कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

मुस्ताङ, २८ मङ्सिर : यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१\८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन… Continue reading कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

RSS

रमेश गिरी–राससभक्तपुर, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक… Continue reading एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

RSS

भक्तपुर, २७ मङ्सिरः सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण… Continue reading एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली (तनहुँ), २७ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्र्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको… Continue reading एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

file

बेलबारी (मोरङ), २७ मङ्सिर । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् । आज बिहान… Continue reading हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा… Continue reading एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

RSS

भक्तपुर, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा… Continue reading एमाले ११औँ महाधिवेशनको तयारी पूरा

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

तानसेन (पाल्पा), २६ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक… Continue reading पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

राससम्याग्दी, २६ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८०… Continue reading एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुरको सल्लाघारीमा यही मङ्सिर २७ गते हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्‌घाटनका लागि मञ्च निर्माण गरिँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक… Continue reading एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले… Continue reading जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

file

२४ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३\७४मा ठेक्का सम्झौता भएको थियो… Continue reading कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

RSS

काभ्रेपलाञ्चोक, २४ मङ्सिर । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल… Continue reading काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक, २४ मङ्सिर ः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर… Continue reading काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

rss

काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो । काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई… Continue reading एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौँ, २३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा… Continue reading एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

‘पानी बोकेरै गयो जवानी’

राष्ट्रिय समाचार समितिदेवारतोली (कालिकोट), २३ मङ्सिर । देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ ।… Continue reading ‘पानी बोकेरै गयो जवानी’

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर, २३ मङ्सिर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा… Continue reading अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट), २३ मङ्सिर । श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए… Continue reading बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि… Continue reading नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

RSS

काठमाडौँ २२ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने… Continue reading नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

राससखलङ्गा (जुम्ला), २२ मङ्सिरः चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो । पसलको सामुन्नेकै चोकमा ‘फायर… Continue reading पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ, २२ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ… Continue reading मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विमानस्थल निर्माण आयोजना निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । संस्कृति,… Continue reading पोखरा विमानस्थल भ्रष्टाचार : अख्तियारको आरोप पत्रमा के छ ? (पूर्णपाठसहित)

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक, २१ मङ्सिरः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ… Continue reading साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

महोत्तरी, २१ मङ्सिरः महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् । “मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”, बर्दिबास–३ राइमण्डलस्थित गिद्ध… Continue reading बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

गण्डकी, २१ मङ्सिरः पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको… Continue reading पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

ओखलढुङ्गा, २१ मङ्सिरः ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।… Continue reading ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते

धुनिबेसीमा सवारी दुर्घटना मलेखु (धादिङ), २० मङ्सिरः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा शनिबार दुर्घटनामा परेका सवारीसाधन । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकलगरी सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस

मलेखु (धादिङ), २० मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले… Continue reading धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते

प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?

काठमाडौँ, १९ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गरे । सञ्चारमन्त्री… Continue reading प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?