६ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार… Continue reading गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
Category: समाचार
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ । “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन,… Continue reading सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
६ जेठ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक… Continue reading एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि… Continue reading रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक जारी
काठमाडौं । गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक सुरु भएको छ । आज बसेको गभर्नर सिफारिस समिती बैठकले विश्व पौडेलको नाम पहिलो नम्बरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । सो नाम बोकेर अर्थमन्त्री मन्त्रीपरिषद बैठकमा पुगेका छन् ।
विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थमन्त्री विश्नु प्रसाद पौडेल संयोजकत्वको समितिले गभर्नरमा अर्थविद डा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी छ । यसअघि आज प्रधानमन्त्री केपि शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउबा बीच पौडेललाइ गभर्नर बनाउने सहमति जुटेको थियो । लामो कसरतपछि सत्तारुढ दुई दल बीच गभर्नरमा… Continue reading विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु
जुम्लामा मार्सीधान रोपाइँ सुरु
६ जेठ, जुम्ला । जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए… Continue reading जुम्लामा मार्सीधान रोपाइँ सुरु
सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
६ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर… Continue reading सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
रासस६ जेठ काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला… Continue reading ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदको जवाफ दिने
६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची छ। पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय… Continue reading प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदको जवाफ दिने
आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही… Continue reading आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
६ जेठ, कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी… Continue reading मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
६ जेठ, त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ… Continue reading नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित
युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
एजेन्सी५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् । ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर उनको… Continue reading युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प
जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
५ जेठ, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय… Continue reading जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
५ जेठ, काठमाडौं । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे । मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार… Continue reading सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
प्रधानमन्त्रीलाई बालेनको जवाफ : म तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शमा ओली लक्षित कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र दिवस, मूल समारोह समितिमा नगएपछि प्रधानमन्त्री ओलीले बालेनको नाम समितिबाट हटाउन निर्देशन दिएका थिए । त्यसको प्रतिउत्तरमा बालेनले स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै… Continue reading प्रधानमन्त्रीलाई बालेनको जवाफ : म तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन
हुम्ला विपद् : तत्काल राहतका लागि पहल गर्ने निर्णय
५ जेठ, काठमाडौं । हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ । आज गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो ।बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्यायन टोली गठन… Continue reading हुम्ला विपद् : तत्काल राहतका लागि पहल गर्ने निर्णय
सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत
५ जेठ, काठमाडौं । सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ । विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान… Continue reading सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत
घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु
५ जेठ, दमौली । जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको… Continue reading घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु
नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा
नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया छनोटमा युएइलाइ ५ विकेटले हराउदै नेपालले इतिहास बनाएको हो । सोमबार सुपर ३ अन्तर्गत नेपाल र युएइ भिडेका थिए । युएइले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै भेटाएको हो । कप्तान… Continue reading नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
रासस५ जेठ, झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, “पहिलो वर्ष… Continue reading अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
मनमोहन अधिकारीले शिलान्यास गरेको महुरे–फोक्सिङटार सडक ३१ वर्षपछि कालोपत्र हुँदै
५ जेठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरे । दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको… Continue reading मनमोहन अधिकारीले शिलान्यास गरेको महुरे–फोक्सिङटार सडक ३१ वर्षपछि कालोपत्र हुँदै
धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
रासस५ जेठ, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र सुरु… Continue reading धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध
५ जेठ, बागमती । हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो । वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु… Continue reading डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध
पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा
एजेन्सी४ जेठ, काठमाडौं । पाकिस्तानमा नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सो संस्थाले सार्वजनिक गरेको सन् २०२५ सालको वैश्विक… Continue reading पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि… Continue reading प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
रसुवागढी नाकाबाट साढे ७ किलो सुनसहित एकजना नियन्त्रणमा
४ जेठ, रसुवा । चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा… Continue reading रसुवागढी नाकाबाट साढे ७ किलो सुनसहित एकजना नियन्त्रणमा
एक्काइस परिवारको एउटा मात्रै शौैचालय
४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ… Continue reading एक्काइस परिवारको एउटा मात्रै शौैचालय
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
रासस४ जेठ, मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली… Continue reading हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा