भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् ।… Continue reading भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन… Continue reading विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक… Continue reading नेपाल एयरलाइन्सले घटायो टिकट मूल्य

रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवा गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ । आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट… Continue reading रसुवागढीबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, उपत्यका लाभान्वित

नेपालको पहिलो कन्ट्रि रेटिङ, आयो सकारात्मक नतिजा

काठमाडौं । इतिहासमै पहिलोपटक भएको सार्वभौम रेटिङ सम्पन्न भएको छ । जसमा नेपालले ऐतिहासिक सकारात्मक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको छ । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो यद्दपी अन्य दक्षिण एसियाली मुलुकमा नेपाल अगाडी भएको छ । नेपालमा विदेशी… Continue reading नेपालको पहिलो कन्ट्रि रेटिङ, आयो सकारात्मक नतिजा

उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा… Continue reading उपनिर्वाचन : ३७६ उम्मेदवारले पाए चुनाव चिन्ह

चार महिनामा कामको खोजिमा विदेशिए साढे २ लाख युवा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिक अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो आवको यसै अवधिको तुलनामा १५ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आवको कात्तिकमा सबैभन्दा बढी ७० हजार… Continue reading चार महिनामा कामको खोजिमा विदेशिए साढे २ लाख युवा

‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

काठमाडौं । ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्ने गरेको भेटिए पछि एक जना डाक्टर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले भोजपुर घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानागाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई पक्राउ गरेको हो। उनी पेसाले एमबिबिएस डाक्टर हुन्। उनले कुनै समय पाटन अस्पतालदेखि क्लिनिकहरूमा पनि काम गरिसकेका छन्। पछिल्लो समय भने… Continue reading ‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

काठमाडौं । नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् ।… Continue reading नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

काठमाडौं । युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ । दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ… Continue reading युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान… Continue reading दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो सारिँदै

काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ । निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको हो… Continue reading निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो सारिँदै

चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो ।… Continue reading चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात

भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?

काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालमा धम्की आएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा यसबारे चार जनाको उजुरी परेको छ । उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की आएको पाइएको छ । नेपाली सञ्चारमाध्यमले जनाए अनुसार यस मामलामा प्रहरीले एक साता अघिबाट… Continue reading भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?

भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए । अधिकारी नेपालको तर्फबाटसंयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार समेत हुन् । उनले… Continue reading भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा

शान्ति सम्झौताका १८ वर्ष पुरा, अपेक्षा अधुरै

काठमाडौं । मुलुकमा शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ। सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्न मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य थियो । लामो राजनीतिक रस्साकस्सी बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते… Continue reading शान्ति सम्झौताका १८ वर्ष पुरा, अपेक्षा अधुरै

युक्रेनले रुसमा हान्यो लामो दूरीका मिसाइल

काठमाडौं । युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसको भूमिमा हानेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो । युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा ‘एटीएसीएमएस’ मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले पुष्टी गरेको छ । युक्रेनले प्रहार गरेका ६ वटा मिसाइलहरुमध्ये… Continue reading युक्रेनले रुसमा हान्यो लामो दूरीका मिसाइल

स्थानीय तह उप-निर्वाचनमा ९ संस्थाले पर्यवेक्षण गर्ने

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स… Continue reading स्थानीय तह उप-निर्वाचनमा ९ संस्थाले पर्यवेक्षण गर्ने

नेपालमा महंगी नियन्त्रण भित्र, ५ प्रतिशत भन्दा कम कायम

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको देखिएको छ । यस आवमा पनि महँगी ५ प्रतिशतभन्दा तलकै बिन्दुमा रहन सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ७.५० प्रतिशत… Continue reading नेपालमा महंगी नियन्त्रण भित्र, ५ प्रतिशत भन्दा कम कायम

दुर्गा प्रसाई पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाका अनुसार उनलाई कानुनी दायरामा ल्याइएको हो । सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि निगरानी रहने भन्दै ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक… Continue reading दुर्गा प्रसाई पुनः पक्राउ

असोजमा रेमिट्यान्सको कीर्तिमान

Photo : NBA

काठमाडौं । असोजमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । यो महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै हो । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आवको पहिलो तीन महिना (असोज मसान्तसम्म) ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुल्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको छ । आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागले जनाएको छ… Continue reading चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो । यो गाडीले चामल बोकेको बताइएको छ । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय… Continue reading झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायम भएका मतदानस्थल केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा… Continue reading निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?

काठमाडौं । सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न ‘साझा संकल्प’सहित नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ ।नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठक दुवै देश सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित सोमबार आठौँ सीमा सुरक्षा… Continue reading नेपाल–भारत सुरक्षा समन्वय बैठकमा के भयो निर्णय ?

एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा हुनेछ । एनपीएलमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।यस्तो छ… Continue reading एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

काठमाडौं । ६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो । सोमबार भूमि पूजा गरी कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले होटल निर्माणको सुरुवात गरेका… Continue reading पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज सोमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३… Continue reading पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

सार्वजनिक बिदा दिने सरकारको शैलीको आलोचना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय ग¥यो । शोकका बेला सरकारले दिएको यो निर्णयको भने सामाजिक सञ्जालमा दिनभर आलोचना भयो । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका थिए । सरकारले कार्यालय सुरु हुने समयमा बिदा… Continue reading सार्वजनिक बिदा दिने सरकारको शैलीको आलोचना

पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टी

काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व समेत सहभागी हुनेछन्… Continue reading पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टी