एनपिएलको खेल तालिका सार्वजनिक

काठमाडौं, २४ कात्तिकः नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४… Continue reading एनपिएलको खेल तालिका सार्वजनिक

राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौँको राष्ट्रिय सभा गृहमा पार्टीले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

काठमाडौँ, २४ कात्तिकः घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे । एमालेका कार्यालय… Continue reading राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

अशोक राई नेतृत्वको जसपा र भीम रावलको समूह समेत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, २४ कात्तिकः जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य… Continue reading अशोक राई नेतृत्वको जसपा र भीम रावलको समूह समेत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

Security personnel walk past an ambulance at the blast site after an explosion near the Red Fort in the old quarters of Delhi on November 10, 2025. Indian fire officers on November 10, reported injuries after fire engulfed several vehicles close to the capital's landmark Red Fort, but the cause of the blaze was not confirmed. (Photo by Sajjad HUSSAIN / AFP)

नयाँदिल्ली, २४ कात्तिक (रासस–एएनआई) । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्। स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र… Continue reading दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

काठमाडौँ, २४ कात्तिकः सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले राष्ट्रिय परिचयपत्र… Continue reading दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

मधेश प्रदेशमा भाडभैलो निम्याउने प्रदेश प्रमुख सुमित्रा सुवेदी बर्खास्त गर्न सिफारिस

काठमाडौँ, २४ कात्तिकः सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त… Continue reading मधेश प्रदेशमा भाडभैलो निम्याउने प्रदेश प्रमुख सुमित्रा सुवेदी बर्खास्त गर्न सिफारिस

नेपाल प्रहरी महानिरीक्षकमा कार्की नियुक्त, गर्नेछन् साढे दुई वर्ष नेतृत्व

काठमाडौँ, २४ कात्तिकः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । कार्की प्रहरी संगठन भित्र इमानदार कमाण्डर मानिन्छन् ।… Continue reading नेपाल प्रहरी महानिरीक्षकमा कार्की नियुक्त, गर्नेछन् साढे दुई वर्ष नेतृत्व

ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

२४ कात्तिक, लण्डन । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्। यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए।… Continue reading ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

गगनको प्रस्ताव : निर्वाचनअघि पार्टीको अधिवेशन

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । महामन्त्री थापाले भने, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल… Continue reading गगनको प्रस्ताव : निर्वाचनअघि पार्टीको अधिवेशन

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा, २४ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको हो । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त… Continue reading मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

गलकोट (बागलुङ), २४ कात्तिक । निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् । हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा… Continue reading पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरे्को प्रस्तावमा उनले आफ्ना समकक्षी… Continue reading आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

(251109) -- CATANDUANES PROVINCE, Nov. 9, 2025 (Xinhua) -- Houses are submerged in flood water due to typhoon Fung-wong in Catanduanes Province, the Philippines on Nov. 9, 2025. As of Sunday morning, Fung-wong was located 125 km east of Catanduanes in the Bicol region, packing maximum sustained winds of 185 km per hour and gusts of up to 230 km per hour. It was moving west-northwest at 30 km per hour. Fung-Wong is the 21st tropical cyclone to hit the Philippines this year, surpassing the country's annual average of 20 storms. (Catanduanes LGU/Handout via Xinhua)

मनिला, २४ कात्तिक (रासस–एएफपी) । फुङ–वोङ नामाकरण गरिएको सुपर टाइफून आइतवार फिलिपिन्सको पूर्वी समुद्री तटमा ठोक्किएको राष्ट्रिय मौसम विभागले जानकारी गराएको छ । फुङ–वोङका कारण कम्तिमा दुई व्यक्तिको मृत्यु भइसकेको छ भने बढी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी व्यक्ति सुरक्षित स्थानमा जान बाध्य भएका छन्। फिलिपिन्सको लगभग सम्पूर्ण दायरामा फैलिएको आँधीले लुजोनको मुख्य टापु अरोरा… Continue reading ‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

A vehicle speeds past damaged electric posts along a highway at Polangui in Albay province, south of Manila on November 9, 2025, after Super Typhoon Fung-wong made landfall. Super Typhoon Fung-wong slammed into the Philippines' eastern seaboard on November 9, the national weather service said, after killing at least two people and forcing more than a million to evacuate. (Photo by CHARISM SAYAT / AFP)

मनिला, २४ कात्तिक (रासस–एपी) । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ । तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य… Continue reading सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका… Continue reading प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

मनाङ, २४ कात्तिकः यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आइतबार मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव… Continue reading मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

आन्दोलनका क्रममा प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप

काठमाडौँ, २३ कात्तिकः आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ… Continue reading आन्दोलनका क्रममा प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप

काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ ।चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा… Continue reading काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

काठमाडौँ, २३ कात्तिकः प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका काठमाडौँ महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन… Continue reading लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक, २३ कात्तिकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो । हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरु पुनःप्रयोगमा ल्याउन… Continue reading सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ९पिएसबी० नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ । कार्यक्रममा राष्ट्रपति पौडेलले… Continue reading राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

file

महादेव अवस्थी–राससदोधारा चाँदनी (कञ्चनपुर), २३ कात्तिक । यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो । आफ्नै घर छेउबाट… Continue reading महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ । छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक… Continue reading रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

घोडाघोडी (कैलाली), २३ कात्तिक । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए… Continue reading कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

२३ कात्तिक, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बसको… Continue reading बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

यस्तो छ आजको मौसम पूर्वानुमान

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–१ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट आइतबार बिहान देखिएको सूर्योदयको दृश्य । बिहानको समयमा यहाँबाट सूर्योदयसहित नवलपुर, तनहुँ र चितवनतर्फको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : टेकराज पोखरेल\रासस

काठमाडौँ, २३ कात्तिक । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

पटना, भारत, २३ कात्तिक (रासस–एएनआई) । कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाएका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेर गर्न मिलेर काम गरेको आरोपसमेत लगाए । खेलाले भने, “हामीलाई… Continue reading बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

गोरखा, २३ कात्तिकः सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी आठ… Continue reading माइक्रोबस दुर्घटनामा १७ जना घाइते

चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

२२ कात्तिक, काठमाडौं । धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प छ । विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु धमाधम डाइभर्ट गरिएको छ । कतार एयरवेजलाई ढाका पठाइएको छ । कोरियन एयरको जहाज दिल्ली पठाइएको छ । फ्लाइ दुबई लखनउ डाइभर्ट गरिएको छ । दर्जनौं आन्तरिक उडान रद्द भएका छन् । अझै… Continue reading चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

‘निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ’

काठमाडौँ, २२ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने… Continue reading ‘निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ’