काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा… Continue reading काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी
Category: स्थानीय
बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी
बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो । मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५… Continue reading बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी
सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो
काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो । आइतबार सल्लाको… Continue reading सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो
म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न… Continue reading म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध
इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र… Continue reading इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु
पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान
पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान
श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु
चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु
अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु
अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि… Continue reading अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु
सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । हिजो शनिवार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज आइतवार फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए । मृत फेला परेका प्रधान हिजो शनिवार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा… Continue reading सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला
पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट… Continue reading पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता
काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन्… Continue reading सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता
तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्यौं
सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए । तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर… Continue reading तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्यौं
नेपालमा ३३५ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४… Continue reading नेपालमा ३३५ जनामा कोरोना पुष्टि
स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन
स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको… Continue reading स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन
काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता
काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन्… Continue reading काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता
पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गतराति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध बनेको हो । सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम जारी छ । पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर… Continue reading पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काभ्रे । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल… Continue reading काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान
पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन… Continue reading पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान
बाजुरामा भुकम्पको धक्का महसुस
बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा… Continue reading चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु
जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। जिल्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३०… Continue reading जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु
ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु
ललितपुर । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठक्कर खाँदा चालकको ज्यान गएको छ । दुर्घटना गएराति भएको हो । प्रहरीका अनुसार गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका(५ का… Continue reading ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु
काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते
काठमाडौं । काठमाडौंमा घर भित्रै पसेर चितुवाले मानिसमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गरेको हो । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना… Continue reading काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते
भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो
काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । साथै सोही समयमा काठमाडौंमा परेको ठूलो वर्षाले समेत आगो निभाउन सहयोग गरेको थियो । भृकुटीमण्डपको… Continue reading भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो
सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर… Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला
पोखरा । काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायत कागजपत्रका आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय… Continue reading काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय
काठमाडौं । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको पुष्टी भएपछि तीन जनालाई कैद तथा जरिवाना सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनीलाई कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात\सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यौन… Continue reading राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय
मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको भक्तपुर प्रहरीले… Continue reading मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य
५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर
दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको… Continue reading ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर