बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै आलोचना गरेका हुन् । उनले भनेका छन् ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।’ यस्तो छ बालेनको स्ट्याटस झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र… Continue reading बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो । गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी… Continue reading निर्देशक सुदर्शन थापा पक्राउ

श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी… Continue reading आज कस्तो रहनेछ मौसम ?

विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ। गतराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो। पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो। त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले… Continue reading विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो । ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त… Continue reading बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो । पूर्वमुख्यमन्त्री… Continue reading सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

जेल फर्किए केजरीवाल

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन… Continue reading जेल फर्किए केजरीवाल

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उलंघन गरेबापत कुनै पनि नागरिकलाई सडकमा खटाउन नपाउने गरी सरकारलाई कारण सोध्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो। कृष्ण बिकसमेत ७ जनाले संविधानले… Continue reading ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने बताएका हुन् । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद… Continue reading ‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

काठमाडौं । पर्यटक आवगमनमा उत्साह कायमै रहेको छ । सन् २०२४ को पहिलो ५ महिनामा औसतमा १ लाख बढी पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २११ पर्यटक… Continue reading पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३. ०४ विन्दुमा पुगेको हो । यसदिन ३२५ कम्पनीको ४ अर्ब ३१ करोड १० लाख १५ हजार २२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ । आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर… Continue reading आज कस्तो रहनेछ मौसम ?

मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर… Continue reading मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् ।… Continue reading भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे । पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर,… Continue reading युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो

मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन भने अझै केही दिन लाग्ने बताएको छ । नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३… Continue reading मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित

काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ । महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।… Continue reading काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

काठमाडौं । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए… Continue reading यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

तराई भेगमा तातो हावाको लहरको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो । विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा… Continue reading तराई भेगमा तातो हावाको लहरको चेतावनी

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

मेयर बालेन शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा मन्त्रीगणलगायत । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो । यस्तै प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा… Continue reading मेयर बालेन शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु

ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका नागरिकलाई ‘स्वयंसेवक’को नाममा सडकमा उभ्याउने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन्। उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्। उनीहरूले सरकारको निर्णय प्राकृतिक… Continue reading ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर

सुख्खा पहिरोले थुनिएको तामाकोशी खुल्यो

काठमाडौं । सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी अहिले सामान्य छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो । आफैँ पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिरोका कारण नदी १ घण्टा थुनिएको स्थानीयले बताएका छन् ।गर्मी… Continue reading सुख्खा पहिरोले थुनिएको तामाकोशी खुल्यो

महानगरले भन्यो- ‘कसैको घरमा नातागोताबाहेकका बालबालिका राखेको भए विवरण दिनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ । महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना नातागोताबाहेकका बालबालिका रहेका भए २१ दिनभित्र वडा कार्यालयमा त्यस्ता बालबालिकाको विवरण पेस गर्न भनेको हो। ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना तथा नातागोताबाहेकका बालबालिका रहे-बसेका भए यो सूचना… Continue reading महानगरले भन्यो- ‘कसैको घरमा नातागोताबाहेकका बालबालिका राखेको भए विवरण दिनू’

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत… Continue reading राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने

भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब… Continue reading भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार… Continue reading दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो

काठमाडौं । बिहीबार काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ । केही दिन यता उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिममा तत्काल… Continue reading काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो

सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने

काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् । यसअघि २०७९… Continue reading सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने