका दुबै जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। मृतक सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ… Continue reading मुस्ताङमा माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय… Continue reading मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव… Continue reading त्रिशूलीमा वेपत्तामध्ये १९ शव फेला, १४ को सनाखत

भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

GETTY IMAGES

काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुली गोलन्जोर गाउँपालिका ५ घर भई चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ३८ वर्षीय नवराज श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो। श्रेष्ठले बालिकालाई कमलबिनायक बसपार्कको शौचालय नजिकै सनिबार राति बलात्कार गरेको उजुरी छ।… Continue reading भक्तपुरमा बालिका माथि करणी गरेको आरोपमा एक पक्राउ

धनगढीले चलाउने भयो ६ नगरबस

काठमाडौं । धनगढी उपमहानगरपालिकाले नगरबस चलाउने भएको छ । उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको हो । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको जनाएको छ । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका… Continue reading धनगढीले चलाउने भयो ६ नगरबस

पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाएको छ । घटनामा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गतराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको… Continue reading पश्चिम रुकुममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

नारायणी नदीमा सोमबार भेटिए ९ शव

file

काठमाडौं । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो । आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ… Continue reading नारायणी नदीमा सोमबार भेटिए ९ शव

नारायणी नदीमा आइतबार थप चार शव फेला

file

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका… Continue reading नारायणी नदीमा आइतबार थप चार शव फेला

नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

file

काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको पाइएको छ । माझी काठमाडौँबाट सर्लाही… Continue reading नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

काठमाडौं । शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः… Continue reading भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

काठमाडौं । त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र… Continue reading त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

file

काठमाडौं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्। डिएसपी शर्माका अनुसार ४६… Continue reading पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ । उक्त पर्दा वीरगञ्जबाट… Continue reading त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

file

काठमाडौं । रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना)जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको… Continue reading रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ… Continue reading पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

file

काठमाडौं । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो । पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा… Continue reading पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

कैलालीमा दुई पुरुष मृत फेला

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक… Continue reading कैलालीमा दुई पुरुष मृत फेला

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

काठमाडौं । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।गलकोट नगरपालिका १ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो… Continue reading मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो । वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख… Continue reading वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

file

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो… Continue reading पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ को गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५… Continue reading कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले गरेको कामको सराहना गरेको छ । पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक… Continue reading विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा… Continue reading मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

सप्तकोशीका सबै ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ… Continue reading सप्तकोशीका सबै ढोका खोलियो

ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए । आइतबार… Continue reading ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो दुई दिनमा ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना… Continue reading बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु