बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

File Photo

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि… Continue reading बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो… Continue reading डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै… Continue reading सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

Getty Images\file

काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी… Continue reading हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

Gorakhapatra

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार)… Continue reading कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का… Continue reading धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा… Continue reading इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका… Continue reading इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्… Continue reading इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी… Continue reading सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

file

काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११… Continue reading नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

इलाम-२ मा एमालेलाई माओवादीको साथ

काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र… Continue reading इलाम-२ मा एमालेलाई माओवादीको साथ

गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र… Continue reading गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् । क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले… Continue reading क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

चितवनमा भाले गैडा मृत फेला

file

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले… Continue reading चितवनमा भाले गैडा मृत फेला

कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप… Continue reading कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा… Continue reading पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना(५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका… Continue reading त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र… Continue reading मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । मंगलबार साँझ रिदम र… Continue reading सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी… Continue reading पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा एक साथ १७ जनाले हाम फालेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका… Continue reading कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए… Continue reading ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् ।… Continue reading होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी… Continue reading दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा राप्ती गाउँपालिका ३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै… Continue reading दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका–६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए । मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह,… Continue reading बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ । उनका छोरा भाग्न सफल भएका छन् ।… Continue reading मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या